काठमाडौं-सात वर्षयता वैदेशिक रोजगारका लागि विभिन्न २० मुलुक पुगेका ३ हजार एक सय ५ नेपालीको उतै निधन भयो।वैदेशिक रोजगार प्रवर्द्धन बोर्ड र वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार तीमध्ये ५ सय ७७ को मात्र प्राकृतिक रुपमा मृत्यु भएको छ। अन्यको मृत्युमा विदेशकै कोही नै कोही जिम्मेवार छ।
कमाएर जीवनस्तर सुधार्ने सपना साकार पार्न ऋण काढेर विदेश पुगेको व्यक्ति अनाकमा मारिन्छ, परिवारले कुनै क्षतिपूर्ति पाउँदैन।
अब भने यस्तो अवस्था रहनेछैन।
सरकारले विदेशमा रहेका कामदारको प्राकृतिकबाहेकका मृत्युलाई सम्बन्धित पक्षबाट मारिएको रुपमा वकालत गरी मृतकका परिवार वा आफन्तलाई क्षतिपूर्ति दिलाउन नीतिगत रुपमै पहल लिने भएको छ।
रोजगारदाता विभिन्न देशसँग हुने समझदारीपत्रमार्फत नै मृत्युको कारणका आधारमा मृत्यु प्राकृतिक (निधन) हो या अप्राकृतिक (हत्या) भन्ने खुट्ट्याएर क्षतिपूर्ति दिलाउने सर्तनामा गराउन लागिएको हो।
वैदेशिक रोजगार विभागका महानिर्देशक कृष्णहरि पुष्करका अनुसार छिट्टै समझदारीपत्रमा हस्ताक्षर हुन लागेका केही देशसँग तत्कालै यस्तो व्यवस्था गरिनेछ। त्यसका लागि आवश्यक मस्यौदाससमेत भइसकेको छ।
विदेशमा रोजगारदाताले दिने तनावले मृत्यु हुने कामदारको संख्या बढ्दै गएकाले त्यसलाई मरेको नभई मारिएको रुपमा लिएर मुद्दा लड्ने र क्षतिपूर्ति दिलाउने नीतिगत पहल गर्न लागिएको उनले जानकारी दिए।
‘विदेशमा मृत्युको अवस्था हेर्दा रोजगारदाताले दिने तनावले मृत्यु हुने क्रम बढेको देखियो,')पुष्करले नागरिकसँग भने, ‘विभिन्न देशसँग हुन लागेको समझदारीपत्रमा यस विषयलाई सम्बोधन गराउन विभागले ड्राफ्ट बनाइरहेको छ।'
समझदारीपत्रमा उल्लेख हुनुअघि पनि यस्तो अभ्यासमा सफलता मिलेको उनले जानकारी दिए। ‘कोरिया, मलेसिया, कुवेत र कतारमा मृत्यु भएका कामदारलाई रोजगारदाताका कारण मृत्यु भएको अर्थात् मारिएको भन्दै मुद्दा दायर गरेर हामीले क्षतिपूर्ति दिलाएका छौं,' उनले सुनाए।
बोर्ड र विभागको तथ्यांकअनुसार २०६४ असारदेखि २०७१ वैशाख १६ सम्म विभिन्न २० मुलुकमा गरी ३ हजार १ सय ५ नेपाली कामदारको मृत्यु भएको छ। तीमध्ये ५ सय ७७ मात्र प्राकृतिक छन्।
‘यसअघि नै हामीले कोरियामा २, मलेसियामा ३, कुवेतमा २ र कतारमा २ वटा मुद्दामार्फत कामदारलाई मारिएको रुपमा वकालत गर्दै आफन्तलाई क्षतिपूर्ति दिलाएका छौं,' पुष्करले भने, ‘अब नीतिगत रुपमा नै यो कुरालाई अगाडि बढाउन मन्त्रालयलाई आग्रह गरिएको हो।' मन्त्रालयले समझदारीपत्रमा यसबारे उल्लेख गर्ने जानकारी दिएको उनले बताए।
विदेशमा अधिकांश कामदारको मृत्यु रोजगारदाताले खान नदिएर, बढी समय काममा लगाएर, थोरै तलब दिएर, उपचार नगरेर र रोजगारदाताबाट सिर्जित विभिन्न तनावका कारण हुने गरेको छ।
तनावले आत्महत्या गर्न विवश कामदारलाई मरेको नभनी मारिएको रुपमा हेरिनुपर्ने पुष्करले औंल्याए। ‘मानवताविरुद्ध कामलाई अपराधकै रुपमा हेर्नुपर्छ,' उनले भने।
सात वर्षयता विदेशमा मृत्यु भएकामा मलेसियामा सबैभन्दा बढी १ हजार ६३ कामदारले ज्यान गुमाएका छन्। साउदी अरबमा ८ सय ४३, कतारमा ६ सय ९४ र अन्य देशमा ७३ महिला कामदारको ज्यान गएको छ।
मृत्यु हुने कारणमध्ये कार्डियकबाट सबैभन्दा बढी ५ सय ९८, ट्राफिक दुर्घटनाबाट ४ सय २६, आत्महत्याबाट ३ सय ११ ले ज्यान गुमाएका छन्। हृदयघातबाट १ सय ८२ जनाको ज्यान गएको छ भने कार्यस्थलमा दुर्घटना भएर २ सय ३१ को मृत्यु भएको छ।
यस अवधिमा विदेशी भूमिमा ४७ नेपाली कामदारको हत्या भएको छ भने कारण खुल्न नसकेका ७ सय ३३ जनाको मृत्यु भएको बोर्डको तथ्यांक छ।
सरकारसँग वैधानिक प्रक्रियाबाट जाने कामदारको मात्र तथ्यांक हुने गर्छ। अवैधानिक कामदारको तथ्यांक नभए पनि यही सरह हुने सरकारी अनुमान छ। बोर्डका निमित्त कार्यकारी निर्देशक टीका भण्डारीले अवैधानिक कामदारको तथ्यांक नहुने बताए। ‘विदेशमा वैधानिक मृत्यु संख्या बराबर नै अवैधानिक कामदारको मृत्यु रहेको अनुमान छ, तर त्यसको तथ्यांक राख्न सकिएको छैन,' उनले भने।
भण्डारीका अनुसार विदेशमा कामदारको मृत्युको संख्या बढ्दै गएपछि दबाब दिन समझदारी गर्न बाँकी मुलुकसँग नयाँ नीति लागू गर्ने तयारी गरिएको हो। कामदारको सुरक्षा र अधिकारका विषयमा सरकार पहिलेदेखि नै गम्भीर रहेको बताउँदै भण्डारीले मलेसिया, कुवेत र साउदीका लागि समझदारीपत्र पाइपलाइनमा रहेको र त्यसमा कामदार सुरक्षा र अधिकारका विषयलाई गम्भीर रुपमा उल्लेख गरिएको उनले बताए।
भारतसँगको खुला सिमानाका कारण अवैधानिक बाटो गरी बिदेसिने र मृत्यु हुनेबारे जानकारी राख्न सरकारलाई समस्या भएको हो। श्रम तथा रोजगार मन्त्रालयका सहप्रवक्ता बुद्धि भट्टराईले सरकारले गर्ने वकालत समझदारीपत्रमार्फत हुने बताए। समझदारीपत्रमा कामदारको मृत्युको कारणलाई पनि समावेश गराई मरेको या मारिएको छुट्ट्याउनुपर्ने उल्लेख गरिने उनले जानकारी दिए।