सञ्चालनमा रहेका वाणिज्य बैंकहरूले एक वर्षको अवधिमा करिब २८ प्रतिशतले व्यवसाय वृद्धि गरेका छन्। बैंकर्स संघले सोमबार उपलब्ध गराएको विवरण अनुसार अघिल्लो वर्षको तुलनामा आर्थिक वर्ष २०७७/७८ मा बैंकहरूको व्यवसाय उत्साहजनक तरिकाले वृद्धि भएको हो।
कोरोना महामारीका कारण धेरैले बैंकहरूको व्यवसाय वृद्धि नहुने बताइरहेको बेला उनीहरूले उत्कृष्ठ नतिजा निकालेका हुन्। संघका अनुसार वाणिज्य बैंकहरूले आर्थिक वर्ष २०७७/७८ मा आठ खर्ब १५ अर्ब ४४ करोड रूपैयाँ कर्जा प्रवाह थप गरी ३७ खर्ब २० करोड ७५ लाख रूपैयाँ पुर्याएका छन्।
गत आर्थिक वर्षको अन्त्यसम्म सबै बैंकहरूले २९ खर्ब पाँच अर्ब ३१ करोड रूपैयाँ कर्जा प्रवाह गरेका थिए। पछिल्लो एक वर्षमा बैंकहरूको निक्षेप संकलन पनि करिब २० प्रतिशतले वृद्धि भएको छ।
असार मसान्तसम्म सबै बैंकहरूको निक्षेप ४२ खर्ब एक अर्ब ३९ करोड रूपैयाँ पुगेको छ। आर्थिक वर्ष २०७७/७८ मा मात्र बैंकहरूले सात खर्ब ११ अर्ब ४१ करोड रूपैयाँ थपिएको छ। अघिल्लो वर्षसम्म बैंकहरूको निक्षेप ३४ खर्ब ८९ अर्ब ९८ करोड रूपैयाँ थियो।
कोरोना महामारीको अवधिमा अधिकांश बैंकहरूले कर्जा प्रवाह र निक्षेप संकलनमा वृद्धि गरेका छन्। अघिल्लो वर्षको तुलनामा तुलनामा सिटिजन्स बैंकले निक्षेप संकलनमा ५५.१० र सिभिल बैंकले कर्जा प्रवाहमा ५४.२६ प्रतिशतको वृद्धि गरेका छन्।
यस अवधिमा नेपाल एसबिआइ बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंकको निक्षेप संकलन अघिल्लो वर्षको तुलनामा केही घटेको छ। सिटिजन्स बैंकले निक्षेप संकलनमा असार मसान्तसम्म ५५.१० प्रतिशतले वृद्धि गरी एक खर्ब ४३ अर्ब दुई करोड रूपैयाँ पुर्याएको छ।
सोही बैंकले कर्जातर्फ ५२.१७ प्रतिशतले थप गरी एक खर्ब २३ अर्ब ६४ करोड रूपैयाँ पुर्याएको छ । सिभिल बैंकले ५०.२२ प्रतिशतले निक्षेप संकलन वृद्धि गरी ९० अर्ब ४३ करोड रूपैयाँ पुर्याएको छ। सोही बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा कर्जा प्रवाह ५४.२६ प्रतिशतले वृद्धि गरी ८३ अर्ब रूपैयाँ पुर्याएको छ। गत आर्थिक वर्ष एनआइसी एसिया बैंकले कर्जा लगानी ९१ र निक्षेप संकलन ८९ प्रतिशतले बढाएको छ।
विज्ञहरू महामारीमा बैंकहरूको व्यवासय वृद्धिले अर्थतन्त्र मजबुत र चलायमान बनाउन मद्धत गर्ने बताउँछन्। बैंकरहरू भने महामारीमा निरन्तर डटेर काम गरेका कारण व्यवसाय वृद्धि सहज भएको दाबी गर्छन्।