एनआईसी एशिया क्यापिटल लिमिटेडको संचालक समितिको अध्यक्षमा कपिल ढकाल नियुक्त भएका छन् । ढकाल एनआईसी एशिया बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत हुन । शुक्रबार बसेको संचालक समितिको ९२ औं बैठकले ढकाललाई अध्यक्षमा नियुक्त गरेको हो ।
ढकालसँग भारतमा डिलोइट इन्डिया, आइसीआईसीआई बैंकमा काम गरेको अनुभव छ । त्यस्तै हाम्रो विकास बंैकमा प्रमुख कार्यकारी अधिकृतको रुपमा काम गरेको अनुभव पनि उनीसँग रहेको एनआईसी एशिया क्यापिटल लिमिटेडको विज्ञप्तीमा उल्लेख छ ।
उनी व्यवसायिक रुपमा चार्टर एकाउन्टेन्ट पनि हुन । उनीसँग बैंकको उच्च व्यवस्थापन तहमा रहि १२ वर्ष भन्दा बढी समय काम गरेको अनुभव रहेको एनआईसी एशिया क्यापिटलका प्रमुख कार्यकारी अधिकृत रमेन्द्र रायमाझिद्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।
एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाका समेत अध्यक्ष रहेका ढकालले हासिल गरेको लामो कार्यअनुभव तथा उच्च व्यवस्थापकीय क्षमताले आगामी दिनमा क्यापिटलको समग्र व्यवसाय विस्तार र क्यापिटलबाट प्रदान गरिने सेवालाई उत्कृष्ट बनाई नयाँ उचाई चुम्ने विश्वास लिएको विज्ञप्तीमा उल्लेख छ ।
एनआईसी एशिया क्यापिटल लिमिटेडले हाल म्युचुअल फण्ड, शेयर रजिष्ट्रार, निष्काशन तथा बिक्री प्रबन्ध, शेयर प्रत्याभूति, लगानी व्यवस्थापन, निक्षेप सदस्य, संस्थागत परामर्श लगायतका मर्चेण्ट बैंकिङ तथा इन्भेष्टमेण्ट बैंकिङ सम्बन्धी सेवा दिँदै आएको छ ।