चितवन- लक्ष्मणबाबु श्रेष्ठ व्यावसायिक दुग्ध उत्पादनसँग जोडिएका हरेक नेपाली किसानको मनमा नमेटिने गरी बसेको नाम हो। श्रेष्ठले चितवन, भरतपुर नगरपालिका १ ठिमुरा गाउँमा स्थापना गरेको चितवन मिल्क प्रालि सञ्चालन भएपछि नेपालमा मिल्क होलिडे (उत्पादन भएको दूध बिक्री नहुने अवस्था) हट्यो।'हामी उहाँलाई मिल्क होलिडे मुक्तिदाताका रुपमा सधैं सम्झनेछौं,' चितवनका पुराना दुग्ध उत्पादक किसान तथा चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडका पूर्व अध्यक्ष शंकरराज राजभण्डारीले भने। चितवन मिल्कले किसानसँग किनेको दूधबाट पाउडर बनाउँछ। दूध उत्पादन बढी र माग कम हुने बेला पाउडर बनाउने काम हुन्छ।
नेपालमा पाउडर दूध बनाउने कारखाना नहुँदा उत्पादन बढी र माग कम हुने बेला हप्तामा दुई या तीन दिन डेरी उद्योगले किसानको दूध किन्दैनथे। यो समस्यालाई मिल्क होलिडे भन्ने गरिन्थ्यो। 'चितवन मिल्क सञ्चालनमा आएर पाउडर उत्पादन हुन थाल्यो। होलिडेको समस्या बिलाएर गयो,' राजभण्डारीले भने।
लक्ष्मणबाबु श्रेष्ठको व्यापारिक संस्था चितवन कोइ प्रालि र दुग्ध विकास संस्थानको साझेदारीमा २०६७ सालको पुसबाट यो उद्योग सञ्चालनमा आयो। यसमा दुग्ध विकास संस्थानको ११ प्रतिशत सेयर छ। लक्ष्मणबाबुले किसानलाई राहत दिएर दुग्ध व्यवसायको विकास गर्न ठूलो जोखिम मोलेको राजभण्डारीको ठहर छ।
मिल्क होलिडेबाट किसान आहत थिए। चितवनको रत्ननगरमा जिल्ला विकास समिति र उद्योग वाणिज्य संघको साझेदारीमा धुलो दूध कारखाना खोल्ने योजनास्वरुप जग्गा किने पनि मूर्त रुप लिएको थिएन। रत्ननगरमा खुल्ने धुलो दूध कारखानाको नामसमेत जुरेको थियो– चित्रवन दुग्ध उद्योग। तर उद्योगको नाममा जग्गा किनियो त्यसमा जग हाल्ने काम कहिल्यै भएन।
'किसान निरास थिए। लक्ष्मणबाबुले उद्योग खोल्ने कुरा गर्दा सुरुमा नपत्याउने धेरै थिए,' राजभण्डारीले भने। उद्योगको शिलान्यास भयो भरतपुरभित्र पिछडिएको बस्ती भनेर चिनिएको ठिमुरा गाउँमा। शिलान्यासपछि एकजना पटेल भन्ने प्राविधिक साथ लिएर राजभण्डारी चितवनका सबै गाउँ डुले। उद्योग पक्का खुल्छ भन्ने विश्वास जगाउने काम भयो।
'उद्योग खुल्ने आसले किसानमा उत्साह ल्यायो' उनले भने। दिनको डेढ लाख लिटर दूध खपत गर्न सक्ने क्षमताको उद्योग सुरुमा ३५ हजार लिटर दूधबाट सञ्चालनमा आयो। त्यसपछि किसानमा आशाको सञ्चार भयो। दुईभन्दा धेरै गाई नपाल्नेले एकैपल्ट १० वटा राखे।
अहिले चितवनमा एउटै फार्ममा सयभन्दा धेरै गाई पालेको देख्न पाइन्छ। १० भन्दा धेरै गाई पाल्ने व्यावसायिक फार्महरु १५० भन्दा धेरै रहेको व्यवसायिक दुग्ध उत्पादक समाज चितवनका अध्यक्ष आनन्द न्युरेले बताए। पाउडर दूध उत्पादन हुन्छ, बढी भएको दूध बेच्न गाह्रो हुँदैन भन्ने विश्वास बढेपछि दूधालु पशु पाल्ने होड नै चल्यो। न्युरे यसको सबै जस लक्ष्मणबाबुलाई दिन्छन्।
'हृदय राम्रो भएको व्यक्ति हुनु हुन्थ्यो। नेपालकै उत्पादन प्रयोग गरेर विदेशसमेत निर्यात गर्ने सोचका साथ उहाँले चितवन मिल्कको स्थापना गर्नु भएको हो। जस्ले गाउँगाउँमा पैसा पुर्यागउन ठूलो भुमिका खेलेको छ,' लक्ष्मणबाबुसँग १३ वर्षभन्दा धेरै समय निकट रहेका चितवनका डेरी व्यवसायी शुरेशचन्द्र अधिकारीले भने।
चितवन, रुपन्देही, नवलपरासी, गोरखा, बारा, पर्सा, रौतहट र तनहुँबाट दूध संकलन गर्ने योजनाका साथ कारखाना स्थापना भयो। पशु विकासका लागि उद्योगले विभिन्न योजना बनायो। पशु आहार व्यवस्थापन र दूधको गुणस्तर सुधारका लागि कारखानाले नै पशु चिकित्सक तथा प्राविधिक खटायो।
उद्योग स्थापना भए पनि सोचेअनुरुप सञ्चालनमा आउन भने सकेन। धुलो दूध उत्पादन भए पनि बिक्री हुने समस्याले गर्दा पूर्ण क्षमतामा चल्न सकेको छैन। तर, पूर्वाधार तयार भएकाले यसलाई किसानको हितमा उपयोग गर्न राज्यले योजना बनाउनु आवश्यक रहेको ठान्छन्।