काठमाडौं- जलविद्युत विकासमा वैदेशिक लगानी अपरिहार्य रहेको बहस चलिरहँदा दाता तथा विकास साझेदारले नेपालमा लगानीका विषयमा सरोकारसँग छलफल बढाएका छन्। सरकारले पूर्णता पाउनासाथ लगानीमैत्री वातावरणको आधार बन्दै गएकाले दातृ निकायले लगानीका लागि चासो बढाएका हुन्।अस्थिर सरकार र राजनीतिका कारण वैदेशिक लगानी आउन नसकेको भन्ने सरकार तथा निजी क्षेत्रलाई यस प्रकारको बहस तथा छलफलले लगानी भित्रिने आशा जगाएको छ। मंगलबारदेखि काठमाडौंमा सुरु भएको ‘नेपालमा जलविद्युत सम्भावनादेखि वास्तविकता' विषयक कार्यशाला गोष्ठीमा विकास साझेदार निकायका प्रतिनिधिले नेपालमा लगानी गर्ने आधार बन्दै गएको बताए।
गोष्ठीमा एसियाली विकास बैंक (एडिबी), विश्व बैंक (अन्तर्राष्ट्रिय वित्त निगम) सहित भारत, चीन, बंगलादेश तथा अन्य तेस्रो मुलुकका उच्च सरकारी कर्मचारी र निजी क्षेत्रले जनाएको सहभागिताकाले पनि जलविद्युतमा लगानी भित्रिने सम्भावना बढाएको छ। नेपालमा उत्पादित बिजुलीको बजार भारत भएकाले दुवै देशको हितअनुकूल लगानी प्रवर्द्धन गर्नुपर्ने विज्ञहरुले धारणा राखे।
वैदेशिक लगानी ल्याउन विद्युत विकासमा विगतदेखि रोकिएका प्रक्रिया अगाडि बढाउँदै यस क्षेत्रको सुधार गर्न जरुरी रहेको सरकारी, अर्ध सरकारी र निजी क्षेत्रका प्रतिनिधिले जोड दिएका छन्। नीतिगतरुपमा बाझिएका समस्या तत्काल फुकाउन जोड दिँदै निजी क्षेत्रले यसो नगरिए जलविद्युतको आर्थिक विकासमा कुनै योगदान नरहने टिप्पणी गरेका छन्।
विगतको तुलनामा जलविद्युत विकासमा राजनीतिक पार्टीबीच सहकार्य हुँदै आएकाले लगानीमैत्री वातावरण सिर्जना गर्न सरकारले पूर्णरुपमा सहयोग गर्ने अर्थमन्त्री रामशरण महतले बताए। काठमडाौंमा भेला भएका विकास साझेदार निकायका प्रतिनिधिसँग महतले भने, ‘ढुक्क हुनुस्, रोकिएका नीतिगत प्रक्रिया अगाडि बढाएर द्रुत गतिमा लगानीकर्ताका काम हुन्छन्।'
उनले थपे, ‘प्रक्रियामा आएका वैदेशिक लगानीकर्ता काम एक महिनाभित्र पूरा गर्न सरकार प्रतिवद्ध छ, असुरक्षाको अनभूति गर्नुपर्दैन।' यो सरकारले जलविद्युत विकास निजी क्षेत्रको सहभागितालाई उतिकै प्राथमिकता दिँदै जटिल कानुनी प्रक्रियासमेत सरलिकृत गरिने भन्दै अर्थमन्त्री महतले नेपाललाई विद्युतीय अर्थतन्त्रमा रुपान्तर गर्ने स्पष्ट पारे। देश स्वच्छ ऊर्जाको विद्युतकेन्द्र भएकाले यसको उचित सदुपयोग गरेर दुई अंकको आर्थिक वृद्धि हासिल गर्न यो सरकारले जोड दिएको पनि उनको धारणा थियो।
यसै गरी ऊर्जा मन्त्री राधा ज्ञवालीले अहिलेसम्म जेलिएका समस्या समाधानले नै जलविद्युत विकासको मार्ग प्रशस्त गर्ने बताइन्। ‘विगतमा गरिएका गल योजनाका कारणले आज देशले विद्युत संकट बेहोर्नु परेको हो,' उनले भनिन्, ‘विगतमा योजना बने, कार्यान्वयनमा ध्यान दिइएन, वैदेशिक लगानीमा स्पष्ट कानुन बन्न सकेन यसैले जलविद्युत विकास पछाडि परेको हो।'
विद्युत विकासमा सरकार र निजी क्षेत्रको पनि धारणा स्पष्ट हुनुपर्ने भन्दै मन्त्री ज्ञवालीले थपिन्, ‘निजी क्षेत्रलाई सरकारले कसरी यस क्षेत्रमा साझेदार बनाउँदै जान्छ भन्ने पक्ष पनि उतिर्क जरुरी छ।' सरकार, स्वदेशी तथा विदेशी निजी क्षेत्रको संयुक्त प्रयासमा मात्र मागअनुसार नेपालको जलविद्युत विकास हुने उनको भनाइ थियो।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष रविन्द्रकुमार शाक्यले अपुरो नीतिगत व्यवस्थाले लक्ष्यअनुरुप जलविद्युत क्षेत्रको विकास हुन नसकेको बताए। ‘विगतका सरकारले यो क्षेत्रमा उचित बजेट विनियोजन नगरेको अवस्था थियो, चालू आर्थिक वर्षमा बजेटको आकार बढाइएको छ,' उनले भने, ‘यसले लगानीको वातावरण सिर्जना गर्छ भने सरकारले लगानी बढाउँदा दाता तथा विकास साझेदारले समेत लगानी बढाउने आधार बन्छ।'
सरकारले जलविद्युतमा वैदेशिक लगानी भित्र्याउन उचित ऐन बनाउन नसकेको टिप्पणी गर्दै अर्थविद विश्वम्भर प्याकुर्यावलले अल्पकालीन नीति नियममा बाँधिएर काम गरिरहेकैले देशको आवश्यकता पूरा नभएको बताए। उनले भने, ‘लामो समयदेखि विद्युत विधयेक संसदमा विचाराधीन छ, यो पास गराउन कुनै सरकारले पनि पहल गरेनन्, यो सबैभन्दा ठूलो दुर्भाग्य हो।' जलविद्युत विकासमा दर्जनौं ऐन नियम बने पनि भरपर्दौ कानुनले पनि वैदेशिक लगानीलाई रोकेको उनको तर्क थियो।
‘विद्युत अभावका कारण वार्षिक ६० अर्ब रुपैयाँ व्यापार घाटा हुँदासम्म सरकारले लगानीको आधार तय गर्न सकेको छैन,' जलस्रोत उद्यमी ज्ञानेन्द्रलाल प्रधानले भने। वैदेशिक लगानीको वातावरण तयार गर्दै विद्युत संकट कम गर्न सरकारले रुग्ण निजी क्षेत्रले बनाइरहेका आयोजनालाई सहुलियत दिनुपर्ने उनले बताए। यो सँगै विद्युत आदानप्रदानका लागि नेपाल र भारतको संयुक्त प्रयासमा अन्तरदेशीय प्रसारण लाइन बनाउनुपर्नेमा उनले जोड दिए।
नेपालले जलविद्युत विकासमा विकसित देशको अध्यासलाई आत्मसाथ गर्नुपर्नेमा जोड दिँदै विश्व बैंकका आवासिय निर्देशक जोहानेस जटले वैदेशिक लगानीको सुरक्षामा सरकारले ध्यान दिनुपर्ने बताए। उनले भने, ‘वैदेशिक मुद्राको जोखिम बाँडफाँड गर्न र विदेशी लगानीका आयोजनाको विद्युत खरि सम्झौता (पिपिए) गर्न सरकारले सहयोग गर्नुपर्छ।'