काठमाडौं- सरकारले सिमेन्ट उद्योगलाई थोरैमात्र सुविधा दिँदा पनि नयाँ उद्योग थपिने क्रम बढेको छ। सामान्य सरकारी नीतिको प्रभावले तीन वर्षमै दर्जन सिमेन्ट उद्योग थपिए। सरकारले तीन वर्षअघि सिमेन्ट उद्योगलाई पहुँच मार्ग र ट्रान्समिसन लाइनको सुविधा दिन थालेको थियो। त्यसयता करिब १० अर्ब रुपैयाँ लगानी यो उद्योगमा थपिएको तथ्यांकले देखाउँछ। सिमेन्टमा देशलाई आत्मनिर्भर बनाउने उद्देश्यले सरकारले उद्योगसम्म बाटो र ट्रान्समिसन लाइनको व्यवस्था गर्दै आएको छ। उक्त सुविधाका कारण गत आर्थिक वर्षमा मात्र ७ उद्योग थपिए। गत वर्ष सोनापुर, घोराही, विशाल, शिवम्, गणपति एडभान्स र रोल्पा सिमेन्टले उत्पादन थालेका थिए। यो वर्ष सिजी सिमेन्टले उत्पादन सुरु गरेको छ।
उद्योग मन्त्रालयले गत वर्ष १५ सिमेन्ट उद्योगलाई विभिन्न शीर्Èकमा सहयोग गरेको थियो। मन्त्रालयले सिजी नवलपरासी, सर्वाेत्तम, मकालु, पाल्पा, शुभश्री र सिजी पाल्पाको उत्पादन स्थलसम्म पुग्ने सडक निर्माणमा १२ करोड रुपैयाँ खर्चेको थियो। मन्त्रालयले बाटो, विद्युत प्रसारण लाइन निर्माणमा सहयोग गर्दै आएको छ। मन्त्रालयले सिजी सिमेन्ट पाल्पाको लागि ७५ लाख तथा सर्वाेत्तम सिमेन्ट र पाल्पा सिमेन्ट सुनवलको लागि आवश्यक पूर्वाधार निर्माणमा ३ करोड ५० लाख बजेट छुट्याएर काम गरिरहेको छ।
उद्योग सचिव कृष्ण ज्ञवालीले सरकारले यो उद्योगका लागि बजेट नै विनियोजन गरेर सडक र विद्युतमा सहयोग गर्दै आइरहेको बताए। 'सडक र विद्युतमा सहयोग गर्न थालेपछि नयाँ उद्योग थपिने क्रम बढेको छ,' उनले भने।
सिमेन्ट उद्योगमा तीन वर्षअघि अवस्था अर्कै थियो। अहिले देश सिमेन्टमा आत्मनिर्भर हुने अवस्थातिर उन्मुख भएको ज्ञवालीले बताए। 'सरकारले सानो सहयोग गर्दा पनि सिमेन्ट उद्योगमा सकारात्मक प्रभाव परेको छ,' उनले भने। मन्त्रालयले अन्य उत्पादनमूलक उद्योगलाई पनि सहयोगको सिफारिस गर्ने उनले बताए।
'नयाँ उद्योग थपिएपछि उत्पादन पनि बढेकोले हामीले उद्योगीलाई गुणस्तरमा ध्यान दिन सुझाव दिएका छौं,' उनले भने, 'उद्योगीले उत्पादन लागत घटाउन प्रयास गर्छन्, यसो गर्दा गुणस्तर खस्कन्छ। त्यसैले गुणस्तर अनुगमन संयन्त्र बन्दैछ,' उनले भने।
७५ सिमेन्ट उद्योगले उद्योग विभागबाट सञ्चालन अनुमति लिए पनि अहिले ४२ ले उत्पादन गरिरहेका छन्। नेपालमा वार्षिक ३५ लाख मेटि्रक टन सिमेन्ट खपत हुने गरेको छ। व्यवसायीका अनुसार स्वदेशी आवश्यकताको ७० प्रतिशत सिमेन्ट यहीँ उत्पादन हुन्छ।
सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुवराज थापाले नेपालमा अहिले स्वदेशी खपतको ७० प्रतिशत सिमेन्ट उत्पादन भइरहेको जानकारी दिए। 'बाँकी ३० प्रतिशतमात्र भारतबाट आयात हुन्छ, सरकारी सहयोग अझ राम्रो रह्यो भने आगामी तीन वर्षमा नेपाल सिमेन्टमा आत्मनिर्भर हुन्छ,' उनले भने।
सरकारले सानो सहयोग गर्दा पनि भटाभट उद्योग थपिएको उनको भनाइ छ। 'त्यसलाई अझ प्रभावकारी बनाउने र मात्रा बढाउने हो भने नयाँ उद्योग थपिएर नेपाल आत्मनिर्भर भई निर्यातसमेत गर्छ,' उनले भने 'लोडसेडिङ, श्रम, स्थानीय निकाय, खानी ऐनबाट सिर्जित समस्या र सरकारलाई विभिन्न शीर्षकमा कर तिर्दा पनि सिमेन्ट उद्योग सकारात्मक बाटोतिर उन्मुख छ। सरकारले अझै बढी सहयोग गर्योा भने यो चम्कन्छ।'
अहिले स्वदेशी उद्योगले ब्रान्डिङमा मात्र राम्रो गरेको उनले बताए। कच्चा पदार्थ अझै पनि भारतबाट आयात भइरहेको छ। 'क्लिंकरमा पनि नेपाललाई आत्मनिर्भर बनाउने सोच राख्नुपर्छ। विदेशबाट कच्चा पदार्थ ल्याएर उद्योग सञ्चालन गरेर हुँदैन,' उनले भने।
नेपालमा १० वटा क्लिंकर उद्योग सञ्चालनमा छन्। तीनवटा उद्योग थपिने क्रममा छ। नेपालले अझै पनि वार्षिक १२ अर्ब रुपैयाँ बराबरको क्लिंकर भारतबाट आयात गरिरहेको छ।
नेपाली बजारमा अहिले वार्षिक ८ करोड बोरा सिमेन्टको माग छ। स्वदेशी उद्योगले ६ करोड ४० लाख बोरा उत्पादन गरिरहेको व्यवसायी बताउँछन्। स्वदेशी सिमेन्ट उद्योगमा ५० अर्ब रुपैयाँ लगानी भएको व्यवसायीको भनाइ छ।