काठमाडौं- वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले श्रम बैंक खोल्ने तयारी थालेको छ। वैदेशिक रोजगारीमा जाने कामदारले कल्याणकारी कोषमा जम्मा भरेको रकम परिचालन गर्न बोर्डले बैंकको अवधारणा अघि सारेको हो।यस प्रयोजनका लागि बोर्डले श्रम तथा रोजगार मन्त्रालयका सल्लाहकार रमेश कोइरालाको संयोजकत्वमा अध्ययन समितिसमेत बनाएको छ। बोर्डको बैठकमा श्रम बैंक खोल्न र राष्ट्र बैंकको नियम अध्ययन गर्न कोइरालालाई संयोजक बनाइएको बोर्ड सदस्य वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष हंशराज वाग्लेले बताए।
बोर्डसँग कल्याणकारी कोषमा दुई अर्ब ५० करोड रुपैयाँ जम्मा भएको छ। कल्याणकारी कोष र सरकारी तथा गैरसरकारी क्षेत्रका कर्मचारीको तलबबाट एक प्रतिशत कट्टा गरेर जम्मा भएको सामाजिक सुरक्षा कोषको रकम मिलाएर वाणिज्य स्तर बैंक बनाउने तयारी थालिएको बोर्डले जनाएको छ। बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले श्रम बैंक खोल्ने विषयमा छलफल र तयारी भइरहेको बताए।
‘श्रमिकको हितका लागि सामाजिक कल्याणकारी काम हुने गरी बैंक स्थापनाको अवधारणा छ। विकास बैंक कि वाणिज्य बैंक विषयमा पनि अहिले छलफल भइरहेका छ,' उनले सोमबार नागरिकसँग भने, ‘सामाजिक सुरक्षा कोषको रकम पनि मिसाउन सकियो भने वाणिज्य बैंक पनि हुन सक्छ।' सामाजिक सुरक्षा कोषमा ६ अर्ब रुपैयाँभन्दा बढी पैसा छ।
संसारका कतिपय देशमा श्रम बैंकको अवधारणा छ। ‘हामीकहाँ पनि ठूलो संख्यामा कामदार विदेश जाने र रेमिटेन्स पठाउने हुनाले उनीहरुकै योगदानमा जम्मा भएको रकम परिचालन गर्न श्रम बैंक स्थापना गर्ने तयारी थालिएको हो,' काफ्लेले भने, ‘राष्ट्र बैंकले अहिले बैंक खोल्न अनुमति दिँदैन। तर पुँजी ठूलो भएपछि स्वीकृति पाउने सम्भावना पनि हुन्छ। त्यसैले बोर्ड, सामाजिक सुरक्षा कोष र अरु यस्तै रकम मिसाएर पुँजी बढाउन सकिन्छ।' सरकारले निर्णय गरे राष्ट्र बैंकले स्वीकृति दिने उनले बताए।
प्रवर्द्धन बोर्डमा जम्मा भएको पैसा १५ वटा बैंकमा वार्षिक ६ प्रतिशत ब्याजमा राखिएको छ। श्रम बैंकको स्थापनापछि कामदारकै हितमा हुने गरी काम हुने बोर्डका सदस्य तथा संघका अध्यक्ष वाग्ले बताउँछन्। ‘श्रम बैंकस्थापनापछि विदेश जाने कामदारलाई बिनाधितो ऋण दिने। फर्किएर आउनेलाई तालिमका लागि सहयोग गर्ने लगायतका कार्यक्रम हुन्छ। यसले कामदारलाई नै फाइदा हुन्छ,' उनले भने। नेपालमा अर्बाैं विप्रेषण आउने र त्यो रकम पनि श्रम बैंककै च्यानलबाट ल्याउँदा आफन्तलाई भुक्तान गर्न सजिलो हुने उनले बताए।
बोर्डको रकममा अरु पनि मिसाउन सकिने उनले बताए। ‘यसमा व्यवसायी पनि प्रवर्द्धक हुन सक्छन्, व्यवसायीको तर्फबाट पनि एक अर्ब ५० करोड रुपैयाँ लगानी हुन्छ,' उनले भने।
सोमबारको प्रवर्द्धन बोर्ड बैठकमा संयोजकले आगामी बैठकमा अवधारणा पेस गर्नुपर्ने निर्णयसमेत भएको कार्यकारी निर्देशक काफ्लेले जानकारी दिए।
हाल केन्द्रीय बैंकले वाणिज्य बैंक खोल्ने अनुमति दिन रोकेको छ। राष्ट्र बैंकले १० अर्बसम्म चुक्ता पुँजी भएको संस्था भए विचार गर्न सकिने संकेत दिएको स्रोतले बतायो। बोर्डमा दुई अर्ब ५० करोड, सामाजिक सुरक्षा कोषमा ६ अर्ब र व्यवसायीले डेढ अर्ब लगानी गराएर बैंक स्थापना गर्ने सकिने बोर्डले जनाएको छ।
अभिमुखीकरण संस्थाको अनुगमन कडा हुने
सोमबारको बैठकमा अभिमुखीकरण तालिम संस्थाले प्रभावकारी तालिम नदिएको गुनासो बढेपछि तिनको अनुगमन कडा गर्ने निर्णय भएको छ। बोर्ड कार्यकारी निर्देशक काफ्लेले अभिमुखीकरण तालिम दिने संस्थाको कामकारबाहीप्रति चर्को गुनासो आएकोले तिनको अनुगमन प्रभावकारी बनाउन सेल नै बनाउने निर्णय भएको बताए। सेलमार्फत निरन्तर तीन महिना कडा अनुगमन हुने र त्यसबाट पाएको सुझावअनुसार स्थायी रुपमै प्रभावकारी अनुगमन गर्ने निर्णय भएको बताए।
बैठकमा अनुगमनमा जाने कर्मचारीलाई तालिम संस्थाका सञ्चालक र कर्मचारीले धम्क्याउने तथा प्रभावमा पार्ने प्रसंग पनि उठेको थियो। त्यस्तै खाडीलगायत मुलुकमा घरेलु कामदारको विषयमा सचिवको प्रतिवेदन पेस भए पनि त्यसमा अर्को बैठकमा छलफल गर्ने निर्णय भएको सदस्य वाग्लेले बताए।