खोपबिना व्यवसाय असम्भव: पर्यटन व्यवसायी
२२ असार २०७८
•
३ मिनेट पाठ
खोपबिना व्यवसाय असम्भव: पर्यटन व्यवसायी
पर्यटन व्यवसायीले कोरोनाविरुद्धको खोप नपाउँदा सबैभन्दा बढी अप्ठेरो भएको भन्दै तत्कालै खोप र व्यवसायीलाई बचाउने खालका कार्यक्रम ल्याउन आग्रह गरेका छन्।  




सरकारले खोप ल्याउन ढिलासुस्ती गर्नु पर्यटन क्षेत्रका लागि सबैभन्दा बढी चिन्ताको विषय रहेको उनीहरूको भनाइ छ। सरकारलाई खोप भित्र्याउन र व्यवसायीमैत्री नीति ल्याउन दबाब दिँदै पर्यटन व्यवसायीले सोमबार पोखरामा दबाबमूलक कार्यक्रम पनि गरे। उनीहरूले स्थानीय प्रशासनअगाडि करिब दुई घन्टा प्रदर्शन गरे। उनीहरूले कास्की प्रशासन, गण्डकी प्रदेशका मुख्यमन्त्री र राष्ट्र बैंकको पोखरा कार्यालयमा ज्ञापनपत्र बुझाए।  

पोखरा पर्यटन परिषद् (पिटिसी)का अध्यक्ष गोपि भट्टराई कोरोनाविरुद्धको खोप नपाएसम्म नेपालमा पर्यटनको आस गर्न नसकिने बताए। ‘किनभने विदेशी पर्यटक खोप नलगाएको ठाउँमा आउने छैनन् भने आन्तरिक पाहुना पनि घुमघाममा निस्कन हच्किनेछन्,’ उनले भने। ‘विदेशीको त आसै छैन, आन्तरिक पाहुना पनि घुम्न निस्कँदैनन्,’ भट्टराईले भने, ‘अहिलेसम्म व्यवसायी वा कामदार कसैले खोप पाएका छैनन्।’ पछिल्लो समय कोरोनाविरुद्धको खोप नै संक्रमणबाट जोगाउने मुख्य हतियार बनेको छ। पर्यटन क्षेत्रले खोप नपाएसम्म व्यवसाय नखोल्ने पनि उनले बताए।  

अब आउने मौद्रिक नीतिमा बैंक तथा वित्तीय संस्थाको कुल लगानीको केही हिस्सा पर्यटन क्षेत्रमा अनिवार्य हुनुपर्ने व्यवसायीको माग छ। त्यस्तै, सहुलियत ब्याजमा पर्यटन व्यवसायीले ऋण पाउनुपर्नेमा व्यवसायीले जोड दिए। ‘अब एकल अंकमा ब्याजदर हुनुपर्छ। त्यो अंक बढीमा ५ प्रतिशत हुनुपर्ने हाम्रो माग हो,’ भट्टराईले भने। त्यसबाहेक व्यवसायीले अहिले ऋणको किस्ता र ब्याज तिर्न सक्ने अवस्था नरहेको भन्दै ऋणको पुनर्तालिकीकरण गरिदिनुपर्ने उनले बताए ।  

‘पर्यटन क्षेत्र बचाउने हो भने भने सस्तो ब्याजदर र ऋणको पुनर्तालिकीकरण हुनुपर्छ,’ उनले भने, ‘नत्र हामी टिक्न सक्दैनौं।’ पर्यटन डुब्दा समग्र अर्थतन्त्रमा असर पर्ने उनले बताए । उनले व्यवसायीको अप्ठेरोबारे जानकारी गराउने गरी सरकारलाई नैतिक दबाब दिएको पनि बताए।  

‘सरकारले भनेरै व्यवसाय बन्द गर्‍यौँ, खोल भन्दा खोल्यौं । अब योभन्दा बढी केही गर्न सकिन्न। किस्ता कहाँबाट पैसा खोजेर तिर्ने ?’ उनले भने, ‘सरकारको नियम कानुन मानेकोले हाम्रो पीडा सरकारले बुझ्नुपर्छ।’ पर्यटन क्षेत्रको माग पूरा नभएमा थप आन्दोलन गर्न बाध्य हुने उनले बताए। ‘अबको विकल्प भनेको व्यवसायको साँचो लगेर सरकारलाई बुझाउने हो,’ उनले भने, ‘घाटा बेहोरेर सधैं व्यवसाय टिकाउन सकिन्न। सरकारले कर तिर्न ताकेता गर्ने, राहत दिन आनाकानी गर्न भएन।’  

अग्रज पर्यटन व्यवासायी गणेशबहादुर भट्टराई पनि पर्यटन व्यवसाय निकै नै अप्ठेरो अवस्थामा ओर्लिएको बताउँछन। उनका अनुसार कोरोनाविरुद्धको खोप नपाउँदा आन्तरिक पर्यटक पनि पोखरा घुम्न आउन डराउनेछन्। ‘काठमाडौंको ठूलो जमातले खोप लगाइसकेको छ। काठमाडौंका धेरै व्यवसायीले खोप लगाएका छन्। तर पोखराका व्यवसायीले अहिलेसम्म पाएनन्,’ उनले भने, ‘खोपबिना अब पर्यटन सोच्न पनि सकिन्न।’

उनले पनि पर्यटनमा अब सरकारले वास्ता नगर्ने हो भने लामो समय टिकाउन नसकिने बताए । ‘अब दुई वर्ष त केही गरी किस्ता र ब्याज तिर्न सकिन्न। सरकारले यो बारेमा सोच्न ढिलो गरेमा पर्यटन क्षेत्र थप धराशयी हुनेछ,’ उनले भने, ‘पर्यटन क्षेत्र जोगाउने वा नजोगाउने भन्ने अब सरकारले सोच्नुपर्छ।’ पर्यटन क्षेत्रलाई खोप र ऋणको किस्ता र ब्याजदरमा केही राहत दिने हो भने व्यवसायी जोगिने उनले बताए।  

पर्यटन बोर्डका पूर्वसदस्य टिकाराम सापकोटा अहिलेको अवस्थाले पर्यटन व्यवसायी र मजदुर दुखी भएको बताउँछन्। ‘पर्यटन क्षेत्रमै पनि सेवाप्रदायक र सेवाग्राहीबीच कोरोनविरुद्धको खोपको खोजी हुनेछ। त्यसैले पर्यटनलाई कमजोर मान्नु हुँदैन,’ सापकोटाले भने, ‘खोपकै कारण युरोपियन मुलुकमा केही राहत मिलेको छ । हामीले पनि खोप पायौं भने केही राहतको सास फेर्न सकिन्छ। नत्र अवस्था अझै दयनीय हुँदै जानेछ।’

उद्योग बाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मी निजी क्षेत्रको आवाज सरकारले नसुन्दा सबैतिर अप्ठेरो परेको बताउँछन्। उनले पर्यटन क्षेत्रले अझै आवाज बुलन्द पार्नुपर्ने पनि बताए। ‘यस्तै अवस्था रहेमा पर्यटन क्षेत्रले आगामी दिनमा अझै अप्ठेरो भोग्नुपर्नेछ,’ मुल्मीले भने, ‘पर्यटन क्षेत्रका माग धेरै भए पनि पूरा हुन सकेनन्। अपेक्षा अनुसार सरकारले पर्यटन क्षेत्रमा सघाएको देखिन्न।’
अर्को समाचार
पाहुना स्वागत गर्न पोखरा आतुर
१२ पौष २०८०
•
५ मिनेट पाठ
पाहुना स्वागत गर्न पोखरा आतुर
पर्यटन व्यवसायीका अनुसार सन् २००० ताका पोखरामा आन्तरिक पाहुनाको हिस्सा करिब पाँच प्रतिशत मात्र थियो। अहिले त्यो हिस्सा ३५ प्रतिशत नाघिसकेको छ।




आधिकारिक रेकर्ड कतै नरहे पनि पोखरा आउने आन्तरिक पाहुनाको संख्या बर्सेनि बढिरहेको व्यवसायी बताउँछन्। पोखरामा हुने विभिन्न गतिविधिले पनि आन्तरिक पाहुनालाई आकर्षण गरिरहेको छ।

व्यवसायीका अनुसार सप्ताहन्तमा पोखरामा सधैंजसो आन्तरिक पाहुना आउँछन्। अझ सार्वजनिक बिदा केही दिन लम्बियो भने त पोखरा भित्रिने पाहुनाको संख्या झन् बढ्छ। दसैं–तिहार जस्ता चाडबाडका बेला त यहाँ आउने आन्तरिक पाहुनाको आकार निकै बढी हुने गरेको छ।

आन्तरिक पाहुनाको आगमन देखेरै व्यवसायीले भन्ने गरेका छन्, ‘आन्तरिक पाहुनाकै कारण व्यावसाय चलायमान बनेको छ। कुनै न कुनै बहानामा आन्तरिक पाहुना पोखरा आउन चाहन्छन्। कतिपय गतिविधिले त निकै ठूलो आकारमा आन्तरिक पाहुना पोखरा हानिन्छन्।
पोखरामा आन्तरिक पाहुना तान्ने गरी बेलाबेला विभिन्न कार्यक्रम पनि हुन्छन्। ती कार्यक्रमले पनि आन्तरिक पाहुनालाई पोखरा भित्र्याउन सघाएको छ। तिनैमध्येको एउटा महोत्सव छ, जसले पाँच दिनमा झन्डै पाँच लाख पाहुना पोखरा भित्र्याउँछ। त्यो मेला हो–पोखरा सडक महोत्सव। रेस्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान) पोखराले बर्सेनि यो महोत्सव आयोजना गर्छ।

यस पटक महोत्सवको २५ औं संस्करण बिहीबारदेखि पर्यटकीय क्षेत्र लेकसाइडमा सुरु हुँदैछ। पुस १२ देखि १६ गतेसम्म यो मेला लेकसाइडको करिब तीन किलोमिटर क्षेत्रमा सञ्चालन हुनेछ।

रेवानका अध्यक्ष नरेश भट्टराईका अनुसार यो पटकको मेलामा करिब पाँच लाख आन्तरिक पाहुना पोखरा भित्रिने अनुमान छ। ‘अघिल्ला वर्ष कोभिड संक्रमणले गर्दा पाहुना खुल्न सकेका थिएनन्। त्रासका कारण चाहेर पनि पाहुना घुम्न आउन सकेका थिएनन्, योपटक भने पाहुनाको संख्या निकै बढी हुने अपेक्षा छ,’ भट्टराइले भने, ‘एउटा महोत्सवले पाँचदिनमा पाँच लाख पाहुना भित्र्याउँदा त्यसले अर्थतन्त्रमा पार्ने प्रभाव पक्कै पनि बलियो हुनेछ।’

उनका अनुसार यो पटक नयाँवर्ष अघिदेखि नै पोखरामा पाहुनाको संख्या बढिसकेको छ। क्रिसमस र सार्वजनिक बिदाका कारण योपटक पोखरामा आउने पाहुनाको आकार झन् बढी हुने उनले बताए।
‘यो पटक सार्वजनिक बिदाका दिन धेरै परेका छन्। क्रिसमसदेखि अंग्रेजी नयाँवर्ष सुरु हुने दिनसम्ममा बिदाका दिन धेरै हुँदा पोखरामा पाहुना थपिएका छन्,’ उनले भने, ‘अघिल्ला वर्षसम्म कोभिड त्रासले रोकिएका पाहुना पनि यस पटक घुम्न आउने अपेक्षा छ किनभने अहिले कुनै अप्ठ्यारो छैन।’

पोखराको यो महोत्सव आन्तरिक पाहुना भित्र्याउने सबैभन्दा बलियो माध्यम बनेको उनले सुनाए। ‘मेला महोत्सव अन्यत्र पनि हुन्छन् तर पोखराको यो महोत्सव अरूतिर हुने भन्दा नितान्त फरक छ। यो महोत्सव खाना, संस्कृति, उत्पादन, म्युजिकसँग पनि जोडिएको छ। अरूतिरको भन्दा फरक रहेर सडकमै रमाउन पाउने भएकाले पनि मेलाले पाहुनाको ध्यान बढी खिचेको हो,’ उनले भने।

पोखरामा पाँच दिनमा भित्रिने झन्डै पाँच लाख पाहुनाले आर्थिक रूपमा चलायमान बनाउन पनि सघाउने उनले बताए।

‘हुन त अहिले आन्तरिक पाहुनाकै कारण पोखराको पर्यटन क्षेत्र थामिएको हो। यो पटक विदेशी पाहुना निकै नै कम छन्। विदेशीको अभावलाई स्वदेशीले परिपूर्ति गरेका छन्,’ उनले भने, ‘आन्तरिक पाहुना पनि नहुँदो हो त पोखराको पर्यटन क्षेत्र चलायमान बन्ने थिएन।’
उनका अनुसार अहिले वर्षैभरि आन्तरिक पाहुना पोखरा आउँछन् तर त्यसमा पनि लामो बिदाको बेला आउने पाहुना अझै बढी हुन्छन्।

‘वर्षभरिमा आन्तरिक पाहुनाको हिस्सा कम्तिमा ३५ प्रतिशत हुने गरेको छ। कुनै बेला त यो आकार झन् बढ्छ। यही सडक महोत्सवमा आन्तरिक पाहुनाको हिस्सा करिब ८० प्रतिशतसम्म पुग्छ,’ माउन्ट कैलाश रिसोर्टका सञ्चालकसमेत रहेका अध्यक्ष भट्टराईले भने, ‘यो बेलाका पाहुना भनेको आन्तरिक नै हुन्। विदेशी पनि केही त हुन्छन् तर त्यो संख्या ज्यादै कम हुन्छ।’

कोभिडले थलिएको पर्यटनक्षेत्र उकास्न आन्तरिक पर्यटनले ठूलो साथ दिएको उनले बताए। ‘कुनै न कुनै निहुँमा आन्तरिक पाहुना पोखरा भित्रिन्छन् तर सडक महोत्सव अवधिमा भित्रिने त्यो संख्या वर्षभरिको भन्दा ठूलो हुन्छ,’ उनले भने।

अंग्रेजी पुरानो वर्ष बिदाइ र नयाँवर्षको स्वागतार्थ हुने यो महोत्सव एकै समयमा सञ्चालन हुन्छ। ‘सडकमै खाऔं, सडकमै नाचौं र सडकमै रमाऔं’ नाराका साथ सञ्चालन हुने महोत्सव पछिल्लो समय विदेशीभन्दा पनि आन्तरिक पाहुना माझ बढी लोकप्रिय बन्दै गएको रेबानका पूर्व अध्यक्ष गोपी भट्टराई बताउँछन्।

‘न्यु इयर मनाउन पोखरा जानैपर्छ भन्ने सन्देश देशैभरि फैलिएको छ। आन्तरिक पाहुनाले यो बेला पोखरा घुम्न जानुपर्छ भनेर महोत्सवलाई क्यालेन्डरमै समेटेका छन्,’ उनले भने, ‘पोखरा गएर अंग्रेजी नयाँवर्ष मनाउने योजना आन्तरिक पाहुनाले बनाउन थालेका छन्।’
पोखरामा हुने यो महोत्सवमा आसपासका क्षेत्रबाट मात्र नभई पूर्वदेखि पश्चिमका सहरबाट पनि पाहुना आउने उनले बताए।

पोखराको यो महोत्सवले पाहुना मात्र आकर्षित गरेको छैन, यसले पोखरा र आसपासको क्षेत्रलाईसमेत आर्थिक रूपले चलायमान बनाएको उनी बताउँछन्।

‘आर्थिक चलायमान बनाउन यो महोत्सवको ठूलो भूमिका छ। किनभने पाँच दिनमा भन्डै पाँच लाख पाहुना भित्रिँदा त्यसले पर्यटनमा मात्र नभई आर्थिक क्षेत्रमा सबैभन्दा बढी योगदान मिलेको छ,’ पूर्व अध्यक्ष भट्टराई भन्छन्, ‘पोखराले मात्र यो बेला नभई गण्डकी प्रदेशकै पर्यटन क्षेत्रले यो बेला लाभ पाउँछ। होटलदेखि होमस्टेले समेत यो बेला कमाउने अवसर पाउँछन्।’

पोखराको पर्यटकीय क्षेत्रमा हुने पाँचदिने यो महोत्सवले पर्यटन प्रवद्र्धन गर्न र बाँकी ३६० दिन व्यावसाय स्थापित गराउन सघाएको उनले बताए।

‘नेपालीको त मनमनमा यो महोत्सव बसेको छ। पछिल्लो समय भारतीय, चिनियाँ र बंगलादेशी पाहुनाको पनि मनमा बस्न थालेको छ,’ उनले भने, ‘आन्तरिक पाहुना भित्र्याउन त यो जत्तिको भरपर्दाे माध्यम अरू कुनै छैन। पाहुनालाई पोखरा घुम्न प्रेरित गर्न यो महोत्सवको भूमिका रहेको छ।’
पर्यटकीय क्षेत्र लेकसाइडको करिब तीन किलोमिटर क्षेत्रभित्र हुने यो महोत्सवमा सडकमै खान र रमाउन पाइने हुँदा बढी रोमाञ्चक बन्ने गरेको मेला संयोजक विश्वराज पौडेल बताउँछन्।

‘२५ वर्ष अघि यो मेला सुरु गर्दा नेपालमा अंग्रेजी नयाँवर्षको रमझम खासै हुँदैनथ्यो। नेपाली पनि रमाउनका लागि यो बेला भारतको गोवा जान्थे। नेपालमा कार्यरत कूटनीतिक निकायका पाहुना पनि स्वदेश फर्किन्थे,’ पौडेल भन्छन्, ‘तर अहिले स्वदेश फर्किने कूटनीतिक निकायका पाहुना पोखरा आउँछन् भने विदेश जाने आन्तरिक पाहुना पनि रमाउनकै लागि पोखरा आउँछन्। पछिल्लो समय अंग्रेजी नयाँवर्ष पोखरामा मनाउनुपर्छ भन्ने सन्देश प्रवाह गर्न सकेका छौं।’

मेलाकै कारण पोखरामा बसोबास गरिरहेका पाहुनाको बसाइ अवधि पनि लम्बिएको पनि उनले बताए।  
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ५८ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
यो पनि पढौँ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस