आर्थिक वर्ष ‘क्लोजिङ’ कालागि हिसाव मिलान गर्न कोलेनिकाद्वारा पत्राचार
१० असार २०७८
•
४ मिनेट पाठ
आर्थिक वर्ष ‘क्लोजिङ’ कालागि हिसाव मिलान गर्न कोलेनिकाद्वारा पत्राचार
आर्थिक वर्षको समापन नजिकिएसँगै कोष तथा लेखा नियन्त्रक कार्यालय खोटाङले मासिक तथा वार्षिक हिसाव मिलानका लागि संघ, प्रदेश र स्थानीय तह अन्तरतका कार्यालयलाई पत्राचार गरेको छ। आर्थिक वर्ष २०७७/०७८ को ‘क्लोजिङ’ गर्ने समय नजिक आइरहेको बेला कोष तथा लेखा नियन्त्रक कार्यालयले संघ, प्रदेश र स्थानीय तह अन्तरत जिल्लामा रहेका सबै कार्यालयलाई आ–आफ्नो कार्यालयको मासिक तथा वार्षिक हिसाव मिलानका लागि बुधबार पत्राचार गरेको हो।  




कोभिड–१९ को महामारीका कारण कार्यालय प्रमुख तथा लेखा प्रमुखको भौतिक उपस्थितिमा नियमित बैठक बस्न नसकिएको, चालु आर्थिक वर्षबाट सुधार गरी प्रयोगमा ल्याइएको एलएमबिआइएस, टिएसए र सिजिएस सिस्टमहरु पूर्णरुपमा तयार भइनसकेको तथा प्रतिबेदन खण्डहरुमा समेत इन्टग्रेसन नभएको अवस्था उल्लेख गर्दै कोलेनिकाले मासिक तथा वार्षिक हिसाव मिलानका लागि आग्रह गरेको हो ।  

आर्थिक वर्षको खाता बन्दी सम्वन्धमा कोष नियन्त्रक ध्रुब कार्कीद्वारा प्रेषित २४ बुँदे पत्रमा हालसम्मको प्रगती विवरण तथा आवश्यक कागजात पेश गरी निकासा नलिएका स्थानीय तहरुले अविम्ब निकासा लिन, आ–आफ्नो कार्यालयको जेठसम्मको विनियोजन, राजस्व, धरौटी र विविध (कार्य सञ्चालन कोष) तर्फको फाँटवारी तयार गरी टिएसए सिस्टमबाट प्राप्त फाँटवारी मेलमार्फत लिएर भिडान गर्न, सम्पत्ति तथा जिन्सी मौज्दातको लेखांकन पिएएमएस सिस्टमबाटै अनिवार्य रुपमा गरी मासिक तथा वार्षिक प्रतिबेदन तरा गर्न भनिएको छ ।  

यस्तै, ठेक्का विल भुक्तानी गर्दा कट्टा गरिएको टिडिएस तथा ३० प्रतिशत भ्याट रकमका चेकहरु समयमा नै दाखिला गर्न, इएफ्टी कारोबार असफल भए पश्चात रिफण्ड गरी के कारणले रेजेक्ट भएको पत्ता लगाएर पुःन भुक्तानीका लागि पेश गर्न, चेक भुक्तानीको म्याद १५ दिन रहेकोले समयमा नै राजस्व, धरौटी तथा अन्य चेकहरु साट्नेतर्फ विशेष ध्यान दिन, पेश्की फिर्ता गर्दा बैंक दाखिला गरेको भौचर नम्बर सहित समायोजन भुक्तानी आदेश पठाउन साथै स्थानीय तहतर्फ सामाजिक सुरक्षा कार्यक्रमभित्रका क्रियाकलापमा जुनजुन क्रियाकलापमा पेश्की फस्र्यौट हुने हो सोही क्रियाकलाप छनौट गरी पेश्की फिर्ता गर्ने र हिसाव मिलान गर्न आग्रह गरिएको छ ।  

कोलेनिकाले स्थानीय तहमा दिइएको सशर्त, विशेष र समपुरक अनुदानमा विनियोजित रकम तोकिएका कार्यक्रमको लागि मात्र खर्च गर्ने र खर्च भइ बाँकी रहेको रकम चालु आर्थिक वर्षमा फिर्ता गर्न, आर्थिक वर्षको अन्त्यामा बजेट फ्रिज हुनबाट रोक्ने उद्धेश्यले पेश्की दिने वा अन्य खातामा राख्न नपाइने व्यवस्थाको पालना गर्न, कार्यालय प्रमुख÷प्रशासकीय प्रमुखले प्रत्येक महिना राजस्व उठ्न छुट भए/नभएको र राजस्व लेखा तथा दाखिलाको निरीक्षण गरी राजस्व हिनामिना भए/नभएको, लगती तथा हसवली राजस्वको लेखा रहे नरहेको निरीक्षण गरी सो को अभिलेख अद्यावधिक गराउन, आरएमआइएस अनुसार राजस्वको बैंक दाखिलाको राजस्व आम्दानी बाँकी फाँटवारी अद्यावधिक गराउन, राजस्व भौचारबाट सेवा दिनुपुर्व बैंक दाखिला भिडान गर्न साथै भदौ मसान्तपछि कुनै पनि राजस्व भौचरको विवरण संशोधन गर्न नसकिने कानूनी व्यवस्थालाई पालना गर्न आग्रह गरेको छ ।  

यस्तै, सेवा निवृत्त सुविधातर्फको भुक्तानीका लागि असार १५ सम्म कोष तथा लेखा नियन्त्रक कार्यालयमा पेश गर्न, आर्थिक वर्ष समाप्त हुनुभन्दा ७ दिन अगावै भुक्तानी दिइ निकासा र खर्चको लेखा अद्यावधिक गरी निकासा बन्द गर्न, आर्थिक वर्षको अन्तिम दिन भुक्तानी निकासा गर्न नसकिने गरी आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावलीको नियम ३० को उपनियम ३ मा रहेको कानूनी व्यवस्थालाई पालना गर्न, सबै स्थानीय तहहरुले आर्थिक वर्ष समाप्त भएको ३ दिनभित्र भुक्तानी पाउनेको नाम, चेक नम्बर र रकमको विवरण कोलेनिकामा पठाउन, कार्यालयबाट जारी भएका चेक तथा इएफ्टीहरु आर्थिक वर्ष समाप्त भएको १५ दिनभित्र फरफराक गरी सक्न, तोकिएका खर्च शिर्षकमा चालु वर्षको बजेटले नखामेको खर्च व्यहोर्नुपर्ने उचित आधार र पर्याप्त कारण भए सम्वन्धित कार्यालयले संलग्न बिल भर्पाइ बमोजिमको रकम आगामी वर्षमा भुक्तानी दिन बाँकीको विवरण तयार गरी आर्थिक वर्ष समाप्त भएको ७ दिनभित्र पेश गर्न आग्रह गरिएको कोलेनिकाले जनाएको छ ।  

पत्रमा आर्थिक वर्ष समाप्त भएको २१ दिनभित्र कार्यालयको विनियोजन, राजस्व र धरौटी पेश्की बाँकी विवरण भुक्तानी हुन बाँकी रहेको विवरण र सम्पत्ती तथा दायित्वको विवरण तयार गरी कोलेनिकामा पेश गर्न, कार्यालयबाट आर्थिक वर्ष भित्र भएको नगदी, जिन्सी तथा आयव्यायको आर्थिक कारोबार वार्षिक प्रतिबेदन आर्थिक वर्ष समाप्त भएको ४५ दिनभित्र कोलेनिकामा पेश गर्न, स्थानीय तहले असोज मसान्तभित्र प्रदेश लेखा नियन्त्रक कार्यालय तथा कोलेनिकामा वार्षिक एकीकृत वित्तीय विवरण पठाउन आग्रह गरेको छ।  
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
९ घण्टा अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
यो पनि पढौँ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस