वैदेशिक रोजगारः अनिच्छित गर्भ रहेर हुने मानसिक तनाव कम गर्न दम्पतिबीच सल्लाह
१५ साउन २०७८
•
२ मिनेट पाठ
वैदेशिक रोजगारः अनिच्छित गर्भ रहेर हुने मानसिक तनाव कम गर्न दम्पतिबीच सल्लाह
रसुवाको कालिका गाउँपालिका वडा नम्बर २ की सुस्मिता सापकोटाको श्रीमान अबको पाँच महिनापछि नेपाल आउँदै छन्। उनको श्रीमान् कामको सिलसिलामा कतार गएको १७ महिना भयो। उनको यसअघि नै दुईवटा बच्चा भइसकेको छ। अब अर्को सन्तान जन्माउने यो दम्पतिमा चाहाना पनि छैन। श्रीमान घर फर्कने दिन नजिकिँदै जाँदा उनमा उत्साह छाएको छ।  




उनले फोनवार्ताको क्रममा भविष्यको योजनाबारे श्रीमानसँग छलफल गरिरहेकी हुन्छिन्। यसैबीच उनले परिवार नियोजनको तयारी तथा साधनको विषयमा श्रीमानसँग छलफल गरिसकेकी छिन्। ‘श्रीमानसँग परिवार नियोजनको अस्थायी साधन प्रयोगबारे सल्लाह गरेको छु’, उनले भनिन्, ‘उहाँ आउनुभन्दा केही अगाडि अस्थायी साधन प्रयोग गर्छु।’

कालिका वडा नम्बर २ कै ममता विश्वकर्माको श्रीमान कामको सिलसिलामा कतार गएका थिए। दुई वर्ष त्यहाँ बसेर उनी घर फर्किए। श्रीमान फर्कनुअघि उनले अस्थायी साधन प्रयोग गर्ने कुराबारे श्रीमानसँग सल्लाह गरिन्। कुराकानी भएपछि डिपो लगाउने सहमति भयो। श्रीमान आउनुभन्दा १५ दिन अगाडि अस्थायी साधन प्रयोग गरेको उनले बताइन्। अस्थायी साधन प्रयोगपछि उनलाई कुनै कठिनाइ भएन। ‘अस्थायी साधनको प्रयोग गरेपछि अर्को बच्चा रहने कुरै भएन’, उनले भनिन्, ‘काखमा रहेको बच्चालाई हुर्काउन बढाउन सहज भयो।’  

यस्तै जिल्लाको गोसाइँकुण्ड गाउँपालिका वडा नम्बर ६ का सोनाम तामाङ दुवईमा ५ वर्ष बसेर नेपाल फर्किए। नेपाल आउने बितिक्कै बच्चा जन्माउन हुँदैन भन्ने उनलाई लागेको थियो। ‘फरक फरक परिवार नियोजनका साधनहरूको प्रभावकारिता तथा प्रयोग गर्ने उपयुक्त समय भिन्नाभिन्नै हुने भएकाले उचित समयमा नै हामीले साधनको प्रयोग गरेका थियौं’, उनले भने। ‘म घर आउन लागेको छु घरमा अर्को बच्चा पनि छ, केही वर्ष बच्चा नजन्माउँदा राम्रो हुन्छ’ भनेर सल्लाह गरेको उनले सुनाए। यसले दम्पतिको जन्मान्तरमा फरक भयो। उनलाई नेपाल आएर व्यवसाय सुरु गर्न सहज भयो। उनले आउनुअघि श्रीमतीलाई घरबाट केही टाढा रहेको रसुवा अस्पतालमा गएर डिपो लगाउन आग्रह गरेका थिए।  

कामको सिलसिलामा विदेश गएका दम्पतिबीच घर फर्कने क्रममा सामान्यतः कोसेली पातको विषयमा कुराकानी हुन्छ। उपहार के ल्याइदिऊँ भन्ने बारेमा नै छलफल हुन्छ। तर पछिल्लो समय घर फर्कने बेलामा कोसेलीपात तथा उपहार बाहेक परिवार नियोजनको अस्थायी साधनको विषयमा पनि कुराकानी हुन थालेको छ। परिवार नियोजनको साधन अक के प्रयोग गर्ने तथा कहिलेबाट प्रयोग गर्ने भन्ने विषयमा पनि कुराकानी हुन थालेको पाइन्छ।  

केही समय अघिसम्म कामका लागि बाहिर गएका दम्पतिहरूबीच सन्तान जन्माउने सम्बन्धमा छलफल कम हुने गरेको थियो। कामका लागि बाहिर भएका दम्पतिहरू बीच घर फर्किनु अगाडि परिवार योजना सम्बन्धी तयारी कम हुने यस्ता दम्पतिले परिवार नियोजनका साधनको प्रयोग नगर्दा अनिच्छित गर्भ रहेर मानसिक तनाव तथा अन्य झन्झट झेल्दै आएका छन्। 
अर्को समाचार
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
१७ मिनेट अघि
•
१ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुस्ताङ। मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 




मुक्तिनाथ विकास समिति कोषमा चालु आव २०८३/०८४ को पहिलो चार महिनामा रसिद र दान पेटिकामार्फत उक्त रकम सङ्कलन भएको सङ्कलन भएको हो।

समितिका व्यवस्थापक दिनेश भुसालका अनुसार चालु आवको पहिलो चार महिनामा रसिद र दान पेटिकामा समेत गरी नेपाली रु २६ लाख ५९ हजार ५५७ र भारु  ११ लाख ७९ हजार ५४७ कोषमा जम्मा भएको थियो। उनका अनुसार भक्तजनले स्वेच्छिक रुपमा रु १०० भन्दा बढी चन्दा दिन चाहेमा रसिद काटेर उक्त सहयोग सङ्कलन गरिँदै आएको छ।

त्यस्तै १०० भन्दा कम दिन चाहना राख्नेलाई चन्दा बाकसमा स्वेच्छिक रुपमा दान गर्न सक्ने व्यवस्था  गरिएको छ। चालु वर्षको साउनदेखि कात्तिकसम्म भक्तजनले रसिदमार्फत प्रदान गरेको रु १७ लाख ५८ हजार ५६२ र भारु तीन लाख ९२ हजार ६८७ सङ्कलन भएको छ। मन्दिरमा नेपाली र भारतीयबाहेक १० राष्ट्रका मुद्रा रसिदमार्फत सहयोग र दान पेटिकामा जम्मा भएको छ।

व्यवस्थापक भुसालका अनुसार चालु आवको यस अवधिमा अमेरिकी डलर ८०२, अष्ट्रेलियन डलर २७०, थाइभाट ४४०, युएइ दिराम १०२५, क्यानेडियन डलर ७०, मलेसियन रिङ्गेट १२३, बेलायती पाउण्ड २१, ओमन रियल पाँच, युरो एक र युआन १३० भेटी सङ्कलन भएको छ।

समितिका अनुसार, गत आर्थिक २०८२/०८३ सम्म कोषमा रु ११ करोड ७६ लाख ३३ हजार १९१ मौज्दात छ। उक्त चन्दा रकम कोषको कृषि विकास बैंक, नेपाल बैंक माछापुच्छ्रे बैंक, प्रभु बैंक र साङ्ग्रिला बैंकमा रहेको खातामा जम्मा हुने गरेको छ।
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
यो पनि पढौँ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस