घरेलु कामदारमा व्यक्तिगत श्रम स्वीकृति बन्द
१३ जेष्ठ २०७१
•
७ मिनेट पाठ

काठमाडौं– सरकारले घरेलु कामदारमा विदेश जाने महिलालाई व्यक्तिगत श्रम स्वीकृति नदिने भएको छ। व्यक्तिगत श्रम स्वीकृतिबाट जाने महिला असुरक्षित हुने र जिम्मेवारी लिने निकाय नभएको भन्दै व्यक्तिगत श्रम स्वीकृति बन्द गर्ने तयारी गरेको हो।
गत वैशाखमा खाडी मुलुकमा घरेलु कामदारको रुपमा जाने महिलामाथि शारिरिक तथा मानसिक यातना भएको र अलपत्र पर्ने क्रम बढेको भन्दै सरकारले व्यक्तिगत श्रम स्वीकृति तत्कालका लागि बन्द गरेर अध्ययन समिति गठन गरेको थियो।

श्रम तथा रोजगार मन्त्रालयका सचिव सुरेशमान श्रेष्ठ संयोजकत्वको समितिले प्रतिवेदन तयार गरे पनि त्यो सार्वजनिक भएको छैन। श्रेष्ठ अहिले श्रम तथा रोजगार मन्त्रालयबाट सरुवा भइसकेका छन्। श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले व्यक्तिगत श्रम स्वीकृतिमा धेरै समस्या र गुनासो आएपछि यसलाई पूर्णरुपमा बन्द गर्न लागिएको बताए।

नागरिकसँगको कुराकानीमा गुरुङले विभिन्न मुलुकमा रहेका दूतावासले व्यक्तिगत श्रम स्वीकृति बन्द गर्नुपर्ने सुझाव दिएको र महिला कामदारको गुनासो पनि बढ्दै गएकाले व्यक्तिगत श्रम स्वीकृति बन्द गरेर संस्थागत रुपमा पठाउन पहल गरिने बताए।

राज्य मन्त्री गुरुङका अनुसार कुवेतमा नेपालबाट महिला कामदार मगाएर साउदी पुर्‍याउने गरेको कुवेतस्थित नेपाली दूतावासले जानकारी गराएको छ। व्यक्तिगत श्रम स्वीकृतिको नाममा दलालले गैरकानुनी रुपमा महिला कामदारलाई विदेश पुर्‍याइरहेको हुनाले संस्थागत रुपमा पठाउने व्यवस्था मिलाउने उनले बताए। संस्थागत रुपमा पनि गन्तव्य मुलुकमा श्रम सम्झौता नभएसम्म महिला कामदार नपठाइने राज्यमन्त्री गुरुङले स्पष्ट पारे।

अहिले घरेलु कामदारमा जाने व्यक्तिलाई तालिम दिन दर्ता भएका १७ वटामध्ये कुनै एउटा संस्थाबाट तालिम लिएपछि मात्र व्यक्तिगत श्रम स्वीकृति दिने व्यवस्था छ। ‘यो पनि ठिक होइन। यसमा पनि चलखेल छ, त्यसैले यसै विषयमा अध्ययन गर्न समिति बनेको थियो,' उनले भने, ‘त्यस्तै पहिलेको ३० वर्षमुनिका महिला जान नपाउने व्यवस्था पनि चित्तबुझ्दो छैन। २३ वर्षका सबल महिला पनि जान पाउनुपर्छ, त्यसैले नयाँ मापदण्ड, नीति र ऐन बनेपछि सोही अनुसार प्रक्रिया हुन्छ।'

२३ देखि २९ वर्षका महिला पनि खाडी मुलुक पुगेका र उनीहरु कि गैरकानुनी रुपमा कि उमेर बढाएर गएकाले सबल महिलालाई अभिमुखीकरण र तालिम दिएर पठाउँदा कुनै समस्या नहुने उनले बताए।

सरकारले यसअघि ३० वर्षमाथिका महिलालाई घरेलु कामदारको रुपमा साउदी अरब, कतार, बहराइन, कुवेत र ओमनमा विभिन्न मापदण्ड पूरा गरेपछि जान पाउने व्यवस्था गरेको थियो। ती मुलुकमा श्रम कानुनले नसमेट्ने हुनाले अनौपचारिक क्षेत्रमा घरेलु कामदार काम गर्न जान पाउने व्यवस्था थियो। सरकारले लेबनानमा समस्या देखिएको भन्दै घरि खोल्ने र घरि बन्द गर्ने गर्दै आएको छ। अहिले लेबनानमा कामदार नपठाए पनि गैरकानुनी रुपमा पुगिरहेका छन्।

सरकारले म्यानपावर कम्पनीलाई महिला कामदार पठाउन नरोके पनि व्यवसायी आफैंले श्रम सम्झौता नभएको मुलुकमा समस्या हुने भन्दै पठाइरहेका छैनन्। यसको फाइदा व्यक्तिगत श्रम स्वीकृति निकालेर पठाउने दलालले उठाइरहेको वैदेशिक रोजगार व्यवसायी संघका निवर्तमान अध्यक्ष बलबहादुर तामाङ बताउँछन्।

राज्यमन्त्री गुरुङले व्यक्तिगत श्रम स्वीकृतिमा जाने कामदारलाई विदेशमा समस्या पर्दा जिम्मेवारी लिने संस्था नहुने र कारबाही पनि कसलाई गर्ने भन्ने समस्या भएकाले त्यसलाई रोक्न खोजेको बताए। संस्थागत पठाउँदा समस्या भयो भने म्यानपावरलाई समातेर कारबाही गर्न सजिलो हुन्छ। ‘वैदेशिक रोजगार ऐन संशोधनको तयारी भइरहेको छ, यसमा पनि कामदार हकहितलाई व्यापक रुपमा समेटिन्छ,' उनले भने।

सचिवको संयोजकत्वमा बनेको अध्ययन समितिको प्रतिवेदनमा यसअघि व्यक्तिगत श्रम स्वीकृतिमा भिसा आएका कामदारलार्य के गर्ने भन्ने सुझाव रहेकोले त्यो सार्वजनिक भएपछि अन्तिम श्रम स्वीकृति दिने कि नदिने भन्ने टुंगो लाग्ने मन्त्री गुरुङले बताए।

व्यक्तिगत श्रम स्वीकृतिमा महिला कामदार विदेश जान वैदेशिक रोजगार प्रवर्द्धन बोर्डमा सूचीकृत तालिम संस्थाबाट तालिम लिनुपर्छ। त्यो तालिमको प्रमाणपत्र हेरेर वैदेशिक रोजगार विभागले अन्तिम श्रम स्वीकृति दिन्छ। तर, त्यस्तो तालिम दिने संस्थाले नयाँ कार्यविधि अनुसार अनुमति लिनुपर्नेमा लिएका छैनन्।

पछिल्लो दुई वर्षमा नेपालबाट तालिम लिएर विभिन्न देश पुगेका महिला कामदार ६ हजारभन्दा बढी रहेको बोर्डले जनाएको छ। तीमध्ये चार सयभन्दा बढी अलपत्र छन्।

घरेलु कामदारको रुपमा खाडी मुलुक पुगेका महिलाले समयमा सम्झौताअनुसार तलब नपाउने, शारीरिक र मानसिक यातना सहनुपर्ने, घरमा सम्पर्क गर्न र फर्कन खोज्दा नपाउने लगायत समस्या रहेको बताएका छन्।
अर्को समाचार
घरेलु कामदारमा व्यक्तिगत श्रम स्वीकृति बन्द
१३ जेष्ठ २०७१
•
७ मिनेट पाठ
घरेलु कामदारमा व्यक्तिगत श्रम स्वीकृति बन्द
काठमाडौं-सरकारले घरेलु कामदारमा विदेश जाने महिलालाई व्यक्तिगत श्रम स्वीकृति नदिने भएको छ। व्यक्तिगत श्रम स्वीकृतिबाट जाने महिला असुरक्षित हुने र जिम्मेवारी लिने निकाय नभएको भन्दै व्यक्तिगत श्रम स्वीकृति बन्द गर्ने तयारी गरेको हो।गत वैशाखमा खाडी मुलुकमा घरेलु कामदारको रुपमा जाने महिलामाथि शारिरिक तथा मानसिक यातना भएको र अलपत्र पर्ने क्रम बढेको भन्दै सरकारले व्यक्तिगत श्रम स्वीकृति तत्कालका लागि बन्द गरेर अध्ययन समिति गठन गरेको थियो। 
श्रम तथा रोजगार मन्त्रालयका सचिव सुरेशमान श्रेष्ठ संयोजकत्वको समितिले प्रतिवेदन तयार गरे पनि त्यो सार्वजनिक भएको छैन। श्रेष्ठ अहिले श्रम तथा रोजगार मन्त्रालयबाट सरुवा भइसकेका छन्। श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले व्यक्तिगत श्रम स्वीकृतिमा धेरै समस्या र गुनासो आएपछि यसलाई पूर्णरुपमा बन्द गर्न लागिएको बताए। 
नागरिकसँगको कुराकानीमा गुरुङले विभिन्न मुलुकमा रहेका दूतावासले व्यक्तिगत श्रम स्वीकृति बन्द गर्नुपर्ने सुझाव दिएको र महिला कामदारको गुनासो पनि बढ्दै गएकाले व्यक्तिगत श्रम स्वीकृति बन्द गरेर संस्थागत रुपमा पठाउन पहल गरिने बताए।
राज्य मन्त्री गुरुङका अनुसार कुवेतमा नेपालबाट महिला कामदार मगाएर साउदी पुर्‍याउने गरेको कुवेतस्थित नेपाली दूतावासले जानकारी गराएको छ। व्यक्तिगत श्रम स्वीकृतिको नाममा दलालले गैरकानुनी रुपमा महिला कामदारलाई विदेश पुर्‍याइरहेको हुनाले संस्थागत रुपमा पठाउने व्यवस्था मिलाउने उनले बताए। संस्थागत रुपमा पनि गन्तव्य मुलुकमा श्रम सम्झौता नभएसम्म महिला कामदार नपठाइने राज्यमन्त्री गुरुङले स्पष्ट पारे। 
अहिले घरेलु कामदारमा जाने व्यक्तिलाई तालिम दिन दर्ता भएका १७ वटामध्ये कुनै एउटा संस्थाबाट तालिम लिएपछि मात्र व्यक्तिगत श्रम स्वीकृति दिने व्यवस्था छ। ‘यो पनि ठिक होइन। यसमा पनि चलखेल छ, त्यसैले यसै विषयमा अध्ययन गर्न समिति बनेको थियो,' उनले भने, ‘त्यस्तै पहिलेको ३० वर्षमुनिका महिला जान नपाउने व्यवस्था पनि चित्तबु‰दो छैन। २३ वर्षका सबल महिला पनि जान पाउनुपर्छ, त्यसैले नयाँ मापदण्ड, नीति र ऐन बनेपछि सोही अनुसार प्रक्रिया हुन्छ।' 
२३ देखि २९ वर्षका महिला पनि खाडी मुलुक पुगेका र उनीहरु कि गैरकानुनी रुपमा कि उमेर बढाएर गएकाले सबल महिलालाई अभिमुखीकरण र तालिम दिएर पठाउँदा कुनै समस्या नहुने उनले बताए। 
सरकारले यसअघि ३० वर्षमाथिका महिलालाई घरेलु कामदारको रुपमा साउदी अरब, कतार, बहराइन, कुवेत र ओमनमा विभिन्न मापदण्ड पूरा गरेपछि जान पाउने व्यवस्था गरेको थियो। ती मुलुकमा श्रम कानुनले नसमेट्ने हुनाले अनौपचारिक क्षेत्रमा घरेलु कामदार काम गर्न जान पाउने व्यवस्था थियो। सरकारले लेबनानमा समस्या देखिएको भन्दै घरि खोल्ने र घरि बन्द गर्ने गर्दै आएको छ। अहिले लेबनानमा कामदार नपठाए पनि गैरकानुनी रुपमा पुगिरहेका छन्। 
सरकारले म्यानपावर कम्पनीलाई महिला कामदार पठाउन नरोके पनि व्यवसायी आफैंले श्रम सम्झौता नभएको मुलुकमा समस्या हुने भन्दै पठाइरहेका छैनन्। यसको फाइदा व्यक्तिगत श्रम स्वीकृति निकालेर पठाउने दलालले उठाइरहेको वैदेशिक रोजगार व्यवसायी संघका निवर्तमान अध्यक्ष बलबहादुर तामाङ बताउँछन्। 
राज्यमन्त्री गुरुङले व्यक्तिगत श्रम स्वीकृतिमा जाने कामदारलाई विदेशमा समस्या पर्दा जिम्मेवारी लिने संस्था नहुने र कारबाही पनि कसलाई गर्ने भन्ने समस्या भएकाले त्यसलाई रोक्न खोजेको बताए। संस्थागत पठाउँदा समस्या भयो भने म्यानपावरलाई समातेर कारबाही गर्न सजिलो हुन्छ। ‘वैदेशिक रोजगार ऐन संशोधनको तयारी भइरहेको छ, यसमा पनि कामदार हकहितलाई व्यापक रुपमा समेटिन्छ,' उनले भने। 
सचिवको संयोजकत्वमा बनेको अध्ययन समितिको प्रतिवेदनमा यसअघि व्यक्तिगत श्रम स्वीकृतिमा भिसा आएका कामदारलार्य के गर्ने भन्ने सुझाव रहेकोले त्यो सार्वजनिक भएपछि अन्तिम श्रम स्वीकृति दिने कि नदिने भन्ने टुंगो लाग्ने मन्त्री गुरुङले बताए। 
व्यक्तिगत श्रम स्वीकृतिमा महिला कामदार विदेश जान वैदेशिक रोजगार प्रवर्द्धन बोर्डमा सूचीकृत तालिम संस्थाबाट तालिम लिनुपर्छ। त्यो तालिमको प्रमाणपत्र हेरेर वैदेशिक रोजगार विभागले अन्तिम श्रम स्वीकृति दिन्छ। तर, त्यस्तो तालिम दिने संस्थाले नयाँ कार्यविधि अनुसार अनुमति लिनुपर्नेमा लिएका छैनन्। 
पछिल्लो दुई वर्षमा नेपालबाट तालिम लिएर विभिन्न देश पुगेका महिला कामदार ६ हजारभन्दा बढी रहेको बोर्डले जनाएको छ। तीमध्ये चार सयभन्दा बढी अलपत्र छन्। 
घरेलु कामदारको रुपमा खाडी मुलुक पुगेका महिलाले समयमा सम्झौताअनुसार तलब नपाउने, शारीरिक र मानसिक यातना सहनुपर्ने, घरमा सम्पर्क गर्न र फर्कन खोज्दा नपाउने लगायत समस्या रहेको बताएका छन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ

आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस