धावनमार्ग ‘ठूला जहाजलाई अनुपयुक्त'
२२ वैशाख २०७१
•
८ मिनेट पाठ
धावनमार्ग ‘ठूला जहाजलाई अनुपयुक्त'
काठमाडौं-मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग ठूला आकार (वाइड बडी) जहजका लागि अनुपयुक्त रहेको एक अन्तर्राष्ट्रिय परामर्शदाताको अध्ययनले देखाएको छ। स्पेनको ‘आयेसा इन्जिनियेरिया अफ स्पेन' ले दुई महिना अध्ययन गरेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल धावनमार्गको अवस्था पत्ता लगाएको हो।

कम्पनीले अध्ययन प्रतिवेदन उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणमा बुझाइसकेको छ। प्राधिकरण त्रिभुवनसहित देशभरका विमानस्थलको प्रमुख सञ्चालक निकाय हो।

‘स्पेनी परामर्शदाताले त्रिभुवन विमानस्थलको धावनमार्ग वाइड बडी जहाजका लागि अनुपयुक्त रहेको निष्कर्षसहितको प्रतिवेदन बुझाएको छ,' उड्डयन प्राधिकरणका एक उच्च अधिकारीले सोमबार नागरिकसँग भने, ‘धावनमार्गलाई सकेसम्म चाँडै मर्मत गर्नुपर्ने सुझाव पनि दिएको छ।'

२०७० असार अन्तिम साता त्रिभुवन विमानस्थल धावनमार्ग ठाउँठाउँमा उप्किएर उडान–अवतरण नै रोक्नुपरेपछि प्राधिकरणले स्पेनको आयेसालाई धावनमार्गबारे विस्तृतमा अध्ययन गरी प्रतिवेदन बुझाउने जिम्मेवारी दिएको थियो। त्यसपछि आयेसाले दुई महिना लगाएर अध्ययन प्रतिवेदन तयार पारेको थियो। उसले प्राधिकरणलाई अहिले प्रारम्भिक प्रतिवेदनमात्र बुझाएको हो। ‘धावनमार्गको बेस (आधार) बलियो छैन,' ती अधिकारीले उक्त प्रतिवेदन उद्धृत गर्दै भने, ‘त्यही भएर ठूला जहाजका लागि धावनमार्ग उपयुक्त छैन।' 

आयेसाले धावनमार्गको इन्जिनियरिङ सर्भे, अनुसन्धान र मूल्यांकन, एयर ट्राफिक तथ्यांक विश्लेषण, धावनमार्गको डिजाइन, सुधार र ढलनिकास सुधारलगायत काम गरेको थियो। 

ती अधिकारीका अनुसार आयेसाले धावनमार्गमा मेकानिकल प्रेसर दिएर परीक्षण गरेको थियो। त्यसैगरी धावनमार्गमुनिको ढुंगा परीक्षण पनि गरेको थियो। त्यसका लागि धावनमार्ग छेउका केही भागमा ड्रिलिङ मेसिनले प्वाल पारेर ढुंगा परीक्षण गरेको थियो। 

‘त्यसपछि बल्ल आयेसाले हाम्रो विमानस्थल धावनमार्गको भारबहन क्षमता चाहिनेजति नरहेको निष्कर्ष निकालेको थियो,' उनले भने, ‘अब धावनमार्गबारे गम्भीर भएर सोच्ने बेला आएको छ।'

स्पेनी कम्पनीले ठूला जहाजलाई धावनमार्ग अनुपयुक्त भने पनि विभिन्न अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका त्यस्ता जहाज भने अहिले पनि आउने–जाने गरिरहेका छन्। 

प्राधिकरणले नेपाल उडान गरिरहेका सबै अन्तर्राष्ट्रिय वायुुुसेवा कम्पनीलाई २०७० भदौ पहिलो साता पत्राचार गरी एक महिनासम्म वाइड बडीको सट्टा साना आकार (न्यारो बडी) जहाज ल्याउन आग्रह गरेको थियो। 

त्रिभुवन विमानस्थलका अनुसार विगतमा बोइङ ७०७, ७२७, डिसी८ जस्ता न्यारो बडी जहाज उडान–अवतरण हुने गरे पनि अहिले बोइङ ७७७, एयरबस ए३३०, ए३४० जस्ता वाइड बडी जहाज आउने गरेका छन्। सन् १९९० देखि २०१२ सम्ममा अन्तर्राष्ट्रिय वायुसेवाको जहाज उडान संख्या ३ सय ५० प्रतिशतले वृद्धि भएको थियो। यसमा वाइड बडी जहाजको अनुपात पनि न्यारो जहाजको तुलनामा पछिल्ला वर्ष करिब १७ प्रतिशतले बढेको छ। 
त्यसैगरी हाल वार्षिक २३ हजार अन्तर्राष्ट्रिय उडानसहित करिब १ लाख उडान–अवतरण भइरहेका छन्। ‘हवाई चाप बढिरहेको छ, यसले पनि धावनमार्गलाई दबाब परेको छ,' सम्बद्ध एक अधिकारीले भने, ‘वर्षायामभरि वाइड बडी जहाजको चाप कम गर्न त्यसबेला वाइड बडी जहाज नल्याउन वायुसेवा कम्पनीलाई पत्राचार गरिएको थियो।'

सन् १९७५ मा कालोपत्रे गरी धावनमार्गको लम्बाइ ३ हजार ५० मिटर बनाइएको थियो। सँगसँगै ट्याक्सीवे पनि बनाइएको थियो। त्यसपछि एकैचोटि २० वर्षपछि धावनमार्ग कालोपत्रे (ओभरले) गरिएको थियो। सामान्यतया प्रत्येक पाँच वर्षमा धावनमार्ग ओभरले गर्नुपर्ने अन्तर्राष्ट्रिय मान्यता छ। 

‘तर, हामीले १९९५ पछि एकैचोटि तेह्र वर्षमा पुगेर ओभरले गर्‍यौं,' विमानस्थलका एक अधिकारीले भने, ‘त्यसबीचमा धावनमार्गमा धेरै नै दबाब पर्न गयो। सामान्य मर्मतबाहेक केही हुन सकेन। त्यसबाट पनि धावनमार्ग थप कमजोर हुनपुग्यो।'

गत वर्ष धावनमार्गको कालोपत्रै ठाउँठाउँमा उप्किएर विमानस्थल नै बन्द गर्नुपरेपछि समस्या तत्काल निराकरण गर्न विमानस्थल सुधार आयोजनाले तत्कालीन, अल्पकालीन र दीर्घकालीन तीन उपाय अवलम्बन गर्ने बताएको थियो। 

मनसुन अवधिभर ‘हाइ सिल इमल्सन' प्रयोग गरी आकस्मिक मर्मत गर्दै जाने, मनसुन सकिनासाथ धावनमार्गमा ‘हट मिक्स एस्फाल्ट कंक्रिट' गरी मर्मत गर्ने तथा धावनमार्ग र ट्याक्सी वेको राम्रो व्यवस्था गर्ने प्रक्रिया प्राथमिकताका साथ अगाडि बढाइने आयोजनाको भनाइ थियो। 

नागरिक उड्डयन प्राधिकरणले २०६५ फागुन अन्तिमबाट धावनमार्ग कालोपत्रे गर्न सुरु गरेको थियो। १७ महिनामा काम सक्ने भनिए पछि झन्डै दुई वर्षपछि निर्माण पूरा भएको थियो। त्यसका लागि २९ करोड ६८ लाख ३९ हजार ७ सय ३० रुपैयाँ खर्च गरेको थियो। काम सकिएको चारै महिना र फेरि तीन वर्ष पूरा नहुँदै धावनमार्ग ठाउँठाउँमा भत्किएको थियो। चीनको चाइना रेलवे इन्जिनियरिङ कर्पोरेसन र नेपालको टुन्डी कन्स्ट्रक्सन कम्पनीले संयुक्त रूपमा धावनमार्ग कालोपत्रे गरेका थिए।
अर्को समाचार
कोरला भन्सार : ‘अव्यवस्थित संरचनाले सकस’
९ घण्टा अघि
•
१ मिनेट पाठ
कोरला भन्सार : ‘अव्यवस्थित संरचनाले सकस’
पोखरा। लामो समयदेखि उपेक्षामा पर्दै आएको मुस्ताङको कोरला नाकास्थित नेचुङ भन्सार कार्यालयले अहिले पनि दिनमा आठ करोड रुपैयाँ हाराहारीमा राजस्व संकलन गर्दै आएको छ।

सीमित स्रोतसाधनका बाबजुद पनि अहिलेको समयमा नेपाललाई चीनसँग जोड्ने व्यापारिक नाकाको एक मात्र विकल्पको रूपमा कोरला बनेको छ। त्यही नाका हुँदै अहिले दिनहुँ जसो करोडौँ रुपैयाँ मूल्यका चिनियाँ सामान नेपाल भित्रिरहेका छन्। 

मुस्ताङ भन्सार कार्यालयका अनुसार अहिले चीनबाट नेपालमा सामान र साधन भित्र्याउने एक मात्र नाका कोरला बनेको छ। गत भदौमा आएको भोटेकोशीको बाढीले रसुवागढी नाका ध्वस्त पारेपछि नेपालको चीनसँगको व्यापार अप्ठेरोमा परेको थियो। त्यस लगत्तै चीनले तातोपानी नाका पनि अस्थायी रूपमा बन्द गरेको थियो।

रसुवागढी नाका बाढीले ध्वस्त बनाएपछि त्यहाँको नाकामा रोकिएका र तातोपानी बन्द गरिएपछि रोकिएका कन्टेनरका सामान कोरला नाका हुँदै नेपाल भित्र्याउन थालिएको थियो। त्यसपछि बल्ल कोरला नाका चलायमान बनेको थियो।

‘नेपाल र चीनसँगको व्यापारको एक मात्र नाका अहिले कोरला बनेको छ, तर यसको व्यवस्थापन जबरजस्त भइरहेको छ। व्यवस्थित नाका नहुँदा समस्या बनेको छ,’ कोरलास्थित मुस्ताङ भन्सार कार्यालयका प्रमुख अनन्त तिम्सिना भन्छन् ‘अब चिसो बढ्न थाल्यो, आगामी दिन अझै सकसपूर्ण हुनेछैन, कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ता छ। तर पनि चीनसँगको व्यापारको विकल्प कोरलाको छैन।’

उनका अनुसार अहिले नै चिसो बढिसकेकोले लोमान्थाङ क्षेत्रमा पानी जम्न थालिसकेको छ। स्थानीयवासीहरु चिसो छल्नका लागि तल (पोखरा, चितवन, काठमाडौं) झर्न थालिसकेका छन्।

‘अब त सुनसान बन्न थालिसकेको छ । माथिल्लो क्षेत्रका धेरै घरमा ताला लागिसकेको छ,’ उनले भने, ‘अब त कर्मचारीलाई पनि आवश्यक सामान किन्न नपाउने अवस्था आउन थालिसकेको छ।’

अघिल्ला वर्ष यो सिजनमा नाका क्षेत्र यो बेलासम्म सुनसान बनिसकेको हुन्थ्यो। यो पटक भने चिसो बढ्दै गए पनि कोरलाको व्यापारिक नाका भने अहिले पनि व्यस्त रूपमै चलिरहेको छ।

नाका खुलाएर व्यापारिक गतिविधि सञ्चालन गरे पनि भन्सारमा आवश्यक संरचना नहुँदा समस्या रहेको उनले बताए।

‘कोरला नाकाबाट चालु आर्थिक वर्षको अहिलेसम्म १५ अर्ब रुपैयाँ राजस्व उठिसकेको छ। तर, भन्सारमा व्यवस्थापन कमजोर छ। ‘संरचना छैनन्, जबरजस्ती व्यापारिक गतिविधि चलाइएको मात्र छ,’ उनले भने।

उनका अनुसार मुस्ताङको यो भन्सार नाकामा अहिलेसम्म एकीकृत भन्सार जाँच चौकी (आईसिपी) छैन। ‘व्यापारिक नाका मात्र हो, तर, व्यवस्थापन सहज छैन। सबैतिर अस्तव्यस्त मात्र छ,’ उनले भने, ‘आईसिपीमा हुनुपर्ने न्यूनतम पूर्वाधार पनि छैनन् । पूर्वाधार भए पनि अपुग छन्। भन्सार नाकामा हुनुपर्ने कतिपय निकायको उक्त क्षेत्रमा उपस्थिति नै छैन।’

एकीकृत भन्सार जाँच चौकीमा आयात–निर्यात तथा सीमा वारपारसम्बन्धी सम्पूर्ण सरकारी सेवा र सुविधा एकै छानामुनिबाट प्रदान गरिन्छ। तिम्सिनाका अनुसार आईसिपीमा एकीकृत सेवा प्रणाली अन्तर्गत भन्सार जाँच पास, अध्यागमन, क्वारेनटाइन (पशु, वनस्पति तथा खाद्य परीक्षण), बैंक तथा विदेशी मुद्रा सटही काउन्टर एउटै परिसरभित्र रहन्छन्। 

ती बाहेक सामान भण्डारणका लागि ठूला गोदाम, कोल्ड स्टोरेज, कन्टेनर पार्किङ यार्ड, इलेकट्रोनिक तौल काँटा र सुरक्षा जाँचका आधुनिक उपकरण पनि भन्सार क्षेत्रमै उपलब्ध हुन्छन्। एउटै स्थानबाट सबै प्रक्रिया पूरा हुने भएकाले मालवाहक सवारीसाधनको सीमा नाकामा हुने लामो जाम हट्छ र ढुवानी लागत कम हुनुपर्ने भए पनि मुस्ताङको कोरलामा भने ती सबै समस्या रहेको उनले सुनाए। 

‘उनको भन्सार जाँच पास गराउनुपर्‍यो भने अहिले पनि समस्या  । त्यसका लागि पोखरा आउनुपर्छ,’ उनले भने, ‘भन्सार कार्यालय मात्र भएर हुँदैन। अरू सरकारी निकाय पनि हुनुपर्छ। अध्यागमनमा पनि उत्तिकै समस्या छ। सबैले समान रूपमा काम गर्नुपर्छ । बैंक त करिब १४ किलोमिटर तल छ। राजस्व बुझाउनका लागि १४ किलोमिटर तल झरेर बैंकमा रकम तिरेर फर्केपछि बल्ल काम हुन्छ। त्यसैले सबैका लागि झन्झट छ।’ 

उनका अनुसार भन्सार कार्यालयका लागि मात्र एक हजार रोपनी क्षेत्रफलको जग्गा रहेको छ। ‘सामान लोड–अनलोड गर्नमा समेत समस्या छ। सबै काम भुँइमै गर्ने हो। त्यही भएर एउटै गाडी पास गर्न ३/४ दिन लाग्छ,’ भन्सार प्रमुख तिम्सिनाले भने।

भन्सारमा व्यवस्थित तरिकाले विभिन्न निकाय हुनुपर्नेमा त्यसको अभाव रहेकोले अबका दिनमा झनै चुनौतीपूर्ण रहने उनले बताए। ‘अब हिमपातको समय पनि सुरु भएको छ। हिमपात भयो भने त झनै समस्या हुन् । नाकासम्म पुगेका गाडी पनि चिसोका कारण ‘स्टार्ट’ हुन समेत समस्या हुने गरेको छ,’ उनले भने, ‘रोकेको ठाउँमा चिसोका कारण गाडी स्टार्ट नभए पनि सकस पर्ने गरेको छ। गोदामघर पनि छै। गोदाम नहुँदा सामान बोकेका कन्टेनर नै गोदाम बनेका छन्। सामान उतार्ने र चढाउने काममा समेत सकस छ।’

उनका अनुसार चिसोका कारण एकातिर समस्या छँदैछ, अर्कोतिर बाटो सहज नहुँदा नाका हुँदै भित्र्याइएका चिनियाँ सवारी बाटोमा दुर्घटनामा परेर व्यावसायिक क्षति पनि हुने गरेको छ। उनका अनुसार चालु आर्थिक वर्षको अहिलेसम्म कोरला नाका हुँदै करिब १२ सय चिनियाँ विद्युतीय सवारी नेपाल भित्र्याइएको छ।

‘बाटोमा दुर्घटनामा परेका सवारी यत्रतत्र देखिन्छन्। बिक्रीका लागि नेपाल ल्याइएका ती चिनियाँ सवारी ठाउँ ठाउँमा समस्यामा रहेका भेटिन्छन्, कतै ढुंगामा ठोक्किएका हुन्छन त कतै बिचमै बिग्रेको अवस्थामा भेटिन्छन्, सबैतिर समस्या नै समस्या रहेको छ,’ उनले भने।

पोखरा–जोमसोम सडक पनि यति बेलाको समयमा उत्ति सहज छैन। साँघुरो र कच्ची सडक भएकोले ठूला आकारका कन्टेनरमा पोखरासम्म सामान ल्याउन पनि सकसपूर्ण रहेको व्यवसायीले बताउँदै आएका छन्।

जोमसोमदेखि माथिल्लो मुस्ताङको कोरला नाकासम्मको बाटो कालोपत्रे छैन। यो नै ११५ किलोमिटर दूरीको छ । त्यस्तै बेनी–जोमसोम खण्ड पनि उत्तिकै सकसपूर्ण छ।

कच्ची सडक भएको र यो वर्षको  बाढी पहिरोले कालिगण्डकी करिडोर समेत क्षतविक्षत पारेकोले बेनी–जोमसोम खण्ड सहज नभएको व्यवसायीले बताउँदै आएका छन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ५ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस