काठमाडौं- एनसेलले एक महिनामै डाटा बजारमा दुई प्रतिशत बजार हिस्सा गुमाएको छ। डाटामा चर्काे प्रतिस्पर्धा चलिरहेकै बेला एनसेलको प्रतिस्पर्धी नेपाल टेलिकमले आफ्नो बजार बढाएको छ। अर्को कम्पनी स्मार्ट टेलिकमले पनि बजारमा आफ्नो उपस्थिति बढाएको छ।नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको २०७० फागुनको तथ्यांकमा एनसेलले डाटामा दुई प्रतिशत बजार गुमाएको विवरण छ। फागुनको म्यानेजमेन्ट इन्फर्मेसन सिस्टम (एमआइएस) अनुसार डाटा बजारमा एनसेलको ४६ प्रतिशत र नेपाल टेलिकमको ५२ प्रतिशत हिस्सा छ।
तथ्यांकअनुसार माघसम्म एनसेलको बजार हिस्सा ४८ र नेपाल टेलिकमको ५० प्रतिशत थियो। फागुनमा एनसेलको घटेर ४६ र टेलिकमको बढेर ५२ प्रतिशत पुगेको छ। डाटा बजारमा युटिएल र अन्य इन्टरनेट सेवा प्रदायकको एक–एक प्रतिशत हिस्सा छ।
डाटा बजारमा एक वर्षमै एनसेलको हिस्सा पाँच प्रतिशतले घटेको छ। २०६९ फागुनमा ५१ प्रतिशत रहेको एनसेलको बजार हिस्सा २०७० फागुनमा ४६ मा ओर्लेको छ। टेलिकमले भने समीक्षा अवधिमा ४६ प्रतिशतबाट ५२ प्रतिशत पु¥याएको छ। भ्वाइसपछि डाटा सेवा आम्दानीको ठूलो स्रोत हुन थालेपछि सेवाप्रदायक बीच यसैमा प्रतिस्पर्धा छ। जिएसएम मोबाइलमा प्रतिस्पर्धी मानिएका टेलिकम र एनसेल दुवै अहिले आफूलाई डाटा बजारमा केन्द्रित गर्न थालेका छन्।
एक वर्षमा एनसेलले टेलिफोनको बजार हिस्सा पनि गुमाएको छ। २०६९ फागुनमा ४९ प्रतिशत रहेको एनसेलको टेलिफोन बजार हिस्सा २०७० फागुनमा ४८ प्रतिशतमा झरेको छ। २०७० माघमा पनि एनसेलको टेलिफोन बजार ४८ प्रतिशतमा नै सीमित थियो। टेलिकमको भने टेलिफोनमा २०६९ फागुनमा ४४ र २०७० फागुनमा आइपुग्दा पनि ४४ प्रतिशत नै बजार हिस्सा छ। एनसेलको हिस्सा प्रतिशतमा घटेको र टेलिकमको स्थिर देखिए पनि दुवै कम्पनीले डाटा र फोनमा ग्राहक संख्या भने तीव्र रुपमा थपेका छन्।
टेलिफोनको बजार हिस्सामा भने स्मार्ट टेलिकम अघि बढिरहेको छ। स्मार्टको २०६९ फागुनमा तीन प्रतिशत रहेको बजार हिस्सा २०७० माघमा चार र फागुनमा पाँच प्रतिशत पुगेको छ। यो अवधिमा युटिएलले पनि बजार हिस्सा गुमाएको तथ्यांकले देखाउँछ। २०६९ फागुनसम्म तीन प्रतिशत रहेको युटिएलको बजार हिस्सा २०७० माघमा तीन प्रतिशत नै थियो। फागुनमा आइपुग्दा दुई प्रतिशतमा झरेको छ।
प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार जनसंख्याको ८७.२० प्रतिशतमा टेलिफोन र ३०.९९ प्रतिशतमा इन्टरनेटको पहुँच पुगेको छ। टेलिकमले फिक्स्डको पिएसटिएन र वायरलेस तथा मोबाइलको जिएसएम र सिडिएमए प्रविधिमार्फत सेवा दिएको छ। एनसेलले मोबाइलको जिएसएममार्फत मात्र आफ्नो सेवा दिन्छ। जिएसएम सेवामा टेलिकमलाई एनसेलले पछि पारेको छ। २०७० फागुनसम्ममा एनसेलको जिएसएम सेवामा एक करोड ११ लाख ६९ हजार एक सय ३० प्रयोगकर्ता छन् भने टेलिकमको ८४ लाख २९ हजार ४० सेवाग्राही छन्। मोबाइल सेवामात्र प्रयोग गर्ने ७७.९२ पुगेको प्राधिरकणको तथ्यांकमा छ।