काठमाडौं- नेपाली औषधि उद्योग सञ्चालकहरुको छाता संगठन नेपाल औषधि उत्पादक संघले शुक्रबारदेखि राजधानमीमा तीन दिने औषधि मेलाको आयोजना गर्दैछ। नेपाली औषधि उद्योगलाई प्रोत्सहान गर्ने उद्देश्यले आयोजना हुन लागेको मेलामा औषधि उत्पादनदेखि बिक्रीसम्मका सबै प्रक्रिया बारे जानकारी प्रदान गरिने छ। 'गुणस्तरमा दिगोपना' भन्ने नाराका फर्मा एक्स्पोका विषयमा नागरिकले संघका महासचिव तथा प्रदर्शनीका संयोजक दीपकप्रसाद दाहालसँग गरेको कुराकानी:एक्सपोको तयारी कस्तो हुँदैछ?
संघले भृकुटीमण्डमा गर्न लागेको तीन दिने प्रदर्शनीको सबै तयारी पुरा भैसकेको छ। एक्सपोमा सहभागी हुने सबै ९१ कम्पनीले नै स्टलका लागि आवश्यक सामाग्री ल्याएर राख्न थालिसकेका छन्। मेलामा ९१ कम्पनीका एक सय ६ वटा स्टल हुनेछ। यसका साथै एक्सपोमा प्रदर्शनीका अलवा निःशुल्क स्वास्थ्य परीक्षण, प्रतियोगिता, रक्तदान जस्ता कार्यक्रमको तयारी पनि भैसकेको छ।
मेला आयोजनाको उद्देश्य के हो?
नेपालका औषधि उद्योग बारे जानकारी गराउँदै औषधिको उत्पादन प्रविधिमा भएको विकास, उपलब्धि र प्रविधिको विषयमा चिकित्सकदेखि विद्यार्थी तथा सरोकारवाालहरु र आम नेपालीलाई जानकारी गराउनु नै मेलाको मुख्य उद्देश्य हो। नेपालका औषधि कम्पनीहरु गुणस्तर तथा प्रविधिका हिसाबले अन्तर्राष्ट्रिय स्तरका छन्। नेपाली कम्पनीहरुले विकसीत देशका कम्पनीले जस्तै विश्व स्वास्थ्य संगठनको मापदण्ड जिएमपी पाइसकेका छन्। विदेशी कम्पनीको तुलानामा नेपाली कम्पनी कुनै पनि कुरामा कम छैनन भन्ने देखाउनु नै मेला आयोजनाको उद्देश्य हो। प्रदर्शनीमा अद्यावधिक ज्ञान सीपको आदानप्रदान र वैज्ञानिक उपलब्धि बारे जानकारी गराउन प्राविधिक गोष्ठीको पनि आयोजना गरिने छ ।
स्वदेशी उद्योगको प्रोत्साहनका लागि मेला आयोजना भनिएको छ तर विदशी कम्पनीको पनि उत्तिकै सहभागिता छ नि?
मेलामा नेपालका ४६ वटा औषधि उद्योगहरुको सहभागिता रहने छ। भारत र सिंगापुरका ४५ वटा स्टल रहने भएपनि विदेशी औषधि कम्पनीको सहभागिता भने हुँदैन। विदेशिको स्टलमा औषधि उत्पादन गर्ने मेसिन, प्याकेजिङ मेसिन तथा उपकरण, फाइन केमिकल बल्क ड्रग, वतावरण नियन्त्रण उपकरण, प्रयोगशाला उपकरणहरु रहने छन्। नेपाली कम्पनीले औषधि उत्पादन गरेपनि उपकरण, मेसिन लगायतका कच्चा पदार्थ विदेशबाट नै आयात गर्नुपर्ने भएकाले त्यस बारे जानकारी गराउन विदेशी संस्थाको सहभागिता गराइएको हो।
मेलाको अवलोकन कुन वर्गकाले र कतिले गर्छन होला?
औषधि मेला भएकाले चिकित्सक, चिकित्साशास्त्र अध्ययनरत विद्यार्थी, फार्मेसीका विद्यार्थी तथा शिक्षकहरु, स्वास्थ्यका निकायहरु तथा आम नागरिक गरी ३५ देखी ४० हजारले मेलाको अवलोकन गर्छन भन्ने हाम्रो अनुमान छ।
मेलामा सरकारको पनि सहयोग छ कि?
संघले यसअघि चारवटा मेलाको आयोजना गरीसकेको छ। यो पाँचौ संस्करण हो। यसअघिका मेलामा जस्तै यसपटक पनि स्वास्थ्य मन्त्रालय अअन्तर्गतको औषधि व्यवस्था विभागको नैतिक सहयोगका अलावा मेलामा सरकारको कुनै सहयोग छैन। सरकारले नेपाली औषधि उद्योगलाई कहिले पनि प्राथमिकतामा राखेको छैन। मेलामा मात्र होइन अन्य समयमा पनि सरकारले नेपाली उद्योगको प्रोत्साहन गर्न सकेको छैन। नेपाली उद्योग सक्षम छन र सरकारले सहयोग गरे विदेशमा समेत गुणस्तरीय औषधि निर्यात गर्न सक्छन् भन्ने विषयमा सरकारलाई जानकारी गराउन पनि मेलाको आयोजना गरिएको हो।
नेपाली औषधिको बजार हिस्सा कति छ?
नेपालमा हाल वार्षिक करिब १७ अर्ब रुपैयाँ बराबरको औषधी बजार छ। यो बजार हिस्सामा नेपाली औषधीको ७ अर्बको हिस्सा रहेको छ। नेपाली कम्पनीको उत्पादनका कारण हाल ७७ प्रकारका जीवन उपयोगी औषधीमा नेपाल आत्मनिर्भर भइसकेको छ। आत्मनिर्भर औषधिको प्रोत्साहन गर्न सरकारलाई झकझकाउन मेला सहयोगी हुनेछ। संघले आत्मनिर्भर औषधिको आयातलाई निरुत्साहित गर्न सरकारसँग माग समेत गरिसकेको छ।