काठमाडौं- वायुसेवा कम्पनी र ट्राभल एजेन्सीको मिलेमतोमा (कार्टेलिङ) मलेसिया र खाडी मुलुकको सस्तो भाडाको हवाई टिकट महँगोमा बेच्न नरोके रोजगार व्यवसायीले कामदार पठाउनै रोक्ने चेतावनी दिएका छन्।नेपाल वैदेशिक रोजगार व्यवसायी संघले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै १५ दिनभित्र टिकटको मूल्य नघटाए त्यसपछि कामदार विदेश नपठाउने जनाएको हो। संघका अध्यक्ष हंशराज वाग्लेले हस्ताक्षर गरेको विज्ञप्तिमा नेपालीलाई कामको लागि विदेश जान नदिने उद्देश्यले दिनदिनै हवाई भाडा बढाएको आरोप लगाइएको छ। भाडा नघटाए विरोधका थप कार्यक्रम घोषणा गर्ने र कामदारलाई विदेश पठाउनै रोक्ने संघको योजना छ।
‘वैदेशिक रोजगारीमा जाने नेपालीको वास्तविकतालाई ध्यानै नदिई, सरोकारवालासँग सामान्य छलफलसमेत नगरी एकतर्फी रुपमा भाडा वृद्धि गरिएकोमा संघको गम्भीर ध्यानाकर्षण भएको' विज्ञप्तिमा छ। हवाई भाडा घटाउने पहल गरिदिन संघले सम्बन्धित पक्षलाई आग्रह गरेको छ।
यो मागको बेवास्ता गरे दबाबका कार्यक्रम गर्नुपर्ने भन्दै संघले उडाउनुपर्ने कामदारको व्यवस्था १५ दिनभित्र गरिसक्न रोजगार व्यवसायीलाई सुझाएको छ।
अध्यक्ष वाग्लेले १५ दिनभित्र भाडा समायोजन नभए केही साता कामदार विदेश नपठाएर दबाब दिने चेतावनी दिए। वाग्लेले नेपालबाट धेरै कामदार जाने भएकाले वायुसेवा र ट्राभल एजेन्सीको मिलेमतोमा टिकटको मूल्य बढाइएको बताए। नेपालबाट दैनिक १५ सय हाराहारी कामको सिलसिलामा बिदेसिन्छन्।
वायुसेवा र ट्राभल एजेन्सी मिलेर बजेट एयरलायन्सको टिकट समेत महँगोमा बेचिरहेकोे म्यानपावर व्यवसायीको भनाइ छ। एयर एसिया, मलेसियन एयरलायन्स, नेपाल एयरलायन्स, कतार एयरवेज, एयर अरेबिया, विमान बंगलादेश, युनाइटेड एयरवेज, थाई एयरवेज लगायतले नेपाली कामदारको प्रमुख गन्तव्य मलेसिया, कतार, साउदी अरब जाने टिकट नेपालस्थित जनरल सेल्स एजेन्ट र ट्राभल एजेन्सीसँगको मिलेमतोमा बढी मूल्यमा बेचेको रोजगार व्यवसायी बताउँछन्।
व्यवसायीले सिलिङ ट्राभल, सेरा ट्राभल, हार्भेस्ट मुन ट्राभल, गण्डकी ट्राभल, मुस्कान ट्राभल, ओशो ट्राभल, लायन्स ट्राभल, प्रेसिडेन्ट ट्राभललगायतले बढी मूल्यमा टिकट बेचेको संघलाई जानकारी गराएका छन्।
व्यवसायीका अनुसार २२ हजार पर्ने साउदी अरबको टिकट ५५ हजारसम्म र त्यत्ति नै पर्ने मलेसियाको टिकट ३८ हजार रुपैयाँसम्ममा बिक्री भइरहेको छ।