काठमाडौं- व्यापारिक घराना चौधरी ग्रुप (सिजी) का प्रेसिडेन्ट विनोद चौधरी 'टप सिक्स्टी फेमिली बिजनेस लिडर्स २०१४' को सूचीमा परेका छन्। बेलायतको 'क्याम्पडेन एफबी' म्यागाजिनले तयार पारेको उक्त वार्षिक सूचीको एसिया प्रशान्त क्षेत्र वर्गमा चौधरी परेका हुन्। उनी 'प्रगति र उद्यमशीलता' तर्फ मनोनित भएका हुन्। म्यागाजिनका अनुसार उनको कम्पनी चौधरी ग्रुपको वार्षिक आम्दानी १९ करोड पाउन्ड (३१ अर्ब ३५ करोड रुपैयाँ) भन्दा बढी छ। तेस्रो पुस्ताका चौधरी 'नुडल किङ' का रूपमा परिचित छन्। वाइवाई चाउचाउबाट माथि सफलताको सिँढी चढेका उनी फोर्ब्स म्यागाजिनले तयार पारेको संसारका अर्बपतिहरूको सूचीमा नेपालबाटै पहिलो पटक परेका थिए।
सिजीको व्यापार सफलता 'मुखमुखै भएको प्रचार' मा निहित रहेको क्याम्पडेन एफबीले उल्लेख गरेको छ। त्यसैगरी सिजीको व्यवस्थापन दर्शन भनेको नेपालको अर्थतन्त्रमा सुधार र रोजगारीका अवसर सिर्जना गर्दै जाने रहेको पनि म्यागाजिनले जनाएको छ।
सिजी ग्रुपले खाद्य, पेय, बियर, सुर्ती, घरायसी विद्युतीय सामग्री, रियलस्टेट, स्वास्थ्य, शिक्षा, ऊर्जा, होटल क्षेत्रलगायत ४० थरी व्यापारमा लगानी गरेको छ। यसले पाँच महादेशमा आफ्नो लगानी विस्तार गरिसकेको छ।
चौधरीसँग उक्त सूचीमा एसिया प्रशान्त क्षेत्रबाट थाइल्यान्डको चरोएन पोकफान्ड ग्रुपका अध्यक्ष धानिन चिएराभानोन्ट, हङकङको न्यु वर्ल्ड डपलपमेन्टका कार्यकारी निर्देशकद्वय सोनिया र एड्रियन चेङ, त्यहीँकै डोरसेट हस्पिट्यालिटी इन्टरनेसनलकी अध्यक्ष विन्नी चिउलगायत छन्।
त्यसैगरी फिलिपिन्स, अस्ट्रेलिया, भारत, न्युजिल्यान्ड, इन्डोनेसिया र जापानका धनाढ्य पनि एसिया प्रशान्त क्षेत्रबाट उक्त सूचीमा परेका छन्। अफ्रिकातर्फ तान्जानिया, मोरक्को, नाइजेरिया, युगान्डा र केन्याबाट, युरोपतर्फ फ्रान्स, बेल्जियम, जर्मनी, स्विडेन, स्पेन, इटालीबाट परेका छन्।
मध्यपूर्वबाट युनाइटेड अरब इमिरेट्स (युएई) को अबुधाबी, दुबई, सारजहाँ, बहराइन, कुबेत, ओमान, इजिप्ट, टर्की तथा उत्तर अमेरिकातर्फ अधिकांश अमेरिका र क्यानडाबाट सूचीमा परेका छन्।
सन् २००१ बाट प्रकाशित क्याम्पडेन एफबी म्यागाजिनले पारिवारिक व्यवसाय, तिनका सफलता, नेतृत्वकर्ताको अन्तर्वार्तालगायत समेट्दै आएको छ।