काठमाडौं- जलविद्युत उत्पादकले अध्ययन तथा उत्पादन अनुमतिपत्र लिने प्रक्रिया लामो भएको गुनासो गरिरहँदा जल तथा ऊर्जा आयोगले प्रक्रियालाई थप लम्ब्याउने तयारी गरेको छ। आयोगले १० मेगावाटभन्दा ठूला आयोजना र ५ सय हेक्टरभन्दा बढीमा सिंचाइ पुग्ने आयोजनाको अनुमतिपत्र लिँदा अनिवार्य आयोगको स्वीकृति लिनुपर्ने बाध्यात्मक व्यवस्था गर्ने भएको छ। बिना ऐन मन्त्रिपरिषद्को गठन आदेशका भरमा सञ्चालन भइरहेको आयोगले तयार गरिरहेको 'जल तथा ऊर्जा आयोग ऐन' मा सो व्यवस्था थप्न लागेको हो।
आयोजनाका प्रवर्द्धकले अहिले नै गाविसदेखि ऊर्जा मन्त्रालयसम्मको लामो प्रक्रिया पूरा गर्नुपर्छ। यस्मा थप जटिल अवस्था राख्दै जलविद्युत विकासलाई निरुत्साहित गर्ने तयारी गरेको आयोगकै एक उच्च कर्मचारीले बताए। आयोगलाई सक्षम एवं प्रभावकारी बनाउन यस्तो ऐनको खाका तयार भइरहेको आयोगका प्रवक्ता झमकप्रसाद शर्माले बताए।
'हालसम्म गठन आदेशका भरमा सञ्चालित आयोगलाई ऐन तयार भएपछि आधिकारिक सुपरिवेक्षक निकाय बनाउनेछ, उनले भने, 'ऐन तयार पार्ने विषयमा केन्द्रित रहेर छलफललाई तीव्रता दिइएको छ।' निजी क्षेत्रले आयोजना निर्माणमा हुने गरेको प्रक्रियागत जटिलतामा आपत्ति जनाइरहँदा यस्तो ऐनले निजी क्षेत्रलाई निरुत्साहित बनाउने एक प्रवर्द्धकले बताए।
'ऊर्जा मन्त्रालयलगायतका दर्जनभन्दा बढी नियमनकारी निकायले अनुमतिपत्र लिने प्रक्रियामा ढिलाइ गरिहेका हुन्छन्, ' जलस्रोत उद्यमी ज्ञानेन्द्रलाल प्रधानले भने, 'यस्तो ऐन ल्याउनुको पछाडि सरकारले निजी क्षेत्रलाई आयोजना बनाउन पर्दैन भन्न खोजेको हो।' तीन वर्षमा निर्माण पूरा हुने २५ मेगावाटको आयोजनाका अध्ययन प्रतिवेदन स्वीकृत गर्न नै सरकारले अहिले नै ५ वर्षसम्म लगाउने गरेको उन्ले बताए।
५ वर्षे अध्ययन अवधिसम्म आयोजना प्रवर्द्धकले ऊर्जा, वन तथा वातावरण मन्त्रालयसम्मको लामो प्रक्रिया पूरा गर्नुपर्छ। यस्तो झन्भि्कटिलो प्रक्रियालाई सरल बनाउनुको सााटो झन जटिल बनाउन लागेको प्रधानको आरोप छ। सरकारी ढिला सुस्तीकै कारण निजी प्रवर्द्धकका फाइल ती मन्त्रालयमा महिनौंसम्म विनाकारण थन्किने गरेको पनि उनले बताए।
आयोग लामो समयदेखि बिना ऐन सञ्चालन हुँदै आएकाले पूर्व ऊर्जा मन्त्री उमाकान्त झाले सन् २०१२ को डिसेम्बरमा नयाँ ऐन बनाउन आयोगलाई निर्देशन दिएका थिए। प्रवक्ता शर्माले भने यस्तो ऐनले आयोजना विकासमा कुनै प्रकारको समस्या उत्पन्न नगराउने दाबी गरे। नदी बेसिनका आधारमा जलविद्युत आयोजना निर्माण गर्न र जलस्रोतको एकिकृत विकास गर्न पनि यस प्रकारको ऐनले मद्दत गर्ने उनको भनाइ छ। आयोगले तयार पारिरहेको खाकालाई मन्त्रिपरिषद्ले चालू आर्थिक वर्षभित्र स्वीकृत गर्ने अपेक्षा राखिएको शर्माले बताए।