काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ट्रान्सफर्मर घोटाला काण्डमा नेपाल विद्युत प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक जीवेन्द्र झा, महाप्रबन्धक रामेश्वर यादव, चिनियाँ ठेकेदारलगायत १८ जना विरुद्ध तेस्रो भ्रष्टाचार मुद्दा दायर गरेको छ।यसअघि नै अख्तियारले दुईवटा मुद्दा विशेषमा दर्ता गरिसकेको छ। शुक्रबार विशेष अदातलमा दायर गरिएको आरोपपत्रमा सिचुआन दोङफाङ ट्रान्सफर्मर कम्पनी लिमिटेड, चीनबाट खरिद भएको विभिन्न क्षमताको ५ सय ७५ थान ट्रान्सर्फमर खरिद प्रक्रियादेखि भण्डारणसम्मका चरणमा भिन्दाभिन्दै व्यक्तिको सामूहिक संलग्नता रहेको आरोपपत्रमा उल्लेख छ।
आयोगले प्राधिकरणका कर्मचारीसँग भ्रष्टाचार निवारण ऐन २०५८ बमोजिम कैद र ७ करोड ९१ लाख २८ हजार ५ सय ३८ रुपैयाँ जरिवाना र सोही बराबर बिगो असुल हुनुपर्ने जिकिर आरोपपत्रमा उल्लेख छ। उक्त कार्यमा तत्कालीन कार्यकारी निर्देशक झा, तत्कालीन महाप्रबन्धकत्रय यादव, युगलकिशोर साह र चिरन्जीवी शर्मा पौडेललगायत विभिन्न पदका कर्मचारीको संलग्नता देखिएको आरोपपत्रमा उल्लेख छ।
कमसल ट्रान्सफरर्मर किन्ने काममा प्राधिकरणका तात्कालीन प्रबन्धक कैलाशप्रसाद अटल, सह–निर्देशक सुरेशकुमार कटुवाल सहायक लेखा अधिकृत सुशीलप्रसाद खनाल, कामु निर्देशक अष्टरत्न शाक्य, केन्द्रका प्रमुख त्रिपुरारीप्रसाद सिंह, सहायक प्रबन्धक सुरेन्द्रप्रसाद पनेरु, केन्द्रीय भण्डार एवं इन्जिनियर नारायणप्रसाद चौधरी, भण्डार सहायक सरोज क्षेष्ठलगायत विरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको छ।
खरिद प्रक्रियामा संलग्न चिनियाँ ठेकेदार सिचुआन दोङफाङ ट्रान्सफर्मर कम्पनीका अध्यक्ष यो याङ सि महाप्रबन्धक होङ ओयाङ नेपाली ठेकेदार इन्टरकन्टिनेन्टल बिजिनेस नेटवर्कका मणिनाथ ढकालविरुद्ध आयोगले कमसल ट्रान्सफर्मर आपूर्ति गरेको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरेको आयोगले जारी गरेको विज्ञप्तिमा छ।
अख्तियारको आरोपपत्रमा सिचुआन दोङफाङ ट्रान्सफर्मर कम्पनीका अध्यक्ष सि महाप्रबन्धक होङ, नेपाली ठेकेदार ढकालसँग १८ करोड २४ लाख ५ हजार ८ सय ६५ रुपैयाँ बिगो माग गरिएको छ।
आयोगले उनीहरुसँग भ्रष्टाचार निवारण ऐनअनुसार बिगो, सोही बराबर जरिवानासमेत भराउन आरोपपत्रमा माग गरेको छ।
यसअघि अख्तियारले गुणस्तरहीन ट्रान्सफर्मर खरिद गरी भ्रष्टाचार गरेको अभियोगमा प्राधिकरणका तत्कालीन निर्देशक यादव ट्रान्सफर्मर बेच्ने चिनियाँ कम्पनी हुबेई सनलाइट इलेक्ट्रिकका अध्यक्ष ली डाउ गु र महाप्रबन्धक हु जिङ क्वाइङ एवम् नेपाल विद्युत प्राधिरकणसँग कार्य गर्न आएका प्रतिनिधि जाउ यी तिआनलगायत ४८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
सो मुद्दामा सुनुवाई गर्दै विशेषले असोज १० गते धरौटी माग गर्ने आदेश दिएको थियो। अदालतको आदेशबमोजिम १८ जना उच्च अधिकारी धरौटीमा रिहा भएका थिए।
अख्तियारले चीन र थाइलान्डलगायत देशबाट ल्याएको ट्रान्सफर्मरमा अनियमितता भएको भन्दै अनुसन्धान गर्दै आएको छ।
आयोगले दर्ता गरेको दुईवटा मुद्दामा सुनुवाइ गर्दै विशेषले असोज १० गते निर्देशक झासँग २ करोड, महाप्रबन्धकत्रय साह, यादव र अटलसँग क्रमशः २ करोड ३० लाख र १ लाख, अर्जुनकुमार चौहानसँग १ लाख, हरिबहादुर गसी १ लाख, शशिबिक्रम थापासँग १ लाख ५० हजार, मनोज बरालसँग १५ लाख, नारायणप्रसाद चौधरीसँग १ लाख, सुरजप्रसाद साह, रामविजुल मण्डल, विनोदकुमार स्वर्णकार, निमेषकुमार पोखरेलसँग १५/१५ लाख, सरोज श्रेष्ठसँग २५ हजार, हरिशबहादुर पालसँग १ लाख ५० हजार, सुरेशकुमार कटुवालसँग १ लाख र सुशीलप्रसाद खनालसँग २५ हजार रुपैयाँ धरौटी माग गर्ने आदेश गरेको थियो।
अदालतले तोकेको धरौटी रकम बुझाउँदै उनीहरु साधारण तारेखमा रिहा भएका थिए। आयोगले न्यून गुणस्तरको ट्रान्सफर्मर खरिद गरी प्राधिकरणलाई नोक्सान पुर्यााउने काममा संलग्न भएको भन्दै प्राधिकरण कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेका हो। अख्तियारले १५ सय ५६ वटा ट्रान्फर्मर खरिद गर्दा कम तौलको तार र अत्याधिक चुहावट हुने सामान खरिद गरेको भन्दै मुद्दा दायर गरेको हो। आयोगले अनुसन्धानपछि तेस्रो चरणमा विशेष अदालतमा मुद्दा दायर गरेको छ। अन्यमा अनुसन्धान गरिरहेको छ।