काठमाडौं-पाँचथर ओयनकी उमाकुमारी गुरुङ काठमाडौं भृकुटीमण्डपमा चलिरहेको राष्ट्रिय औद्योगिक वस्तु तथा प्रविधि प्रदर्शनीमा व्यस्त छिन्। उनले आफ्नो स्टलमा राडीपाखी, कार्पेट, झोलालगायत ऊनबाट बनेका वस्तु राखेकी छन्।परम्परागत चल्दै आएको यो पेसालाई उनी व्यावसायिक बनाउने प्रयास गर्दैछिन्। ‘आयआर्जनका लागि राम्रो माध्यम बनेको छ,' गुरुङले भनिन्, ‘महिलालाई रोजगारीको अवसर पनि मिलेको छ।' उमाकुमारीले भनेजस्तै यस प्रदर्शनीमा महिला सहभागिता उल्लेख्य छ। लघु, घरेलु तथा साना उद्योगमा महिलाको सहभागिता राम्रो भएको विभिन्न महिला उद्येमी बताउँछन्।
परम्परागत पेसालाई व्यावसायिक बनाउन उमाकुमारीले सरकारले दिएको लघु तथा घरेलुसम्बन्धी तालिम लिएकी थिइन्। तालिममा सिकेको सीप उनले व्यावसायमा प्रयोग गरिन्। सीप तिखार्दै लगेपछि उनी अहिले अरु महिलालाई पनि तालिम दिने भइसकेकी छन्। ‘४५ महिलालाई तालिम दिइसकें,' उमाकुमारीले भनिन्, ‘उनीहरू सीप सिक्न उत्साही छन्।' उनी आफैंले पनि १२ महिलालाई रोजगारी दिएकी छन्।
प्रदर्शनीमा व्यस्त अर्की उद्यमी डिल्ली कुलुङ पनि महिलालाई रोजगारी दिने भए लघु, घरेलु तथा साना उद्योगलाई सरकारले प्राथमिकतामा राख्नुपर्ने बताउँछिन्। संखुवासभा खाँदबारीकी कुलुङले आफ्नै मेहनतमा सुम्निमा अल्लो तथा सुती उद्योग सञ्चालन गरिरहेकी छन्। अल्लोबाट बन्ने सबै किसिमका वस्तु उनले उत्पादन गर्दै आएकी छन्। उनीसँगै नियमित रुपमा १५ महिलाले काम गरिहेका छन्। ‘लोक्ता संकलनसम्म पुरुषले सहयोग गर्छन्,' उनले भनिन्, ‘त्यसपछिको सबै काम महिलाले गरिरहेका छन्।' घरमै बसेर गर्न सकिने मसिनो काम भएकाले यस्तो पेसामा महिला सक्षम हुने उनी बताउँछिन्।
वैशाख ८ गतेसम्म सञ्चालन हुने प्रदर्शनीमा विभिन्न १५ वस्तु समूहका उद्यमीको सहभागिता छ। पस्मिना तथा ऊनी, ढाका, गलैंचा, राडीपाखीजस्ता परम्परागत लघु उद्योगमा महिला सहभागिता बढी छ।
लघु र साना तथा घरेलु उद्योग महिलाका लागि उपयुक्त भएकाले यसमा उनीहरूको सहभागिता धेरै भएको घरेलु तथा साना उद्योग विकास समितिका उपकार्यकारी निर्देशक राजेन्द्र मिश्र बताउँछन्। ‘यस प्रदर्शनीमा लगभग ६५ प्रतिशत उद्यमी महिला छन्,' मिश्रले भने, ‘घरेलु तथा साना उद्योग विकास समिति र उद्योग विभागले महिलालाई लक्षित गरेर विभिन्न कार्यक्रम सञ्चालन पनि गरिरहेको छ।'
यसका साथै सरकारले द्वन्द्वपीडित महिलाको आयआर्जन तथा व्यवसाय विकास कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ। पहिलो चरणको कार्यक्रममा १ हजार ६ सय २० महिलालाई सहभागी बनाउने लक्ष्यअनुरुप अहिलेसम्म १ हजार ५ सय ८८ द्वन्द्वपीडितलाई सीपमुलक तालिम दिइएको मिश्र बताउँछन्। यस कार्यक्रममा सिलाइ कटाइ, ब्युटीपार्लर, मोबाइल र टेलिभिजन मर्मत, ढाका बुनाइ, अगरबत्ती र ब्रिकेट बनाउने तालिम दिइएको थियो। यस प्रदर्शनीमा यी महिलाको पनि सहभागिता रहेको मिश्रले जानकारी गराए।
राष्ट्रिय लघु उद्यमी महासंघका सदस्य चन्द्रबहादुर विश्वकर्मा पनि ६५ प्रतिशतको हाराहारीमा महिलाको सहभागिता रहेको बताउँछन्। ‘महिलालाई लक्षित गरेर सीपमूलक कार्यक्रम सञ्चालन भइरहेका छन्,' उनले भने, ‘महिलाले चाहेको पेसालाई तालिम दिने गरिएको छ।'
यस प्रदर्शनीमा महिलाको संगठित समूहले सञ्चालन गरेको विन कोअपरेटिभ समूह पनि सहभागी छ। यो समूहमा अहिलेसम्म २ सय ३० महिला उद्यमी सदस्य बनिसकेकोे उद्यमी सम्झना केसी बताउँछिन्। यो समूहमा रहेका महिलाले हेन्डिक्राफ्ट र विभिन्न किसिममा खाद्य उत्पादन गरिहेका छन्। सदस्य रहेका महिला उद्यमीले उत्पादन गरेका वस्तुलाई विन कोअपरेटिभले बजारसम्म पुर्याउने काम गर्छ।
महिलालाई सक्षम बनाउने हो भने लघु, घरेलु तथा साना उद्योगलाई अगाडि बढाउनुपर्ने बहिरा महिला सिर्जनशील हात ललितपुरकी प्रशिक्षक सुनिता श्रेष्ठ बताउँछिन्। उनको समूहले पनि प्रदर्शनीमा आफ्ना उत्पादनको स्टल राखेको छ। उनको यस समूहमा बहिरा महिलालाई विभिन्न सीपमूलक तालिम दिएर सक्षम बनाउने प्रयास गरिएको श्रेष्ठ बताउँछिन्।
यो समूहमा अहिले १० बहिरा महिला छन्। ‘विभिन्न ठाउँमा रहेका बहिरा महिलालाई यहाँ ल्याएर पहिला सांकेतिक भाषामा सक्षम बनाएर अन्य सीप सिकाउने गरिएको छ,' यसै समूहकी अर्की प्रशिक्षक सविता श्रेष्ठले भनिन्, ‘हामीले अचार, जाम, कपडा, पापड, चिप्सलगायत तयार गरिरहेका छौं।'