नागरिक उड्डयनको क्षेत्रमा देखिएका समस्या र समाधान गर्न ७ सदस्यीय उपसमिति गठन
१७ साउन २०७८
•
१ मिनेट पाठ
नागरिक उड्डयनको क्षेत्रमा देखिएका समस्या र समाधान गर्न ७ सदस्यीय उपसमिति गठन
प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले नागरिक उड्डयनको क्षेत्रमा देखिएका समस्या र समाधानको उपायको सम्बन्धमा अध्ययन गर्न ७ सदस्यीय उपसमिति गठन गरेको छ।




समितिको आइतबार बसेको बैठकले दिव्यमणि राजभण्डारीको संयोजकत्वमा ७ सदस्यीय उपसमिति गठन गरिएको हो।

नागरिक उड्डयन सम्बन्धी समस्या र समाधान उपसमिति नाम दिइएको उक्त उपसमितिलाई नागरिक उड्डयन क्षेत्रमा देखिएको समस्या र ति समस्याको समाधान कसरी गर्न सकिन्छ भन्ने विषयमा विस्तृत अध्ययन गरेर प्रतिवेदन पेश गर्नका लागि ६ महिनाको समय दिइएको समिति सभापति पवित्रा निरौला खरेलले बताइन्।

उपसमितिमा सांसदहरुको रुची र चाहाना अनुसार पछि थप गरिने सभापति खरेलले जानकारी दिइन्।
अर्को समाचार
नागरिक उड्डयनलाई दुई निकाय बनाइँदै
०६ असार २०७९
•
२ मिनेट पाठ
नागरिक उड्डयनलाई दुई निकाय बनाइँदै
सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई सेवा प्रदायक र नियामकको रूपमा छुट्टाछुटै निकाय बनाउने तयारी गरेको छ। प्राधिकरणको पुनः संरचना गरेर यसको सेवालाई चुस्त दुरुस्त बनाउने उद्देश्यले सरकारले २ वटा निकायका रूपमा प्राधिकरणलाई विभाजन गर्न लागेको हो।




प्राधिकरणमा अहिले पनि सेवा र नियमनका दुई शाखा बनाएर काम गरिदै आएको छ तर यसलाई कानुनी रूपबाटै २ वटा निकाय बनाउन खोजिएको हो। सरकारले आगामी आर्थिक वर्षको बजेटमा पनि प्राधिकरणलाई २ निकायमा विभाजन गर्ने घोषणा गरेको छ। बजेटमा ‘नेपाल नागरिक उडड्यन प्राधिकरणको पुनःसंरचना गरी सेवा प्रदायक र नियामकको रूपमा छुट्टाछुट्टै निकाय स्थापना गरिनेछ’ भनिएको छ।

उड्डयन प्राधिकरणका निमित्त उप-महानिर्देशक तथा प्रवक्ता जगन्नाथ निरौलाले प्राधिकरणलाई पुनः संरचना गर्न आवश्यक विधेयक तयार पारी राष्ट्रिय सभाबाट पारित भइसकेको जानकारी दिए। उनका अनुसार अहिले उक्त विधेयक प्रतिनिधि सभामा गएको अवस्था छ। सरकारले प्राधिकरणलाई २ वटा निकायमा पुनः संरचना गर्ने भने पनि प्राधिकरणले हालसम्म तयारी गरेको छैन। निरौलाका अनुसार यससम्बन्धी कुनै पनि ठोस कार्य अघि नबढेको बताए।

उनका अनुसार प्राधिकरणमा हाल एउटै संरचना भए पनि व्यवहारिक रूपमा सेवा प्रदायक र नियामक गरी अलगअलग रूपमा काम भइरहको छ। पछिल्लो समयमा नियामक निकायमा काम गर्ने जनशक्ति सेवा प्रदायक निकायमा सरुवा नहुने गरी प्राधिकरणको सञ्चालक समितिले निर्णय गरेर लागु गरेको छ।

‘काम अलगअलग नै भइरहेको छ, संरचना मात्र अलग नभएको हो।’ प्रवक्ता निरौलाले भने-‘प्रतिनिधि सभाबाट विधेयक पारित भएर आ पछि संरचना पनि अलगअलग हुनेछ।’

प्रवक्ता निरौलाले सरकारले हवाई पूर्वाधार विकासका लागि आगामी वर्षको बजेटमा दिएको रकम पनि पर्याप्त नभएको बताए। उनले १२ अर्ब २४ करोड रूपैयाँ बजेट हवाई पूर्वाधार विकासका लागि एकदमै कम भएकोे बताए।

उनले यो रकम नयाँ होइन अघिल्लो वर्ष सरकारले चालु गरेका आयोजना सम्पन्न गर्न पनि नपुग्ने बताए। ‘पोखरा, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका बाँकी काम, आन्तरिक विमानस्थल विस्तार तथा स्तरोन्नति गर्न बजेट अपुग हुने देखिएको छ,’ उनले भने- ‘आन्तरिक हवाई विकासका लागि धनगढीको जगतरासी, डडेलधुरामा एयरपोर्ट निर्माण सम्भाव्यता अध्ययन, रुकुम चौरजहारीको विमानस्थल विस्तार लगायतका नयाँ कार्यक्रम छन् तर यसका लागि पर्याप्त रकम भने सरकारले विनियोजन गरेको छैन्।’ 
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस