काठमाडौं– नेपालको पर्यटन र जलस्रोतमा विदेशी लगानी भित्र्याउने प्रतिबद्धतासहित नेपाल व्यावसायिक सम्मेलन सोमबार सकिएको छ।सम्मेलनले नेपाल लगानीका लागि उदाउँदो गन्तव्य रहेको निष्कर्ष निकाल्दै विदेशी लगानी आह्वानसमेत गरेको छ। सरकार र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा भएको सम्मेलनमा प्रमुख वक्ताको रुपमा मलेसियाका पूर्व प्रधानमन्त्री महाथिर विन मोहम्मद थिए।
सम्मेलनको क्रममा पर्यटन प्रवर्द्धन, जलस्रोतमा लगानी र इन्जिनियरिङ प्रयोगशाला स्थापना गर्ने विषयमा सहमतिसमेत भएको छ। नेपाल र चीनबीच पर्यटन प्रवर्द्धनको लागि उद्योग वाणिज्य महासंघ र चाइना चेम्बर अफ काउन्सिलबीच सहकार्य गर्ने सहमति भयो। सहमतिपत्रमा महासंघका अध्यक्ष सुरज वैद्य र काउन्सिलका तर्फबाट वाङ पिङले हस्ताक्षर गरे।
पूर्वाधार निर्माणमा सहकार्य गर्ने उद्देश्यले मलेसियाको प्रोटास्को डेभलपमेन्ट एसडिएन बिएचडी र नेपालको हिमालयन बिर्ल्डस एन्ड इन्जिनियर्सबीच इन्जिनियरिङ प्रयोगशाला स्थापना गर्ने सहमतिपत्रमा हस्ताक्षर भयो। मलेसियाकै कुमपुलान इकराम एसडिएन बिएचडी र हिमालयन बिर्ल्डसबीच शैक्षिक क्षेत्रमा सहकार्य गर्ने सहमति भएको महासंघले जनाएको छ।
नेपालको जेएसबी फाइनान्सियल सेन्टर परियोजनाका लागि नेपालको तर्फबाट सेन्ट्रिनो ग्लोबल र चिनियाँ कम्पनी तिब्बत डाडाङ टुरिज्म डेभलपमेन्टबीच आशयपत्रमा सहमति भयो। आँखु जलविद्युत परियोजनाका लागि अध्यक्ष ज्ञानेन्द्रलाल प्रधान र माई इन्भेस्टमेन्टका अध्यक्षबीच आशयपत्रमा हस्ताक्षर भएको महासंघले जनाएको छ।
सम्मेलनमा स्वदेशी तथा विदेशी गरी करिब ३ सयजनाको सहभागिता थियो। सोमबार व्यावसायिक सत्रमा स्वदेशी र विदेशी गरी ९ जना विज्ञले कार्यपत्र प्रस्तुत गरेका थिए। सम्मेलनमा मलेसियाका पेरवदनान पुत्राजयका अध्यक्ष असेह विन चे म्याट्स्फको नेतृत्वमा ३५ सदस्यीय मलेसियाली व्यावसायिक प्रतिनिधिमण्डल आएको थियो। यसबाहेक चीनको युनान प्रान्तका गर्भनर ली जिहेङको नेतृत्वमा ३३ सदस्यीय प्रतिनिधिमण्डल आएको थियो।
सम्मेलनमा नेपालमा लगानीका सम्भाव्य क्षेत्रलाई समेटेर महासंघले ५३ वटाभन्दा बढी परियोजनाको प्रोफाइल सार्वजनिक गरेको थियो।