कर्णाली प्रदेशको बजेट: ११ महिनासम्म २७ प्रतिशत, असारमा ३८ प्रतिशत
१४ साउन २०७८
•
३ मिनेट पाठ
कर्णाली प्रदेशको बजेट: ११ महिनासम्म २७ प्रतिशत, असारमा ३८ प्रतिशत
अघिल्लो आर्थिक वर्षको ११ महिनासम्म कर्णाली प्रदेश सरकारले २७ प्रतिशत हाराहारीमा बजेट खर्च गरेको थियो। असार मसान्तमा आइपुग्दा बजेट खर्च बढेर ६५ प्रतिशत पुग्यो। बजेट खर्च गर्न असार कुर्नुपर्ने अवस्था कर्णालीमा अझै छ।  




प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार आर्थिक वर्ष २०७७/०७८ को जेठ मसान्तसम्म प्रदेश सरकारले पुँजीगततर्फ २४.४६ र चालुतर्फ ३०.०९ प्रतिशत बजेट मात्रै खर्च गरेको थियो। असार एक महिनामा पुँजीगत खर्च ४६.१७ प्रतिशतले बढेर ७०.६३ प्रतिशत पुग्यो भने चालुतर्फ २६.९५ प्रतिशत बढेर ५८.८८ प्रतिशत पुग्यो। ‘अघिल्लो आर्थिक वर्ष मात्रै होइन, प्रदेश सरकार गठन भएयताका सबै आर्थिक वर्षको अन्त्यतिर मात्रै हतार हतारमा बजेट खर्च भएको देखिन्छ,’ मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपप्रध्यापक दुर्गाप्रसाद सापकोटाले भने, ‘यस्तो गतिले कर्णाली सरकारले लिएको समृद्ध र सुखारी कर्णालीबासीको सपना पूरा हुँदैन।’ हुन पनि कर्णालीमा ११ महिनासम्म पुँजीगत खर्च अत्यन्तै न्यून हुन्छ । 

आर्थिक वर्षको अन्तिम महिनामा दोब्बरभन्दा बढी खर्च हुन्छ । कर्णाली प्रदेश सरकारले अघिल्लो आर्थिक वर्षका लागि ३३ अर्ब ७४ करोड १३ लाख बजेट ल्याएको थियो। त्योमध्ये २२ अर्ब १० करोड ८६ लाख रूपैयाँ सरकारले आर्थिक वर्ष २०७७/०७८ मा खर्च गर्‍यो । उक्त बजेटमध्ये ११ महिनामा प्रदेश सरकारले नौ अर्ब सात करोड ९२ लाख ६२ हजार १६६ रूपैयाँ खर्च गरेको थियो । असारमा मात्रै १३ अर्ब दुई करोड ९३ लाख ३७ हजार ८३३ रूपैयाँ खर्च गर्‍यो।

पुँजीगततर्फको १९ अर्ब ६ करोड ९१ लाखमध्ये १३ अर्ब ४६ करोड ८२ लाख ३३ हजार ५७ रूपैयाँ प्रदेश सरकारले खर्च गर्‍यो। पुँजीगततर्फ छुट्ट्याइएको कुल बजेटमध्ये प्रदेश सरकारले ११ महिनामा चार अर्ब ६६ करोड ४७ लाख ८२ हजार १२६ रूपैयाँ मात्रै खर्च गरेको थियो। बाँकी रकम खर्च गर्न असार कुर्नुपर्‍यो।  

चालुतर्फको १४ अर्ब ६७ करोड २२ लाखमध्ये अघिल्लो आर्थिक वर्ष प्रदेश सरकारले आठ अर्ब ४९ करोड २० लाख ३३ हजार ५७३ रूपैयाँ खर्च गर्‍यो। प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार योमध्ये असारमा चार अर्ब सात करोड ७५ लाख ५३ हजार ६६४ रूपैयाँ खर्च भएको छ।  

प्रदेश लेखा नियन्त्रक मानबहादुर बमका अनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पुँजीगत खर्च जेठ मसान्तसम्म १०.४६ प्रतिशत थियो। असारमा बढेर १०५.६५ प्रतिशत पुग्यो। यस्तै, आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जेठ मसान्तसम्मको पुँजीगत खर्च २६.९९ प्रतिशत थियो भने आर्थिक वर्ष सकिँदा ५३.४१ प्रतिशत पुग्यो। आर्थिक मामिला तथा योजना मन्त्रालयले ११ महिनासम्म २.१५ प्रतिशत पुँजीगत बजेट खर्च गरेको थियो। असार मसान्तमा पुग्दा ३.४० प्रतिशत बजेट खर्च भयो।

सामाजिक विकास मन्त्रालयले जेठ मसान्तसम्म पुँजीगत बजेट २५.५१ प्रतिशत खर्च गरेको थियो । असार मसान्त हुँदा खर्च प्रतिशत बढेर ७२.८४ पुग्यो। भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जेठ मसान्तसम्म ४४ प्रतिशत पुँजीगत बजेट खर्च गरेको थियो। असार मसान्तमा पुँजीगत खर्च बढेर १११.३३ प्रतिशत पुग्यो । उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयले जेठ मसान्तसम्म १८.३० प्रतिशत विकास बजेट खर्च गरेको थियो। असार मसान्तमा पुग्दा पुँजीगत खर्च बढेर ८०.८२ प्रतिशत पुग्यो । भौतिक पूर्वाधार विकास मन्त्रालयले ३१.१५ प्रतिशत पुँजीगत खर्च गरेको थियो। असार मसान्तमा पुग्दा ६३.४८ प्रतिशत पुग्यो।

सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री सीता नेपाली अघिल्ला आर्थिक वर्षको तुलनामा समग्र बजेटको खर्च प्रतिशत राम्रो रहेको बताउँछिन्। ‘कोरोना महामारीका बेला पनि चालुतर्फ ५८.०२ र पुँजीगततर्फ ७१.२९ प्रतिशत बजेट खर्च हुनु राम्रो हो,’ सरकारका प्रवक्ता नेपालीले भनिन्, ‘आर्थिक वर्ष २०७६/०७७ को तुलनामा ३३.३३ प्रतिशत बजेट धेरै खर्च गर्न सफल भएका छौं।’ 
अर्को समाचार
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
१० घण्टा अघि
•
२ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि-२०८३’ पुनरावलोकन गर्न आग्रह गरेका छन्।




कार्यविधिका केही प्रावधान सकारात्मक भए पनि यसले निजी क्षेत्र र निर्माण व्यवसायीमाथि थप चुनौती थपेको उनको भनाइ छ।

शुक्रबार नवौं सामाजिक सुरक्षा दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै पाण्डेले एउटै श्रम बजारमा दुईथरी ज्याला प्रणाली लागू हुँदा गम्भीर असर पर्ने औँल्याए।

‘निजी क्षेत्रको न्यूनतम ज्याला मासिक १९ हजार ५५० रुपैयाँ र दैनिक ७५४ रुपैयाँ रहेको अवस्थामा सार्वजनिक खरिदमा आबद्ध अकुशल श्रमिकको दैनिक ज्याला १ हजार ७४० रुपैयाँ निर्धारण गरिएको छ,’ उनले भने, ‘एउटै श्रम बजारमा दुईथरी ज्याला प्रणालीले निजी क्षेत्रबाट श्रमिक पलायन हुने, उद्योगको लागत बढ्ने र प्रतिस्पर्धात्मक क्षमता कमजोर हुने जोखिम छ।’

पुराना ठेक्काको दररेट, लागत अनुमान र बोलपत्रमा नयाँ ज्याला तथा १० प्रतिशत योगदान समावेश नभएको अवस्थामा नयाँ व्यवस्था तत्काल लागू गर्दा व्यवसायीलाई ठूलो आर्थिक भार पर्ने पाण्डेले बताए।

यस्तो व्यवस्था कार्यान्वयनमा ल्याउनुअघि रोजगारदाता, श्रमिक र सम्बन्धित सरोकारवालासँग पर्याप्त छलफल तथा परामर्श गर्नुपर्नेमा उनले जोड दिए।

कार्यक्रममा पाण्डेले सामाजिक सुरक्षा कोषमा रोजगारदाता र श्रमिकको योगदानमा देखिएको असमानता हटाई प्रणालीलाई थप व्यावहारिक र प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराए।

सामाजिक सुरक्षा श्रमिकको अधिकार र रोजगारदाताको दायित्वसँग जोडिएको विषय भएकाले मन्त्रालयको नाम वा संरचना परिवर्तन हुँदैमा श्रमिकको सामाजिक सुरक्षाप्रतिको जिम्मेवारी कमजोर हुन नहुने धारणा उनले राखे।

सामाजिक सुरक्षा कोषमा हाल अर्बौं रुपैयाँ जम्मा भइसकेको उल्लेख गर्दै पाण्डेले त्यो रकम बैंकमा थन्क्याएर राख्नुभन्दा पूर्वाधार, जलविद्युत्, उद्योग र रोजगारी सिर्जना गर्ने उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने सुझाव दिए।

सोही कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको दायरा विस्तार गर्न सरकारले आगामी बजेटमा पर्याप्त रकम विनियोजन गर्ने बताए।

सामाजिक सुरक्षा कोषमा श्रमिक तथा कर्मचारीको आबद्धता बढाउन सरकारले चालु वर्ष १ अर्ब ८० करोड रुपैयाँ विनियोजन गरेको जानकारीसमेत उनले दिए।
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ६ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock २० मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
यो पनि पढौँ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस