जुम्ला विमानस्थलको डिपिआर अलपत्र, जोखिमकाबीच उडान भर्दै चालकदल
१८ साउन २०७८
•
३ मिनेट पाठ
जुम्ला विमानस्थलको डिपिआर अलपत्र, जोखिमकाबीच उडान भर्दै चालकदल
स्तरबृद्धिका लागि बनेको जुम्ला विमानस्थलको डिपिआर अलपत्र परेको छ। दुई बर्ष पहिले नागरिक उड्ययन प्राधिकरण र बुद्ध एयले जुम्ला विमानस्थल स्तरउन्नती गर्न डिपिआर बनाएको थिए। त्यो डिपिआर न कार्यन्वयन भएको छ। नत विमानस्थलको स्तरउन्नती नै।




डिपिआरमा एक करोड रुपैयाँ बढीको लागत लाग्ने अनुमान गरिएको छ। नेपाल नागरिक उड्ययन प्राधिकरणले चासो नदिएको सरोकारवाला बताउँछन्। तत्कालीन पर्यटनमन्त्री स्वर्गिय रविन्द्र अधिकारीले जुम्लामा ४० सिटको जहाज अवतरण गर्न मिल्ने विमानस्थल बनाउने बचन दिएका थिए। तर उनको निधन भएपछि जुम्ला विमानस्थलको स्तरउन्नती बारेमा कसैको ध्यान पुगेको छैन । साँघुरो धावनमार्गका कारण विमानस्थल जहाज अवतरणमा समस्या भइरहेको छ।  

२०७५ साल जेठ २६ तारा एयरको जहाज जुम्ला विमानस्थकै धावनमार्गमा दुर्घटनामा परेको थियो। त्यो दुर्घटनामा मानवीय क्षति भने हुन पाएन।  जहाज दुर्घटनासँगै विमानस्थलको स्तरउन्नतीको पहल सुरु भएको थियो। प्राधिकरणको टोली स्तरउन्नतीको लागि पटक पटक जुम्ला पुगेर फर्किएको छ। डिपिआर समेत बनेको छ तर पनि विमानस्थलको स्तरउन्नती हुन भने सकेकाे छैन। जुम्ला विमानस्थलमा दैनिक न्युनतम ३ देखि ५ वटा उडान हुने गरेकाे छ। साँघुरो धावनमार्गमा  जोखिम मोलेरै भएपनि चालकहरुलाई उडान भर्ने गरेको विमानस्थल कार्यालयले जनाएको छ।

तारा एयरका पाइलट प्रभाकर घिमिरे धावनमार्ग जति लामो भयो उतिनै सुरक्षित र भर पर्दो हुने बताउँछन्। तर, जुम्लालगायत हिमाली जिल्लाका धावनमार्ग धेरै लामा छैनन्। जोमिखका बीच पनि उडान तथा अवरतण गर्नुपर्ने बाध्यता भएको बताउँछन्।  

कर्णालीका अन्य जिल्ला भन्दा जुम्ला विमानस्थल सुरक्षित नै मानिन्छ। तर स्तरबृद्धि आवश्यक छ। पटकपटक भएका दुर्घटनाहरुले  िवमानस्थल स्तरबृद्धि हुनुपर्ने देखिएको छ। जस्तो सुकै छोटो धावनमार्ग भएपनि विभिन्न तरिकाले उडान अवतरण गछौँ। पाइलट घिमिरेले भने,‘फराकिलो र जती सक्यो लामो धावनमार्ग हुँदा ढुक्क हुन्छ। ’ तर नेपालका अधिकाशं विमानस्थल साघुरा छन्।  

जुम्ला विमानस्थलका प्रमुख प्रकाश शर्माले जुम्लामा यात्रु चापलाई मध्यनजर गर्दा ठुलो जहाजको उडान सम्भव हुने बताउँछन्। त्यसका लागि विमानस्थलको स्तरबृद्धि आवश्यक छ,उनले भने,डिपिआर बनिसकेको छ। कार्यन्वयनको आवश्यक छ। ’ हाल जुम्ला लगायत कर्णालीका डोल्पा, मुगु, हुम्लामा १८ सिटे जहाज संचालित रहेका छन्। कर्णालीका अरु जिल्ला मध्ये जुम्लामा यात्रुको चाप अत्यधिक छ।  धेरैले टिकट नपाउने समस्या छ। त्यसैले विमानस्थलको स्तरउन्नति गरेर ठूला जहाज सञ्चालनको सम्भावना रहेको प्रमुख शर्मा बताउँछन्।  

जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढा दुई वर्ष पहिले नै डिपिआर तयार भएपनि नागरिक उड्ययन प्राधिकरण र बुद्ध एयरले अहिले सम्म चासो नदिएको बताउँछन्। अहिले सम्म डिपिआरकै अत्तोपत्तो समेत छैन्। प्राधिकरणको ध्यान केन्द्रित हुनुपर्छ । उनले भने,‘ नागरिक तहबाटै  िवमानस्थलको स्तरबृद्धि हुनुपर्ने माग भईरहेकोले प्राधिरकणले ढिला नगरी विमानस्थलको स्तरबृद्धिको काम सुरु गर्नुपर्छ। ’  

धावनमार्ग छोटो हुँदा हुँदै पनि पाईटलहरूले जोखिमबीच उडान गरेका छन्।  स्तरवृद्धिको आश देखाएर मात्र हुँदैन।  स्तरबृद्धिको काम गर्न प्राधिरकणले छिटै प्रक्रिया सुरु गर्नसमेत उनको माग छ। जुम्ला विमानस्थल सँगै मुगुको ताल्चा, हुम्लाको सिमिकोट, डोल्पाको जुफाल विमानस्थलमा साघुरो धावनमार्ग भएकै कारण जोमिखका बीच उडान भइरहेका छन्।
अर्को समाचार
जुम्ला विमानस्थलमा बेहोस अवस्थामा भेटिएका कैलालीका एक युवकको मृत्यु
१६ मंसिर २०७९
•
१ मिनेट पाठ
जुम्ला विमानस्थलमा बेहोस अवस्थामा भेटिएका कैलालीका एक युवकको मृत्यु
जुम्ला विमानस्थलमा बेहोस अवस्थामा भेटिएका कैलाली घर भएका एक युवकको मृत्यु भएको छ। कर्णाली प्रदेश प्रहरीकाअनुसार बेहोस अवस्थामा भेटिएका उक्त युवकको उपचारको क्रममा मृत्यु भएको हो।




शुक्रबार बिहान साढे १० बजेको समयमा जुम्लाको चन्दननाथ नगरपालिका–१ स्थित जुम्ला विमान स्थलको पश्चिम तर्फको तार जाली भित्र कैलालीको टिकापुर नगरपालिका ( ७ शतिगाउँका अन्दाजी २८/२९ वर्षका रामप्रसाद जैसी बेहोस अवस्थामा भेटिएका थिए।

बेहोस अवस्थामा फेला परेका जैसीको उपचारको लागि कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठान जुम्लामा लगिएको थियो। प्रतिष्ठानका डाक्टरले जैसीलाई उपचारमा क्रममा मृत्त घोषणा गरेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरिक्षक धर्मराज जोशीले बताए।

उनले भने,'अनुसन्धान गर्दा मदिरा सेवन गरेको देखिन्छ र छारे (मुर्छा पर्ने) रोग रहेछ। अलि सुगर घटेको छ,तापक्रम बढेको र विपि आउदै नआएको मेडिकल रिपोर्ट बाट देखिन्छ।' 

मृतक जुम्ला घुमफिर गर्न आएको भन्ने बुझिएको उनले बताए। मृत्युका आफन्तलाई खवर भइसकेको छ र आफन्तहरु आइरहेको उनले बताए। शबको भन्ने पोष्टमाटम गर्न बाँकी छ। उक्त स्थानमा थप अनुसन्धानको लागि प्रहरी निरीक्षकको कमाण्डमा ७ जनाको टोली खटिएको छ।
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock ५२ सेकेन्ड अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock १० मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock १९ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस