खोटाङका आठ स्थानीय तहले ल्याए बजेट
११ असार २०७८
•
४ मिनेट पाठ
खोटाङका आठ स्थानीय तहले ल्याए बजेट
नगरसभालाई सम्बोधन गर्दै हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राई। तस्बिर: नागरिक
खोटाङका १० स्थानीय तहमध्ये ८ स्थानीय तहले बजेट ल्याएको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, हलेसी तुवाचुङ नगरपालिका, ऐसेलुखर्क गाउँपालिका, खोटेहाङ गाउँपालिका, जन्तेढुंगा गाउँपालिका, दिप्रुङ चुइचुम्मा गाउँपालिका, साकेला गाउँपालिका र रावाबेँसी गाउँपालिकाले निर्धारित मितिमै बजेट ल्याएको हो। स्थानीय तहमा पहिलोपल्ट निर्वाचित जनप्रतिनिधिले संघीय सरकार, प्रदेश सरकार तथा आफ्नै आन्तरिक श्रोतबाट आफ्नो अन्तिम कार्यकालको बजेट ल्याएको हो।  




दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगरसभामा अनुमानित ८५ करोड ८ लाख ६२ हजार बराबरको वजेट पेश गरेको छ। कुल बजेटबाट सशर्त अनुदान, विशेष अनुदान, समपुरक अनुदान जस्ता तोकिएरै आएका बजेट बाहेक बाँकी रहेको ३० करोड ६५ लाख ७० हजारको सिमामा रहेर नगरपालिकाले नयाँ आर्थिक वर्षका लागि बजेट ब्रेकडाउन गरेको छ। नगरपालिकाले बाँड्न मिल्ने बजेटमध्येबाट चालु खर्चतर्फ १५ करोड १३ लाख ३८ हजार र पुँजीगततर्फ १५ करोड ५२ लाख ३२ हजार विनियोजन गरेको छ। पुँजीगत खर्चमध्ये १५ वडालाई ४ करोड ५ लाख बजेट दिइएको नगरपालिकाले जनाएको छ। नगरपालिकामा सर्तसहितको अर्थात तोकिएरै ५४ करोड ४२ लाख ९२ हजार बजेट आएको छ।  

हलेसी तुवाचुङ नगरपालिकाले ५८ करोड १६ लाख २८ हजार ५५० रुपैयाँ बराबरको बजेट ल्याएको छ। सो नगरपालिकाले चालु खर्चतर्फ ३५ करोड ३० लाख ३२ हजार र पुँजीगततर्फ २२ करोड ८५ लाख ९६ हजार ४५० रुपैयाँ बजेट विनियोजन गरेको छ। हलेसी तुवाचुङले सशर्त अनुदान, विशेष अनुदान, समपुरक अनुदान बाहेक १७ करोड ८९ लाख ९६ हजार ४५० रुपैयाँ बराबरको बजेट नगर तथा वडा स्तरिय योजनामा विनियोजन गरेको छ। ३६ देखि ४० लाखको सिलिङ पाएको वडालाई मागको आधारमा र आवश्यकताको आधारमा थप बजेट उपलव्ध गराइएको नगरपालिकाले जनाएको छ।  

ऐसेलुखर्क गाउँपालिकाले ४० करोड ३९ लाख ८५ हजार ९६० रुपैयाँ बराबरको बजेट पेश गरेको छ। उक्त बजेटको ब्रेकडाउन असार २७ गतेको गाउँसभाबाट पारित गर्ने तयारी छ। यस्तै, खोटेहाङ गाउँपालिकाले ५१ करोड ६६ लाख ३२ हजार १२० रुपैयाँ बराबरको बजेट ल्याएको छ। कुल बजेटबाट सशर्त अनुदान, विशेष अनुदान र समपुरक अनुदान बाहेक बाँकी रहने १९ करोड २६ लाख ८ हजार १२० मध्ये प्रशासनिक चालु खर्चमा ६ करोड ९३ लाख १४ हजार छुट्याएपछि बाँकी रहेको १० करोड २० लाख ९४ हजार १२० रुपैयाँबाट गाउँपालिकाले नयाँ आर्थिक वर्षका लागि बजेट तयार पारेको हो। प्रशासनिक खर्च कटाएपछि बाँकी रहेको १० करोड २० लाख ९४ हजार १२० मध्येबाट गाउँपालिका स्तरिय योजनाका लागि ५ करोड ५६ लाख ६८ हजार र नौ वडाको वडास्तरिय योजना तथा कार्यक्रमका लागि ४ करोड ६४ लाख २६ हजार विनियोजन गरिएको छ।  

जन्तेढुंगा गाउँपालिकाले ३९ करोड ९९ लाख ९३ हजार २७० रुपैयाँ बराबरको बजेट ल्याएको छ। सशर्त अनुदान, विशेष अनुदान र समपुरक अनुदान बाहेकका पुँजीगत रकमबाट चालु खर्चतर्फ ६ करोड ४९ लाख ३२ हजार ४७० विनियोजन गरेपछि बाँकी रहेको बजेटबाट योजना तथा कार्यक्रमका लागि रकम बाँडफाँड गरेको हो। गाउँसभाले गाउँपालिका स्तरिय योजनाका लागि ६ करोड ५ लाख ९८ हजार (६९ प्रतिशत) र वडाका लागि २ करोड ७० लाख विनियोजन गरेको छ। 

यस्तै, दिप्रुङ चुईचुम्मा गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ६२ करोड २८ लाख ३७ हजार ५९० रुपैयाँ बराबरको बजेट ल्याएको छ। सशर्तको बजेट बाहेक २१ करोड ९१ लाख १५ हजार ५९० रुपैयाँको परिधिमा राखेर गाउँपालिकाले योजना तथा कार्यक्रम ल्याएको हो। त्यसमध्ये चालु खर्चमा ५ करोड ६० लाख र पुँजीगततर्फ १६ करोड ३१ लाख १५ हजार ५९० रुपैयाँ विनियोजन गरेको छ। दिप्रुङले सिलिङ विनै वडाको योजनामा बजेट दिएको छ। वडाले छानेको योजनामार्फत वडामा कम्तीमा ३६ देखि ४५ लाख बजेट पुगेको गाउँपालिकाले जनाएको छ।  

यस्तै, साकेला गाउँपालिकाले नयाँ आर्थिक वर्षका लागि अनुमानित ३२ करोड २३ लाख ९० हजार ७३० रुपैयाँ बराबरको बजेट ल्याएको छ। कुल बजेटको सशर्त अनुदान, विशेष अनुदान, समपुरक बाहेकका बजेटबाट प्रशासनिक खर्च (चालु) तर्फ ५ करोड ६ लाख ५ हजार ७३० रुपैयाँ विनियोजन गरेपछि बाँकी रहेको ८ करोड ३४ लाख ६ हजारको सिमांकनमा रहेर बजेट बनाएको गाउँपालिकाले जनाएको छ। ५ वडा रहेको गाउँपालिकाले यस वर्ष वडामा सिलिङ नपठाइ मागका आधारमा बजेट पठाएको जनाएको छ। रावाबेँसी गाउँपालिकाले ३६ करोड ४५ लाख ३५ हजारको बजेट ल्याएको छ। कोभिड–१९ को महामारीका कारण केपिलासगढी गाउँपालिकाले असार १४ गते गाउँसभाको तयारी गरेको छ। बराहपोखरी गाउँपालिकाले पनि केही दिनपछि गाउँसभाको तयारी गरेको छ।
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
९ घण्टा अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
यो पनि पढौँ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस