'विदेशी औषधीको खुला आयात रोक्नुपर्छ'
१५ फागुन २०७०
•
३० मिनेट पाठ
'विदेशी औषधीको खुला आयात रोक्नुपर्छ'
काठमाडौं- औद्योगिक क्षेत्रमा औषधी त्यस्तो एउटा उद्योग हो जहाँ विश्वव्यापी रुपमा केही शर्तहरुमा एकरुपता हुनुपर्छ। आफ्नै प्रयोगशाला, कच्चा पदार्थदेखि प्याकिङ सामाग्रीसम्मको गुणस्तर परीक्षण हुने उत्पादन औषधी मात्रै हो। नेपाल ७७ प्रकारका अत्यवश्यकीय औषधीमा आत्मनिर्भर भइसकेको छ। यी औषधी ४५ नेपाली उद्योगबाट उत्पादन हुन्छन्। नेपालको औषधी बजार ३४ अर्ब रुपैयाँ बराबरको मानिएको छ। औषधी बजारमा १६ अर्ब विदेशबाट आयात हुने आँकडा छ। आयातीत औषधीको ८० प्रतिशत बजार हिस्सा भारतीय कम्पनीले ओगट्छन्।
गुणस्तरीय हुँदाहुँदै पनि नेपाली औषधी उद्योगले घरेलु बजार हिस्साको मुस्किलले ४५ प्रतिशत मात्रै ओगट्छन्। औषधी खुल्ला रुपमा आयात हुन्छ तर वर्षौदेखिको प्रयत्नबाट पनि औषधी निर्यात ठोस रुपमा सहज छैन्। यहाँसम्म की सरकारले खरिद गर्ने औषधी त मुस्किलले नेपाली कम्पनीका हुन्छन्। यो अवस्थामा नेपाली कम्पनीले औषधी बजारमा ठूलो संघर्ष गरिरहनु परेको छ। चिकित्सक एवं पारामेडिक्समार्फत् आम उपभोक्ता सामु जाने यी उत्पादनहरुले सिफारिसकर्ताको विश्वास जित्न निकै पापड पेल्नुपर्ने अवस्था छ। 
यो सन्दर्भमा नेपाली उद्योग र उपभोक्तासँग सरोकार राख्ने यो विषयमा नागरिकले अन्तर्क्रिया आयोजना गरेको थियो। अन्तर्क्रियाका सहभागीले व्यक्त गरेका विचारको सम्पादित अंश : 
नेपाली औषधी उद्योगका सबल पक्ष के/के हुन? नेपालको औषधी बजारमा नेपाली कम्पनीको उपस्थिति कहाँ छ?
उमेशलाल श्रेष्ठ,अध्यक्ष,नेपाल औषधी उत्पादक संघ
नेपालमा अहिले ४५ वटा औषधी उत्पादक कम्पनीहरु रहेका छन्। नेपाली उत्पादनलाई हेर्दा अहिले ७७ वटा औषधीमा हामी आत्मनिर्भर भैसकेका छौं। तर आत्मनिर्भर औषधी विदेशबाट पनि आयात भैरहेका छन्। यस्ता औषधी आयातमा रोक लगाउन हामीले सरकारसँग माग गरिरहेका छौं। सरकारले डब्लुटिओ सदस्य राष्ट्र भएकाले ब्ल्यांकेट ब्यान्ड गर्न मिल्दैन भनिरहेको छ। हामीले रोक लगाउन नमिले आयातको प्रक्रियालाई जटिल बनाएर भएपनि नेपाली उत्पादनलाई प्रोत्साहन गर्नुपर्ने भनिरहेका छौं। नेपाली औषधीको बजार हिस्सा ४० प्रतिशत छ। यो बजार हिस्सा ४० बाट माथि बढ्न नसक्नुमा नीतिगत र आन्तरिक कारण छन्। नीतिगत रुपमा सरकारले स्वदेशी र विदेशी कम्पनीलाई हेर्ने दृष्टिकोण हो। नेपाली कम्पनीलाई प्रोत्साहन गर्नुपर्नेमा विदेशीको भन्दा पनि कम महत्व दिन्छन्।
गजेन्द्र बहादुर भुजु,निमित्त महानिर्देशक,औषधी व्यवस्था विभाग
पहिलेको तुलनामा नेपाली कम्पनीको अवस्थामा धेरै सुधार आएको छ। धेरै कम्पनीसँग आफ्नै ल्याबहरु छन्। विश्व स्वास्थ्य संगठनको मापदण्ड पुरा गरेका छन्। नेपाली कम्पनीहरु सबल भैसकेका छन्। विदेशी कम्पनीकै हाराहारीमा छन्। अहिले आएर धेरैजसो कम्पनीसँग आफ्नो उत्पादन आफैसँग टेस्ट गर्नसक्ने ल्याबहरु छन्। हाम्रो नेपालमा सबै कच्च पदार्थ बाहिरी देशबाट किनेर ल्याउँनुपर्छ। नेपालको कम्पनी भारतकै सरह छ। 
डा.लखनलाल श्रेष्ठ, महानिर्देशक,स्वास्थ्य सेवा विभाग
बिरामीले नेपाली औषधी रुचाउन्नन्। तर पनि मेरो व्यक्तिगत धारणा नेपाली धेरै राम्रो र गुणस्तरीय छन्। त्यसैले मैले बिरामीलाई पनि सम्झाउँछु। नेपालीलाई प्रोत्साहन गर्नुपर्छ भन्नेमा म पनि सहमत छु। मलाई नेपाली औषधीमा विश्वास छ। विदेशी औषधीसँग क्वालिटीमा समस्या छैन। तर बजार मूल्य अनुसार केही महँगो भएको बिरामीको गुनासो छ। साच्चै पनि महँगो छ। उही गुणस्तरको औषधी सस्तो पाउँदापाउँदै कसले महँगो किन्छ त? आम जनताको लागि हामीले औषधी खरिद गर्ने हो। एउटा क्वालिटी र सुनिश्चितता हुनुपर्छ। अर्को कुरा मूल्य कम हुनुपर्छ। अनि नेपाली कम्पनीलाई 'परफेक्ट' भन्न सकिन्छ।
दिपकप्रसाद दाहाल, महासचिव,नेपाल औषधी उत्पादन संघ
नेपालको औषधी क्षेत्रमा अन्तराष्ट्रिय स्तरको औषधी उत्पादन हुन्छ। हरेक कम्पनीसँग अत्याधुनिक प्रयोगशाला र वैज्ञानिक हुन्छन्। त्यसैले क्वालिटीमा च्यालेन्ज नै दिन्छौं। देश विदेशका प्रयोगशालामा लगेर टेस्ट गर्नुस हाम्रा औषधी। गुणस्तर कि नियतको प्रतिस्पर्धा। डब्लुएचओ जिमपि पाएको छ। वैज्ञानिक रुपमा गुणस्तरीय छौं। 
मूल्यका हिसाबमा पनि हामी संसारमै सबैभन्दा सस्तो औषधी दिइरहेका छौं। यति मुस्किलमा पनि हामीले निकै सस्तो रुपमा औषधी उत्पादन गरिरहेका छौं। गुणस्तर र मूल्यका कुराले होइन। रोगी मानसिकताले नेपाली औषधी नपत्याइएका हुन्। नेपालीभन्दा भारतीय औषधीले निकै सजिलै नेपाली बजारमा छिर्न पाउने व्यवस्था छ। नेपालीलाई सरकारले प्राथमिकता नदीनु भनेको नियत नै खराब हो। रोगी मानसिकता नै दोषी हो। नयाँ उत्पादनको ल्याब परीक्षाण गर्न नेपालीलाई एक वर्ष लाग्छ तर विदेशीको भने तीन दिनमा हुन्छ।
नेपाली उद्योग आत्मनिर्भर भएका औषधीमा विदेशबाट आयत प्रतिबन्ध लगाउनु व्यवसायीको माग रहने गरेको छ, किन हाम्रो ५५ प्रतिशत बजार हिस्सा निर्यातले नै ओगटिरहेको छ?
उमेशलाल श्रेष्ठःसरकारीतन्त्रमा माफियागिरी हाबी छ। टेन्डर स्पेसिफिकेसनमा नै ठूलो खेल खेलिन्छ। नेपाली कम्पनीलाई फिट नै नहुने गरी क्लजहरु हालिन्छ। हामी सरकारलाई औषधी दिन सक्षम छौं। नेपाली उद्योगले ९ सय करोडको औषधी उत्पादन गरिरहेका छन्। तर ती उद्योगले थप पाँच सात करोड थप्न मजाले उत्पादन गर्न सक्छन। गुणस्तर त हाम्रो जतिसुकै बेला जाँच्न सकिन्छ। यसमा कुनै शंका छैन। हालको ४० प्रतिशत हिस्सा ७० प्रतिशतसम्म पुर्यातउन हामी सक्षम छौं। सरकारले नै सहयोग गरिरहेको छैन।
सरकार डोनरले भनेको मात्रै सुन्छ। डोनरको बजेट हिस्सा स्वास्थ्यमा १५ प्रतिशत छ। उनीहरुले जे भन्यो त्यही मानेर बसीरहेकेा छ सरकार। सरकारले तीन वर्षको टेन्डर गर्छ। आज डलरको भाउ एउटा छ तीन वर्षपछि बढेर धेरै माथि पुगेको हुन्छ। यस्तो अवस्थामा नेपालीले कसरी धान्न सक्छन्। नेपाली उद्योगको लगानी सुरक्षा कसरी होला? 
हामी नेपाली कम्पनीहरु आवश्यक परेमा संयुक्त रुपमा भएपनि टेन्डर हाल्न तयार छौं। हामी यही देशमा व्यापार गरेर बसेका मान्छे हौ। सरकारले जतिबेला पनि औषधीमा अनुगमन गर्न सक्छ। तर किन अनावश्यक क्लज राखेर बाहिर पारिन्छ। नेपाल सरकारले हाल खरीद गरीरहेका औषधी भारतमा पनि मुस्किलले पाइन्छ। उता पनि सरकारले कारवाही गरेका भेटिन्छन् औषधी तर यहाँ निर्वाध सरकारले खरिद गर्छ। नेपाली कम्पनीलाई छि छि दुरदुर गर्नुहुन्न। नेपालीलाई विशेष ग्राह्यता दिनुपर्छ।




डा.लखनलाल साहः सरकारले जनतालाई दिने औषधीमा गुणस्तर हेर्छ अरु त हामीले खरिदसम्बन्धी नीति नियम हेरेर खरिद गर्ने हो। राम्रो कुरा भए राख्छौं नभए राख्दैनौं। हामीले अन्तर्राष्ट्रिय बिड गर्ने हो, त्यो बिडिङमा प्रतिस्पर्धी कम्पनी छानिन्छन्। यसमा जो पनि आउँन सक्छन्। तर नेपालीलाई हामीले प्राथमिकतामा राख्ने गरेका छौं। जसले राम्रो मापदण्ड पुरा गर्छ हामीले त्यसलाई राख्छौं। केही कुरा दुवैबीच समझदारी भएर काम अगाडि बढ्छ। नेपाली कम्पनीको टेन्डर परेमा विदेशी कम्पनीको तुलनामा १५ प्रतिशत महँगो भएपनि सरकारले स्वीकार गर्ने छ। त्यो पनि नेपाली कम्पनीलाई दिने प्राथमिकता नै हो। 
गजेन्द्र बहादुर भुजुः नेपालको इम्पोर्टबेस मार्केट हो। आधारभुत रुपमा हामीले औषधीको गुणस्तर हेर्ने र भएका नीति नियमका आधारमा दर्ता गर्ने र बजार अनुमति दिने हो। आयात रोक्न हामी सक्दैनौ। तर नीतिगत रुपमा हामीले थप विदेशी औषधीको नयाँ दर्ता रोक्न भने प्रयास गरेका छौं। विशेषबाहेकाका औषधीमा हामीले नयाँ दर्ता गरेका छैन। 
पुराना दिइरहेकाले हटाउन प्राविधिक त्रुटी छ। आत्मनिर्भर औषधीलाई कसरी प्रमोशन गर्ने भन्ने कुरा अगाडि बढिरहेका छन्। दुई चार क्याटागोरी बाहेकको नयाँ औषधी दर्ता हुन्न। त्यो नगरेको भए हजार हुन्थे। पुरानो दर्ता भइरहेका विदेशी कम्पनीको संख्या २ सय हाराहारीमा छ। अब हामी भएका प्रोडक्टलाई नेपालीमा लेबल गरेर बिना इन्स्पेक्सन दर्ता नगर्ने सोचाई बनाएको छौं। यो भएमा नेपाली कम्पनीलाई धेरै राहत हुन्छ।
नेपाली औषधी कम्पनीलाई सरकारले गर्ने टेन्डरमा पर्न नदिने चलखेल हुन्छ भन्ने सुनिन्छ, कसरी भइरहेको छ त यो चलखेल?
प्रदिप वैद्यः २०५८ सालमै संघले श्वेतपत्र जारी गरेको थियो। अहिले पनि त्यो श्वेतपत्रको सान्दर्भिकता सकिएको छैन्। सरकार खासमा संवेदनशील छैन्। टेन्डरमा धेरै खेल छ। अहिले नेपाल सरकारका टेन्डर प्रावधान अनुसार उद्योगको टर्नओभरका २० प्रतिशतसम्मको मात्रै टेन्डर हाल्न पाउँने नियम छ। यसले गर्दा सरकरले गर्ने टेन्डरका प्रावधानका कारण नेपाली कम्पनीले भाग लिन सक्दैनन्। 
दोस्रो नेपाली कम्पनीले टेन्डरमा भाग लिन मार्केटिङ लाइसेन्स जिएमपी चाहिन्छ। स्वीकृत हुनुपर्छ। तर भारतीय कम्पनीले टेन्डर पारेपछि नेपालमा दर्ता भए हुन्छ। अर्को सरकारको बहुवर्षिय टेन्डर प्रणाली छ। उदाहरणका लागि तीन वर्षअघि डलरको भाग ७० थियो। त्यो टेन्डरमा आज औषधी सप्लाई गर्दा १०१ छ। तीस रुपैयाँको जिम्मेवारी कसले लिन्छ? अन्तर्राष्ट्रिय कम्पनी डलरमै कारोबार गर्छन् फरक पर्दैन्। यी शर्त भनेको नेपाली कम्पनीलाई आउँन नदिनकै लागि राखिएका हुन्। 
केही कुरामा हामी अदालत जानसक्छौ तर हामी त्यसो गर्न चाहान्नौ। विश्व बैंकलाई भन्दा अर्थलाई देखाउँछ, अर्थलाई भन्यौ तिम्रो स्वास्थ्य सचिव बोल्दैन भन्छ। भारतीय कम्पनीलाई प्रतिस्पर्धामा पार्न नै यी शर्त बनाइएका हुन्। खरिद ऐनमा १० प्रतिशतसम्म महँगो भएमा पनि नेपाली वस्तु किन्ने भन्ने छ। यो बाटोबाट बन्द गरेपछि यो प्रावधानको पनि केही अर्थ रहेन।
लखनलाल साहः सरकारले प्रत्येक वर्ष करिब ८६ करोडको औषधी खरिद गर्दै आएको छ। हामीले औषधी किन्दा मापदण्ड हेरेर नै किन्ने गर्छौँ। औषधी खरीद गर्दा विश्व बैंकसँग मिलेर अन्तराष्ट्रिय नियम अनुसार नै खरिद हुन्छ। उत्पादनको समयमा अनुगमन हुन्छ। गुणस्तरीय मापन हुन्छ। ल्याब परीक्षण गरिन्छ। अनि खरिद हुन्छ। खरिद ऐनले नेपाली औषधी कम्पनीले १५ प्रतिशतसम्म महँगो भएपनि किन्न सकिन्छ। टेन्डरका शर्तहरुमा समस्या छन् भने सरकार त्यसमा हदैसम्मको लचक भएर छलफल गर्न तयार छ। तर छलफलका लागि कोही आउँदैन्।
सरकारले किने पनि औषधीको गुणस्तरमा संम्झौता गर्न सकिन्न? स्वास्थ्य महानिर्देशकले गुणस्तरमा उपभोक्ताले शंका गर्ने गरेको विषय उठाउनु भयो? त्यही कारणले त हैन सरकारले नकिनेको?
उमेशलाल श्रेष्ठः नेपाली बजारमा अहिले करिब दुई सयभन्दा बढी विदेशी कम्पनीको औषधी भित्रिरहेका छन्। तर ती मध्ये कसैको पनि 'इन्स्पेक्सन' भएको छैन। केही ठूला ५०/६० बहुराष्ट्रिय कम्पनी बाहेक अरु कम्पनीको हालत नेपालीको भन्दा खराब छ। तर सरकार अहिले पनि भारतीय कम्पनीका औषधी कागजका भरमा किनिरहेको छ। 
सरकारले ती कम्पनीको वास्तविकता पत्ता लगाउन केही बजेट छुट्टाएर भएपनि अनुमगन गर्नुपर्छ। ती कम्पनी मापदण्ड अनुसारका छन कि छैनन्। तीनका औषधी पनि गुणस्तरीय छैनन्। नेपाली जनतालाई गुणस्तरीय र सस्तो औषधी दिने हो भने सरकारले तत्काल त्यस्ता कम्पनीको अनुगमन गरेर वास्तविकता बाहिर ल्याउनु पर्छ। हामी चुनौति दिन्छौ हाम्रा औषधी गुणस्तरीय छैनन् भनेर प्रमाणित गरियोस् अनि हुन्छ। हैन् भने कमिसनका लागि विदेशी औषधी किन्ने अनि नेपालीलाई कमजोर भन्न मिल्दैन्
गजेन्द्र बहादुर भुजुः टेन्डरमा हामी सहभागी हुँदैनौं। क्षमता अनुसार नेपालका कम्पनी सबल छन्। तर हामीलाई टेन्डरका समयमा सहभागी नै गराइन्न। नेपाली पनि राम्रा छन भनेर टेन्डरका समयमा भन्ने ठाँउ नै पाउदैनौँ हामीले। एकै मन्त्रालय अन्तगर्तका विभाग भएपनि। हाम्रो भूमीका ग्लोवल टेन्डरका लागि छानिएका औषधी दर्ता गर्ने हो। 
डा.लखनलाल साहः विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार उत्पादन गरेका औषधी जसको गुणस्तर अनुगमन औषधी व्यवस्था विभागले पनि गरिरहेको छ। त्यसमा मैले शंका गरेको छैन्। मैले एउटा चिकित्सकको रुपमा अभ्यास गर्दा बिरामीले गरेका गुनासालाई मात्रै उठाएको हुँ। हामीले त्यही कारणले औषधीलाई नपार्न भनेर यस्तो गरेको भन्ने तथ्यहीन कुरा हो।
विष्णु प्रसाद रेग्मी,निरीक्षक, वाणिज्य विभाग 
हाम्रो संलग्नता औषधीको अनुगमन नै हो। बजार अनुगमनका क्रममा गुणस्तरका कुरा आइरहेका छन्। हामी प्राविधिक नभएकाले औषधी व्यवस्था विभागको अगुवाईमा उपस्थित भएर अनुगमनमा जान्छौं। उत्पादनमा भन्दा पनि हाम्रो अनुगमन बिक्री वितरणमा केन्द्रित छ। यो क्रममा दर्ता नभएका औषधी धेरै मात्रामा भेटिएका छन्। मनोदिपक औषधी रेकर्ड नराख्ने गरेको पनि पाइयो। पसलमा दक्ष जनशक्ति नबस्ने पनि समस्या देखियो। तालिम नलिएका मानिसले कसरी उपयुक्त औषधी देलान समस्या ठूलै छ। प्राविधिक मेनपावर वाणिज्य विभागसँग छैन। औषधीका विषयमा हामीलाई धेरै कुरा थाहा नै हुन्न। हामीले उपभोक्ता संरक्षण ऐन अनुसार मुद्दा पनि हाल्ने गरेका छौँ। तर प्राविधिक विषयमा औषधी व्यवस्था विभागले समस्या पत्ता लगाएर मुद्दा हाल्ने र हामीले फ्यासिलियट गर्ने गर्छौं। औषधीको कुरामा हामी पनि औषधी विभागसँग मात्र भर परेर काम गर्नुपर्ने अवस्था छ।
औषधी महँगो हुनुको कारण के हो? डाक्टर र विक्रेतालाई बढी कमिसन दिनुपरेर हो? 
दिपकप्रसाद दाहालःहरेक सामान बिक्री गर्न विज्ञापन गर्न खर्च हुन्छ। अन्य सामाग्रीले जस्तो जनतालाई प्रत्यक्ष रुपले मार्केटिङ गर्दैनौं। हामीले पनि कतिपय हाम्रा बिक्रेतालाई केही सम्मानस्वरुप दिन्छौं तर यसले बिक्री मूल्यमा कुनै पनि फरक पार्दैन। औषधी बिकाउनका लागि पेसा जस्तै पनि हो। हामीले अन्यथा लिदैनौं। तर गुणस्तर मारेर कमिसन दिएका छैनौ। मूल्यमा अन्तराष्ट्रिय स्तरको औषधी बनाएर संसारमा सस्तो बनाउँछौ। टेन्डरमा कुनै औषधी ९० पैसामा सप्लाई गर्छौ सरकार २ रुपैयाँ ४० पैसामा खरिद गर्छ। 
गजेन्द्रबहादुर भुजुः हामीले मूल्य र गुणस्तरमा त ध्यान दिनै पर्छ। नेपालीले मूल्य राख्दा वैज्ञानिक तथ्य हुदैन्। मूल्यलाई कसरी विभिन्न खालका कम्पनीमा फरक/फरक छ भन्ने कुरा हामीले हेर्ने हो। नेपाल सरकारले पनि मूल्य नियन्त्रण गर्ने अधिकार छ तर कुनै क्षमता छैन। औषधी उत्पादनमा चलखेल धेरै ठाउँमा हुन्छ। कच्च पदार्थ प्रयोग गर्दा देखि औषधी बनाउँदा कसरी भयो भन्ने कुरा पत्ता लगाउँने सामर्थ्य नेपाल सरकारसँग छैन। भारतमा समेत यसको राम्रो प्रयोग छैन। नेपालमा त झन् सम्भव नै छैन। 
तर अनुगमनको कुरामा हामी प्रोएक्सिटभ हुनसक्छौ। पछिल्ला दिनमा त्यस्ता उदाहारण पनि छन्। तर अनुगनमा गर्दा पनि स्याम्पल हेर्ने हो। खुला सीमा भएका कारण भारतबाट आयात भएको औषधीको अनुगमन गर्ने क्षमताका लागि जनशक्ति छैन्। सात निरीक्षण भएको विभागले सबैतिर हेरेर भ्याउँदैन्। 
प्रदिप वैद्य : टेन्डरको कुरामा हामी ७७ उत्पादनमा आत्मनिर्भर छौ। प्राइसिङबाट पनि आयात रोक्न सकिन्छ। अत्यवश्यकीय बाट पनि रोक्न सकिन्छ। १५ औषधी मूल्य नियन्त्रण गरे पनि रोकिन्छ। प्राइसिङ ऐनले जब औषधी व्यवस्था विभाग खुल्ला मार्केट सुरु भएपछि परिमार्जन भएको छैन्। मूल्य नियन्त्रण गर्न सरकारले सक्छ। अत्यवश्यक औषधी मूल्य नियन्त्रण सरकारले गर्नपर्छ। अत्यवश्यक बाहेकको लागि मार्के मूल्य निर्धारण गर्छ।
उमेशलाल श्रेष्ठः खुला अर्थतन्त्रमा विश्वास गर्छौं। मूल्यमा उत्पादकले राख्ने हो। मूल्य त एकरुपता हुन सक्दैन। कम्पनीको उत्पादन अनुसार फरक पर्छ। सानो कम्पनीले थोरै मूल्य राख्छ र ठूलो कम्पनीले धेरै मूल्य राख्छ। तर गुणस्तर सबैको उस्तै हुन्छ। हामीसँग औषधीको गुणस्तर जाँच्ने उपयुक्त विधि छैन। सरकारले खरिद गर्ने औषधीमा मूल्यबाहेक गुणस्तरमा ख्याल गर्ने चलन नै छैन।खाली थोरै मूल्य जस्ले दिन्छ त्यसको पछि लाग्ने चलन छ। आफ्नै ऐनलाई पनि औषधी व्यवस्था विभागले ख्याल गर्दैन। त्यसैले कम मूल्यलाई कहिले नी ध्यान दिनु हुँदैन। हाम्रा छिमेकी मुलुकमा तेस्रो ठूलो मूल्य र बर्मामा दोस्रो मूल्यलाई छान्ने चलन छ। त्यसैले गुणस्तर कम मूल्यमा मात्र नभइ धेरै मूल्यमा ध्यान दिनुपर्छ। सकेसम्म सरकारले टेन्डरमा कम मूल्यमा दिने कुरा फेर्नुपर्छ।
आयात रोक्नसमस्या के/के छन्? धेरै वर्षदेखि निर्यातको सपना पनि देखेर हिडेका पनि छौ के सम्भव छ?
प्रज्वलजंग पाण्डे,लोमस फर्मास्युटिकल्स
नीतिगत र प्रक्रियागत लामो छ। २ रुपैयाँको वस्तुलाई १० रुपैयाँको खर्च लाग्छ। इनिसियास भयो। यो देशका लागि गर्व हो। सबैको सहयोग पाएमा गर्न सकिन्छ। इतिहासमै पहिलो पटक गर्दा पनि धन्यवाद पनि पाउँदैन्। तिमी चढ म धकाल्छु भन्ने। म यो औषधी बाहिर लान्छु जब कि लिन तयार छ। त्यो मात्रा पनि दर्ता पनि गर्न सकिन्न। अन्तराष्ट्रिय प्राक्टिस छैन्। 
म कसैलाई दोष लगाउँदिन त्यो सिस्टमको दोष हो। नेपालमा दर्ता नभई बाहिर लान पाइन्न। सहयोग कसले गर्ने? विस्कुट जाओस् जे जाओस्। सिस्टम बनाउँने हामीले नै हो। सुरुवात गर्ने हामीले। प्रतिस्पर्धा हुनुपर्छ। टेन्डर अगाडी नेपालमा दर्ता हुनुपर्छ। डिडिए सदृड हुनुपर्छ। नेपाली कम्पनी हामी डराउँछौ रेस्पोन्सिबल छौ। हामीले अफ्रिकी देशमा प्रयास गर्दैछौं। सरकार ऐन कानूनले सहज गरिदिनुपर्छ। स्वास्थ्य वाणिज्य, परराष्ट्रले सबै मन्त्रालयहरुबाट सहयोग चाहिन्छ। फेयर प्रतिस्पर्धा हुनुपर्छ। छिर्के हान्ने भएन्। छिर्के हान्ने र मालप्राक्टिस हुनुभएन। स्वस्थ प्रतिस्पर्धा हुनुपर्छ। 
विष्णु प्रसाद रेग्मीः निर्यातलाई आयात प्रतिस्थापनलाई पनि विर्सान हुँदैन। पहिलो त आयातलाई प्रतिस्थापन गर्न सके पनि निर्यात सरह नै हो। उत्पादनमात्र भएर भएन निर्यात चाहियो। त्यति मात्र भएन हामीले क्वालीटिमा पनि निकै ध्यान दिन जरुरी छ। 
उमेश लाल श्रेष्ठः विशेष काउन्सिलले वान विन्डोको काम गर्नुपर्छ। फर्मास्युटिकल काउन्सिल त्यसको समाधान हुनसक्छ। औषधी मेसिनरी र कच्चा पदार्थ लिएर आउँने छुट्टै निकाय चाहिन्छ। प्रवर्द्धन गर्न त्यस्तो निकाय हुनुपर्छ। इम्पोर्ट गर्ने वस्तुको सूचीमा औषधी परेन्। यो राष्ट्रले औषधी निर्यात गर्छ भन्दा देशकै गौरवको विषय हो। बंगलादेशमा औषधी उत्पादक संघको अध्यक्षको प्राइमिनिट्ररसँग हटलाईन कुरा हुन्छ। सरकारले पनि त्यो रुपमा सोच्नुपर्छ। अहिले सम्म उत्पादकबाटै मात्रै पहल भइरहेको छ। राज्यको सपोर्ट छैन्। एनपिएल नामक कम्पनीले भारत लान धेरै वर्षदेखि प्रयात्न गरिहेको छ। जुन जारी छ। हामी यो बारेमा भारतीय पक्षसँग पनि कुरा गरिहेका छौ हुन्छ भन्नु भएको छ।
गजेन्द्रबहादुर भुजुः औषधी व्यवस्था विभागलाई आयात निर्यात थाहा हुन्न। यो कमर्स हो। हाम्रो ऐनमा एक्स्पोर्ट गर्न दिन हुन्छ की हुन्न अन्यौल छ। औषधी ऐनमा खासै केही उल्लेख छैन्। ०३३ सालको ऐनले अहिले केही गर्न सक्दैन्। संसोधन गरेर हामीले प्राविधिक रुपमा गर्ने हो। संसोधन गरेर निर्यातलाई सहयोग गर्ने नीति लिएका छौ।
अर्को समाचार
कोरला भन्सार : ‘अव्यवस्थित संरचनाले सकस’
११ घण्टा अघि
•
१ मिनेट पाठ
कोरला भन्सार : ‘अव्यवस्थित संरचनाले सकस’
पोखरा। लामो समयदेखि उपेक्षामा पर्दै आएको मुस्ताङको कोरला नाकास्थित नेचुङ भन्सार कार्यालयले अहिले पनि दिनमा आठ करोड रुपैयाँ हाराहारीमा राजस्व संकलन गर्दै आएको छ।




सीमित स्रोतसाधनका बाबजुद पनि अहिलेको समयमा नेपाललाई चीनसँग जोड्ने व्यापारिक नाकाको एक मात्र विकल्पको रूपमा कोरला बनेको छ। त्यही नाका हुँदै अहिले दिनहुँ जसो करोडौँ रुपैयाँ मूल्यका चिनियाँ सामान नेपाल भित्रिरहेका छन्। 

मुस्ताङ भन्सार कार्यालयका अनुसार अहिले चीनबाट नेपालमा सामान र साधन भित्र्याउने एक मात्र नाका कोरला बनेको छ। गत भदौमा आएको भोटेकोशीको बाढीले रसुवागढी नाका ध्वस्त पारेपछि नेपालको चीनसँगको व्यापार अप्ठेरोमा परेको थियो। त्यस लगत्तै चीनले तातोपानी नाका पनि अस्थायी रूपमा बन्द गरेको थियो।

रसुवागढी नाका बाढीले ध्वस्त बनाएपछि त्यहाँको नाकामा रोकिएका र तातोपानी बन्द गरिएपछि रोकिएका कन्टेनरका सामान कोरला नाका हुँदै नेपाल भित्र्याउन थालिएको थियो। त्यसपछि बल्ल कोरला नाका चलायमान बनेको थियो।

‘नेपाल र चीनसँगको व्यापारको एक मात्र नाका अहिले कोरला बनेको छ, तर यसको व्यवस्थापन जबरजस्त भइरहेको छ। व्यवस्थित नाका नहुँदा समस्या बनेको छ,’ कोरलास्थित मुस्ताङ भन्सार कार्यालयका प्रमुख अनन्त तिम्सिना भन्छन् ‘अब चिसो बढ्न थाल्यो, आगामी दिन अझै सकसपूर्ण हुनेछैन, कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ता छ। तर पनि चीनसँगको व्यापारको विकल्प कोरलाको छैन।’

उनका अनुसार अहिले नै चिसो बढिसकेकोले लोमान्थाङ क्षेत्रमा पानी जम्न थालिसकेको छ। स्थानीयवासीहरु चिसो छल्नका लागि तल (पोखरा, चितवन, काठमाडौं) झर्न थालिसकेका छन्।

‘अब त सुनसान बन्न थालिसकेको छ । माथिल्लो क्षेत्रका धेरै घरमा ताला लागिसकेको छ,’ उनले भने, ‘अब त कर्मचारीलाई पनि आवश्यक सामान किन्न नपाउने अवस्था आउन थालिसकेको छ।’

अघिल्ला वर्ष यो सिजनमा नाका क्षेत्र यो बेलासम्म सुनसान बनिसकेको हुन्थ्यो। यो पटक भने चिसो बढ्दै गए पनि कोरलाको व्यापारिक नाका भने अहिले पनि व्यस्त रूपमै चलिरहेको छ।

नाका खुलाएर व्यापारिक गतिविधि सञ्चालन गरे पनि भन्सारमा आवश्यक संरचना नहुँदा समस्या रहेको उनले बताए।

‘कोरला नाकाबाट चालु आर्थिक वर्षको अहिलेसम्म १५ अर्ब रुपैयाँ राजस्व उठिसकेको छ। तर, भन्सारमा व्यवस्थापन कमजोर छ। ‘संरचना छैनन्, जबरजस्ती व्यापारिक गतिविधि चलाइएको मात्र छ,’ उनले भने।

उनका अनुसार मुस्ताङको यो भन्सार नाकामा अहिलेसम्म एकीकृत भन्सार जाँच चौकी (आईसिपी) छैन। ‘व्यापारिक नाका मात्र हो, तर, व्यवस्थापन सहज छैन। सबैतिर अस्तव्यस्त मात्र छ,’ उनले भने, ‘आईसिपीमा हुनुपर्ने न्यूनतम पूर्वाधार पनि छैनन् । पूर्वाधार भए पनि अपुग छन्। भन्सार नाकामा हुनुपर्ने कतिपय निकायको उक्त क्षेत्रमा उपस्थिति नै छैन।’

एकीकृत भन्सार जाँच चौकीमा आयात–निर्यात तथा सीमा वारपारसम्बन्धी सम्पूर्ण सरकारी सेवा र सुविधा एकै छानामुनिबाट प्रदान गरिन्छ। तिम्सिनाका अनुसार आईसिपीमा एकीकृत सेवा प्रणाली अन्तर्गत भन्सार जाँच पास, अध्यागमन, क्वारेनटाइन (पशु, वनस्पति तथा खाद्य परीक्षण), बैंक तथा विदेशी मुद्रा सटही काउन्टर एउटै परिसरभित्र रहन्छन्। 

ती बाहेक सामान भण्डारणका लागि ठूला गोदाम, कोल्ड स्टोरेज, कन्टेनर पार्किङ यार्ड, इलेकट्रोनिक तौल काँटा र सुरक्षा जाँचका आधुनिक उपकरण पनि भन्सार क्षेत्रमै उपलब्ध हुन्छन्। एउटै स्थानबाट सबै प्रक्रिया पूरा हुने भएकाले मालवाहक सवारीसाधनको सीमा नाकामा हुने लामो जाम हट्छ र ढुवानी लागत कम हुनुपर्ने भए पनि मुस्ताङको कोरलामा भने ती सबै समस्या रहेको उनले सुनाए। 

‘उनको भन्सार जाँच पास गराउनुपर्‍यो भने अहिले पनि समस्या  । त्यसका लागि पोखरा आउनुपर्छ,’ उनले भने, ‘भन्सार कार्यालय मात्र भएर हुँदैन। अरू सरकारी निकाय पनि हुनुपर्छ। अध्यागमनमा पनि उत्तिकै समस्या छ। सबैले समान रूपमा काम गर्नुपर्छ । बैंक त करिब १४ किलोमिटर तल छ। राजस्व बुझाउनका लागि १४ किलोमिटर तल झरेर बैंकमा रकम तिरेर फर्केपछि बल्ल काम हुन्छ। त्यसैले सबैका लागि झन्झट छ।’ 

उनका अनुसार भन्सार कार्यालयका लागि मात्र एक हजार रोपनी क्षेत्रफलको जग्गा रहेको छ। ‘सामान लोड–अनलोड गर्नमा समेत समस्या छ। सबै काम भुँइमै गर्ने हो। त्यही भएर एउटै गाडी पास गर्न ३/४ दिन लाग्छ,’ भन्सार प्रमुख तिम्सिनाले भने।

भन्सारमा व्यवस्थित तरिकाले विभिन्न निकाय हुनुपर्नेमा त्यसको अभाव रहेकोले अबका दिनमा झनै चुनौतीपूर्ण रहने उनले बताए। ‘अब हिमपातको समय पनि सुरु भएको छ। हिमपात भयो भने त झनै समस्या हुन् । नाकासम्म पुगेका गाडी पनि चिसोका कारण ‘स्टार्ट’ हुन समेत समस्या हुने गरेको छ,’ उनले भने, ‘रोकेको ठाउँमा चिसोका कारण गाडी स्टार्ट नभए पनि सकस पर्ने गरेको छ। गोदामघर पनि छै। गोदाम नहुँदा सामान बोकेका कन्टेनर नै गोदाम बनेका छन्। सामान उतार्ने र चढाउने काममा समेत सकस छ।’

उनका अनुसार चिसोका कारण एकातिर समस्या छँदैछ, अर्कोतिर बाटो सहज नहुँदा नाका हुँदै भित्र्याइएका चिनियाँ सवारी बाटोमा दुर्घटनामा परेर व्यावसायिक क्षति पनि हुने गरेको छ। उनका अनुसार चालु आर्थिक वर्षको अहिलेसम्म कोरला नाका हुँदै करिब १२ सय चिनियाँ विद्युतीय सवारी नेपाल भित्र्याइएको छ।

‘बाटोमा दुर्घटनामा परेका सवारी यत्रतत्र देखिन्छन्। बिक्रीका लागि नेपाल ल्याइएका ती चिनियाँ सवारी ठाउँ ठाउँमा समस्यामा रहेका भेटिन्छन्, कतै ढुंगामा ठोक्किएका हुन्छन त कतै बिचमै बिग्रेको अवस्थामा भेटिन्छन्, सबैतिर समस्या नै समस्या रहेको छ,’ उनले भने।

पोखरा–जोमसोम सडक पनि यति बेलाको समयमा उत्ति सहज छैन। साँघुरो र कच्ची सडक भएकोले ठूला आकारका कन्टेनरमा पोखरासम्म सामान ल्याउन पनि सकसपूर्ण रहेको व्यवसायीले बताउँदै आएका छन्।

जोमसोमदेखि माथिल्लो मुस्ताङको कोरला नाकासम्मको बाटो कालोपत्रे छैन। यो नै ११५ किलोमिटर दूरीको छ । त्यस्तै बेनी–जोमसोम खण्ड पनि उत्तिकै सकसपूर्ण छ।

कच्ची सडक भएको र यो वर्षको  बाढी पहिरोले कालिगण्डकी करिडोर समेत क्षतविक्षत पारेकोले बेनी–जोमसोम खण्ड सहज नभएको व्यवसायीले बताउँदै आएका छन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस