बुटवल–भैरहवा करिडोरका उद्योगी भन्छन्ः प्राधिकरणलाई पैसा हैन उद्योगको तालाचावी बुझाउँछौं
२० असार २०७८
•
७ मिनेट पाठ
बुटवल–भैरहवा करिडोरका उद्योगी भन्छन्ः प्राधिकरणलाई पैसा हैन उद्योगको तालाचावी बुझाउँछौं
नेपाल विद्युत् प्राधिकरणले छुट बिलका नाममा उद्योगीले मागै नगरेको र प्रयोग नै नभएको भनिएको ट्रंकलाईन बापतको विद्युत् महशुल बुझाउन ताकेता गरेपछि बुटवल–भैरहवा करिडोरका उद्योगीहरु फेरि आन्दोलित भएका छन्। प्राधिकरणले सो करिडोरका २३ वटा ठूला उद्योगलाई २०७२ भदौ देखि २०७६ मंसिरसम्मको ट्रकलाईन बापतको छुट बिल यही असार मसान्तसम्ममा चुक्ता गर्न ताकेता गरेको छ। वक्यौता रकम अथवा सो उपरको जरिवाना असार मसान्त भित्र नबुझाए कानुन बमोजिम कारबाही गर्ने पत्रमा उल्लेख छ।




तर उद्योगीहरुले भने आफूहरुले प्रयोगै नगरेको विद्युत्को महशुल तिर्न नसक्ने भन्दै प्राधिकरणलाई लाईन काटेर देखाउन चुनौती दिएका छन्। करिडोरका उद्योगीहरुले आइतबार मंगलापुरमा पत्रकारसम्मेलन गरी आफूहरुले माग्दै नमागेको ट्रंकलाईनको महशुल नतिर्ने भन्दै जबरजस्ती गरीए उद्योग बन्द गरेर तालचावी प्राधिरकणलाई नै बुझाइदिने चेतावनी दिएका हुन्। व्यवसायिक संघसंगठनहरुले पनि उद्योगीहरुको भनाइमा ऐक्यबद्धता जनाउँदै प्राधिकरणको ज्यादतीविरुद्ध करिडोरका उद्योगीसंगै सडकमा ओर्लीने बताएका छन्।  

करिडोरका ६ वटा उद्योगले २०७२ देखि र १७ वटा उद्योगले २०७५ देखि ट्रकलाईन प्रयोग गरेबापतको करिब ४० करोड वक्यौता रहेको प्राधिकरणको दावी छ। प्राधिकरणले २०७६ को फागुनमा आएर छुट बिलको नाममा करिडोरका उद्योगहरुलाई चार वर्ष अघिको वक्यौता तिर्न ताकेता गर्दै पत्र पठाएको थियो। त्यसयता उद्योगीहरु सम्बन्धित मन्त्रालय, प्राधिकरणको क्षेत्र, प्रदेश र केन्द्रीय कार्यालयहरुमा पटक पटक डेलिगेशन गएका छन्। उद्योगीको भेटमा यसअघिका अर्थमन्त्री, उर्जामन्त्रीसहित प्राधिकरणका क्षेत्र र प्रदेशका अधिकारीहरुले समेत उद्योगीहरु साच्चिकै अन्यायमा परेको र छुट विलका नाममा प्रयोगै  नगरेको शुल्क तिर्नु नपर्ने आश्वासन दिएका थिए। जसका कारण उद्योगीहरु सौहार्दपूर्ण रुपमा समस्या समाधान हुने अपेक्षामा थिए। 

तर अहिले प्राधिकरणले तोकिएको समयमा वक्यौता चुक्ता नगरे कानुन बमोजिम कारबाही गर्ने पत्र पठाएपछि आन्दोलनको तयारीमा जुट्नु परेको करिडोरका पूराना उद्योगी चन्द्रमान श्रेष्ठले बताए। करिडोरका उद्योगहरुले ट्रंकलाईनका सम्बन्धमा प्राधिकारणसंग कुनै माग वा सम्भौता पनि नगरिएकाले थप रकम बुझाउन नसक्ने उनले बताए। ‘हामीले माग्दै नमागेको ट्रंकलाईन कहिले जोडियो। किन जोडियो?, यदी ट्रंकलाईन मार्फत विद्युत् दिइएको भए त्यतीबेला किन जानकारी गराइएन? किन त्यतीबेला ट्रंकलाईन बापतको महशुल मागिएन,' तिलोत्तमा उद्योग बाणिज्य संघका सल्लाहकार समेत रहेका श्रेष्ठले  भने।  

नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्माले विद्युत् प्राधिकरणको बदमासीका कारण उद्योगीहरु मारमा परेको भन्दै प्रयोगै नगरेको ट्रंकलाईनको महशुल नतिर्ने बताए।'करिडोरका उद्योगीले ट्रंकलाईन मागेकै छैनौं, प्रयोग गरेकै छैनौ भने महशुल किन तिर्ने’, शर्माले भने।  

नेपाल उद्योग परिसंघ लुम्बिनी प्रदेश अध्यक्ष एजाज आलमले ट्रंकलाईन माग नै नगरेका उद्योगीबाट प्राधिकरणले जबरजस्ती रकम अशुल्न नमिल्ने बताए। अन्यायमा पार्न खोजीएका उद्योगीका जायज मागलाई सरकार र सम्बन्धित निकायले छिटो सम्बोधन गर्नु पर्ने भन्दै उनले अन्यथा सडक संघर्षमा उत्रनुको बिकल्प नरहेको बताए। उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य महेन्द्र श्रेष्ठले प्राधिकरणका कर्मचारीले गरेका गल्ती कमजोरीको सोधभर्ना उद्योगीले गर्न नसक्ने उनले बताए।  

करिडोरका अर्का उद्योगी नवराज श्रेष्ठले बिगत ४० वर्षदेखि साधारण लाईनबाटै निर्वाध रुपमा संचालन भइरहेका करिडोरका उद्योगीहरुमाथि प्राधिकरणले ट्रंकलाईनको बहानामा ज्यादती गरेको बताए। रुपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहोराले उद्योगी व्यवसायीलाई आतंकित पार्ने प्राधिकरणको नियतविरुद्ध सडकमा जानुको बिकल्प नभएको बताए। बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष उज्ज्वल कशजुले कोरोनाको महामारीले थला परेको उद्योग क्षेत्रलाई सहयोग गर्नुको साटो छुट बिलका नाममा थप रकम अशुलेर आतंकित पार्न खोजिएको बताए। 

सिदार्थनगर उद्योग बाणिज्य संघका निर्वतमान अध्यक्ष कुलप्रसाद न्यौपानेले प्राधिकरणले ट्रकलाईन मार्फत विद्युत् आपूर्ति भएको भनिएको समयमा करिडोरका उद्योगहरुले दैनिक १८ घण्टासम्म लोडसेडिङ र ट्रिपिगं समस्या झेलेको बताए। उनले बुटवल ग्रिड महाशाखाबाट प्रमाणित लग सिटले पनि पुष्टि गर्ने बताए। तिलोत्तमा उद्योग बाणिज्य संघका अध्यक्ष गुणनीधि भण्डारी र सिद्धार्थनगर उद्योग बाणिज्य संघका कार्यबाहक अध्यक्ष ठाकुरकुमार श्रेष्ठ र करिडोरका उद्योगी यशोधा फुड्सका प्रबन्ध निर्देशन मधुसुधन घिमिरेले छुट बिलको नाममा प्राधिकरणले करिडोरका उद्योगहरुलाई आतंकित बनाएको बताए। 

प्राधिकरणले अवैध रकम अशुल्न खोजेको भन्दै उनीहरुले  प्राधिकरण भित्रै छानबिन गरी बदमासी गर्नेलाई कारबाहीको दायरामा ल्याउनु पर्ने माग पनि गरेका छन्। विद्युत् प्राधिकरणको भैरहवा वितरण केन्द्रका प्रमुख जितेन्द्र झाले भने तत्कालिन विद्युत महशुल विनीयमावली अनुरुप एउटा सव स्टेशनदेखि अर्को सवस्टेशनको बीचमा विद्युत् आपूर्ति भएका उद्योगलाई ट्रंकलाईन अन्तर्गत राखिएकाले सोही अनुरुप विलिङ गरिएको बताए। प्राधिकरणले पठाएको छुट बिल अनुसार करिडोरको एउटा उद्योगलाई प्रति महिना ५० देखि ७० लाखसम्म अतिरिक्त भार पर्ने बताइएको छ। सबैभन्दा धेरै पञ्चकन्या ग्रुपको मात्रै करिब २० करोड छुट बिल प्राधिकरणले पठाएको छ। झाका अनुसार भैरहवा वितरण केन्द्र अन्तर्गत ट्रंकलाईनको ९० करोड वक्यौता छ।

समस्याको मुल जरो

यो करिडोरका उद्योगमा २०७४ फागुन अघिसम्म बुटवल ग्रिड महाशाखाबाट भैरहवा शाखा हुँदै अमुवा सवस्टेशनसम्म पुर्‍याइएको सर्किट थियो। लोडसेडिङको चर्को मारबाट गुज्रिरहेको भैरहवा शहरलाई लोडसेडिङमुक्त बनाउन २०७४ को चैतमा सो सक्रिट काटियो र भैरहवा क्षेत्रमा वितरण गरियो। अमुवालाई भैरहवा वितरण केन्द्रबाट अलग गरिएपछि  माग र आपूर्तिको तालमेल मिलाउन भरौलीया सवस्टेशनबाट अमुवासम्म सक्रिट जोडियो।

आन्तरिक भारमिलान तथा फेज सिक्वेन्स सन्तुलनका लागि सो सक्रिट जोडिएपछि करिडोरका उद्योगहरु ट्रंकलाईन अन्तर्गत परे। २०७२ अघिको विद्युत् बिनीयमावलीले एउटा सवस्टेशन बाट अर्को सवस्टेसनसम्म लगिने सर्किटलाई ट्रंकलाईन परिभाषित गरेको छ।  

सोही परिभाषा अनुरुप प्राधिकरणले तत्कालिन समयमा ट्रंकलाईन जोडिएको भनेर सामान्य जानकारीसहितको पत्र उद्योगीलाई पठाएको थियो। तर त्यसपछि पनि उसले ट्रंकलाईन बापतको महशुल बिल भने काटेन।

त्यसोत  विद्युत महशुल विनियम २०७३ को विनियम ५ ९५० मा दैनिक २० घण्टा वा सो भन्दा बढी घण्टा विद्युत् उपभोग गर्न प्राधिकरण संचालक समितिमा निवेदन दिइ स्वीकृत भएको ग्राहकले मात्र डेडिकेटेड फिडर मार्फत  ट्रंकलाईन विद्युत् उपभोग गर्न पाउने व्यवस्था छ। ट्रंकलाईन प्रयोग गरेबापत साविकको भन्दा ६६‍.६७ प्रतिशत बढी महशुल बुझाउनु पर्छ। तर करिडाेरका उद्योगी न टंकलाईनका लागि निवेदन दिएका थिए। न साविकको समयमा विद्युत् नियमित थियो। तत्कालिन समयमा करिडोरमा ८ देखि १२ घण्टासम्म लोडसेडिङ थियो। जुन कुरा बुटवल ग्रिड महाशाखाबाट प्रमाणित लग सिटमा उल्लेख छ। करिडोरका उद्योगीहरुले त्यतिबेलै यस विषयमा प्राधिकरणको भैरहवा वितरण केन्द्र र क्षेत्रीय कार्यालय बुटवललाई ध्यानाकर्षण गराएका थिए।  

उद्योगीसंगको अनौपचारिक भेटमा भैरहवा वितरण केन्द्रका तत्कालिन प्रमुख उमेश झाले ट्रंकलाईन बापतको महशुल तिर्न नपर्ने र त्यसका लागि आफूले केन्द्रमा कुरा मिलाउने आश्वासन उद्योगीलाई त्यतिबेलै दिएको श्रोतको दावी छ।

उद्योगीले पनि तत्कालिन समयमा झाको अश्वासन पत्याए। लगत्तै २०७५ को अन्त्य तिर देशलाई नै लोडसेडिङमुक्त घोषणा गरियो। उद्योगी झन ढुक्क भए। प्राधिकरणले पठाएको औधोगिक बिल सरासर चुक्ता गर्दै गए।

प्राधिकरणका अधिकारीहरुले नियम संगत ढंगबाट आफ्नो जिम्मेवारी समयमै पूरा नगरिदिँदाको घानमा करिडोरका उद्योगी परेका हुन्। औधोगिक उत्पादनको बिक्री मूल्य निर्धारण गर्दा उत्पादन लागत अनुरुप तय गरिन्छ। त्यसमा उर्जा तथा इन्धन लागत मुख्य मानिन्छ। तर यो करिडोरका उद्योगीलाई झण्डै चार वर्ष अघिको वक्यौता रकम भन्दै लाखौको बिल प्राधिकरणले २०७६ सालदेखि पठाउन थालेको हो। सिद्धार्थनगर उद्योग बाणिज्य संघका उपाध्यक्ष तथा करिडोरको उद्योग एभरेष्ट रोलिङका प्रबन्ध निर्देशक अरुण गोयन्कालेनियम कानुनको पालना गरेर राज्यलाई राजश्व बुझाउँदै आएका उद्योगी व्यवसायीलाई दु:ख दिने नियत राज्यकै लागि घातक हुने बताए। ‘सुविधा लिएकै छैन भने त्यसको मूल्य कसरी तिर्ने, सरकारले हाम्रा कुरा नसुने प्राधिकरणलाई नै तालाचावि बुझाउनुको बिकल्प नै छैन’, गोयन्काले भने।
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
२ घण्टा अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
यो पनि पढौँ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस