पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलः तोकिएको समय सकियो, विमानस्थल पूरा भएन
२६ असार २०७८
•
४ मिनेट पाठ
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलः तोकिएको समय सकियो, विमानस्थल पूरा भएन
निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल । तस्बिरः उमेश पुन/नागरिक
निर्माण अवधिमा कुनैखाले अवरोध नआउँदो हो त शनिबार (जुलाई १०) पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल हस्तान्तरण हुनुपर्ने हो । तर, कोरोना भाइरस संक्रमण र केही आन्तरिक अप्ठेरोले तोकिएको समयमा विमानस्थल निर्माण पूरा हुन सकेन । विमानस्थल निर्माण गरिरहेको कम्पनीले एक वर्ष म्याद थप्नका लागि माग गरेको छ । काममा अवरोध नआएको भए यो विमानस्थल ६ महिना अघि नै निर्माण सक्ने लक्ष्य थियो ।  




आयोजना प्रमुख विनेश मुनकर्मीका अनुसार अहिलेसम्म ८१ प्रतिशत काम सकिएको छ । अबको ६ महिनाका काम पूरा हुने र बाँकी तीन महिनामा अरु परीक्षण सकिने हुँदा नौ महिना पर्याप्त हुने भएपनि निर्माण कम्पनीले एक वर्षका लागि म्याद थप्न माग गरेको मुनकर्मीले जानकारी दिए । ‘तोकिएको समयमा विमानस्थल पूरा हुन सकेन । पहिलोपटक पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका लागि म्याद थप हुँदैछ,’ उनले भने ।

मुनकर्मीको अनुमानमा अबको ६ महिनामा विमानस्थल निर्माणको सबै काम सकिन्छ । त्यसपछि बाँकी तीन महिनामा परीक्षणका काम हुनेछन् । ‘अबको नौ महिनामा विमानस्थल तयार पार्ने योजना हो । तर निर्माण कम्पनीले एक वर्षका समय माग गरेको छ,’ मुनकर्मीले भने, ‘थोरै समय म्याद थपेर त्यो अवधिमा काम नसकिएमा पुनः थप्नु पर्ने भएकोले अहिले नै एक वर्षका लागि म्याद थप्न कम्पनीले आग्रह गरेको छ ।’ विमानस्थल निर्माण कम्पनीले एक वर्षका लागि म्याद थप्न भनेपनि अहिलेसम्म थपिएको भने छैन । तर म्याद थपको प्रक्रिया अघि बढीसकेको छ ।

उनका अनुसार कोरोनाको तेश्रो लहरको सम्भावना रहेको र फेरि पनि काम रोकिने सम्भावना भएकोले केही बढी समय आवश्यक परेको हो । ‘कोरोना संक्रमणको तेश्रो लहर सुरु भयो भने फेरि काम अवरुद्ध हुने त्रास छ । विमानस्थल निर्माण सुरु भएपछि सोच्दै नसोचेको अवरोध सिर्जना भयो,’ उनले भने, ‘त्यसले गर्दा कामले गति लिन पाएन । अझै पनि काममा अवरोध आउने होकी भन्ने त्रास छ ।’ अवरोध नआएमा अबको नौ महिनाभित्र काम सक्ने आफूहरुको लक्ष्य रहेको उनले बताए ।  

अघिल्लोपटक प्रधानमन्त्री हुँदा केपी शर्मा ओलीले २०७३ वैशाख १ गते यो आयोजनाको शिलान्यास गरेका थिए । शिलान्यासको डेढ वर्षपछि बल्ल विमानस्थलको पूर्वाधार बनाउन थालिएको थियो । विमानस्थल बनाउन चिनियाँ कम्पनी चाइना सिएएमसी इन्जिनियरिङ र नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) बीच सहमति भएको थियो ।
म्याद थपिए पनि २०२२ को सुरुका केही महिनाभित्रै व्यवसायिक उडानमा संचालनमा ल्याउने लक्ष्य पनि रहेको उनले बताए ।  उनका अनुसार अहिलेसम्म विमानस्थल निर्माणको धेरै काम सकिएको छ । भौतिक पूर्वाधार सम्पन्न भईसकेको र अब उपकरण जडान र फिनिसिङको काम मात्र बाँकी छ । त्यसले गर्दा कुनै अप्ठेरो नआएमा ६ महिनाभित्रै काम सकिने अनुमान गरिएको हो । ‘यो बीचमा प्राविधिक आउन सकेनन् । अझैपनि विदेशी प्राविधिकहरु आउन सकेका छैनन्,’ मुनकर्मीले भने, ‘कपितय उपकरण ल्याउन पनि सकिएको छैन । ती उपकरण र प्राविधिक आउन नपाउँदा काम ढिलिएको हो ।’  

उनका अनुसार विमानस्थलका लागि चाहिने उपकरणहरु अमेरिका, अष्ट्रेलिया, चीन लगायतका मुलुकबाट आउनुपर्छ । केही दक्ष प्राविधिक पनि विदेशी नै हुने र उनीहरु आउन ढिलाई भएकोले पनि तोकिएको समयमा काम सक्न कठिन भएको उनले बताए । यो विमानस्थलको निर्माण गति हेर्दा तोकिएको समय भन्दा ६ महिना अघि नै निर्माण सक्ने लक्ष्य थियो । तर, कोरोना संक्रमणका कारण एक वर्षदेखि काममा अवरोध हुँदा ढिलाई भएको पदाधिकारीको भनाइ छ । ‘धेरै उपकरण आउनै बाँकी छन् । ती उपकरण जडानका लागि विदेशी प्राविधिक पनि आउनुपर्छ,’ मुनकर्मीले भने, ‘भौतिक पूर्वाधारको अधिकांश काम सकिएको मात्र हो । अरु त बाँकी नै छ ।’  

विमानस्थल बनाउन झन्डै २२ अर्ब रुपैयाँ लागत अनुमान छ । यो रकम अर्थ मन्त्रालयले चीनको ‘एक्सपोर्ट–इम्पोर्ट’ (एक्जिम) बैंकसँग सहुलियत ऋणका रुपमा लिने सहमति छ । विमानस्थलको अहिलेसम्म २५ सय मिटर लम्बाई, ४५ मिटर चौडाई र ३४ सेन्टिमिटर बाक्लो धावनमार्ग तयार भएको छ । त्यस्तै प्रतिघण्टा ६ सय यात्रु आउजाउ गर्न सक्ने क्षमताको टर्मिनल भवन बनिसकेको छ । जहाजको पार्किङस्थल (एप्रोन) पनि तयार भइसकेको छ । पार्किङस्थलमा ३ ठुला र ८ आन्तरिक उडानका गरि ११ जहाज पार्किङ गर्न सकिने ठाउँ छ ।  
वान–वे एप्रोचको यो विमानस्थलमा पूर्वबाट मात्र जहाज अवतरण गर्न सक्छन् । पूर्वतिरै फर्केर टेकअफ गर्नेगरि विमानस्थल बन्दैछ । प्राधिकरण र सिएएमसीइ बीचको सम्झौतामा इपिसि (इन्जिनियरिङ, प्रोक्योरमेन्ट र कन्स्ट्रक्सन) मोडलमा आइकाओ (अन्तर्राष्ट्रिय नागरिक उड्डयन अर्गनाइजेशन) को मापदण्ड अनुसार ‘फोरडी’ मोडलमा विमानस्थल बनाउने उल्लेख छ ।  

विमानस्थल निर्माण सम्पन्न भईसक्दा पनि मुख्य दुईवटा समस्या भने अझै समाधान नभएको आयोजनाका पदाधिकारीको भनाइ छ । अहिले पनि विमानस्थल क्षेत्र हुँदै सिँचाइको पानी बग्ने गरेकोले समस्या थपिनएको मुनकर्मीको भनाइ छ । सिँचाइको पानीका कारण विमानस्थल क्षेत्र वर्षेनी डुबानमा पर्ने गरेको छ । सिँचाइ विभागले नहर व्यवस्थापन नगरेको मुनकर्मीको भनाइ छ । त्यस्तै अर्काे समस्या ल्याण्डफिल साइटको छ । विमानस्थल नजिकै अहिले पोखराको फोहर फ्याक्ने ल्याण्डफिल साइट छ । त्यो ल्याण्डफिल साइट अन्यत्रै सार्ने भनेपनि पोखरा महानगरपालिकाले ढिलाई गरेको मुनकर्मीको भनाइ छ । ‘हामीले विमानस्थल निर्माण सक्न थाल्यौ, तर, अरु निकायले असहयोग गर्दा अप्ठेरो परेको छ,’ उनले भने ।

चारदशकअघि पोखरा–१४, १५ र १८ वडा को ३ हजार १ सय ६ रोपनी जग्गा विमानस्थल बनाउन अधिग्रहण गरिएको थियो । त्यसले नपुगेपछि थप ५ सय २१ रोपनी जग्गा अधिग्रहण गरिएको थियो । त्यसले पनि नपुगेपछि विमानस्थल वरिपरि १० किलोमिटर सडक बनाउन थप ६० रोपनी जग्गा अधिग्रहण गरेर विमानस्थल बनाउन थालिएको थियो ।
अर्को समाचार
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल : कम्तिमा ६ महिना पछाडि धकेलिने
१९ जेष्ठ २०७८
•
५ मिनेट पाठ
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल : कम्तिमा ६ महिना पछाडि धकेलिने
निर्माणाधिन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन । तस्बिरः उमेश पुन/नागरिक
कोरोना भाइरस संक्रमणका कारण निर्माणाधिन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल तोकिएको समयमा पुरा नहुने निश्चित भएको छ । यो विमानस्थल निर्माण सक्नका लागि २०२१ जुलाई १० अन्तिम समय तोकिएको थियो । अबको एकमहिना मात्र बाँकी रहँदा काम सकिने अवस्था नरहेको विमानस्थल आयोजनाले बताएको छ ।  




आयोजनाका प्रमुख विनेश मुनकर्मीले विमानस्थल निर्माणका लागि तोकिएको समय अबको एकमहिना मात्र बाँकी रहेकोले यो समय अपुग हुने बताए । त्यसैले म्याद थप्नैपर्ने अवस्था आएको उनले बताए । ‘तोकिएको समय अबको एकमहिना मात्र बाँकी हो । यो अवधिमा काम नसकिने पक्का छ । तर, ठेकेदार कम्पनिले २०२१ को डिसेम्बरसम्म काम सक्ने भनेको छ,’ मुनकर्मीले भने, ‘कोरोनाका कारण काममा ढिलाई भएकै हो । कम्तिमा ६ महिना पछाडि धकेलिने निश्चित छ ।’

ठेकेदार कम्पनिले एकवर्ष म्याद थपका लागि आग्रह गरेपनि डिसेम्बरसम्म सक्ने वाचा गरेको आयोजनाका पदाधिकारीको भनाई छ । ‘तोकिएको समयमा त सकिँदै सकिँँदैन, । केही समय त थप्नैपर्छ । तर, ठेकेदार कम्पनिले आगामि डिसेम्बरसम्म काम सक्ने वाचा गरेको छ,’ मुनकर्मीले भने, ‘डिसेम्बरसम्म भन्नु नै कम्तिमा ६ महिना थपिनु हो ।’ अहिलेको भन्दा अझै खराब अवस्था नआएमा २०२२ मा पोखराको यो विमानस्थलबाट व्यवसायिक उडान सुरु हुने पक्का भएको उनले बताए ।

‘विमानस्थल निर्माण सकिएपनि संचालनमा आउँदा केही महिना लाग्छ । त्यसैले २०२२ मा हामीले व्यवसायिक उडान थाल्ने लक्ष्य राखेका छौ,’ मुनकर्मीले भने । मुनकर्मीका अनुसार विमानस्थलको भौतिक निर्माणको काम करिब सकिएको छ । उपकरण जडानका काम भईरहेको छ । तर, सबै उपकरण पनि आइनसक्दा केही समय लाग्ने निश्चित भएको उनले बताए । उनका अनुसार विमानस्थलका लागि चाहिने उपकरणहरु अमेरिका, अष्ट्रेलिया, चीन लगायतका मुलुकबाट आउनुपर्छ । केही दक्ष प्राविधिक पनि विदेशी नै हुने र उनीहरु तत्काल आउन सम्भव नभएकोले पनि तोकिएको समयमा काम सक्न कठिन भएको उनले बताए ।  

यो विमानस्थलको निर्माण गति हेर्दा तोकिएको समय भन्दा ६ महिना अघि नै निर्माण सक्ने लक्ष्य थियो । तर, कोरोना संक्रमणका कारण एकवर्षदेखि काममा अवरोध हुँदा ढिलाई भएको पदाधिकारीको भनाई छ । ‘धेरै उपकरण आउनै बाँकी छन । ती उपकरण जडानका लागि विदेशी प्राविधिक पनि आउनुपर्छ,’ मुनकर्मीले भने, ‘भौतिक पूर्वाधारको अधिकांश काम सकिएको मात्र हो । अरु त बाँकी नै छ ।’  
आयोजनाका इन्जिनियर कृष्णप्रसाद पौडेलका अनुसार अहिलेसम्म ७८ प्रतिशत काम सकिएको छ । १५ प्रतिशत काम उपकरणको जडानमा पर्छ । बाँकी काम पनि सकिन धेरै समय नलाग्ने पौडेलले बताए । ‘लामो समयको लकडाउनले गर्दा बेलैका काम नसकिएको हो । हुन त यो विमानस्थल ६ महिना भन्दा अगाडि नै सक्ने लक्ष्य थियो । तर, कोरोनाले नेपालमा मात्र नभई सबैतिर अवरोध उत्पन्न भयो,’ उनले भने, ‘उपकरण र प्राविधिक आउन रोकियो । ती सामान बेलैमा ल्याउन पाएको भए संचालन केही अगाडि पनि हुनसक्थ्यो ।’ सौन्दर्यकरण, ढल, नालाका सामान्य काम मात्र भौतिकपूर्वाधारतर्फ बाँकी रहेको उनले बताए ।

अघिल्लो पटक प्रधानमन्त्री हुँदा केपी शर्मा ओलीले २०७३ बैशाख १ गते यो आयोजनाको शिलान्यास गरेका थिए । शिलान्यासको डेढ वर्षपछि बल्ल विमानस्थलको पुर्वाधार बनाउन थालिएको थियो । अहिलेसम्म २५ सय मिटर लम्बाई, ४५ मिटर चौडाई र ३४ सेन्टिमिटर बाक्लो धावनमार्ग तयार भएको छ । त्यस्तै प्रतिघण्टा ६ सय यात्रु आउजाउ गर्न सक्ने क्षमताको टर्मिनल भवन बनिसकेको छ । जहाजको पार्किङस्थल (एप्रोन) पनि तयार भइसकेको छ । पार्किङस्थलमा ३ ठुला र ८ आन्तरिक उडानका गरि ११ जहाज पार्किङ गर्न सकिने ठाउँ छ ।  

वान–वे एप्रोचको यो विमानस्थलमा पुर्वबाट मात्र जहाज अवतरण गर्न सक्छन् । पूर्वतिरै फर्केर टेकअफ गर्नेगरि विमानस्थल बन्दैछ । विमानस्थल बनाउन चिनियाँ कम्पनी चाइना सिएएमसी इन्जिनियरिङ र नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) बीच सहमति भएको थियो । विमानस्थल बनाउन झन्डै २२ अर्ब रुपैयाँ लागत अनुमान छ । यो रकम अर्थ मन्त्रालयले चीनको ‘एक्सपोर्ट–इम्पोर्ट’ (एक्जिम) बैंकसँग सहुलियत ऋणका रुपमा लिने सहमति छ ।

प्राधिकरण र सिएएमसीइ बीचको सम्झौतामा इपिसि (इन्जिनियरिङ, प्रोक्योरमेन्ट र कन्स्ट्रक्सन) मोडलमा आइकाओ (अन्तर्राष्ट्रिय नागरिक उड्डयन अर्गनाइजेशन) को मापदण्ड अनुसार ‘फोरडी’ मोडलमा विमानस्थल बनाउने उल्लेख छ । चारदशकअघि पोखरा–१४, १५ र १८ वडा को ३ हजार १ सय ६ रोपनी जग्गा विमानस्थल बनाउन अधिग्रहण गरिएको थियो । त्यसले नपुगेपछि थप ५ सय २१ रोपनी जग्गा अधिग्रहण गरिएको थियो । त्यसले पनि नपुगेपछि विमानस्थल वरिपरि १० किलोमिटर सडक बनाउन थप ६० रोपनी जग्गा अधिग्रहण गरेर विमानस्थल बनाउन थालिएको थियो ।

ओ¥याटले पनि काम थाल्यो

आयोजना प्रमख मुनकर्मीका अनुसार नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान)ले ‘अपरेशनल रेडिनेस एण्ड एयरपोर्ट ट्रान्सफर’ (ओ¥याट) पनि बनाईसकेको छ । पोखरामा हाल संचालनमा रहेको विमानस्थलका प्रमुख बिक्रम गौतमको नेतृत्वमा ओ¥याट टिम बनेको हो । यो टिममा विमानस्थल संचालनमा आवश्यक पर्ने सबैखाले दक्ष प्राविधिक सहित प्रशासनिक व्यक्तिहरु छन । समुहमा नौजना छन् ।  

गौतमका अनुसार नेपालमा आफ्नै ओ¥याट टिमले काम गरेको यो दोश्रो विमानस्थल हो । यसअघि भैरहवाको विमानस्थलको पनि आफ्नै ओ¥याट टिमले काम गरेको थियो । स्वदेशी ओ¥याट टिमले नेपालमा दोश्रो पटक पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका लागि यो काम गर्न थालेको छ । निकै नै दख्खल प्राविधिक सहितको टिम सहभागि रहने ओ¥याटका लागि विदेशी भिœयाउँदा ठुलो आर्थिक भार बेहोर्नुपर्ने अवस्था रहन्छ । तर, अहिले स्वदेशी टिमले नै काम गर्न थालेको उनले बताए ।

‘विमानस्थल संचालनमा आउनु अघि भए गरेका सबै कामको यो टिमले मिहिन तरिकाले अध्ययन गरेको हुन्छ । जबकी पहिलो उडान हुँदा कुनै अप्ठेरो आइनपरोस भनेर हामीले गहन तरिकाले काम गर्छौ,’ गौतमले भने, ‘उडान दौरान कुनैपनि समस्या नआओस भनेर हामीले हेर्ने हो । बिना अवरोध उडान र अवतरण होस भनेर काम गर्छाै ।’ उडान संचालन हुँदा मात्र नभई विमानस्थलमा आउजाउ गर्दा यात्रुलाई पनि कुनै अप्ठेरो नहुनेगरि समस्या हल गर्नेतर्फ ओ¥याट टिम सक्रिय रहने उनले बताए ।  
उनका अनुसार विमानस्थल निर्माण गर्दाका सबैै पूर्वाधार तोकिएको मापदण्ड अनुसार छन् वा छैनन भन्ने निश्चित गर्नुपर्छ । विमानस्थलका लागि कुनै आवश्यक सुझाव भएमा पनि दिन सकिन्छ । ‘यो निकै नै उच्च प्रविधियुक्त काम हो । यो काम गर्न विदेशी प्राविधिक भिœयाउने हो भने निकै नै महंगो पर्दथ्यो । तर, आफ्नै टिमले गर्दा सहज भयो,’ उनले भने, ‘विमानस्थललाई पहिलो दिन अपरेसनमा ल्याउँदा कुनै वाधा अवरोध र अन्योल हुनु हुँदैन भनेर यो टिमले काम गर्छ । यसमा निकै नै अनुभवी प्राविधिक हुन्छन, जसले कुनै समस्या नआओस भनेर काम हेर्छाै ।’ पोखराका लागि काम गरिरहेका योटिमले बजारीकरणदेखि हवाई रुटसम्मका लागि काम गर्ने गौतमले बताए ।
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock ५२ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस