महाप्रबन्धक भट्टराईले स्पष्टीकरण नदिने
२६ साउन २०७८
•
३ मिनेट पाठ
महाप्रबन्धक भट्टराईले स्पष्टीकरण नदिने
नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरूप्रसाद भट्टराईले सरकारले राजनीतिक विषयमा स्पष्टीकरण सोधेकाले जवाफ दिइरहनु नपर्ने बताएका छन्। नेपाल रेल्वे कम्पनीको कार्यालयमा पत्रकार सम्मेलन गरेर महाप्रबन्धक भट्टराईले राजनीतिक विषयको स्पष्टीकरण सोधिएकाले त्यसको जवाफ दिनु आवश्यक नभएको र राजनीतिक रूपमै समाधान  खोजिने बताए।  




‘म नेपाल सरकारको कर्मचारी हुँ। राजनीतिक विषयको स्पष्टिकरण दिन्न,’ उनले भने, ‘राजनीतिक विषयको स्पष्टीकरण सोधिएकाले त्यसको जवाफ दिइरहनु नपर्ने र राजनीतिक रूपमा नै समाधान खोजिनेछ।’ महाप्रबन्धक भट्टराईले आफूले स्पष्टीकरण नदिएको खण्डमा सरकारले बर्खास्त गर्न पनि सक्ने बताए।

‘मैले स्पष्टीकरण नदिएपछि सरकारले मलाई बर्खास्त गर्ने होला। मैले त्यसको जवाफ मैदानबाटै फर्काउनेछु,’ उनले भने, ‘सरकारले बर्खास्त गरे न्यायालय भने जान्न। डोेजर जस्तो सत्तापक्षसँग म बबुरोले के नै गर्न सक्छु र ?’

महाप्रबन्धक भट्टराईले सरकारले स्पष्टीकरण पत्रमा सार्वजनिक निकायका पदाधिकारी नियुक्त सम्बन्धी मापदण्ड २०७७ को दफा ९ को खण्ड (घ) बमोजिम खराब आचारण वा इमानदारीपूर्वक पदीय जिम्मेवारी पूरा नगरेकाले पदबाट किन नहटाउने भनि प्रश्न गरिएकोमा उक्त दफा र खण्डमा सोधिएका विषय समावेश नै नभएको दाबी गरे।  

महाप्रबन्धक भट्टराईले आफूले सामाजिक सञ्जालमा लेखेको विषयलाई आधारित मानेर स्पष्टीकरण सोध्ने कार्य गलत भएको भन्दै सरकारको प्रतिवाद गरे। सरकारले नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईलाई स्पष्टीकरण सोधेसँगै भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा राजनीतिक दलका नेतालाई अशिष्ट रूपमा गालीगलौज गरेर लेख्दै आइरहेका थिए। 

सरकारले सोधेको स्पष्टीकरण यस्तो छ  

मन्त्रिपरिषद्को साउन १९ गते बसेको बैठकले नेपाल रेल्बे कम्पनीका महाप्रबन्धक गुरूप्रसाद भट्टराईलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले साउन २२ गते पत्र लेखेर मन्त्रिपरिषद्को साउन १९ मा भएको बैठक अनुसार पत्र पाएको तीन दिनभित्र मन्त्रालयमार्फत् आफ्नो सफाइ पेश गर्न भन्दै स्पष्टीकरण सोधेको थियो। ‘नेपाल रेलवे कम्पनी लिमिटेडको महाप्रबन्धकको हैसियतमा तपाइले आफूलाई सुम्पिएको काम इमान्दारितापूर्वक गर्नुपर्नेमा विभिन्न सामाजिक सञ्जालको माध्यमबाट सार्वजनिक रूपमा नेपाल सरकार र यसका पदाधिकारीको आलोचना गर्ने, सम्मानित अदालतका काम कारबाही र आदेशलाई अशोभनिय र गालीगलौजको शैलीमा टिप्पणी गर्ने,’ महाप्रबन्धक भट्टराईलाई सोधेको स्पष्टिकरणमा भनिएको छ, ‘राजनैतिक दल र त्यसका पदाधिकारीले पालन गर्नुपर्ने आचरणको विपरितको कार्य गरेकाले मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारीको नियुक्त तथा मनोनय सम्बन्धी मापदण्ड २०७७ को दफा ९ को खण्ड (घ) बमोजिम खराब अचारण वा इमान्दारितापूर्वक पदीय जिम्मेवारी अनुरूप काम नगरेको आधारमा तपाईंलाई महाप्रबन्धक पदबाट किन नहटाउने ?’

केपी शर्मा ओली नेतृत्वको सरकारले भट्टराईलाई २ वर्षका लागि महाप्रबन्धकमा २०७७ जेठ २८ गते नियुक्ति गरेको थियो। भट्टराईले असार ४ गते महाप्रबन्धकको कार्यभार सम्हालेका थिए। महाप्रबन्धक भट्टराइले १३ महिनाको अवधिमा मृत अवस्थामा रहेको जयनगर–कुर्था खण्डमा रेल्वे सेवा सञ्चालनमा आउनै लागेको समयमा मलाई सरकारले स्पष्टीकरण सोधेर हटाउन खोजेको आरोप लगाएका छन्। राजनीतिक पूर्वाग्राह साधेर रेल सञ्चालन गर्ने बेला स्पष्टीकरण सोधिएको  उनको दाबी छ।  

सरकारी निकायको अवरोध र असहयोगको बावजुत पनि रेल सेवा सञ्चालन गर्ने अवस्थामा पुग्नु सुखीको कुरा भएको उनको भनाइ छ। महाप्रबन्धक भट्टराईले लोकसेवा आयोगको कारणले रेल्वे कम्पनीमा कर्मचारी नियुक्तिमा बाधा अड्चन आएको समेत गुनासो गरे। कम्पनीले ४५ पदका लागि २२६ दरबन्दी अनुसार करारका कर्मचारी नियुक्त गर्न खोजेको थियो। तर लोकसेवा आयोगले २०७७ असोज २० मा पत्र लेखेर विज्ञापनअनुसार सम्पूर्ण काम रोक्न निर्देशन दिएको थियो।  

कर्मचारी व्यवस्थापन हुन नसकेपछि रेल सेवा सञ्चालनमा नआउने देखिएपछि मन्त्रिपरिषद्को २०७७ माघ २६ गते र २०७८ वैशाख २३ को निर्णयबाट ज्यालादारीमा कर्मचारी भर्ना गरी कामकाज गराउन भनी निर्णय भएपछि कर्मचारीको व्यवस्थापन मिलाई भारतबाट प्रशिक्षक ल्याएर रेल्वे सुरक्षासँग सम्बन्धी आधारभूक तालिम गराइरहेको बताइएको छ। रेल सञ्चालनका लागि आवश्यक पूर्वाधार समेत तयार रहेको महाप्रबन्धक भट्टराईले बताए।  
अर्को समाचार
फागुनदेखि रेलको प्राविधिक परीक्षण
२९ माघ २०७८
•
४ मिनेट पाठ
फागुनदेखि रेलको प्राविधिक परीक्षण
अर्थ मन्त्रालयले जयनगर–कुर्था रेल सञ्चालनका लागि २१ करोड रूपैयाँको स्रोत सुनिश्चितता गरिदिएसँगै फागुन १ गतेदेखि यात्रुबिनै रेलको परीक्षण गरिने भएको छ।




जयनगर–कुर्था चल्ने रेल झन्डै डेढ वर्षदेखि थन्किँदै आइरहेको थियो। नेपाल रेल्वे कम्पनीले आवश्यक बजेट, कानुनी प्रक्रियाको अवरोध देखाउँदै रेल सञ्चालन गर्न सकिरहेको थिएन। कम्पनीले अबको केही साता दिनको एक पटक यात्रुबिनै परीक्षण गर्न लागिएको बताएको छ।

नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले अर्थ मन्त्रालयले रेल सञ्चालनका लागि २१ अर्ब रूपैयाँको स्रोत सुनिश्चितता गरिदिएसँगै रेलको आवश्यक प्राविधिक परीक्षणको प्रक्रिया अघि बढाउन लागिएको बताए। ‘फागुन १ देखि यात्रुबिनै रेलको प्राविधिक परीक्षण गर्न लागेका छौं,’ उनले भने, ‘सरकारले सम्भवतः नेपाल र भारतका प्रधानमन्त्रीले फागुनको दोस्रो सातासम्म भर्चुुअल माध्यमबाट रेलको उद्घाटन गर्ने कार्यक्रम तय गरेको छ।’

मन्त्रिपरिषद्को २०७७ माघ १९ को बैठकले जिटुजी सम्झौताअनुसार रेल सञ्चालन गर्न प्राविधिक र अन्य पूर्वाधारका लागि भन्दै २२ करोड भारतीय रूपैयाँ उपलब्ध गराउने निर्णय गरेको थियो। तर केन्द्रीय बजेटमा सो रकम छुट भएको थियो। कम्पनीले ४५ करोड रूपैयाँ माग गरेको थियो। महाप्रबन्धक झाले अर्थ मन्त्रालयले २१ करोड रूपैयाँको स्रोत सुनिश्चितता र थप २४ करोड रूपैयाँ बजेट नआउने भएसँगै बजेट कटौती गरेको बताए।

महाप्रबन्धक झाले उद्घाटन गरेपछि रेल सेवा स्थगित गर्नुको सट्टा पहिल्यै परीक्षण गरेर उद्घाटन गर्न लागिएको बताए। ‘रेलको उद्घाटन गरेर रेलको सेवा स्थगित गर्ने हो भने बाहिर नराम्रो हल्ला फैलिने सम्भावना देखिन्छ,’ उनले भने, ‘प्राविधिक परीक्षणमा योग्य देखिएसँगै सञ्चालनमा अहिल्यै ल्याउनेछौं।’ महाप्रबन्धक झाले जनकपुरको सीताचोक नजिकै हाटबजार लाग्ने समस्या कायमै रहेको बताए।  

‘जयनगर–कुर्था रेलको लिंकमा अझै पनि अस्थायी हाटबजार, पशुपक्षीलगायत बाँध्ने गरेका छन्,’ उनले भने, ‘अबदेखि नियमित रेल चल्दै छ भनेर जनतालाई बुझाउन पनि रेलको परीक्षण गर्न लागिएको हो।’ सरकारले १६ महिनाअघि जयनगर–कुर्था ३४.९ किलोमिटर खण्डमा रेल चलाउने भन्दै भारतबाट दुई थान रेल भित्र्याएको थियो।

सरकारले आवश्यक तयारीबिनै ८४ करोड रूपैयाँ खर्चेर दुई थान रेल जनकपुर ल्याएको थियो। भारत सरकारले ६८ किलोमिटर रेलको लिंक ८ अर्ब ७७ करोड रूपैयाँको लागतमा निर्माण गरेको हो। ६८ किलोमिटरमध्ये अहिलेसम्म ३४.९ किलोमिटर ट्र्याक मात्रै रेल सञ्चालनका लागि उपयुक्त छ।

कुर्थादेखि डिजेलपुरासम्मको थप १७ किलोमिटरको ब्रोडग्रेज लिक लगभग ९० प्रतिशत निर्माण सम्पन्न भएको छ। बाँकी डिजेलपुरादेखि बर्दिबाससम्मको १७ किलोमिटरको काम भने उत्साहजनक ढंगले हुन सकेको छैन।

यो रेलमार्ग जयनगर–बिजलपुर बर्दिबास रेलमार्गको एक खण्ड हो। विगतमा जयनगर–बिजलपुरमा न्यारोगेज रेलमार्ग थियो। जयनगर–कुर्था खण्डमा आठवटा ठूला र साना स्टेसन छन्। यो सञ्चालनमा आएसँगै नेपाल र भारतबीचको पहिलो ब्रोडगेज सीमापार रेलमार्ग हुनेछ।

जयनगर–कुर्था ३४.९ किलोमिटर अन्तरदेशीय रेलमार्ग गत कात्तिक ५ गते नेपाल सरकारलाई हस्तान्तरण भइसकेको छ। रेल सञ्चालनका लागि ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिडर’ पनि तयार भइसकेको छ। अहिले भारतीय २६ जनामध्ये १४ जना फिल्डमा आएर काम गरिरहेका छन्।

अझै १२ जना भारतीय कर्मचारी आउन बाँकी रहेका छन्। अहिले नेपाली न्यूनतम आवश्यकताको आधारमा ६० जना ज्यालादारी कर्मचारी नियुक्त गरेर काम अगाडि बढाइएको छ। महाप्रबन्धक झाले रेल सञ्चालनका लागि कर्मचारी र आवश्यक पूर्वाधारको समस्या नभएको दाबी गरे।

सरकारले गत मंसिर १५ गते अध्यादेशमार्फत रेल्वे अध्यादेश २०७८ जारी गरेको थियो। रेल्वे अध्यादेश २०७८ मा रेल वा रेल्वेमा आगो लगाउने वा विस्फोटन पदार्थ ओछ्याउने, कुनै प्रज्वलनशील पदार्थ वा विद्युतीय धराप एम्बुस बनाई वा अन्य कुनै प्रकारले रेल सञ्चालनमा बाधा पुर्‍याउने, रेल वा रेल्वे कब्जा गर्ने वा अन्य कुनै किसिमले रेल वा रेल्वेको सम्पत्तिमा हानि नोक्सानी पुर्‍याउने कार्यबाट कसैको मृत्यु भएमा प्रचलित कानुनबमोजिम ज्यान मारेसरह सजाय हुने व्यवस्था गरेको छ।

यो दण्ड सजाय रेल्वे अध्यादेशको दफा ६३ मा व्यवस्था गरिएको छ। सोही अनुसार ज्यान नमरेको अवस्थामा १० वर्षसम्म कैद र एक लाख रूपैयाँसम्मको जरिवाना व्यवस्था गरिएको छ। रेल्वे अध्यादेशमा रेल दुर्घटनामा हुन सक्ने गरी रेल वा रेल्वेमा कुनै वस्तु फ्याँक्ने रेलको लिकमा ढुंगा, काठ वा अरू कुनै वस्तु राख्ने वा अधिकार प्राप्त अधिकारीबाहेक कसैले रेलको लिक वा सोसम्बन्धी किला, काँटा, स्लिपर आदि झिक्ने, ज्वाइन्टहरू खुकुलो पार्ने वा अरू कलपुर्जा चलाउने, हेरफेर गर्ने वा बन्द गर्ने कार्य गर्ने गराउनेलाई कसुरको मात्रा हेरेर सात वर्षसम्म कैद र एक लाख रूपैयाँसम्मको जरिवाना अध्यादेशमा समावेश गरिएको छ।
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock २ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस