इँटा उद्योग रूपान्तरण गर्न ६ करोड डलरको कार्बन वित्त जुटाइँदै
०२ मंसिर २०८३
•
६ मिनेट पाठ
इँटा उद्योग रूपान्तरण गर्न ६ करोड डलरको कार्बन वित्त जुटाइँदै
नेपालको परम्परागत इँटा उद्योगलाई आधुनिक तथा वातावरणमैत्री बनाउने उद्देश्यले छ करोड अमेरिकी डलर (करिब रु नौ अर्ब) बराबरको कार्बन वित्त परिचालन गर्ने योजना अघि बढाइएको छ।




दिवाकर गोल्छा अर्गनाइजेसनअन्तर्गतको हुलास इको ब्रिक्स र जलवायु प्रविधि विकास गर्ने कम्पनी इनोसिएसआरको सहकार्यमा यो कार्यक्रम अघि बढाउन लागिएको हो।

दिवाकर गोल्छा अर्गनाइजेसनका निर्देशक हितेश गोल्छाका अनुसार यस योजनाअन्तर्गत आगामी तीन वर्षभित्र मुलुकभरका ३०० वटा आधुनिक इँटा उत्पादन केन्द्र स्थापना गर्ने लक्ष्य राखिएको छ।

‘यस योजनाअन्तर्गत ३०० इँटा उद्योगलाई करिब दुई लाख अमेरिकी डलर मूल्य पर्ने मेसिन उपलब्ध गराइनेछ, साथै १० वर्षपछि उक्त मेसिनको स्वामित्व सम्बन्धित उद्योगीलाई हस्तान्तरण गर्ने गरिनेछ’, उनले भने।

यो योजना हाल सञ्चालनमा रहेका इँटा उद्योगलाई विस्थापित गर्ने नभइ उनीहरुलाई निःशुल्क रूपमा नयाँ प्रविधि उपलब्ध गराउनका लागि ल्याइएको हो।

योजनाले हाल सञ्चालित इँटा उद्योगलाई सहज रूपमा नयाँ प्रविधिमा जाने अवसर उपलब्ध गराउने निर्देशक गोल्छाको भनाइ छ।

साथै यस योजनामा जोडिएको इनोसिएसआर नेपालका प्रबन्ध निर्देशक पङ्कज पाण्डेका अनुसार यस योजनाका लागि अन्तरराष्ट्रिय कार्बन क्रेडिट खरिदकर्ता, जलवायु कोष तथा वित्तीय संस्थाबाट रकम जुटाइनेछ।

यस योजनाले नयाँ प्रविधि अपनाउन उद्योगीले गर्नुपर्ने ठूलो प्रारम्भिक लगानीको भार घटाउने छ। परम्परागत इँटा उद्योगलाई विस्थापित गर्नुको सट्टा तिनलाई नै नयाँ प्रविधिमा रूपान्तरण गर्ने कार्यक्रमको उद्देश्य रहेको पाण्डेको भनाइ छ।

कार्बन क्रेडिटबाट लगानी परिचालन

निर्देशक गोल्छाका अनुसार यस कार्यक्रमको वित्तीय आधार कार्बन क्रेडिट हो। परम्परागत इँटा उत्पादनको तुलनामा नयाँ प्रविधि अपनाउँदा घट्ने हरितगृह ग्यास उत्सर्जन मापन गरी त्यसलाई कार्बन क्रेडिटमा रूपान्तरण गरिनेछ।

उनका अनुसार नयाँ प्रविधिबाट कति उत्सर्जन न्यूनीकरण भयो भन्ने विषयको अनुगमन, मापन, अभिलेखीकरण तथा प्रमाणीकरण (एमआरभी) गरिनेछ।

त्यसबाट सिर्जना हुने कार्बन क्रेडिट अन्तर्राष्ट्रिय बजारमा बिक्री गरेर प्राप्त आम्दानीलाई परियोजनाको वित्तीय स्रोतका रूपमा उपयोग गरिनेछ।

अन्तर्राष्ट्रिय बजारमा बढी कार्बन उत्सर्जन गर्ने एयरलाइन्स, प्रविधि कम्पनी तथा अन्य ठूला संस्थाले आफ्नो उत्सर्जन व्यवस्थापनका लागि कार्बन क्रेडिट खरिद गर्ने गरेका छन्।

१५ लाख टन कार्बन उत्सर्जन घटाउने लक्ष्य

कार्यक्रमअन्तर्गत प्रस्तावित ३०० उत्पादन केन्द्र पूर्णक्षमतामा सञ्चालनमा आएपछि वार्षिक करिब तीन अर्ब इँटा उत्पादन गर्न सकिने कम्पनीको अनुमान छ।

एउटा मेसिनले वार्षिक करिब एक करोड इँटा उत्पादन गर्न सक्ने र ३०० वटा केन्द्रबाट तीन अर्ब इँटा उत्पादन गर्न सकिने अनुमान गरिएको छ।

परम्परागत इँटाभट्टाको तुलनामा यस प्रविधिबाट वार्षिक करिब १५ लाख टन कार्बनडाइअक्साइड उत्सर्जन न्यूनीकरण गर्न सकिने कम्पनीको प्रारम्भिक अनुमान छ।

निर्देशक गोल्छाका अनुसार परम्परागत इँटा उत्पादन प्रक्रियामा एउटा इँटा उत्पादन गर्दा करिब ५०० देखि ५५० ग्रामसम्म कार्बन उत्सर्जन हुने गरेको छ।

नयाँ प्रविधि अपनाएपछि हुने उत्सर्जन कटौतीको मापन गरी त्यसलाई कार्बन क्रेडिटमा रूपान्तरण गरिनेछ। नेपालमा वार्षिक चारदेखि पाँच अर्बवटा इँटाको माग रहेको अनुमान छ।

इँटा उद्योगका चुनौती समाधान गर्ने अपेक्षा

परम्परागत इँटा उद्योग सञ्चालन गर्दा श्रमिक व्यवस्थापन, कोइला खरिद, जग्गा व्यवस्थापन र उत्पादनको मौसमी प्रकृति प्रमुख चुनौतीका रूपमा रहेका छन्।

एउटा परम्परागत इँटाभट्टा सञ्चालन गर्न ३०० देखि ४०० जनासम्म श्रमिक व्यवस्थापन गर्नुपर्ने र २० हजारदेखि ५० हजार टनसम्म कोइला ल्याउनुपर्ने अवस्था छ।

त्यस्तै, इँटाभट्टा सञ्चालनका लागि १०० देखि ४०० रोपनीसम्म समथर जग्गा आवश्यक पर्ने, स्थानीय समुदायको दबाब तथा वातावरणीय मापदण्डका कारण उद्योग सञ्चालन कठिन बन्दै गएको इनोसिएसआरका प्रबन्ध निर्देशक पाण्डेको भनाइ छ।  

के हो गुड ब्रिक्स प्रविधि ?

सामान्यतया इँटा बनाउन माटोलाई आकार दिएर भट्टिमा पोलिन्छ। यसका लागि ठूलो मात्रामा कोइला वा अन्य इन्धन आवश्यक पर्छ।

इन्धन बाल्दा कार्बनडाइअक्साइडलगायत विभिन्न प्रदूषक तत्त्व उत्सर्जन हुन्छन्। तर गुड ब्रिक्स प्रविधिमा इँटा उत्पादन गर्न परम्परागत रूपमा आगोमा पोल्नुपर्ने आवश्यकता पर्दैन।

यस प्रविधिमा स्थानीय रूपमा उपलब्ध माटो, सिमेन्ट र इनोसीएसआरले विकास गरेको विशेष पदार्थ ‘गुड सोइल स्टेबलाइजर’ प्रयोग गरिन्छ।

यी सामग्रीलाई आवश्यक अनुपातमा मिसाएर हाइड्रोलिक प्रेस मेसिनबाट उच्च दबाबमा थिची इँटाको आकार दिइन्छ। यसरी तयार भएका इँटालाई भट्टिमा पोल्नुपर्दैन।

यसले कोइलालगायत जीवाश्म इन्धनको खपत घटाउनुका साथै इँटा उत्पादनका क्रममा हुने वायु प्रदूषण र कार्बन उत्सर्जन न्यूनीकरणमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ।

कम्पनीका अनुसार यो प्रविधिबाट उत्पादन हुने इँटा गुणस्तर, उत्पादन क्षमता र लागतका हिसाबले परम्परागत इँटासँग प्रतिस्पर्धा गर्न सक्ने गरी विकास गरिएको हो।

यद्यपि यसको वास्तविक वातावरणीय लाभ मूल्याङ्कन गर्दा सिमेन्टलगायत कच्चा पदार्थ उत्पादनमा हुने उत्सर्जनलाई पनि समेट्नुपर्ने हुन्छ।

पुराना उद्योगसँग सहकार्य गरेर प्रविधि विस्तार

इनोसीएसआर र दिवाकर गोल्छा अर्गनाइजेसनअन्तर्गतको हुलास इको ब्रिक्सबीच सन् २०२६ अगस्टमा कार्यक्रमका लागि सम्झौता भएको थियो। सम्झौताअनुसार कम्पनीले ‘हुलास गुड ब्रिक्स’ ब्रान्डअन्तर्गत प्रविधि विस्तार गरिरहेको छ।

हुलासले दिवाकर गोल्छा अर्गनाइजेसनको औद्योगिक अनुभवसँगै देशभर रहेका एक सयभन्दा बढी डिलर तथा निर्माण सामग्रीसँग सम्बन्धित साझेदारको सञ्जाल उपयोग गर्ने योजना बनाएको छ।

यसका लागि इनोसीएसआरले आवश्यक प्रविधि र प्राविधिक सहयोग उपलब्ध गराउनेछ। यसका लागि निर्माण व्यवसायी महासङ्घ (एफक्यान) अन्तर्गतका ठूला निर्माण व्यवसायी तथा नेपाल इँटा उद्योग महासङ्घका सदस्यलाई नयाँ प्रविधि अपनाउन प्रोत्साहित गरिने पाण्डेले बताए।

नेपालमा यसअघि नै उत्पादन सुरु

गुड ब्रिक्स प्रविधि नेपालका लागि पूर्णरूपमा नयाँ भने होइन। इनोसीएसआरले यसअघि नै गोरखाको च्याङ्लिङटार, सुर्खेतको शान्तिचौर र जाजरकोटको राउतगाउँमा यो प्रविधिमा आधारित उत्पादन केन्द्र स्थापना गरेको कम्पनीले जनाएको छ।

कम्पनीले सन् २०२६ जनवरीमा सार्वजनिक गरेको विवरणअनुसार कोरिया अन्तरराष्ट्रिय सहयोग नियोग (कोइका)को आर्थिक सहयोग र रिजर्भ कार्बनसँगको साझेदारीमा ती केन्द्र स्थापना गरिएका हुन्। कम्पनीका अनुसार दुई उत्पादन केन्द्रको संयुक्त उत्पादन क्षमता मासिक करिब १० लाख इँटा रहेको छ।

कयी केन्द्रले स्थानीय निर्माण सामग्रीको माग पूरा गर्न, ढुवानी लागत घटाउन र वातावरणमैत्री इँटा उत्पादनलाई व्यावसायिक रूपमा अघि बढाउन सहयोग पुर्याउने अपेक्षा गरिएको छ।

विशेषगरी सन् २०२३ को भूकम्पबाट प्रभावित जाजरकोटजस्ता क्षेत्रमा पुनर्निर्माणका लागि स्थानीय स्तरमै निर्माण सामग्री उपलब्ध गराउने दृष्टिले पनि यो प्रविधिलाई महत्वपूर्ण मानिएको छ।

इनोसिएसआरका प्रबन्ध निर्देशक पाण्डे नेपाल सरकारले सन् २०४५ सम्म खुद शून्य कार्बन उत्सर्जनको लक्ष्य लिएको उल्लेख गर्दै त्यसका लागि पनि यस प्रविधिमा जान आवश्यक रहेको बताए।

यस कार्यक्रममा सहकार्यका लागि विभिन्न सरकारी निकायसँग पनि आफूहरुले छलफल गरिरहेको उनको भनाइ छ। रासस
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
१४ घण्टा अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
यो पनि पढौँ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस