काठमाडौं- चार गुणा बढी उडान गर्न पाउने गरी नेपाल र चीनबीच एक दशकपछि हवाई सेवा सम्झौता पुनरावलोकन भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार नयाँ सम्झौतापछि दुवै देशका तोकिएका वायुसेवा कम्पनीले जुनसुकै जहाज प्रयोग गरी सातामा ५६ सम्म नियमित उडान गर्न सक्नेछन्। एक पक्षले नै यति संख्यामा उडान गर्न पाउने हुन्। हाल दुवै पक्षले सातामा १४ उडान गरिरहेका छन्।
त्यसैगरी प्रत्येक वर्ष सात उडान प्रतिसाताका दरले उडान क्षमता बढाउँदै सन् २०१५ मा ६३ हुँदै २०१६ मा साताको ७० उडान गर्न पाइने समझदारी भएको पनि मन्त्रालयले जनाएको छ। कार्गो उडानतर्फ भने दुवै पक्षका तोकिएका वायुसेवाले जुनसुकै आकारको जहाजमार्फत असीमित उडान गर्न पाउनेछन्।
समझदारीपत्रमा नेपालका तर्फबाट पर्यटन मन्त्रालयका सचिव सुशील घिमिरे र चीनका तर्फबाट नागरिक उड्डयन प्रशासनका नायब प्रशासक जिया जिङ्घुआले हस्ताक्षर गरेका छन्।
मन्त्रालयका अनुसार दुवै पक्षका तोकिएका वायुसेवाले द्विपक्षीय 'कोड सेयर' व्यवस्थाका अतिरिक्त तेस्रो पक्षीय कोड सेयरसमेत उपयोग गरी नियमित यात्रुु उडान गर्न सक्नेछन्। नेपाली पक्षका मान्यताप्राप्त वायुसेवामा तेस्रो मुलुक वा नागरिकको अधिकतम स्वामित्व हुने गरी लगानी भएको अवस्थामा चीन उडान गर्नुअघि एरोनटिक अथोरिटीबाट अनुमोदन गराउनुपर्ने छ।
नेपाल र चीनबीच सन् २००२/०३ मा पहिलो पटक हवाई सेवा सम्झौता भएको थियो। सम्झौताअनुसार दुवै देशले सातामा १४ उडान गर्न पाइरहेका छन्। यसमा सिट संख्या तोकिएको छैन। जति ठूलो जहाज ल्याए पनि हुन्छ।
हाल चीनबाट एयर चाइना, चाइना साउदर्न र चाइना इस्टर्न गरी तीन ठूला वायुसेवा कम्पनीले उडान गरिरहेका छन्। यिनले साताको १४ उडान बाँडेर लिएका छन्। नेपालबाट भने हाल कुनै पनि वायुसेवा कम्पनीले चीन उडान गरेका छैनन्। विगतमा राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले चीनको सांघाई उडान गरेको थियो। २०६९ माघदेखि चीनले हवाई सम्झौता पुनरावलोकन गर्न आग्रह गर्दै आए पनि उसैका कारण समय पर धकेलिँदै आएको थियो।
अहिले भएको समझदारीअनुसार नेपाली पक्षका मान्यताप्राप्त वायुसेवाले चीनको ल्हासा, ग्वान्झाउ, कुनमिङ, सांघाई, बेइजिङ, चेङ्दु र सियान गन्तव्य रहने गरी उडान गर्न पाउनेछन् भने चिनियाँ वायुसेवाले काठमाडौं र अन्य दुई विन्दुमा गन्तव्य रहने गरी उडान गर्न पाउनेछन्।
तेस्रो मुलुकबाट 'वेट लिज' मा प्राप्त गर्ने जहाजबाट एकअर्काको मुलुकमा उडान गर्नुअघि आवेदन गर्दा दायित्व सीमा, बिमा व्यवस्थालगायत कागजात पेस गर्नुपर्ने र त्यस्तो सम्झौताको प्रावधान बढीमा दुई वर्षभन्दा बढी नगर्ने समझदारी भएको छ।
त्यसैगरी नेपाल पक्षले स्थलमार्गबाट तिब्बतको मानसरोवर जाने तीर्थयात्री/पर्यटकलाई सुविधा उपलब्ध गराउन सिमिकोटबाट हेलिकोप्टरमा तिब्बत प्रवेश विन्दु बुराङमा अवतरण गराइ त्यहीँबाट भिसा जारी गर्ने व्यवस्था मिलाइदिन गरेको अनुरोधलाई चीनले सकारात्मक लिएको पर्यटन मन्त्रालयले जनाएको छ।
तिब्बतको कैलाश पर्वत र मानसरोवरको परिक्रमा उडानमा सहभागी हुन चाहने तीर्थयात्री/पर्यटकलाई सुविधा पुर्याीउन मानसरोवर नजिकको गुन्सा विमानस्थलमा नेपाली हेलिकोप्टर अवतरण गर्न दिने व्यवस्था मिलाइदिन गरेको आग्रहलाई पनि चिनियाँ पक्षले सकारात्मक रूपमा लिएर सम्बन्धित निकायमा पठाएको जानकारी दिएको छ।
मन्त्रालयका अनुसार नेपालले 'ट्रान्स हिमालयन एटिएस रुट्स' का रूपमा सुदूरपश्चिम युरोप र मध्यपूर्वबाट उत्तरपूर्वी एसियामा उडान गर्न मितव्ययी र सोझो रुट विकास गरी लागू गर्न उपयुक्त रुट–१, २ र ३ प्रस्ताव गरेकोमा चीनले ती रुटलाई एरोनटिकल इन्फर्मेसन पब्लिकेसनमा प्रकाशित गरिसकेकाले दुवै पक्षका एटिएस विभागबीच सम्झौता गरी कार्यान्वयन गर्ने समझदारी भएको छ।
त्यसैगरी चिनियाँ पक्षले नागरिक उड्डयन प्रशासनको क्षमताले भ्याएसम्म नेपालको विमानस्थल पूर्वाधार विकासका लागि प्राविधिक सहयोगका साथै उडान सञ्चालन, जहाज मर्मत, सुरक्षा निगरानी क्षमता अभिवृद्धि, एयर ट्राफिक व्यवस्थापन, हवाई सुरक्षा, सञ्चार सहायक उपकरण सुविधा विकासलगायत नागरिक उड्डयन क्षेत्रमा तालिमको अवसर जुटाइदिने प्रतिबद्धता पनि जनाएको छ।