काठमाडौं-मुलुकको उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले करिब ३ अर्ब रुपैयाँ खर्च गरेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग मर्मत गर्ने भएको छ।पछिल्ला केही वर्षदेखि मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग ठाउँठाउँमा उप्किएर जहाज उडान–अवतरण नै रोक्नुपरेपछि प्राधिकरणले ठूलो खर्चमा मर्मत गर्ने भएको हो। प्राधिकरण त्रिभुवन अन्तर्राष्ट्रियसहित देशभरका विमानस्थलको प्रमुख सञ्चालक निकाय हो।
‘धावनमार्गलाई ठूला आकार (वाइड बडी) जहाजका लागि पनि उपयुक्त हुने गरी मर्मत गर्न प्रारम्भिक छलफल भइरहेको छ,' प्राधिकरणका नायब महानिर्देशक तथा प्रवक्ता वीरेन्द्र श्रेष्ठले बुधबार नागरिकसँग भने, ‘ठूलो रकम खर्च गर्नुपर्ने भएकाले त्यसको व्यवस्था गरिरहेका छौं। मर्मतपछि हाम्रो धावनमार्ग अन्तर्राष्ट्रिय मापदण्डको हुनेछ।'
उनका अनुसार रकमको व्यवस्था एसियाली विकास बैंक (एडिबी) सँग ऋण लिने तयारी भइरहेको छ। धावनमार्ग मर्मत गर्न लाग्ने कुल रकमको ६० प्रतिशत एडिबीबाट ऋण लिने र बाँकी ४० प्रतिशत प्राधिकरणकै आन्तरिक बजेटबाट व्यवस्था गर्ने विषयमा छलफल भइरहेको छ।
युरोपेली राष्ट्र स्पेनको परामर्शदाता कम्पनी ‘आयेसा इन्जिनियेरिया अफ स्पेन' ले त्रिभुवन विमानस्थल धावनमार्ग वाइड बडी जहाजका लागि अनुपयुक्त रहेको निष्कर्ष दिएपछि प्राधिकरण धावनमार्ग पूर्णरूपमा मर्मत गर्न अगाडि सरेको हो।
आयेसाले धावनमार्गको बाहिरी कालोपत्रे (ओभरले) मात्र नभई त्यसको भित्री भाग (बेस) समेत कमजोर रहेको निष्कर्षसहितको प्रतिवेदन प्राधिकरणलाई हालै बुझाएको थियो। धावनमार्गलाई सकेसम्म चाँडै मर्मत गर्नुपर्ने सुझाव पनि उसले दिएको छ।
दिनहुँ यात्रु चाप बढिरहेको, अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूको नेपाल उडान संख्या बढ्दै गएको, यात्रु चाप बढ्दै जाँदा सानाभन्दा वाइड बडी जहाज आउने क्रम बढेको तथा थप नयाँ अन्तर्राष्ट्रिय वायुसेवा पनि आउने क्रममा रहेकाले धावनमार्ग मर्मत गर्नैपर्ने बाध्यता प्राधिकरणलाई छ।
आयेसाले धावनमार्ग मर्मत गर्न मूल्य अभिवृद्धि कर (भ्याट) बाहेक २ करोड ८७ लाख ५० हजार अमेरिकी डलर (२ अर्ब ७७ करोड ८४ लाख रुपैयाँ) खर्च लाग्ने जानकारी प्राधिकरणलाई दिएको छ। यही रकम जोहो गर्न प्राधिकरण लागिपरेको हो।
‘धावनमार्गको कालोपत्रेमात्र मर्मत गर्ने नभई जग (एक मिटरसम्म गहिरो खनेर) उधिनेर पुनः नयाँ कालोपत्रे गरिने छ,' प्रवक्ता श्रेष्ठले भने, ‘काम गर्न गाह्रो छ। राति १२ बजे विमानस्थल बन्द भएपछि भोलिपल्ट बिहान ६ बजेभित्र काम गर्नुपर्छ। दैनिक २० देखि ३० मिटरका दरले मर्मत गर्न सकिन्छ। दुई ठूला उपकरण राखेर द्रुत गतिमा काम गरिने छ।'
हाल ३ हजार ५० मिटर लम्बाइ रहेको त्रिभुवन विमानस्थलको धावनमार्ग उत्तर (बौद्ध) र दक्षिण (कोटेश्वर) दुवैपट्टि ३–३ सय मिटर थप विस्तारको काम पनि भइरहेको छ। सामान्यतया त्रिभुवन विमानस्थल मध्यरात १२ बजे बन्द हुने गर्छ भने भोलिपल्ट बिहान ६ बजे खुल्ने गर्छ।
२०७० असार अन्तिम साता त्रिभुवन विमानस्थल धावनमार्ग ठाउँठाउँमा उप्किएर उडान–अवतरण नै रोक्नुपरेपछि प्राधिकरणले स्पेनको आयेसालाई धावनमार्गबारे विस्तृतमा अध्ययन गरी प्रतिवेदन बुझाउने जिम्मेवारी दिएको थियो। त्यसपछि आयेसाले दुई महिना लगाएर अध्ययन प्रतिवेदन तयार पारी हालै प्राधिकरणलाई त्यसको प्रारम्भिक प्रतिवेदनमात्र बुझाएको थियो।
आयेसाले धावनमार्गको इन्जिनियरिङ सर्भे, अनुसन्धान र मूल्यांकन, एयर ट्राफिक तथ्यांक विश्लेषण, धावनमार्गको डिजाइन, सुधार र ढलनिकास सुधारलगायत अध्ययन गरेपछि प्रतिवेदन तयार पारेको थियो।
प्रवक्ता श्रेष्ठका अनुसार अन्तर्राष्ट्रिय टेन्डर आह्वान गरी आगामी कात्तिक १५ भित्र धावनमार्ग मर्मत गर्न ठेकेदार कम्पनी छनोट गर्न आयेसाले सुझाव दिएको छ। त्यसपछि पहिलो चरणमा ठेकेदार कम्पनीले सात महिना (२०७२ जेठ तेस्रो साता) भित्र धावनमार्गको काम पूरा गर्नेछ। दोस्रो चरणमा २०७३ जेठ तेस्रो साताभित्र ट्याक्सी वेको काम सक्नुपर्ने छ।
‘ठेकेदारसँग सम्झौता भएको ३१ महिनाभित्र धावनमार्गसहित सबै काम पूरा गर्नुपर्ने छ,' उनले भने, ‘१९ महिनामा निर्माण सकिएपछि १२ महिना वारेन्टी अवधि हुन्छ।' धावनमार्ग मर्मतपछि त्रिभुवन विमानस्थलमा बोइङ बि७३७, बि७७७, एयरबस ए३३० जस्ता वाइड बडी जहाज उडान–अवतरण गर्न सहज हुने श्रेष्ठले जानकारी दिए।
त्रिभुवन विमानस्थलका अनुसार विगतमा बोइङ ७०७, ७२७, डिसी८ जस्ता न्यारो बडी जहाज उडान–अवतरण हुने गरे पनि अहिले बोइङ ७७७, एयरबस ए३३०, ए३४० जस्ता वाइड बडी जहाज आउने गरेका छन्। सन् १९९० देखि २०१२ सम्ममा अन्तर्राष्ट्रिय वायुसेवाको जहाज उडान संख्या ३ सय ५० प्रतिशतले वृद्धि भएको थियो। यसमा वाइड बडी जहाजको अनुपात पनि न्यारो जहाजको तुलनामा पछिल्ला वर्ष करिब १७ प्रतिशतले बढेको छ। हाल वार्षिक २३ हजार अन्तर्राष्ट्रिय उडानसहित करिब १ लाख उडान–अवतरण भइरहेका छन्।