श्रमिकको पैसामा जनप्रतिनिधिको आँखा: प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा अनियमितता भएको भन्दै उजुरी
१४ साउन २०७८
•
२ मिनेट पाठ
श्रमिकको पैसामा जनप्रतिनिधिको आँखा: प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा अनियमितता भएको भन्दै उजुरी
मालारानी गाउँपालिका वडा नम्बर–४ मा प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको पैसामा अनियमितता भएको भन्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको छ।  




पालिकासंग सम्झौता भएको भन्दा तेब्बर बढीलाई काममा लगाएर दिनुपर्ने पारिश्रमिक नदिएको भन्दै श्रमिकबाट गुनासो आएपछि कुरा बाहिरिएको हो। वडाभित्र रहेका १ सय १० जनालाई न्युनतम एक सय दिनको रोजगार दिने पालिकासंग सम्झौता भएपनि वडा कार्यालयले नियम विपरित तीन गुणा बढीलाई काममा लगाइएको थियो।  

मालारानीको ४ नम्बर वडा कार्यालयमा प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा अनियमितता र भ्रष्टाचार भएको उजुरी परेपछि छानबिन सुरु गरिएको सहायक प्रमुख जिल्ला अधिकारी विक्रम थापाले जानकारी दिए। वडा अध्यक्ष, वडा सचिव लगायत उक्त कार्यक्रममा संलग्न रहेका सबैलाई बोलाएर मौखिक जवाफ लिईएको र कार्यक्रमको फाइल तानेर अनुसन्धान प्रकृया सुरु गरिएको उनको भनाई छ। ‘उजुरी परेपछि छानबिन प्रक्रिया अगाडी बढेको छ, सहायक प्रजिअ थापाले भने,‘गलत गरेको भेटिएमा कानून अनुसार कारबाही हुन्छ।’

वडामा एक सय १० जनालाई न्युनतम सय दिनको रोजगारी दिने भनेर ५६ लाख ३० हजार एकसय ३० रुपैयाँ विनियोजन भएको थियो। स्थानीयवासीहरुका अनुसार ३ सय ११ जनालाई मात्र काममा लगाईएकाले किर्ते कागज बनाएर रकम हिनामिना पार्न खोजिएको आरोप लगाएका छन्। वडा कार्यालयले ३ सय ६७ जनालाई रकम दिएको भनी जिल्ला प्रशासनमा कागजात पेश गरेको छ।  

स्थानीय विकास खनालका अनुसार तीन सय ६७ नभएर तीन सय ११ जनालाई मात्र रकम दिएको र बाँकी रकम हिनामिना गर्न खोजेको र जनगुनासो बढेपछि किर्ते कागजात बनाएकोे आरोप लगाए। ‘हामीले सुरुदेखि निगरानी गरिरहेका थियौं, उनले भने,‘गाउँमा कस्ले रोजगारी पायो कस्ले पाएन? हामी अपडेट नै छौं। सरासर भ्रष्टाचार गर्न खोजियो।’ युवाहरु कागजात माग्न वडा कार्यालयमा जाँदा वडा अध्यक्ष, सचिव कसैसंग भेट हुन नसकेको स्थानीय सोमपाल विश्वकर्माले बताए।  

वडा नम्बर–४ मा एकसय १० जनालाई स्वरोजगार दिनका लागि गरिएको सम्झौता अनुसार प्रत्येक श्रमिकको बैंक खाता खोलेर खातामै ५१ हजार १ सय ८३ का दरले रकम जम्मा गरिएको रोजगार संयोजक महेश भुसालले बताए। कार्यक्रममा भएको स्टीमेट र मूल्यांकनका आधारमा अनुगमन गरेर सबै श्रमिकको बैंक खातामा रकम पठाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश पन्थीले बताए। उनले वडा नम्बर–४ मा एकसय १० जनाको खातामा न्युनतम एक सय दिनको दरले रोजगार दिएर रकम भुक्तानी गरेको बताएका छन्।  

एक सय १० जनालाई सम्झौता गराएपनि व्यवहारिक रुपमा वडा भित्र रहेका तीन सय ६७ जनालाई एक महिनाका दरले काम लगाएर १५ हजार ५ सयका दरले रकम दिएको वडा अध्यक्ष विष्णुप्रसाद पोख्रेलले बताए। उनले एक सय १० जनाबाट व्यवहारिक रुपमा सबैलाई मिलाएर रकम दिएको बताएका छन्।  

पालिकाले सम्झौता बमोजिमको रकम श्रमिकको खातामा राखिदिएपनि वडा कार्यालयले सबैको खाताबाट रकम निकालेर फेरि वितरण गरेको थियो।
अर्को समाचार
श्रमिकको पैसामा जनप्रतिनिधिको रजाइँ
१२ माघ २०७८
•
२ मिनेट पाठ
श्रमिकको पैसामा जनप्रतिनिधिको रजाइँ
अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्बर–४ का वडाध्यक्षले श्रमिकहरुको पारिश्रमिकमा अनियमितता गरेका पुष्टी भएको छ। वडाध्यक्ष विष्णुप्रसाद पोख्रेलले प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा ७ लाख बढी अनियमितता गरेको जिल्ला प्रशासन कार्यालयले ठहर गरेको छ।




आर्थिक वर्ष २०७७/०७८ मा सञ्चालित प्रधानमन्त्री स्वरोजगार कार्यक्रमबाट वडाध्यक्ष पोख्रेलले ७ लाख ३९ हजार ५ सय २७ रुपैयाँ रकम भ्रष्टाचार गरेको खुलेको हो। उक्त कार्यक्रम अन्तर्गत गाउँपालिकाबाट १ सय १० जनालाई रोजागर दिने र त्यसबापत प्रतिव्यक्ति ५१ हजार १ सय ८३ रुपैयाँ रकम दिनुपर्ने व्यवस्था रहेपनि वडाध्यक्ष पोखरेलले धेरैलाई रोजगारी दिने बताउँदै रोजगारी बाँडेर ३ सय ६७ जनालाई रोजगारी दिइएको बताएका थिए।  

तीन सय ६७ जनालाई प्रतिव्यक्ति १५ हजार ५ सयका दरले रकम भुक्तानी गरेको उनले दाबी गर्दै आएका थिए जुन कुरा झुट रहेको जिल्ला प्रशासन कार्यालयको प्रतिवेदनले देखाएको छ। स्वरोजगार कार्यक्रममा सहभागी श्रमिकहरूलाई सनाखत गराउँदा ३ सय ३७ जनाको मात्र उपस्थिती देखिएको जिल्ला प्रशासन कार्यालयको अनुसन्धानले देखाएको छ।  

प्रशासनको रिपोर्टअनुसार वडाध्यक्ष पोख्रेलले उपस्थित गराउन नसकेका ३० जनाबाट प्रतिव्यक्ति १५ हजार पाँच सयका दरले ४ लाख ६५ हजार रकम आफ्नो खल्तीमा हालेका छन्। यस्तै १ सय २९ जनालाई २६ दिन काम गरे बापत ३० दिन बराबरको रकम भुक्तानी गरेको मध्येबाट १ सय २९ जनाको ४ कार्यदिन बराबर हुने ५१६ कार्यदिन र ५ जनालाई २७ दिन काम गरे बापत ३० दिन बराबरको रकम भुक्तानी गरेको मध्येबाट ५ जनाको ३ कार्यदिन बराबर हुने १५ कार्यदिन गरी जम्मा ५ सय ३१ कार्यदिन बराबरको रकम २ लाख ७४ हजार ५ सय २७ गरी जम्मा रु ७ लाख ३९ हजार ५ सय २७ वडाध्यक्ष पोख्रेलले भ्रष्टाचार गरेका हुन्।

यसअघि गएको साउन १५ गतेको नागरिक दैनिकमा समाचार प्रकाशन भएपछि र स्थानीय युवाहरुको सक्रियताले गर्दा यो घटनाले प्राथमिकता पाएको थियो। वडाध्यक्ष पोख्रेलले स्वरोजगार कार्यक्रमलाई आफू अनुकूल बनाएर ठूलो रकम अनियमितता गरेको भनि छानबिनको लागि प्रशासनमा उजुरी परेको थियो। उजुरीका आधारमा छानबिन गर्दा वडाध्यक्षले ३० जना नक्कली व्यक्ति खडा गरेर उक्त रकम हिनामिना गरेको जिल्ला प्रशासन अर्घाखाँचीले निष्कर्ष निकालेको छ। वडाध्यक्ष पोख्रेलले अनियमितता गरेको पुष्टी भएपछि उक्त रकम फिर्ता गराईएको समेत प्रशासनले उल्लेख गरेको छ।  

‘करिब ६ महिनाको लामो अनुसन्धानपछि यो प्रतिवेदन तयार पारेका छौं’, सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले भने,‘धेरैलाई रोजगारी दिन खोजेको मनासय राखि कार्यक्रम कार्यान्वयनको गर्भमा राजनीतिक स्वार्थ लुकेको पाइयो।’  

पोख्रेल २०७४ सालको स्थानीय निर्वाचनमा नेकपा एमालेका तर्फबाट निर्वाचित वडाध्यक्ष हुन्। उनले नेपाली कांग्रेसका उम्मेद्वार आफ्ना सहोदर जेठान कृष्ण खनाललाई १८ मतले पछि पार्दै विजयी भएका थिए।

ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ५६ सेकेन्ड अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस