प्रदेश संग्रहालयलाई अनुसन्धानको केन्द्र बनाउन निर्देशन
३१ साउन २०७८
•
२ मिनेट पाठ
प्रदेश संग्रहालयलाई अनुसन्धानको केन्द्र बनाउन निर्देशन
प्रदेश संग्रहालयको निरीक्षण गर्दै सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढाक्षेत्री । तस्बिर : नगेन्द्र/नागरिक
सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले प्रदेश संग्रहालयलाई अध्ययन तथा अनुसन्धानको केन्द्र बनाउन निर्देशन दिएका छन्। मन्त्री बुढाक्षेत्रीले कर्णाली धार्मिक, सांस्कृतिक र ऐतिहासिक पूरातात्विक महत्वको केन्द्र भएकाले संग्रहालयमा यसको प्रतिबिम्ब झल्कनुपर्ने बताए।  




‘कर्णाली प्रदेश धार्मिक, सांस्कृतिक, प्राकृतिक, रहनसहन र पुरातात्विक महत्वको केन्द्र हो,’ उनले भने, ‘त्यसको प्रतिबिम्ब प्रदेश संग्रहालयमा झल्किनुपर्छ।’ मन्त्री बुढाक्षेत्रीले कर्णालीको भाषा, संस्कृति र परम्पराको अध्ययन केन्द्रको रुपमा पनि संग्रहालयलाई विकास गर्नुपर्ने बताए। ‘कर्णालीमा आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई प्रदेशको बारेमा जान्न र बुझाउन संग्रहालयको महत्वपूर्ण भूमिका रहन्छ,’ उनले भने, ‘सोही अनुसारको पूर्वाधार, अध्ययन सामग्री र संग्रहहरु हुन आवश्यक छ।’

मन्त्री बुढाक्षेत्रीले संग्रहालयमार्फत कर्णालीका १० वटै जिल्लाका पर्यटकीय, सांस्कृतिक, धार्मिक एवम् पुरातात्विक महत्व बोकेका क्षेत्रहरुको बारेमा जानकारी दिन आवश्यक रहेको बताए। ‘कर्णालीका सबै जिल्लाहरु सांस्कृति, धार्मिक, पुरातात्विक महत्वका स्थलहरु हुन्,’ उनले भने, ‘ति क्षेत्रहरुका बारेमा संग्रहालयमा आएका पर्यटकहरुलाई जानकारी दिने गरेर तयारी गर्न आवश्यक छ।’

मन्त्री बुढाक्षेत्रीले चालू आर्थिक वर्षभित्र सबै कर्णालीका पर्यटकीय, धार्मिक, सांस्कृति र पुरातात्विक क्षेत्रको भिडियो डकुमेन्ट्री तयार गरेर संग्रहालयमा आउने पर्यटकहरुलाई देखाउने वातावरण बनाउन पनि निर्देशन दिए।  

कार्यक्रममा संग्रहालयका प्रमुख डबलप्रसाद शर्माले कार्यालयले गरिरहेका कामहरु र भावी योजनाका बारेमा जानकारी गराएका थिए। उनले पुस्तकालय भवन नबन्दा संग्रहालयमा आउने पर्यटकहरुलाई कर्णालीका बारेमा बुझाउन समस्या भइरहेको बताए। 

कार्यालय प्रमुख शर्माले अघिल्लो वर्ष बजेट भएर पनि कर्णालीका धार्मिक, पर्यटकीय, सांस्कृतिक एवम् पुरातात्विक महत्वका क्षेत्रको संग्रह तयार गर्न नसकेको बताए।
अर्को समाचार
अनुसन्धानको केन्द्र बन्दै इको प्यानल नेपाल
२९ साउन २०७८
•
२ मिनेट पाठ
अनुसन्धानको केन्द्र बन्दै इको प्यानल नेपाल
साधारणतया उद्योगपतिले आफनो उद्योग स्थापनाको उद्देश्य नाफालाई केन्द्रित गर्छन् तर भक्तपुरको एउटा उद्योग भने नाफासँगसँगै अनुसन्धान केन्द्रको रुपमा विकास गर्ने लक्ष्यका साथ अगाडि बढेको छ। भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं २ झौखेलस्थित इको प्यानल नेपालले विषयसँग सम्वन्धित विद्यार्थी तथा अन्यलाई अनुसन्धान गर्न दिने केन्द्रका रुपमा विकास गर्ने योजनाका साथ अगाडि बढाएको जानकारी गराएको छ।  




उद्योग पूर्ण रुपमा सञ्चालनमा नआउँदै यो उद्योगले अनुसन्धानका लागि ठाउँ दिन थालेको छ। उद्योगमा काठमाडौं विश्वविद्यालयका तीनजना विद्यार्थीले अहिले इन्टर्नशिप गरिरहेका छन्। विश्वविद्यालयमा वीई केमिकल इन्जिनियरिंग चौथौ वर्ष अध्ययनरत तीन जना विद्यार्थीहरु रसहरल ध्वजू, रोजिश प्रजापति र उर्गेन तामाङले दुई महिने इन्टर्नशिप गरिरहेका हुन्। विश्वविद्यालयको केमिकल साइन्स एण्ड इन्जिनियरिंग डिपार्टमेन्ट अन्तर्गतका उनीहरुले आफनो पाठ्यक्रम अनुसार त्यहाँ इन्टर्नशिप गरिरहेका हुन्।  

इको प्यानल नेपालका प्रमुख कार्यकारी अधिकृत (सीईओ) इन्जिनियर कृष्णभक्त दुवालले आफ्नो उद्योगलाई अनुसन्धान केन्द्रको रुपमा पनि विकास गरी लैजाने योजनाकासाथ विद्यार्थीलाई ठाउँ दिएको जनाए। चीनको उहान युनिभर्सिटी अफ टेक्नोलोजीमा रिसोर्सेस एण्ड इनभारामेन्टल साइन्समा पीएचडीरत दुवालले अनुसन्धानको महत्व ठूलो रहेकाले आफूहरुले उद्योलाई अनुसन्धान केन्द्रको रुपमा विकास गर्ने योजनाका साथ सुरुवात गरेको जनाए। 

‘अनुसन्धानले नयाँ तथ्य फेला पर्छ र यो सम्पूर्ण विश्ववासीका लागि नै उपयोगी हुन्छ, दुवालले नागरिकसँग भने, ‘यसकारण हामीले सामाजिक उतरदायित्वलाई पनि ध्यान दिँदै उद्योगलाई अनुसन्धान केन्द्रको रुपमा विकास गर्ने योजनालाई पनि विशेष प्राथमिकता दिएका हौं।’  

उद्योगमा इन्टर्नशिप गरिरहेका विद्यार्थीमध्येका एक उर्गेन तामाङले पाठयक्रम र पाठयपुस्कत अनुसार उद्योगमा प्रत्यक्ष अध्ययनअनुसन्धान गर्न पाउँदा सिक्ने मौका फराकिलो भएको बताए। यसले आफूहरुको ज्ञान आर्जनमा फराकिलो मात्रै नभई आफूले पाएको ज्ञान देश र समाजको हितमा प्रयोग गर्ने भएकोले सवैका लागि हित हुने बताए।

काठमाडौं विश्वविद्यालय स्कुल अफ इन्जिनियरिंग डिपार्टमेन्ट अफ केमिकल साइन्स एण्ड इन्जिनियरिंग धुलिखेल काभ्रेपलान्चोकका हेड एण्ड एसोसियट प्रोफेसर डा राजेन्द्र जोशीले विद्यार्थीको ज्ञान आर्जनलाई फराकिलो बनाउन समयसमयमा विभिन्न इन्डष्ट्रिज कर्पाेरेशनहरुमा इन्टर्नशिपका लागि पठाउने गरेको जनाए। यसले विद्यार्थीलाई मात्रै फाइदा नगरी समग्र मुलुकलाई नै अप्रत्यक्ष रुपमा फाइदा हुने विश्वास उनले लिए।  

इको प्यानल नेपालको इको प्यानल भित्रि तथा बाहिरी पार्टेशन वालको रुपमा प्रयोग गरिने नयाँ निर्माण सामग्री हो। यो नेपालकै अहिलेसम्मको ठूलो लगानी भएको इको प्यानल कम्पनी हो। जिल्लास्थित झौखेलको १० रोपनी क्षेत्रफलमा यो उद्योग फैलिएको छ।  

इको प्यानल हुलुका हुनुका साथै भूकम्पप्रतिरोधी पनि हुन्छ। साथै यो ध्वनि प्रतिरोधी, अग्नी नियन्त्रक पनि हुन्छ। यसकारण हिजाआज इको प्यानलको माग देशैभरि बढ्दो छ।
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस