काठमाडौं-त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुधारका लागि एसियाली विकास बैंक (एडिबी) सहित विभिन्न दातृ निकायसँग लिएको अर्बौं ऋणको साँवा र ब्याज चुक्ता गर्न सरकारले हवाई यात्रुसँग नयाँ कर असुल्ने भएको छ।मुलुकभरका विमानस्थलको प्रमुख सञ्चालक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणद्वारा त्रिभुवन विमानस्थल सुधारका लागि लिइएको ऋणको साँवा–ब्याज भुक्तानी गर्न हवाई यात्रुसँग छुट्टै कर उठाउन गरिएको प्रस्तावलाई अर्थ मन्त्रालयले स्वीकृति दिएपछि आगामी आर्थिक वर्ष २०७१/७२ बाट असुली सुरु हुनेछ।
प्राधिकरणले ‘विमानस्थल विकास शुल्क' नाम दिएर आगामी साउन १ बाट त्रिभुव विमानस्थलाबट बाहिरिने प्रत्येक अन्तर्राष्ट्रिय हवाई यात्रुसँग १ हजार रुपैयाँ कर असुल्न लागेको हो। यो रकम मूल्य अभिवृद्धि कर (भ्याट) सहित हुनेछ। सरकारले प्राधिकरणलाई आगामी पाँच वर्ष (आर्थिक वर्ष २०७५/७६) सम्म यस्तो शुल्क उठाउन अनुमति दिएको छ।
‘विमानस्थल विकास शुल्क उठाउन आवश्यक सहयोग गरिदिन नेपाल उडान गरिरहेका सबै अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई पत्राचार गरेका छौं,' नागरिक उड्डयन प्राधिकरणका नायब महानिर्देशक तथा प्रवक्ता वीरेन्द्र श्रेष्ठले बिहीबार नागरिकसँग भने, ‘मुलुककै एकमात्र विमानस्थल सुधार र विकास गर्न नयाँ कर लिन लागेका हौं। यसबाट यात्रुलाई नै सेवा र सुविधा पुग्ने हो।'
उनका अनुसार छिमेकी भारत, चीनलगायत विभिन्न देशका विमानस्थलमा पनि यस्तो शुल्क लिने गरिएपछि यहाँ पनि सुरु गर्न लागिएको हो। यसरी उठाइने शुल्क तत्कालीन हवाई विभाग र हालको नागरिक उड्डयन प्राधिकरणले लिएको विदेशी ऋण तिर्न प्रयोग गरिने छ। उक्त ऋणको सावाँ र ब्याज भुक्तानी गर्न शुल्क उपयोग गरिने छ।
‘प्राधिकरणले सरकारलाई अझै १२ अर्ब रुपैयाँबराबरको ऋण चुक्ता गर्न बाँकी छ,' श्रेष्ठले भने, ‘सरकारले विभिन्न दातृ निकायसँग लिएको ऋण वा अनुदान रकम हामीले ८.२५ प्रतिशत वार्षिक ब्याज दरमा लिएका छौं। त्यही रकम तिर्न नयाँ शुल्क उठाउन लागिएको हो। त्यसमाथि हामीले एडिबीसँग यो वर्ष लिएको ६० करोड ५२ लाख १६ हजार अमेरिकी डलर ऋण त छँदैछ।'
उनका अनुसार आगामी साउनबाट लागू हुने नयाँ कर हवाई टिकटमै उल्लेख गरिएको हुनेछ। यात्रुले टिकट खरिद गर्दा नै उक्त रकम जोडिएको हुनेछ। इन्टरनेसनल एयर ट्रान्सपोर्ट एसोसिएसन (आएटा) मार्फत टिकटमै कर असुल्ने गरी काम अगाडि बढेको छ।
‘वार्षिक १ अर्ब ५० करोडदेखि २ अर्बसम्म गरी पाँच वर्षभित्र १० अर्ब रुपैयाँ उठाउने लक्ष्य छ,' प्रवक्ता श्रेष्ठले भने, ‘यात्रुलाई केही आर्थिक भार त पक्कै पर्छ तर त्यही पैसाबाट सुधार गरिने त्रिभुवन विमानस्थलको सुविधा पनि उपयोग गर्न पाइन्छ।'
नागरिक उड्डयन प्राधिकरणको प्रस्ताव तालुक मन्त्रालय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन हुँदै करिब १० महिना महिनाअघि अर्थ मन्त्रालय पुगेको थियो। लामो छलफलपछि अर्थले हालै विमानस्थल विकास शुल्क का नाममा प्रत्येक यात्रुसँग १ हजार रुपैयाँका दरले छुट्टै कर असुल्न प्राधिकरणलाई स्वीकृति दिएको हो।
प्राधिकरणले पहिलो पटक यस्तो शुल्क उठाउन पाउने भएको हो। यससम्बन्धमा तोकिएका सर्त पालना गराउने र आवश्यक कानुनी व्यवस्था मिलाउने जिम्मेवारी भने पर्यटन मन्त्रालयको भागमा परेको छ।
भारतको नयाँदिल्लीलगायत अन्तर्राष्ट्रिय विमानस्थलले पनि यस्तो शुल्क उठाउँदै आएको र त्रिभुवन विमानस्थल पनि सुधार भएपछि छुट्टै शुल्क लिन पाउनुपर्ने तर्कसहित प्राधिकरणले प्रस्ताव पठाएको थियो। प्राधिकरण स्वायत्त निकाय भएको र उसले आफैं कमाएर स्रोत बढाउनुपर्ने भएकाले त्यस्तो शुल्क उठाउन स्वीकृति दिइएको अर्थको भनाइ छ।
सम्बद्ध अधिकारीका अनुसार प्राधिकरणले छुट्टै शीर्षकमा विमानस्थल विकास शुल्क उठाइ भिन्नै बैंक खाता खोलेर रकम जम्मा हुने व्यवस्था मिलाउनुपर्छ। उठेको शुल्क एडिबीको ऋणको साँवा–ब्याज भुक्तानी र पूर्वाधार विकासमा खर्च गर्नुपर्ने छ। कर्मचारीको सुविधा (तलब, भत्ता, बोनसलगायत) र प्रशासनिक कार्यमा खर्च गर्न पाइँदैन।
त्यसैगरी उठेको शुल्क वित्तीय विवरणमा अनिवार्य लेखांकित हुनुपर्ने तथा आन्तरिक र अन्तिम दुवै लेखापरीक्षण गराउनुपर्ने छ। जम्मा भएको रकम र खर्चको मासिक हिसाबकिताब अर्थ र पर्यटन मन्त्रालयमा पठाउनुपर्ने छ। प्रभावकारी उपयोगका लागि पाँच वर्षे रणनीति तथा कार्ययोजना बनाइ लागू गर्नुपर्ने छ। त्यसको नियमित अनुगमनको संयन्त्र पर्यटनले बनाउने छ।
त्रिभुवन विमानस्थलको पछिल्लो तथ्यांकअनुसार त्यहाँबाट एक महिनामा औसत ८० हजार नेपाली र ६० हजार विदेशी यात्रुले नेपाल छाड्ने गरेका छन्। पछिल्ला केही महिना विदेश जाने नेपाली मासिक ८८ हजारसम्म पुगेका छन् भने विदेशी पनि ७५ हजारसम्म रहेका छन्। यस हिसाबले विमानस्थलबाट दैनिक औसत ४ हजार ६ सयजना विदेश गइरहेका छन्। एक वर्षमा औसत ९ लाख ६० हजार नेपाली र ७ लाख २० हजार विदेशी गरी १६ लाख ८० हजारले नेपाल छाड्ने गरेका छन्।
विमानस्थल विकास शुल्क उठाउन सुरु गरेपछि प्राधिकरणले मासिक औसत १४ करोड रुपैयाँ छुट्टै आम्दानी गर्नेछ। वार्षिक १ अर्ब ६८ करोडका दरले पाँच वर्षमा उसले ८ अर्ब ४० करोड रुपैयाँ थप आम्दानी गर्नेछ।
नेपाली यात्रुले विमानस्थल करबाहेक यस्तो शुल्क तिर्नुपर्ने छ। विदेशीले नेपाल पर्यटन बोर्डलाई प्रतिव्यक्ति १ हजार रुपैयाँ पर्यटन सेवा शुल्क तिरिरहेकोमा आगामी साउनबाट थप १ हजार पनि तिर्नुपर्ने छ।