आइसिडिआर इन्टरनेशल (दलित अधिकारका लागि अन्तराष्ट्रिय आयोग)ले कोभिड १९ को कारण विभिन्न संकट झेलिरहेका दलित नेपालका दलित समुदायलाई २५ हजार अमेरिकी डलर सहयोग प्रदान गरेको छ। यो हिसावले करिव २७ लाख बढी नेपाली रुपैंया हुन आउँछ। आयोगको अमेरिका स्थित केन्द्रीय कार्यालयले प्रेस विज्ञप्ति जारी गरी सहयोग प्रदान गरेको जानकारी दिएको हो।
विश्वभरिका जातीय,वर्ण तथा अन्य आधारमा उत्पीडित समुदायहरुको कानूनी तथा अन्य अधिकारको क्षेत्रमा काम गर्दै आएको आयोगले कोभिड १९ महामारीको कारणले विभिन्न संकट सामना गरिरहेका दलित समुदायलाई लक्षित गरी उक्त सहयोग प्रदान गरेको जनाएको छ। विशेष गरी खाना, आर्थिक सहयोग, स्वास्थ्य सामाग्री लगायत सहयोग प्रदान गरेको छ। आर्थिक तथा सामाजिक रुपमा राज्यले विभेद गरेको समूहलाई लक्षित गरी राहत वितरण गरेको आइसिडिआरले जनाएको छ।