काठमाडौं- करिब दुई सातायता नेपाल पर्यटन बोर्डको वर्तमान व्यवस्थापनविरुद्ध आन्दोलनरत पर्यटन व्यवसायी बोर्डका प्रमुख कार्यकारीलाई ‘असामान्य खर्च अधिकार’ दिइएको आर्थिक विनियम २०७० हातमा परेपछि थप आक्रोशित बनेका छन् ।
पर्यटन बोर्ड सञ्चालक समितिले २०७० साउनमा अनुमोदन गरेको उक्त आर्थिक विनियमबारे व्यवसायीले हालैमात्र थाहा पाएका थिए । विनियममा ‘देशभित्र पर्यटन प्रवद्र्धन गर्न कार्यकारी प्रमुखले एक पटकमा १ करोड, देशबाहिर ४ लाख अमेरिकी डलर र विदेशस्थित बोर्डका अवैतनिक प्रतिनिधिमार्फत् जति पनि खर्च गर्न छुट दिइने’ उल्लेख गरिएको बुँदा देखेपछि व्यवसायी थप आक्रोशित भएका हुन् ।
करिब दुई दर्जन प्रमुख पर्यटन संघसंस्थाको ‘संयुक्त पर्यटन संयोजन समिति’ बोर्डका कामु प्रमुख कार्यकारी सुभाष निरौलालाई तत्काल पदबाट बर्खास्त गर्नुपर्ने, बोर्ड सञ्चालक समितिमा निजी क्षेत्रको सिफारिसमा सदस्य नियुक्त गर्नुपर्ने र बोर्डको पुनर्संरचना गरी पाँच वर्षयताको सम्पूर्ण आर्थिक गतिविधिको लेखाजोखा हुनुपर्ने प्रमुख मागसहित आन्दोलनमा उत्रिएको छ ।
बोर्ड व्यवस्थापनविरुद्ध आन्दोलनरत पर्यटन व्यवसायीले सार्वजनिक खरिद ऐन २०६३ तथा नियमावली २०६४ का व्यवस्थाविपरीत पर्यटन बोर्डको आर्थिक विनियम पारित गरिँदा कार्यकारी समितिको नियत र कार्यदक्षतामाथि प्रश्न खडा भएको बताएका छन् । सार्वजनिक निकायको खरिदसम्बन्धी कानुनी व्यवस्था सार्वजनिक खरिद ऐनसँग बाझिएको हदसम्म स्वतः संशोधन हुने उक्त ऐनको दफा ७५ मा उल्लेख गरिएको उनीहरूको भनाइ छ ।
‘ऐनकानुन विपरीत एकै पटकमा करोडौं र अवैतनिक प्रतिनिधिमार्फत असीमित खर्च गर्न पाउने अधिकारको निर्णय कसरी पारित भयो ?,’ आन्दोलनरत समितिका संयोजक तथा ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष रमेश धमलाले बिहीबार नागरिकसँग भने, ‘यस्तो विनियम पारित गर्ने कार्यकारी समितिका अध्यक्षसहित सबै सदस्यलाई तुरुन्त कारबाही हुनुपर्छ । अवैतनिक प्रतिनिधि नियुक्त गर्ने अधिकार कार्यकारी प्रमुखलाई हुन्छ । अनि त्यसैलाई जति पनि खर्च गर्न छुट दिनुको अर्थ के हो ?’
सम्बद्ध अधिकारीका अनुसार पर्यटन बोर्डको वार्षिक आम्दानी ७७ करोड हाराहारी रहेको छ । यसमा हवाई मार्ग हुँदै नेपाल छाडेर जाने प्रत्येक पर्यटकबाट उठाइने पर्यटक सेवा शुल्क १ हजार रुपैयाँका दरले वार्षिक ६० करोड र पदयात्री व्यवस्थापन सूचना प्रणाली (टिम्स) कार्डमार्फत वार्षिक १७ करोड हुने गरेको छ ।
दुई सातादेखि आन्दोलनमा उत्रिए पनि एउटा (छैठौं राष्ट्रिय पर्यटन मेला) बाहेक कुनै पनि माग पूरा नभएको भन्दै संयोजक धमलाले बोर्ड सञ्चालक समितिका अध्यक्ष तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुशील घिमिरेकै कारण आन्दोलन लम्बिएको दाबी गरे ।
‘पर्यटन सचिवज्यूकै कारण आन्दोलन उग्र भएको छ,’ उनले भने, ‘उहाँले तुरुन्त सञ्चालक समिति बैठक बोलाएर समस्या समाधानका लागि पहल गर्नुप¥यो । तर, उहाँ समस्या समाधानको सट्टा पर्यटन व्यवसायीलाई आन्दोलन परित्याग गर्न ‘धम्की’ दिइरहनुभएको छ ।’
वैशाख ३१ भित्र माग पूरा नभए पर्यटन मन्त्री भीम आचार्यको राजीनामा समेत माग्ने तयारी भइरहेको धमलाले बताए । पर्यटन बोर्डले निजी क्षेत्रको नाममा जसलाई पनि समेटेको तर साँच्चिकै व्यवसायीलाई पाखा लगाइएको उनको आरोप छ । ‘हामी शान्तिपूर्ण आन्दोलन जारी राख्छौं,’ उनले भने, ‘माग पूरा नभएसम्म पछाडि हट्दैनौं र बोर्डमा काम पनि हुन दिँदैनौं ।’
पर्यटन बोर्ड ऐनमा काम कार्यकारी प्रमुखको व्यवस्था उल्लेख नभएको भन्दै उनले कानुनभन्दा माथि कोही नहुने बताए । ‘त्यसमाथि एउटै व्यक्ति कामु कार्यकारी प्रमुख र कार्यकारी प्रमुख छनौटमा प्रतिस्पर्धी पनि हुन पाइँदैन,’ उनले भने, ‘त्यही भएर कामु कार्यकारी प्रमुख निरौलालाई तुरुन्त पदबाट हटाइनुपर्छ ।’
पर्यटन बोर्ड सञ्चालक समितिका अध्यक्ष तथा पर्यटन मन्त्रालयका सचिव घिमिरेले भने धमलाको भनाइको ठाडै प्रतिवाद गरे । ‘कामु कार्यकारी प्रमुख निरौलालाई पदबाट बर्खास्त गर्ने अधिकार मलाई छैन, त्यसमाथि अदालतमा विचाराधीन मुद्दामा केही गर्न मिल्दैन,’ उनले नागरिकसँग भने, ‘उट्पट्याङ माग राखेर आन्दोलन गर्नुको औचित्य छैन ।’
सचिव घिमिरेले बोर्डको आर्थिक विनियम सार्वजनिक खरिद ऐनमा नबाझिने बताए । ‘सार्वजनिक संस्थानहरूको कार्यप्रकृति अनुसार आर्थिक विनियम बनाउने गरिन्छ, बोर्डमा पनि त्यसरी बनाइएको हो,’ उनले भने, ‘बदमासी भएको छ भने कानुनअनुसार सबैलाई कारबाही हुन्छ । प्रत्येक खर्चको हिसाबकिताब हुन्छ । बोर्डको आर्थिक विनियममा त्यस्तो ठूलो त्रुटि छ भने छलफल गरेर सच्च्याउन सकिन्छ ।’
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटन प्रवद्र्धनका काम रोकेर व्यवसायीले मुलुकको छवि धुमिल पारिरहेको आरोप लगाउँदै उनले सञ्चालक समितिको बैठक बोलाउनु ठूलो कुरा नभएको बताए । ‘बैठक बोलाउनुअघि आन्दोलन फिर्ता लिनुपर्छ । सबैभन्दा पहिला निजी क्षेत्रले बोर्डको दैनिक काम गर्ने वातावरण बनाइदिनुपर्छ,’ उनले भने, ‘धर्ना, आन्दोलन र सडकमा उफ्रेर समस्या समाधान हुँदैन । बसेर छलफल गरौं समस्या समाधान भइहाल्छ, यो ठूलो कुरो होइन ।’
सचिव घिमिरेले भारत भ्रमण सकेर पर्यटन मन्त्री आचार्य फर्किनासाथ पर्यटन बोर्डमाथि लागेका आरोपलगायत विषय सम्बोधन गर्न छानविन समिति गठन गर्ने जानकारी दिए ।
आन्दोलनरत व्यवसायीको तारो बनेका कार्यकारी प्रमुख निरौला पनि पर्यटन संयोजन समितिका नाममा व्यवसायीले अनावश्यक बखेडा झिकेको उल्टै आरोप लगाउँछन् । ‘पर्यटन मन्त्रीलाई माग बुझाउने अनि घेराउ गर्न पर्यटन बोर्ड आउने ?,’ उनले नागरिकसँग भने, ‘सक्नेले सिँहदरबार घेरे हुन्छ । पर्यटन मन्त्रालय त्यहीँभित्र छ ।’
व्यवसायीले आन्तरिक र वाह्य दुवै पर्यटन प्रवद्र्धनका काम ठप्प पारेर झन् समस्या निम्त्याइरहेको उनको भनाइ छ । नियम, कानुन, विनियममा आपत्ति भए छलफल गरेर समस्या समाधान गर्न सकिने भए पनि व्यवसायी अराजकतामा उत्रिएको उनले आरोप लगाए ।
‘बोर्डको विनियम बनाउँदा निजी क्षेत्रका पाँच सदस्य पनि थिए केहीले यसमा हस्ताक्षरसमेत गरेका छन्, तर अहिले आएर उनीहरू नै विरोध गरिरहेका छन्,’ निरौलाले भने, ‘त्यसमाथि विनियम संशोधन गर्नुपर्छ भन्ने अधिकार अहिले आन्दोलनरत समितिलाई छैन । यो उसको चासोको विषय होइन । हामीले सरकारलाई हिसाबकिताब बुझाउने हो, त्यसबाहेक जसले जे–जे माग गर्दै हिँड्छन्, त्यो पूरा गनुपर्छ भन्ने छैन ।’