मेचीपहाडका ९३ सडक–पुललाई बजेट
२६ असार २०७८
•
४ मिनेट पाठ
मेचीपहाडका ९३ सडक–पुललाई बजेट
आगाम आर्थिक वर्ष २०७८/७९ का लागि सदरमुकामस्थित डिभिजन सडक कार्यालयमार्फत इलाम, पाँचथर र ताप्लेजुङमा ९३ सडक–पुलको निर्माण कार्य हुने भएको छ । संघीय सरकारले विनियोजन गरेको बजेटले कुनै नयाँ निर्माण हुनेछन् भने केही पुराना आयोजनालाई निरन्तरता दिइएको छ। तर, केही महत्वपूर्ण आयोजनालाई भने बजेट नै छुट्ट्याइएको छैन।  




सडक पूर्वाधार विकास कार्यक्रमअन्तर्गत ४७, स्थानीय सडक–पुलअन्तर्गत २१, वैकल्पिक सहायक राजमार्ग विकासअन्तर्गत आठ, रणनीतिक सडक पुल निर्माण तथा पुलपुलेसा संरक्षणका सात, राजमार्ग स्तरोन्नति र पुनःस्थापनाका सात तथा निर्वाचन क्षेत्र रणनीतिक सडकका तीन आयोजनालाई बजेट विनियोजित छ । कार्यालयका अनुसार प्रतिसडक र पुल निर्माण/मर्मतलाई १३ लाखदेखि १४ करोड रुपैयाँसम्म बजेट विनियोजित छ।  

यी जिल्लामा निर्माण भइरहेका केही महत्वपूर्ण सडकलाई बजेट छुट्टिए पनि पर्याप्त छैन। झापाबाट इलाम सदरमुकाम जोडिएको द्रुतमार्गलाई आउँदो वर्षका लागि बजेट विनियोजित छैन। यो सडकले झापाको दुर्गापुरबाट ४७ किलोमिटरमा इलामको गोलाखर्क छुन्छ। मेची राजमार्ग भएर त्यही गन्तव्य पुग्न करिब सय किलोमिटर पार गर्नुपर्छ। तर, यो अत्यन्त आवश्यक रमहत्वपूर्ण द्रुतमार्गलाई नै बजेट नभएपछि स्थानीयको प्राथमिकताको आयोजना अन्योलमा पर्दैछ । इलाम सदरमुकाम–माईपोखरी–सन्दकपुर सडकलाई पनि २ करोड रुपैयाँ मात्रै छुट्टिएको छ । निकै महत्वाकांक्षी मानिएको केचना–कञ्चनजंघा रुटमा यी सडक पर्ने भए पनि बजेट नभएको, छुट्टिएको बजेट पनि पर्याप्त नरहेको कार्यालयले जनाएको छ।

वैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रमअन्तर्गत पाँचथरको अमरपुर बजार–हिलिहाङ चोक–मेची राजमार्ग हुँदै जोरपोखरी–पञ्चमुखी लाङलेपा–भारत सीमा सडकलाई १४ करोड र उत्तरे यासोक–लुम्बुघाट–म्याङलुङ सडकलाई १३ करोड रुपैयाँ विनियोजित छ। नवमीडाँडा–फात्तेप–घुर्बिसे पञ्चमी इलाम सडकलाई ८ करोड, पवित्राहाङ्मा मार्ग–थलाचेप्पा–माङमालुङ–गजुरमुखी सडकलाई ५ करोड, सुकिलुम्बा विमानस्थल–गोलाखर्क–सिद्धिथुम्का–जितपुर–फुलुंगी–महमाई–मार्चेबुङ र पाँचथरको मगरचेपा औंसीभन्ज्याङ लुवाफु तीन सिमाना फालोट सडकलाई चार÷चार करोड रुपैयाँ छ। यस्तै, फिक्कल–पशुपतिनगरलाई डेढ करोड तथा मौवा हिलीटार तमोर करिडोर सडकलाई १ करोड रुपैयाँ विनियोजित छ ।  

निर्माणाधीन ५५ किलोमिटरको सुकिलुम्बा विमानस्थल–गोलाखर्क–सिद्धिथुम्का–जितपुर–फुलुंगी–महमाई–मार्चेबुङ सडक दमकसँग इलाम सदरमुकाम जोड्ने सबैभन्दा नजिकको मार्ग हो। इलाम गोलाखर्कबाट ६१ किलोमिटरमै दमक पुग्न सकिने यो मार्गमा निर्माणको काम भइरहे पनि बजेट अभावकै कारण सम्पन्न गर्न वर्षाैं लाग्ने देखिएको छ। यो सडकले दक्षिणी इलामका निकै दुर्गम गाउँ र उब्जाउ जमिन छोएको छ।

निर्वाचन क्षेत्र रणनीतिक सडकमा भालुखोप–लक्ष्मीपुर–थाक्ले हुँदै खुदुनाबारी सडक, दशमी–आरुबोटे–सार्केदोभान पुल गुम्बाडाँडा, आत्मानन्द मार्ग–बिहीबारे–गुरुआश्रममार्ग भन्ज्याङ र बिहीबारेबाट पलासे फुलुंगी गरी ३ सडकलाई १ करोड २० लाख रुपैयाँका दरले बजेट विनियोजित छ। राजमार्ग स्तरोन्नति तथा पुनःस्थापना कार्यक्रममा मेची राजमार्गको फिदिम खण्डलाई ६ करोड, फिक्कल–श्रीअन्तु–बौद्धधाम, इलाम–माइपोखरी–सन्दकपुर, चिहानेडाँडा–ताप्लेजुङ र शुभवखोला अमरपुर डाँडाबाट गणेश चोक सडकलाई २/२ करोड रुपैयाँ छ ।  

®सडक पूर्वाधार विकास कार्यक्रमअन्तर्गतका सबै सडकलाई २४/२४ लाख विनियोजित छ। इन्जिनियर वीरेन्द्रकुमार यादवले भालुखोप–लक्ष्मीपुर–थाक्ले हुँदै खुदुनाबारी पुग्ने सडक निकै महत्वपूर्णमानिएपनि विनियोजित बजेट अपुग भएको बताए। ‘इलामका केही महŒवपूर्ण मानिएका सडक यो वर्ष पनि पूरा नहुने देखिएको छ,’ उनले भने, ‘बजेट अभावकै कारण महŒवपूर्ण सडक सम्पन्न गर्न समय लागिरहेको छ ।’  

®रणनीतिक सडक पुल निर्माण तथा पुलपुलेसा संरक्षणमा इलामको सानोमाई–माईपोखरी–सन्दकपुर, काबेली खोला र ताप्लेजुङ जोड्ने सडकलाई १/१ करोड रुपैयाँ छ। यसअन्तर्गतका सडकमा १५ लाखदेखि १ करोड रुपैयाँसम्म विनियोजित छ। स्थानीय सडक र पुल निर्माणअन्तर्गत २० लाखदेखि १ करोड रुपैयाँसम्मका योजनामा बजेट छुट्टिएको डिभिजनले जनाएको छ।  

कार्यालय प्रमुख अविमन मुल्मीले इलामको माईखोलादेखि गोलाखर्क भन्ज्याङ जोड्ने मेची राजमार्गको वैकल्पिक सडकलाई रकम माग गरिए पनि विनियोजित नभएको बताए। मेची राजमार्गको यो खण्ड मर्मतमा बर्सेनि करोडौं रुपैयाँ खर्च भइरहेको छ। तर, सडक धस्सिने र पहिरो जानेक्रम रोकिएको छैन। तीन वर्षअघि पाँच करोड रुपैयाँभन्दा बढी खर्चेर ‘रक एंकरिङ’ समेत गरी मर्मत भएको यो सडक सुध्रिन नसकेपछि डिभिजनले यसको वैकल्पिक मार्ग बनाउन प्रस्ताव गरेको थियो। ‘डिभिजनले यो खण्डको वैकल्पिक मार्ग बनाउन विभागमा प्रस्ताव पठाएको थियो,’ मुल्मीले भने, ‘तर, बजेटमा त्यो सडक नै परेनछ ।’ उनले यो खण्डमा मर्मत सुधार हुन नसक्दा मेची राजमार्गमा सवारी साधन चलाउन समस्या हुने गरेको बताए।  

प्रमुख मुल्मीले मेची राजमार्गको पर्यटकीय क्षेत्र फिक्कलदेखि हर्कटे खण्ड मर्मत गर्न ५ करोड रुपैयाँको ठेक्का लागेको बताए। ‘जिल्लाभित्रका महत्वपूर्ण सडकलाई सधैं बजेट अपुग हुने गरेको छ,’ उनले भने, ‘पर्याप्त बजेट आउने हो भने सडक व्यवस्थित बन्छ, बाह्रैमास सवारी साधन चल्न सक्ने अवस्था रहन्छ।’
अर्को समाचार
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
५१ मिनेट अघि
•
१ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्की। कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्। दूध उत्पादनमा प्रयोग हुने दाना, चोकर, घाँस, औषधोपचार, श्रम र ढुवानी खर्च निरन्तर बढिरहेको तर त्यसअनुसार दूधको मूल्य समायोजन नहुँदा किसानको आम्दानी खुम्चिँदै गएको किसानको भनाइ छ।




सप्तगण्डकी दुग्ध उत्पादक सहकारी संस्थाले पोखरामा पत्रकार सम्मेलन आयोजना गरी अहिले दूधको गुणस्तरका आधारमा किसानले प्रतिलिटर रु ६८ देखि रु ७१ सम्म मात्र पाउँदै आएको र यो मूल्यले किसानको उत्पादन लागत र श्रमको उचित प्रतिफल दिन नसकेको जनाएको छ।

सहकारी संस्थाका अध्यक्ष नवराज बरालका अनुसार कास्कीमा सहकारीमार्फत दैनिक २८ हजार लिटर र निजी फार्म तथा डेरीबाट करिब ७० हजार लिटर दूध उत्पादन तथा बिक्रीवितरण हुँदै आएको छ। जिल्लामा दैनिक करिब एक लाख लिटर दूध उत्पादन हुने गरेको उनले बताए।

दूध उत्पादन किसानको जीविकोपार्जनसँग मात्रै नभई ग्रामीण अर्थतन्त्र र समग्र राष्ट्रिय अर्थतन्त्रसँग पनि जोडिएको विषय भएकाले यसलाई गम्भीरतापूर्वक लिनुपर्ने अध्यक्ष बरालको भनाइ छ। 'उत्पादन लागत बढ्दै जाने तर दूधको उचित मूल्य नपाउने अवस्था रहिरहे किसान यो पेसाबाट विस्थापित हुन सक्छन्। त्यसको असर देशको समग्र दुग्ध उत्पादनमा पर्छ। भौगोलिक अवस्था, पशु आहारको उपलब्धता, श्रम, ढुवानी दूरी र पशुपालन प्रणालीलाई आधार मानेर दूधको मूल्य निर्धारण हुनुपर्छ,' उनले भने। 

उपभोक्ताको हित र बजारको अवस्थालाई समेत मध्यनजर गर्दै किसानले प्राप्त गर्ने दूधको मूल्य कम्तीमा प्रतिलिटर रु ८० कायम गर्न आफूहरुले सरकारसँग माग गरिरहेको अध्यक्ष बरालले बताए। दूधको मूल्य बढाउन मागसहित केन्द्रीय दुग्ध उत्पादक सहकारी संस्थाले सरकारसँग लामो समयदेखि माग गर्दै आए पनि माग पूरा नभएको बताइन्छ। 

किसानले दूधको मूल्य वृद्धिसँगै किसानले दूध बिक्री गरेबापतको रकम समयमै भुक्तानी गर्ने व्यवस्था मिलाउन, पशुको स्वास्थ्योपचार र खोप सेवा प्रभावकारी बनाउन, पशु आहारमा सहुलियत दिन तथा उत्पादन लागतका आधारमा अनुदान उपलब्ध गराउन सरकारसँग माग गरेका छन्। त्यस्तै, पशुमा कृत्रिम गर्भाधान सेवा निःशुल्क उपलब्ध गराउनुपर्ने उनीहरूको माग छ।

पोखरा लेखनाथका कृषक त्रिलोचन लामिछानेले तीन वर्षदेखि दूधको मूल्य समायोजन हुन नसकेको बताए। उनका अनुसार यसबीचमा दाना–चोकरको मूल्य २५ प्रतिशतभन्दा बढिसकेको छ। 'दाना–चोकरको मूल्य महिनैपिच्छे रु १० देखि रु १५ सम्म बढ्छ। हामीले उत्पादन गरेको दूधको मूल्य भने तीन वर्षदेखि उस्तै छ। यही अवस्था रहिरहने हो भने यसरी किसान कसरी बाँच्ने ? पशुपालनबाट पलायन हुनुको विकल्प छैन,' लामिछानेले भने। 

कास्कीको माछापुच्छ्रे गाउँपालिका–४ लाहाचोकका कृष्णप्रसाद अधिकारीले बजारमा हरेक वस्तुको मूल्य बढिरहेको भए पनि दूधको मूल्य बढ्ने आशामा किसान तीन वर्षदेखि कुरिरहेको बताए। उपभोक्ताले बजारमा दूध किन्दा चर्को मूल्य तिर्नुपरे पनि त्यसको उचित लाभ उत्पादक किसानले पाउन नसकेको उनी बताउँछन्।

'किसानले पाउने मूल्य र उपभोक्ताले तिर्ने मूल्यबीच ठूलो अन्तर छ। उपभोक्ताले महँगोमा दूध किन्नुपर्ने तर किसानले उत्पादन लागतसमेत नउठ्ने मूल्य पाउने अवस्था छ। किसानले उत्पादन गरेको दूधको मूल्य निर्धारणमा उनीहरूकै कुरा किन सुनिँदैन ?' अधिकारीको प्रश्न छ। रासस
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ४२ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock ४७ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
यो पनि पढौँ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस