सात महिनामा ६१ हजार विदेशी नेपाल भित्रिए
२४ साउन २०७८
•
३ मिनेट पाठ
सात महिनामा ६१ हजार विदेशी नेपाल भित्रिए
कोरोना भाइरस संक्रमणले गर्दा विदेशी पर्यटकको आगमनमा अझै सुधार आउन सकेको छैन । गत मार्च, अप्रिल महिनामा केही संख्यामा विदेशी पाहुना नेपाल भित्रिएको भएपनि त्यसपछिका महिनामा आगमन निकै नै घटेको छ । अझै केही समय विदेशी पाहुना नेपाल आउने अवस्था व्यवसायीले देखेका छैनन् ।  




पर्यटन बोर्डका अनुसार सन् २०२१ लागेपछिको सात महिनामा जम्मा ६१ हजार ४९ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन् । ती मध्ये सबैभन्दा बढी गत अप्रिल महिनामा २२ हजार ४५० जना विदेशी नेपाल आएका थिए । जनवरीमा ८ हजार ८ सय ७४, फेब्रुअरीमा ९ हजार १ सय ४६, मार्चमा १४ हजार ९ सय ७७, मे मा १४ सय ६८, जुनमा ११ सय ४३ र जुलाईमा २९ सय ९१ जना विदेशी पाहुना नेपाल आएका छन् ।  

पर्यटन बोर्डका प्रवक्ता मणिराज लामिछानेका अनुसार पर्यटन आगमनमा सुधारको संकेत देखिएको थियो, तर, कोरोनाको तेश्रो लहरको हल्लाले गर्दा पर्यटक घुमफिरमा निस्कन हच्केका छन । ‘पर्यटनमा सुधार देखिन थालेको त् थियो । बीचमा केही समय आगमन पनि बढ्दै गएको हो, तर, अहिले फेरि घट्न थालेको छ,’ लामिछानेले भने, ‘कोरोनाको तेश्रो लहरको संक्रमणको कारणले गर्दा पर्यटक आउन अलि डराएका छन ।’
उनका अनुसार नेपाल आउन चाहेका विदेशी पाहुनाको सोधपुछ भने बढिरहेको छ । तर, नेपालमा असोजदेखि कोरोनाको तेश्रो लहर आउने हल्ला चलेपछि विदेशीले तत्काल आउने योजना बनाउन सकेका छैनन । पर्यटकको सिजन सुरु हुने बेलामै तेश्रो लहरको हल्ला चलेपछि विदेशी स्वतः पर्ख र हेरको अवस्थामा रहेको उनले बताए । ‘संख्यात्मक हिसाबले खासै सुधार भईसकेको छैन । तरपनि पर्यटकको आगमनको रुची भने छ । पर्यटक आउन रुचाएका हुन, तर, उनीहरुमा एकखालको त्रास छ,’ उनले भने, ‘संक्रमण रहिरहेकोले पनि त्रास छाउनु स्वभाविक हो ।’ पहिले भन्दा अहिले हवाई उडान केही खुलिसकेको भएपनि सिमित उडानका कारण हवाई यात्रा महंगो पर्न जाँदा पनि सहज नभएको उनले बताए ।  

पर्यटन व्यवसायी भने डेढवर्षदेखि पर्यटक आगमन ठप्प जस्तै हुँदा अत्तालिन थालेका छन् । सन् कोरोना संक्रमणले गर्दा सन् २०२० को मार्चदेखि एकाएक पर्यटकको आगमनमा गिरावट आउन थालेपछि व्यवसायीले नोक्सान खेप्न थालेका थिए । २०२० को सुरुवातदेखि नै आगमन घट्दै गएको भएपनि मार्चदेखि भने एकाएक आगमन ओरालो लागेको थियो । सुरुमा व्यवसायीले केही महिना मात्र पर्यटन आगमन खस्कने अनुमान गरेका थिए । तर, अब भने लामो समय यसको असर रहने उनीहरुको भनाई छ ।  

होटल संघका केन्द्रीय सदस्य भरतराज पराजुली भन्छन, ‘अहिले  विदेशीको त आश थिएन, स्वदेशी पाहुना आउने अनुमान हो । तर, आन्तरिकको आगमनमा पनि अवरोध आईरहेको छ ।’ पर्यटन क्षेत्रले कोरोनाको पहिलो र दोश्रो लहरको मार खेपेको भएपनि अब तेश्रो लहरले पनि उत्तिकै मार पार्ने अवस्था रहेको उनको अनुमान छ । ‘अहिले विदेशीको आगमनको त आशै छैन, तर, आन्तरिक पाहुनाको आगमनमा केही सुधार हुन्थ्यो की भन्ने लागेको थियो,’ उनले भने, ‘तेश्रो लहरको त्रासले झनै अप्ठेरो पारेको छ । आन्तरिक पाहुनाको हिडडुल हुने बेलामा तेश्रो लहर आउने भनिएकोले पनि त्रास छाएको छ ।’  

यसअघि पहिलो लहर सकिएर दोश्रो लहर सुरु हुनुअघि २–३ महिना केही आन्तरिक पाहुनाको हिडडुल भएपनि अहिले पुन सुस्ताएको उनले बताए । ‘विदेशीहरु त चाहेर पनि आउन सक्दैनन । हामीकहाँ मात्र नभई उनै विदेशीको मुलुकमा पनि समस्या छ । विभिन्न मुलुकमा अझै पनि लकडाउन भइरहँदा विदेशी पनि घुमफिरमा निस्कन सकेका छैनन,’ उनले भने, ‘घुमघामका लागि निस्कन नपाएको भन्दै विदेशी अत्तालिएका छन । तर, अझै केही समय यो संक्रमण कमजोर हुने देखिन्न ।’
पोखरा पर्यटन परिषद् (पिटिसी)का अध्यक्ष गोपि भट्टराई पर्यटनको अवस्था काबु बाहिर पुगेको बताउँछन । अनुमान पनि गर्न नसकिने गरि पर्यटन व्यवसाय थला परेको उनले बताए । ‘पर्यटन क्षेत्र कहिले चल्ने भन्ने नै भएन । हामीले अनुमान पनि गर्न सक्दैनौ,’ भट्टराईले भने, ‘यो बेला विदेशी पाहुना चाहेर पनि आउन सक्दैनन ।’ दुई खेपसम्म खोप लगाएका मुलुकमा पनि संक्रमण अझै डरलाग्दो हुँदै जाँदा पर्यटन व्यवसायीले पाहुना आगमनको आश गर्न नसक्ने उनले बताए । 
अर्को समाचार
आठ महिनामा नेपालमा ६ लाख विदेशी पर्यटक भित्रिए
१५ भदौ २०८०
•
३ मिनेट पाठ
आठ महिनामा नेपालमा ६ लाख विदेशी पर्यटक भित्रिए
सरकारले यो वर्ष (२०२३) मा १० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य राखेको छ। तर, आठमहिना (जनवरी–अगष्ट) अवधिमा हवाई मार्गबाट नेपाल भित्रिएका विदेशी पाहुनाको संख्या ६ लाख नाघेको छ। अगष्ट महिनामा मात्र नेपाल भित्रिने विदेशी पाहुनाको संख्या ६७ हजार १ सय ५३ रहेको छ ।  




नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार अबको समय पर्यटनको मुख्य सिजन भएकोले पनि पर्यटक आगमन हुने भएकोले सरकारको १० लाख पर्यटक भित्र्याउने लक्ष्य पुरा हुने बताउँछन्। यसअघि सन् २०१९ मा नेपालमा सबैभन्दा बढी पर्यटक भित्रिएका थिए। कोरोना भाइरस संक्रमण अघिको त्यो वर्षको अगष्ट महिनामा नेपालमा ९४ हजार ७४९ जना विदेशी पाहुना भित्रिएका थिए।

‘अगष्ट महिनाको आगमन पनि कमजोर होईन। २०१९ को तुलनामा ७० प्रतिशत हाराहारीमा रिकभर भएको छ,’ लामिछानेले भने, ‘अघिल्ला केही महिनाको रिकभर दर ९० प्रतिशत भन्दा बढि थियो। तर, अगष्टको रिकभर दर भने ७० प्रतिशत छ।’
सरकारको लक्ष्य पुरा गर्न अब चारलाख विदेशी पर्यटक भित्रिनुपर्ने भएपनि त्यो संख्या पुरा हुने लामिछानेको दावि छ। ‘अबको चारमहिनामा चारलाख विदेशी पर्यटक नेपाल भित्रिए मात्र सरकारी लक्ष्य पुरा हुन्छ। हामीलाई विश्वास छ की त्यो आकार पुरा हुुन्छ,’ उनले भने। अबको समय पर्यटनको मुख्य सिजन भएकोले पनि पर्यटक पर्याप्त मात्रामा नेपाल भित्रिनेछन्।  

त्यस्तै अबको समयलाई पदयाको सिजन पनि मानिने भएकोले पदयात्राका लागि पर्यटक आउने उनको भनाई छ। ‘सेप्टेम्बरदेखि नोभेम्बर मुख्य सिजन हो। त्यसैले अबको समय पर्यटन क्षेत्रमा महत्वपूर्ण मानिन्छ,’ उनले भने, ‘अबको चार महिनामा चारलाख पर्यटक पक्का आउनेछन्। अहिले हवाई कनेक्टिभिटी बढिरहेको पनि छ। त्यस्तै भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पनि उडान सुरु हुन थालेकोले आगमनमा सहज हुनेछ।’

गौतमबुद्धमा उडान हुँदा लुम्बिनीका लागि पर्यटक बढ्ने अपेक्षा रहेको उनले बताए। ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमार्फत उडान गर्दा लुम्बिनी आउने बुद्धिष्ट पर्यटक बढाउन सकिन्छ,’ उनले भने।  बोर्डका अनुसार कोरोना भाइरस संक्रमणका कारण २०२० देखि पर्यटक आगमन ओरालो लाग्न थालेको थियो। सन् २०२२ का अगष्ट महिनाको आगमन ४१ हजार ३ सय ४ थियो ।कोरोनाले त्रसित बनाएको बेला २०२१ अगष्ट महिनाको आगमन जम्मा ६ हजार ९३ थियो।  

नेपालमा गत जनवरीमा ५५ हजार ७४, फेब्रुअरीमा ७३ हजार २ सय ५५, मार्चमा ९९ हजार ४ सय २६, अप्रिलमा ९८ हजार ७ सय ७३, मे महिनामा ७७ हजार ७ सय ३ जना विदेशी पाहुना भित्रिएका थिए। त्यसैगरि जुन महिनामा ७२ हजार २ सय ५० र जुलाईमा ५७ हजार ७ सय २६ जना भित्रिएका थिए। अगष्ट महिनामा भित्रिएका ६७ हजार १ सय ५३ सहित नेपाल भित्रिएका पाहुनाको संख्या ६ लाख १ हजार ३ सय ६० पुगेको छ।  

पछिल्लो अगष्टमा भित्रिएका पाहुनामध्ये सबैभन्दा बढी भारतीय रहेका छन्। यो महिनामा नेपाल भित्रिने भारतीयको संख्या २६ हजार ६ सय ६५ रहेको छ। दोश्रोमा चिनियाँ पाहुनाको आकार ठुलो छ। अगष्ट महिनामा ५ हजार २७ जना चिनियाँ पाहुना भित्रिएका छन्। त्यस्तै यो महिनामा भित्रिने अमेरिकी पाहुनाको संख्या ४ हजार ६ सय २९ रहेको छ।  अगष्ट महिनामा ३ हजार ८ सय ५८ जना श्रीलंका र ३ हजार १ सय ९० जना बंगलादेशका पाहुना भित्रिएका छन्।  
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ४७ सेकेन्ड अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock २६ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस