काठमाडौं- नोक्सानी कम गर्न सरकारले व्यावसायिक प्रयोजनमा एलपी ग्यासको निलो सिलिन्डरलाई अनिवार्य बनाउँदै सोमबारदेखि अनुगमन थाल्ने भएको छ। दुईथरी सिलिन्डर बनाएर ग्यास नोक्सानी घटाउन तीन वर्षअघि ल्याएको योजना कार्यान्वयन गर्न अनुगमन तयारी गरिएको हो। सोमबारदेखि महानगरपालिका, उपमहानगरपालिका र नगरपालिका क्षेत्रका होटल, रेस्टुरेन्ट, पार्टी प्यालेसमा अनुगमन थालिने आयल निगमले जनाएको छ।
काठमाडौं उपत्यकामा वाणिज्य विभागअन्तर्गतको नियमित बजार अनुगमन टोलीले पाँचतारे होटल, रेस्टुरेन्ट र पार्टी प्यालेस अनुगमन गर्नेछ भने स्थानीय स्तरमा वाणिज्य विभागअन्तर्गतका बजार अनुगमन टोली खटिने छन्। निगमले अनुगमनमा सहयोग गर्न गृह मन्त्रालयलाई समेत आग्रह गरिसकेको छ। जिल्ला तहमा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा अनुगमन टोली हुने भएकोले अनुमगनमा सहयोगको लागि आग्रह गरिएको हो। निगमले आफ्ना क्षेत्रीय कार्यालयलाई समेत अनुगमनलगायतमा सहयोग गर्न निर्देशन दिइसकेको छ।
'व्यावसायिक क्षेत्रमा निलो सिलिन्डर अनिवार्य गर्न सोमबारदेखि बजार अनुगमन सुरु हुनेछ,' निगमका निर्देशक सुशील भट्टराईले आइतबार नागरिकसँग भने, 'पहिलो चरणमा रातो सिलिन्डर भेटिए कारबाही हुँदैन, निलो सिलिन्डर प्रयोग गर्न आग्रह गर्नेछौं। त्यसपछिका अनुगमनमा समेत घरायसी सिलिन्डर (रातो) प्रयोग भए कारबाही गर्नेछौं।'
निगमले निलो सिलिन्डर प्रयोगमा ल्याउने बाध्यकारी व्यवस्था लागू गर्नुअघि होटल एसोसिएसन नेपाल (हान) र रेस्टुरेन्ट एन्ड बार एसोसिएसन अफ नेपाल (रेबान) का प्रतिनिधिसँग छलफल गरेको थियो। छलफलमा संघका प्रतिनिधिले निलो सिलिन्डर पर्याप्त मात्रामा उपलब्ध गराउन निगमलाई आग्रह गरेका थिए।
'निलो सिलिन्डर प्रयोगमा ल्याउन उहाँहरु पनि तयार हुनुहुन्छ,' भट्टराईले भने, 'त्यसैले हामीले पहिलो चरणमा अनुगमनमा रातो भेटिए पनि केही गर्दैनौं।' यो अनुगमनले निलो सिलिन्डरको वास्तविक विवरणसमेत आउने निगमको विश्वास छ। यसबाहेक निगमले बोटलिङ प्लान्टमा समेत अनुगमनको लागि कर्मचारी खटाएको छ। निगमका कर्मचारीले उपत्यका वरपरका बोटलिङ प्लान्टबाट निलो सिलिन्डरको तथ्यांक लिइरहेको भट्टराईले बताए।
अहिलेसम्म बोटलिङ प्लान्टले तीन लाख निलो सिलिन्डर बनाएको दाबी गरेका छन्। तात्कालीन वाणिज्यमन्त्री शंकरप्रसाद कोइरालाले गत असारमा निलो सिलिन्डर बिक्री सुरु गरेका थिए। तर, त्यो प्रभावकारी नभएपछि अनुगमन अभियान सुरु गर्न लागिएको हो।
मुलुकभरका ग्यास बोटलिङ प्लान्टसँग ४० लाख सिलिन्डर छन्। यस आधारमा निलो सिलिन्डर १० प्रतिशतभन्दा कम बनेको छ। निलो सिलिन्डरको प्रयोग प्रभावकारी हुनेबित्तिकै दुईथरी मूल्य कार्यान्वयनमा ल्याउन सजिलो हुन्छ।
सरकारले दुईथरी सिलिन्डर प्रयोगमा ल्याएर घरायसी प्रयोजनमा वार्षिक निश्चित सिलिन्डर सहुलियतमा दिने र व्यावसायिक प्रयोजनमा परल मूल्यमा बिक्री गर्ने योजना बनाएको थियो। निगमले निलो सिलिन्डर प्रभावकारी बनाउन ग्यास खरिद आदेश (पिडिओ) जारी गर्दा नै ३० प्रतिशत परल मूल्य र ७० प्रतिशत अनुदानमा दिने तयारीसमेत सुरु गरेको छ। निगमका अनुसार पिडिओमै दुईथरी जारी गर्दा उद्योगी पनि बाँधिने भएकोले यसलाई अघि बढाउन खोजिएको हो।
तीन वर्षअघि ग्यासको नोक्सानी घटाउन रातो र निलो सिलिन्डर प्रयोगमा ल्याएर दुईथरी मूल्य कार्यान्वयनमा ल्याउने निर्णय तत्कालीन सरकारले गरेको थियो।
दुईथरी मूल्य कार्यान्वयन गर्न ग्यास बिक्रेता महासंघले घरायसी उपभोक्तालाई कार्ड वितरणसमेत थालेको थियो। तर अहिलेसम्म कार्ड वितरणमा उल्लेख्य प्रगति हुन सकेको छैन। ग्यास बिक्रेता महासंघका अध्यक्ष ज्ञानेश्वर अर्याल दुईथरी मूल्य कार्यान्वयनको लागि सरकारले ल्याउन लागेको अभियान सहयोगी बन्ने बताउँछन्। महासंघले सात लाख कार्ड वितरण गरिसकेको जनाएको छ।
पछिल्लो समय ग्यासको नोक्सानी बढ्दो क्रममा रहेकोले समेत दुईथरी मूल्य ल्याउनुपर्ने आवश्यकता भइसकेको अर्यालले बताए। अहिले निगमलाई एक सिलिन्डर ग्यासमा ८ सय ६४ रुपैयाँ नोक्सानी छ।