मुलुकको शोधनान्तर स्थिति दुईवर्षपछि घाटामा गएको छ। नेपाल राष्ट्र बैंकले बिहीबार जारी गरेको चालु आर्थिक वर्षको ११ महिनाको आर्थिक स्थितिसम्बन्धी प्रतिवेदन अनुसार गत जेठ मसान्तमा मुलुकको शोधनान्तर स्थिति १५ अर्ब १५ करोड रूपैयाँले घाटामा छ।
अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति एक खर्ब ७९ अर्ब ३७ करोड रूपैयाँले बचतमा थियो। यस अवधिमा चालु खाता घाटा दुई खर्ब ९३ अर्ब ९७ करोड रूपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ६२ अर्ब ५९ करोड रूपैयाँले घाटामा थियो। गत साउनदेखि जेठसम्ममा पुँजीगत ट्रान्सफर ८.४ प्रतिशतले वृद्धि भई १४ अर्ब १५ करोड रूपैयाँ पुगेको छ।
त्यस्तै, खुद प्रत्यक्ष वैदेशिक लगानी १३.४ प्रतिशतले घटेर १६ अर्ब २० करोड रूपैयाँ कायम भएको राष्ट्र बैंकले जनाएको छ। अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर १३ अर्ब ५ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी १८ अर्ब ७२ करोड रूपैयाँ थियो। अघिल्लो वर्ष १४ खर्ब १ अर्ब ८४ करोड रूपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चितिमा २.६ प्रतिशतले कमी आई २०७८ जेठ मसान्तमा १३ खर्ब ६५ अर्ब ६५ करोड रूपैयाँ कायम भएको छ।
केन्द्रीय बैंकबाहेकका बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति गत असारमा एक खर्ब ७५ अर्ब ७१ करोड रूपैयाँ रहेकोमा जेठ मसान्तमा ४.४ प्रतिशतले घटेर एक खर्ब ६८ अर्ब रूपैयाँ कायम भएको छ। ११ महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ११.१ महिनाको वस्तु आयात र १०.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त छ।
यस अवधिमा रेमिटेन्स आय भने बढेको छ। यो ११ महिनामै अघिल्लो वर्षको हाराहारीमा रेमिटेन्स भित्रिएको छ। आर्थिक वर्ष ०७६/७७ मा विदेशमा रहेका नेपालीले आठ खर्ब ७५ अर्ब रूपैयाँ पठाएका थिए। चालु आर्थिक वर्ष ०७७/७८ को साउनदेखि जेठसम्ममै आठ खर्ब ७० अर्ब ९४ करोड रूपैयाँ रेमिटेन्स आएको छ। यो अघिल्लो वर्षको तुलनामा १२.६ प्रतिशतले बढी हो। अघिल्लो वर्षको सोही अवधिमा रेमिटेन्स आप्रवाह ३.२ प्रतिशतले घटेकोे थियो।
अमेरिकी डलरमा रेमिटेन्स आप्रवाह १०.४ प्रतिशतले वृद्धि भई सात अर्ब ३९ करोड पुगेको छ। वैदेशिक रोजगारीमा जानेको संख्या भने महामारीपछि घटेको छ। यस अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ५९.९ प्रतिशतले घटेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १२.४ प्रतिशतले घटेको थियो।
वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या ४७.१ प्रतिशतले घटेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३१.१ प्रतिशतले घटेको थियो। महामारीपछि हुन्डीको कारोबार रोकिँदा वैदेशिक रोजगारीमा जानेको संख्या घटे पनि रेमिटेन्स वृद्धि भएको अनुमान छ। हुन्डी रोकिएपछि विदेशमा हुने नेपाली पठाउने रकम बैंकिङ च्यानलबाट हात्र आएकाले रेमिटेन्स बढेको ठानिएको छ।
महँगी ४.१९ प्रतिशतले बढ्यो
समीक्षा अवधिमा उपभोक्ता मुद्रास्फीति ४.१९ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४.५४ प्रतिशत रहेको थियो। समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.२२ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति २.६३ प्रतिशत रहेको छ।
२०७७ जेठको तुलनामा २०७८ जेठमा घ्यू तथा तेल, सुर्तिजन्य पदार्थ, गैर–मदिराजन्य पेय पदार्थ र यातायात उपसमुहको मूल्यवृद्धि क्रमशः ३०.९८ प्रतिशत, ९.८४ प्रतिशत, ९.८१ प्रतिशत र ९.७० प्रतिशत रहेको छ। काठमाडौं उपत्यकामा ३.८७, तराईमा ४.४७, पहाडमा ४.३२ र हिमालमा १.७२ प्रतिशत मुद्रास्फीति रहेको छ। गत वर्ष ती स्थानमा क्रमशः ४.४३, ४.८६, ४.१३ र ४.३४ प्रतिशत मुद्रास्फीति रहेको थियो।