कोरोनाले सोलार आयोजनाको अवधि लम्ब्यायो
०३ भदौ २०७८
•
२ मिनेट पाठ
कोरोनाले सोलार आयोजनाको अवधि लम्ब्यायो
तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौताराको सोलार फार्ममा जडान गरिएको सोलार प्यानल । तस्बिर ः विनोद ढुंगाना÷नागरिक
कोरोना महामारीको प्रभावले तनहुँमा निर्माणाधिन सोलार आयोजनाको निर्माण अवधि लम्बिएको छ । शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा सोलार फार्म प्रालीले निर्माण गरिरहेको ५ मेगावट क्षमताको आयोजना दुईबर्ष अगाडि नै सक्ने लक्ष्य थियो । नेपाल विधुत प्राधिकरणसँगको पिपिए सम्झौतामा २०१९ जुलाईमा विद्युत उत्पादन गर्ने उल्लेख थियो ।  




सुरुमा आयोजनाका लागी भारतबाट ल्याईने सामाग्रीको नेपाल सरकारबाट भन्सार शुल्क छुटको व्यवस्था मिलाउन लामो समय लाग्दा आयोजनाको काममा ढिलाई भयो । त्यसलगत्तै विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना संक्रमणले पनि तोकिएको मितिमा आयोजना सम्पन्न गर्न नसकेको स्थानीय व्यवस्थापक हरिकुमार श्रेष्ठले बताए । ‘लकडाउनको बेला भारतबाट ल्याउनुपर्ने सामग्री ल्याउनै समस्या भयो । भारतीय कामदारको पनि अभाव हुन गयो’, उनले भने, ‘त्यसले गर्दा काममा ढिलाई भएको हो ।’

आयोजनाको अवधिसंगै लागतमा पनि वृद्धी भएको श्रेष्ठले जनाए । उनका अनुसार ४२ करोड रुपैयाँमा आयोजना सक्ने लक्ष्य थियो । अहिले ४ करोड रुपैयाँ लागत बढेको छ । यो बर्षको सेप्टेम्बरसम्म विद्युत उत्पादन थाल्ने कम्पनीको लक्ष्य छ । विद्युत उत्पादन भएपछि ६ बर्षमा लगानी सुरक्षित हुने श्रेष्ठले दाबी गरे ।  

आयोजनाको हाल ८५ प्रतिशत काम सकिएको छ । सोलार प्यानल जडानको काम भईरहेको आयोजनाका इञ्जिनियर रवीन्द्र ढुंगानाले जानकारी दिए । ‘७५ प्रतिशत प्यानल जडान सकिएको छ । बाँकी प्यानल भारतबाट आउँदैछ । ढुवानी भईसकेको छ, एक दुई दिनमा आईपुग्छ,’ उनले भने । इञ्जिनियर ढुंगानाका अनुसार साढे १३ हजार प्यानल जडान गरेर विद्युत उत्पादन गरिनेछ ।
आयोजनास्थलको मास्टर कन्ट्रोल रुममा उपकरण जडानको काम भईरहेको उनले जनाए । आयोजनाबाट बेलचौतारा शवस्टेसनसम्म विद्युत लैजानलाई पोल गाडेर सकियो । तार जडानको काम अन्तिम चरणमा छ । शवस्टेसनमा सिभिलतर्फको काम सकिएको छ भने बाँकी काम अबको २० दिनमा सकिने ढुंगानाले बताए । उनले भने, ‘अबको महिना दिनभित्र विद्युत चार्ज गर्ने लक्ष्यका साथ काम गरिरहेका छौं ।’

बेलचौतारास्थित भानुभक्त बहुमुखी क्याम्पसको १ सय १० रोपनी जग्गा भाडामा लिएर आयोजना निर्माण थालिएको हो । क्याम्पसलाई जग्गा भाडा बर्षको १४ लाख ५२ हजार रुपैयाँ बुझाउने सम्झौता छ । सम्झौता अनुसार २५ बर्षसम्म आयोजनाले जग्गा उपभोग गर्नेछ । उक्त अवधि सकिएपछि पुन ५ बर्ष थप्न मिल्ने प्रावधानको व्यवस्था गरिएको आयोजनाले जनाएको छ ।

यहाँ उत्पादन भएको विद्युत नेपाल विद्युत प्राधिकरणको बेलचौतारा शवस्टेसनमा लगेर राष्ट्रिय प्रसारण लाईनमा जोडिनेछ । सोलार आयोजना र शवस्टेसनको दुरी ६ सय मिटर मात्र छ । पिपिए सम्झौता अनुसार यहाँ उत्पादित ५ मेगावटसम्म ७.३० रुपैयाँमा प्राधिकरणले विद्युत खरिद गर्नेछ । ५ मेगावाट बढीको ३.६५ रुपैयाँमा आयोजनाले बेच्नुपर्नेछ ।  

आयोजनाले ६.३ मेगावाट उत्पादन गर्नेगरी संरचना निर्माण भईरहेको दाबी गरेको छ । स्थानीय र एनआरएनए मिलेर सोलार आयोजनामा ४० जनाले लगानी गरेका छन् । तीन बर्ष अगाडी सुरु भएको बेलचौताराबाट विद्युत उत्पादन हुन थालेपछि मुस्ताङ लगायतका विभिन्न स्थानमा पनि नयाँ सोलार आयोजनाको काम थाल्ने कम्पनीले जनाएको छ ।
अर्को समाचार
शुक्लागण्डकीमा युवासँग उपप्रमुख कार्यक्रम : युवालाई उत्पादनसँग जोडिने
०४ पौष २०८०
•
४ मिनेट पाठ
शुक्लागण्डकीमा युवासँग उपप्रमुख कार्यक्रम : युवालाई उत्पादनसँग जोडिने
तनहुँको शुक्लागण्डकी नगरपालिकामा युवासँग उपप्रमुख कार्यक्रम सञ्चालन हुने भएको छ। बाँझो जमिनमा उत्पादन केन्द्रित कार्यक्रम लागू गर्ने उद्देश्यसहित नगरपालिकामा युवासँग उपप्रमुख कार्यक्रम सुरु गर्न लागिएको हो।




यसका लागि कृष्मी बहुउद्देश्यीय सहकारी संस्था र नगरपालिकाबीच सम्झौता भएको छ। सम्झौतापत्रमा सहकारीका तर्फबाट अध्यक्ष मनराज गुरुङ र नगरपालिकाका तर्फबाट शिक्षा तथा युवा शाखाका प्रमुख नवराज चापागाईंले हस्तान्तरण गरेका छन्।

बाँझो जमिनमा उत्पादन केन्द्रित कार्यक्रम लागू गर्ने र उत्पादित वस्तुको जिम्मा नगरपालिकाको रोहवरमा सहकारीले लिने गरी युवासँग उपप्रमुख कार्यक्रम सञ्चालन गर्न लागिएको सहकारीका अध्यक्ष मनराज गुरुङले जानकारी दिए।

आर्थिक वर्ष २०८०-८१ मा नगरपालिकाका तर्फबाट उक्त कार्यक्रम सञ्चालन गर्न बजेट विनियोजन भएको छ। नगरपालिकाका तर्फबाट १० लाख रकम र बाँकी सहकारीको साझेदारी रहने अध्यक्ष गुरुङले बताए।  

यस कार्यक्रमअन्तर्गत माटोको जैविकता जोगाउने, रैथाने बीउहरूको संरक्षणका लागि बीउ बैंक स्थापना गर्ने लक्ष्य छ। त्यस्तै, उत्पादनमूलक कार्यक्रमअन्तर्गत कफी, जरे बाली (अदुवा, बेसार, पिडालु, तरुल), रैथाने गेडागुडी (मास, मस्याङ, बोडी, सिमी), मरिच र टिम्मुर खेती गरिने छ। उनले भने, ‘किसानहरूको समूह गठन गरी उत्पादन केन्द्रित अभियान सञ्चालन गरिने छ। किसानहरूले उत्पादन गरेको कृषिउपज सामग्री सहकारीले खरिद गर्ने र बजारीकरणमा सहयोग पुर्‍याउने छ।’

युवालाई उत्पादनमा जोड्न युवासँग उपप्रमुख कार्यक्रम ल्याइएको नगरपालिकाका उपप्रमुख खुमबहादुर विकले बताए। उनले भने, ‘युवाशक्ति नहुँदा खेतबारी बाँझो हुने क्रम बढेको छ। युवाशक्तिलाई उत्पादनसँग जोड्न सकिए आत्मनिर्भर बनाउन सकिन्छ।’

प्राकृतिक स्रोतसाधन उपयोग गरी परापूर्वकालदेखि उत्पादित वस्तु र विधिमा नयाँ प्रविधिको समायोजन गरी व्यावसायिक उत्पादन गर्ने उद्देश्यसहित शुक्लागण्डकी नगरपालिकामा गत कात्तिकमा कृष्मी बहुउद्देश्यीय सहकारी संस्था गठन भएको थियो।

रासायनिक मल र विषादीको अत्यधिक प्रयोगबाट जनस्वास्थ्यमा पुग्न गएको दीर्घकालीन स्वास्थ्य समस्यालाई दृष्टिगत राखी प्राकृतिक खेती प्रणालीमार्फत विषादीरहित खाना खाने अभियान सहकारीले गर्ने अध्यक्ष गुरुङको भनाइ छ। उनले भने, ‘रैथाने कृषि वस्तुको प्राकृतिक विधिबाट उत्पादन, प्रशोधन र आफ्नै ब्रान्डिङमार्फत बजारीकरणसम्मको कार्य संस्थाको हुनेछ।’

शुक्लागण्डकी नगरपालिका ४, ९ र १२ संस्थाको कार्यक्षेत्र रहे पनि नगरपालिकाको अनुमति र समन्वयमा १२ वटै वडामा संस्थाले कार्यक्रम तथा गतिविधि गर्ने जनाइएको छ। संस्थापक सेयर सदस्य ३० जनाबाट सुरु गरिए पनि निकट भविष्यमा पाँच सयजना सेयर सदस्य पु¥याउने लक्ष्य राखिएको अध्यक्ष गुरुङको भनाइ छ।

हाललाई दुई करोड रूपैयाँ पुर्‍याउने र निकट भविष्यमा पाँच करोड चुक्ता पुँजी पुर्‍याउने संस्थाको लक्ष्य छ। मासिक एक हजार बचत गर्ने करिब एक हजार सदस्य बनाउने र अन्य बचत रकम संकलन तथा ऋण प्रवाहमार्फत करिब पाँच हजार सदस्य संगठित गर्ने योजना छ।

हरेक उपभोक्ता अत्यधिक विषादी र रासायनिक मल प्रयोग भएको खाद्यवस्तु उपयोग गर्न बाध्य भएको परिप्रेक्ष्यमा शुक्लागण्डकी नगरपालिकासँगको सहकार्यमा १० हजार घरधुरीमा बायोडायनामिक विधिबाट रासायनिक मल र विषादीरहित करेसाबारी सुधार कार्यक्रम गरिने सचिव ऋषेश्वर भुवाईले जानकारी दिए।

उनले भने, ‘यो अभियानबाट कम्तीमा पाँच हजार घरधुरीलाई मझौला व्यावसायिक तरकारी उत्पादक कृषकका रूपमा विकास गरी शुक्लागण्डकी नगरपालिकालाई हरियाली प्राकृतिक कृषि अभियानको नमुना नगरपालिकाका रूपमा विकास गर्न प्रेरित गर्नेछ।’

छरिएर रहेको पुँजीलाई एकीकृत गरी आयआर्जनको पाटोलाई बलियो बनाउँदै किसानको जीवनस्तर सुधार गर्ने उद्देश्यका साथ संस्था स्थापना गरिएको कोषाध्यक्ष सरोज पौडेलले जानकारी दिए।

संस्थाले महिलाहरूको बचत तथा लघु उद्यम सञ्चालन गर्न सामूहिक जमानीमा कर्जा प्रवाहका लागि कृष्मी महिला बचत समूह गठन गर्ने छ। समूहमार्फत मासिक बचत, सामूहिक जमानिमा कर्जा प्रवाह, वित्तीय साक्षरता, लघुु उद्यमीसम्बन्धी सचेतनालगायतका कार्य गर्ने उनको भनाइ छ।

संस्थाले कृषकलाई प्रोत्साहनस्वरूप कृषक समृद्धि बचत खाता सञ्चालन गर्ने र जसमा एक लाख रूपैयाँ जम्मा गर्नुपर्ने छ। त्यसका लागि कम्तीमा दुई वर्षसम्म बचत गर्नुपर्ने र यो योजनाअन्तर्गत सबैभन्दा धेरै ब्याजदरसँगै बचत रकमको तीन प्रतिशत थप रकम प्रोत्साहनस्वरूप प्राप्त गर्ने जनाइएको छ।–रासस
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस