काठमाडौं-अन्तरदेशीय प्रसारण लाइन (४०० केभी) बनेपछि भारतबाट ल्याउन सम्झौता भएको १ सय ५० मेगावाट बिजुली भारतमै बिक्री गर्ने तयारी गरिएको छ।नेपाल विद्युत प्राधिकरणले उक्त प्रसारण लाइन निर्माण नहुँदासम्म सो परिमाणको बिजुली उतै बेच्ने आन्तरिक तयारी गरेको हो।प्रसारण लाइन सन् २०१४ को डिसेम्बरमा पूरा गर्ने लक्ष्य राखी सन् २०१५ को जुनदेखि टेक अर पे (लिनू वा तिर्नू) मा बिजुली किन्ने सम्झौता गरिएको थियो। निर्धारित समयमा आयोजना बन्न नसके विकल्पमा केही समयसम्म भारतमै बिजुली बेचिने कार्यकारी निर्देशक अर्जुनकुमार कार्कीले बताए। अहिलेकै अवस्थामा पनि उता बेच्दा नेपाललाई घाटा नहुने उनले बताए।
‘भारतबाट विद्युत आयात नगर्दासम्म विद्युत संकट कम हुँदैन, जसरी पनि यो आयोजना समयमा बन्नुपर्छ,' उनले भने, ‘नेपालसँगै भारततर्फको काम पनि पूरा हुनुपर्छ, भएन भने त्यहीँ किनेर त्यहीँ बेच्न सकिन्छ।' समयमा प्रसारण लाइन नबने उक्त परिमाणको बिजुली खपत तथा बिक्री गर्ने विषयमा आन्तरिक छलफल भएको प्राधिकरण स्रोतले बतायो।
प्राधिकरणले सन् २०१५ जुनदेखि भारतीय विद्युत व्यापार कर्पोरेसन (पिटिसी) सँग २५ वर्षसम्म औसत ५ रुपैयाँ २० पैसा (३ रुपैयाँ २५ पैसा भारु) मा उक्त बिजुली किन्ने सम्झौता गरेको थियो। कूल १ सय ४० किलोमिटर प्रसारण लाइनमध्ये नेपालतर्फको ४० किलोमिटर बनाउन ठेकेदार परिचालन गरिएको पावर ट्रान्समिसन कम्पनी नेपाल (पिटिसिएन) ले जानकारी दिएको छ।
ठेकेदार परिचालन गरिए पनि उसलाई पहिलो भुक्तानी दिएको मितिदेखि निर्माण अवधि १६ महिना निर्धारण गरिएको छ। यही अवस्थामा निरन्तर काम भए पनि लक्षित समयमा आयोजना नबन्ने प्राधिकरण अधिकारी बताउँछन्। ती अधिकारी भन्छन्, ‘आयोजनालाई नेपालले प्राथमिकता दिए पनि भारत खण्डको १ सय किलोमिटर बनाउन उसले प्राथमिकता दिएको छैन।'
भारतसँगको विद्युत खरिद सम्झौता (पिपिए) मा प्रसारण लाइन नबने पिटिसीलाई नै बिजुली बेच्न सकिने व्यवस्था रहेकाले समस्या नहुने वितरण ग्राहक सेवा निर्देशनालयका उप–कार्यकारी निर्देशक रामचन्द्र पाण्डेयले बताए। उनले भने, ‘भारतमै बेच्नुपर्ने अवस्था आए सन् २०१५ पछि भारतीय बजारमा बिजुलीको मूल्य राम्रो हुने हुँदा नेपाललाई फाइदा हुनेछ।'
नेपाल खण्डको आयोजना निर्माण गर्ने जिम्मा पाएको भारतीय टाटा पावर कम्पनीले काम गरिरहेको जानकारी दिँदै पिटिसिएनका प्रमुख बद्रिनारायण साहले ठेकेदारको १० प्रतिशत भुक्तानी गर्न भारतलाई पत्राचार गरिएको बताए। ‘टावर निर्माण क्षेत्र पहिचान गरी १३ किलोमिटरसम्म टावर निर्माण क्षेत्र तोकिएको छ,' उनले भने, ‘मार्चदेखि ठेकेदारका लागि १६ महिना समय तोकिनेछ।'
नेपालतर्फको प्रगति सकारात्मक रहे पनि भारततर्फ ठेक्का सम्झौता भएको भन्दा बढी जानकारी नरहेको साहले नागरिकलाई बताए। प्रसारण लाइन निर्माणमा जग्गा अधिग्रहण र मुआब्जा वितरणमा दर्जनौं समस्या रहेकाले स्थानीयको विरोध नरहे समयमै आयोजना बन्ने पनि साहले बताए। तर, प्रसारण लाइन निर्माणका अन्य क्षेत्रमा जस्तै यहाँ पनि स्थानीयको विरोध सुरु भइसकेको पिटिसिएनका कर्मचारी बताउँछन्।
आयोजना बनाउन नेपालतर्फ खोलिएको पिटिसिएन कम्पनीमा भारतको ग्रिड कर्पोरेसनले २६ प्रतिशत लगानी गरेकाले प्रसारण लाइनमा भारतले पनि उत्तिकै महत्व दिएको बताइएको छ। अहिले नै करिब ३५ हजार मेगावाट विद्युत अभाव झेलिरहेको भारतलाई नेपालबाट विद्युत आयात गर्न पनि यो आयोजना जरुरी रहेको पावर ग्रिड इन्डियाका अधिकारीलाई उद्धृत गर्दै साहले बताए।
प्रसारण लाइन निर्माण सम्बन्धमा प्राधिकरणले २०६८ मंसिर २६ गते दुवै कम्पनीस“ग प्रसारण लाइन तथा कार्यान्वयन सेवा सम्झौतामा छुट्टाछुट्टै सम्झौता गरेको थियो। उक्त अन्तरदेशीय प्रसारण लाइनको विद्युत् प्रवाह क्षमता १ हजार २ सय मेगावाट भनिए पनि २ हजार मेगावाटसम्मको विद्युत प्रवाह हुन सक्ने गरी निर्माण गरिने सम्झौतामा उल्लेख छ।
नेपालतर्फको कम्पनीमा भारतीय एक्जिम बैंकले १ करोड ३२ लाख अमेरिकी डलर सहुलियत ऋण उपलब्ध गराएको छ। नेपालतर्फ हालसम्म सम्भाव्यता अध्ययन, विस्तृत सर्वेक्षण, वातावरणीय परीक्षण, सामाजिक अध्ययन, प्रारम्भिक इन्जिनियरिङ डिजाइनलगायतका काम पूरा गरी जग्गा अग्रिहणको तयारी गरिएको पिटिसिएनले जानकारी दिएको छ।
नेपालतर्फ निर्माण हुने हेटौंडा–दुहबी ४०० केभी प्रसारण लाइन तथा सबस्टेसन निर्माण गर्न भने विश्व बैंकले करिब ७ अर्ब १२ करोड ८० लाख रुपियाँ (९ करोड ९० लाख अमेरिकी डलर) ऋण सहयोग दिने सम्झौता भइसकेको छ। बैंकले नेपाल–भारतको विद्युतीय प्रसारण लाइन तथा व्यापार परियोजनाअन्तर्गत सो रकम दिने निर्णय गरेको हो। प्राधिकरणका अनुसार भारतबाट आयात हुने विद्युत नेपालका विभिन्न ठाउँमा वितरण गर्न दुहबी–हेटौंडा ४ सय केभीको ३ सय किलोमिटरको प्रसारण लाइन निर्माण चरणमा छ।