सगरमाथा आरोहण स्थगित
१३ वैशाख २०७१
•
८ मिनेट पाठ
सगरमाथा आरोहण स्थगित
काठमाडौं- साता लामो बहसपछि अन्ततः यसपालिको सर्वोच्च शिखर सगरमाथा आरोहण स्थगित भएको छ। सगरमाथामा वैशाख ५ मा आएको भयानक हिमपहिरोमा १३ आरोहण सहयोगी (शेर्पा) को मृत्यु, तीनजना बेपत्ता र ६ जना घाइते भएपछि शेर्पाहरूबाट सुरु भएको बहस एक सातामै आरोहण स्थगनसम्म पुगेको हो। विदेशी आरोहीहरू पनि यसपालि आरोहण नगर्ने भन्दै सगरमाथा आधारशिविरबाट धमाधम फिर्ता हुन थालेका छन्।




सगरमाथा आरोहण व्यवस्थापन गर्ने कम्पनीहरूका अनुुसार डेढ दर्जन दलले यसपालि शिखर नजाने निर्णय गरिसकेका छन्। तीमध्ये केही दल काठमाडौं फर्किसकेका छन् भने केही बाटैमा छन्। ती दलका नेताले आरोहण परित्याग गरेको लिखित जानकारी पर्यटन मन्त्रालयलाई केही दिनभित्रै दिने तयारी गरिरहेका छन्।
'यसपालि वसन्त ऋतुको सगरमाथा आरोहण लगभग स्थगित भएको छ,' सांग्रिला नेपाल प्रालिका प्रबन्ध निर्देशक जीवन घिमिरेले शनिबार नागरिकसँग भने, 'शेर्पाबिना सागरमाथा आरोहण असम्भव छ। करिब–करिब सबै विदेशी आरोहीले आरोहण परित्यागको निर्णय गरेका छन्। केही आरोहण दल काठमाडौं फर्किसकेका छन्, बाँकी पनि आधारशिविरबाट झर्दैछन्।'
आफ्नो कम्पनी सांग्रिला नेपालले व्यवस्थापन गरेको पाँचवटा दल आरोहण परित्याग गर्ने निर्णय गरी काठमाडौं फर्कंदै गरेको घिमिरेले जानकारी दिए। ती दलका शेर्पामध्ये ६ जनाले हिमपहिरोमा ज्यान गुमाएका थिए। पाँचको शव फेला परे पनि एकजना अझै बेपत्ता रहेको घिमिरेले बताए। 
'शेर्पाहरूको साहसको कदर गर्दै हाम्रा सबै दलले यसपालि सगरमाथा आरोहण नगर्ने निर्णय गरेका छन्,' उनले भने, 'सहकर्मी नगुमाएका सबै दल पनि आरोहण परित्याग गरेर फर्कने निर्णयमा पुगेका छन्। दुई–चार दिनभित्रै सबै काठमाडौं आइसक्छन्।'
घिमिरेका अनुसार एनबिसी एभरेस्ट एक्सपिडिसन–२०१४, एएआई–एभरेस्ट एक्सपिडिसन–एस २०१४ र त्यही नामको अर्को दल र एसएनटी एभरेस्ट दलले आरोहण परित्याग गरेका हुन्। ती दलका पाँचजनाले ज्यान गुमाएका थिए। 
त्यसैगरी आफूले व्यवस्थापन गरेर सगरमाथा पठाएका तीनवटा आरोहण दलका ६ शेर्पा गुमाएको हिमालयन गाइड्स नेपाल ट्रेक्स एन्ड एक्सपिडिसन प्रालिका प्रबन्ध निर्देशक ईश्वरी पौडेलले सबै दल आरोहण परित्याग गरेर फर्केको बताए। 
'सहकर्मी गुमाएका शेर्पा त हतास हुने नै भए। त्यसमाथि जसको सहयोगमा शिखर पुग्न अगाडि बढेका विदेशी थिए, उनीहरूले स्वविवेकले यसपालि आरोहण नगर्ने निर्णय गरे,' पौडेलले भने, 'हाम्रा दल यहाँ आएपछि पर्यटन मन्त्रालयलाई यसबारे लिखित जानकारी दिनेछन्।'
उनका अनुसार एसी एभेरस्ट एक्सपिडिसन २०१४ र एडभेन्चरिस्ट एभरेस्ट एक्सपिडिसन २०१४ दलका ६ जनाले ज्यान गुमाएपछि सबै दल आरोहण परित्याग गरेर फर्कंदै छन्।
त्यस्तै तीन शेर्पा गुमाएको सेभेन समिट ट्रेक्स प्रालिका प्रबन्ध निर्देशक मिङ्मा शेर्पाले सगरमाथाका लागि यसपालि तीन टोली पठाएका थिए। ती दलका तीन शेर्पामध्ये एकको शव फेला परे पनि अझै दुईजना बेपत्ता छन्। तीनैजना गुमाएको एभरेस्ट चाइनिज ड्रिम एक्सपिडिसन २०१४ दलका चिनियाँ आरोही फर्किसकेको शेर्पाले जानकारी दिए। 
'पर्यटनमन्त्री भीम आचार्यले आधारशिविर पुगेर विविध कारण यसपालि आरोहण गर्न नसके वा परित्याग गर्ने दललाई आगामी पाँच वर्षभित्र जुनसुकै वर्ष आए पनि अहिलेकै रोयल्टीमा सगरमाथा चढ्न दिने प्रतिबद्धता जनाएपछि थप सहज भएको छ,' शेर्पाले भने, 'यसबाट पर्वतारोहण क्षेत्रमा सकारात्मक सन्देश गएको छ। विदेशी आरोही पनि खुसी भएर फर्केका छन्।'
उनको कम्पनीमार्फत सगरमाथा गएका दलका एक चिनियाँले शुक्रबार मृतक र घाइते शेर्पाका परिवारलाई २७ लाख २० हजार, अर्का चिनियाँले ३२ लाख ८० हजार रुपैयाँ सहयोग गरेका थिए। अर्को कम्पनीका एक दलका युक्रेनीले भने प्रत्येकलाई एक–एक लाख रुपैयाँ दिएका थिए। एसियन ट्रेकिङ प्रालिको व्यवस्थापनमा सगरमाथा गएका दुईवटा दल पनि आरोहण परित्याग गरी काठमाडौं फर्कंदै गरेको छ।
यसपालि आरोहण परित्याग गरेका दलले आफ्ना सहकर्मी शेर्पालाई पारिश्रमिक भने दिएका छन्। सेभेन समिटका प्रबन्ध निर्देशक शेर्पाका अनुसार एक सिजनमा एक आरोहण सहयोगीले ४ देखि ५ लाख रुपैयाँ कमाउने गर्छन्। ती सबैलाई सम्बद्ध विदेशी आरोहीले साढे दुईदेखि ३ लाख रुपैयाँ पारिश्रमिक दिइसकेका छन्। १५ जना विदेशी आरोही रहने एउटा दलले सगरमाथा आरोहण गर्दा साढे ३ करोड रुपैयाँसम्म खर्च गर्ने गर्छ।
'अहिले ९० प्रतिशतजति विदेशी आरोही आधारशिविरबाट झरिसकेका छन्। केही काठमाडौं आइसके भने केही बाटामै छन,' उनले भने, 'केही दिनभित्र आधारशिविर खालि हुन्छ। यसपालि परित्याग गरेका आरोहीलाई अर्को वर्ष आउँदा हामी पनि छुटमा आरोहण गराउँछौं।'
यसपालि एक नेपाली र ३१ विदेशी आरोही सहभागी दलबाट पर्यटन मन्त्रालयले ३२ लाख ५० हजार अमेरिकी डलर (३१ करोड ३९ लाख १७ हजार ५ सय रुपैयाँ) रोयल्टी उठाएको छ। सगरमाथा आरोहण अनुमति लिएका ३१ विदेशी दलमा ३ सय ३४ आरोही छन्। तीमध्ये २ सय ७७ पुरुष तथा ५७ महिला छन्। तिनमा ८५ अमेरिकी, ३५ बेलायती, २५ भारतीय, २३ जापानी र २२ चिनियाँ आरोही छन्।
अर्को समाचार
नेपालको उचाइ नघटोस्
१४ वैशाख २०७१
•
५ मिनेट पाठ
नेपालको उचाइ नघटोस्
सगरमाथाको पहिलो शिविरनजिक वैशाख ५ गते आएको ठूलो हिम पहिरोमा परेर १३ जना आरोहण सहयोगीको मृत्यु, तीन जना बेपत्ता र ६ जना घाइते भएका कारण यस वर्ष सगरमाथा आरोहण स्थगित भएको छ। केही दिनदेखि आरोहण सहयोगी (शेर्पा) तथा आरोहणमा आएका विदेशी टोलीबीच भएको छलफल र सल्लाहपछि नेपाली आरोहण सहयोगीले यस वर्ष सगरमाथा आरोहण नगर्ने निर्णय गरेका हुन्। यो निर्णयसँगै आरोहण टोलीहरू धमाधम फर्कन थालेका छन्। यदि आरोहण नगर्नुमा प्रशस्त कारण थियो, मौसमले साथ नदिने अवस्था थियो वा सगरमाथा आरोहीहरु आफँै डराएर आरोहण रद्द गर्न चाहेका हुन् भने यसरी एक वर्षको आरोहण परित्याग गर्नु सही हुन सक्थ्यो। यो हिम पहिरोपश्चात आरोहण पथ एकदमै कठिन भएको हो भने पनि आरोहण परित्याग गरेको अवस्था जायज मान्नुपर्छ। तर अहिलेसम्म सर्वसाधारण जनता र हिमाल आरोहण सम्बद्धहरुले यो विषयमा केही थाहा पाउन नसकेका कारण आरोहण परित्याग गर्ने निर्णयले कतै नेपालको साख त घट्दैन भन्ने प्रश्न उब्जाएको छ। नेपालबाट चढ्न चाहने आरोहीको उत्साहमा कमी आउनु भनेको सगरमाथाको उत्तरी भाग अर्थात् चीनतर्फबाट चढ्ने आरोहण दलको संख्या बढ्नु त हैन? कतै नेपाल र नेपाली आरोहीले अहिलेसम्म बनाएको कीर्तिमान विस्तारै धुमिलिने त हैन? 
हो, हिमाल आरोहण सहयोगीहरू जसलाई विदेशीले शेर्पा भनेर चिन्छन् (अन्य जातिका हिमाली क्षेत्रका बासिन्दा पनि यो पेशामा संलग्न छन्) ले धेरै परिश्रम गरेर, आफ्नो ज्यान जोखिममा पारेर नेपालको नाम विश्वमा चम्काएवापत आफैँले धेरै कम सुविधा पाएका छन्। त्यस्तो जोखिमको जीवन यापन गर्ने यस्ता आरोहण सहयोगीको वैशाख ५ को जस्तै ठूलो दुर्घटनामा परेर ज्यान गएको अवस्थामा उनीप्रति आश्रित परिवारले पाउने सुविधा वा आर्थिक सहयोग अत्यन्त न्युन छ। यो पेशामा मुख्य जिम्मेवार आरोहण सहयोगी नै हुन्छन् तर अधिकतम फाइदा भने यस्तो आरोहण आयोजना गर्ने मुख्यतः पश्चिमी देशका विचौलियाले लिने गरेको आरोप लाग्दै आएको छ। त्यसैले यो वर्ष यदि आरोहण गर्दा अर्को दुर्घटना हुनसक्ने सम्भावना थियो भने स्थगित गरेको विषयमा कुनै विवाद हुन सक्दैन। तर साधारणतया उच्च हिमाली क्षेत्रमा कुनै पनि बेला हुन सक्ने दुर्घटनाबाहेक अरु दुर्घटना हुने पूर्वाभास नभई आरोहण स्थगित हुनु यो पेशा र यसमा लागेका पेशाकर्मीका लागि उपयुक्त होइन। 
हालैका हिम पहिरोको दुर्घटनापश्चात आरोहण सहयोगीको हितका विषयमा धेरै कुरा उठेका छन्। तिनको जीवन बिमा रकम १० बाट १५ लाख भएको छ, औषधी बिमा ३ बाट ४ लाख पुगेको छ र हिमाल आरोहणबाट उठेको रोयल्टी रकम अझ धेरै आरोहण सहयोगीसम्म पुग्ने व्यवस्था गरिएको छ। तर यी सबै काम आरोहण नरोकिकन गरिनुपर्थ्याे। आरोहण रोकेरमात्र आफ्नो हितका कार्य गराउन सकिन्छ भन्ने धारणा विकसित भयो भने अरु वर्ष पनि यस्तै कार्य हुन सक्छन् र नेपालका सडक जस्तै हिमालय पनि कुनै पनि बेला बन्दको शिकार हुन सक्ने अवस्था आउँछ। यस्तो भयो भने नेपाल आरोहण गर्न आउनेको संख्या घट्ने र विश्व प्रसिद्ध शेर्पाहरुको नाममा पनि आँच आउन सक्छ। अहिले आरोहण परित्याग गरेका दलहरुले आउँदो पाँच वर्षसम्म पुनः साढे एक लाख डलर रोयल्टी नतिरिकन आरोहणमा फर्कन सक्ने व्यवस्था भएका कारण यो सिजन आरोहण बन्द भएको हो। ती दल फेरि फर्कलान् वा नफर्कलान् तर नेपालको इज्जत उच्च हिमाल आरोहीबीच नखस्कियोस् भन्नेमा सबैको उचित ध्यान जान अत्यन्त जरुरी छ। यो वर्ष जे भए पनि आउँदा वर्षहरुमा यस्ता घटना दोहोरिन नपाओस्, नेपालको उचाइ नघटोस्।


रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ५ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस