अर्थतन्त्र उकास्न अपांगमैत्री पर्यटन प्रवर्द्धन आवश्यक
१० भदौ २०७८
•
५ मिनेट पाठ
अर्थतन्त्र उकास्न अपांगमैत्री पर्यटन प्रवर्द्धन आवश्यक
अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी)को नयाँ अध्ययनले नेपालका होटल व्यवसायीले अपांगमैत्री पूर्वाधार र सेवामा लगानी गर्न सके विश्वव्यापी रूपमा बढ्दो सुलभ पहुँचयोग्य पर्यटन प्रवद्र्धन हुने र त्यसले देशको आर्थिक वृद्धिदर समेत उकास्न सक्ने औंल्याएको छ।




सबैका लागि खुला: नेपालका होटलहरूमा अपांगता भएका व्यक्तिहरूको पहुँचसम्बन्धी एक सर्वेक्षण शीर्षकको अध्ययन प्रतिवेदनले सुलभ पहुँचयोग्य पर्यटन बजार विस्तार गर्न सके देशको अर्थतन्त्र उकासिने बताएको हो। यो अध्ययन प्रतिवेदन नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले राष्ट्रिय अपांग महासंघ नेपालसँगको सहकार्य र आइएफसीको आर्थिक तथा प्राविधिक सहयोगमा तयार गरेको हो।

आइएफसीले उक्त अध्ययनका लागि देशको मुख्य–मुख्य सहरका ९० वटा तारे होटल र त्यसमा संलग्न उद्यमी/व्यवसायीलाई समावेश गरेको बताएको छ। जसअनुसार अध्ययनमा सहभागी भएका ९५ प्रतिशत होटल व्यवसायीले पहुँचयोग्य पर्यटनको अवधारणावारे आफूहरू जानकार रहे पनि त्यस किसिमका पूर्वाधार निर्माण गरी पहुँचयोग्य पर्यटन बजार विस्तार गर्न लगानी भने नगरेको प्रतिक्रिया दिएका छन्।  

आइएफसीको अध्ययनले अहिले सञ्चालनमा रहेका अधिकांश होटलमा अपांगता भएका व्यक्तिको आवतजावतका लागि लिफ्ट र भिराला र्‍याम्प मात्रै रहेको देखाएको छ। त्यस्तै, अध्ययनमा समावेश भएका १७ प्रतिशत होटलले दृष्टिविहीन पाहुनाको सहयोगका लागि संकेत चिह्न राखेको देखाएको छ। बाँकी ७४ प्रतिशत होटलले ढोकाबाहिर वा कोठाको निर्देशिका पुस्तकमा ब्रेल लिपी वा संकेत चिह्न प्रयोग गरेका छैनन्। अध्ययनले ९ प्रतिशत होटलका कर्मचारीहरू पहुँचयोग्य पर्यटन र विशिष्ट क्षमता भएका पाहुनाबारे प्रशिक्षित रहेका र ३३ प्रतिशत होटलमा अपांग अतिथिका लागि अतिरिक्त ह्लिचेयरको व्यवस्था रहेको देखाएको छ।

साथै, अध्ययनले नेपालका अधिकांश होटलहरूले व्यावसायिक प्रयोजनका लागि पुराना संरचना प्रयोग गर्ने गरेको, यस्ता संरचनाहरू दुर्गम स्थानमा रहेका र तिनमा अपांगमैत्री सेवा–सुविधा समेत नहुने गरेको र त्यस्ता अपायक स्थानमा अपांगता भएका पाहुना पनि एकदमै कम जाने गरेको उल्लेख गरेको छ। त्यक्ति मात्र नभई यस अध्ययनमा समावेश भएका अधिकांश होटलले अपांगता भएका व्यक्तिको आवतजावतका लागि चाहिने भिराला ¥याम्प निमार्ण गर्न, ह्विलचेयर खरिद गर्न तथा अन्य पूर्वाधार बनाउन अतिरिक्त लगानी चाहिने र त्यस्तो लगानी नै समावेशी पर्यटन प्रवद्र्धनको बाधक रहेको  बताइएको छ।

पछिल्लो समयमा सुलभ, पहुँचयोग्य वा समावेशी पर्यटनको अवधारणाले विश्वव्यापी मान्यता पाएको चर्चा गर्दै आइएफसीको भुटान, बंगलादेश र नेपाल मामिला हेर्ने देशीय निर्देशक वेन्डी वार्नरले भएका पर्यटन गन्तव्यमा अपांग, अशक्त वा अरू सबै उमेर समूहको पहुँच विस्तार गर्न सके मात्रै पनि पर्यटन क्षेत्रको दिगो विकास हुने बताइन्। उनका अनुसार सुलभ पर्यटनले मानव अधिकारको सुनिश्चिततासँगै व्यावसायिक अर्थ राख्छ।  

विश्व स्वास्थ्य संगठनको अध्ययनले पनि संसारभरका करिब एक अर्ब मानिस कुनै न कुनै प्रकारको अपांगताबाट प्रभावित हुने गरेका देखाएको छ।  

नेपालका अपांग अधिकारकर्मीले शारीरिक सीमितता भएका र अपांगता भएका व्यक्तिले पनि संसारभरका पर्यटकीय गन्तव्य भ्रमण गर्ने गरेका र यस्ता पर्यटकको सुविधाको लागि होटलहरूले विशिष्ट खालको पूर्वाधार तयार गर्ने गरेको बताएका छन्। विश्वका आकर्षक पर्यटकीय गन्तव्यस्थलमा सुलभ पहुँचका पूर्वाधार भएका होटल हुन्छन् जसले स्वदेशी तथा विदेशी पाहुनालाई सेवा दिन्छन् र यस्ता ठाउँमा पर्यटकको चाप हुन्छ।  

प्रतिवेदनले वर्षेनी रूपमा विश्वभरबाट देशबाट करिब दुई हजार अपांगग पर्यटक नेपाल भ्रमण गर्न आउने गरेका भन्दै सुलभ पर्यटनका सुविधा र अपांगमैत्री पूर्वाधार बन्न सके यस्ता पर्यटकको संख्या सहजै बढेर १० हजार सम्म पुग्न सक्ने दाबी गरेको छ।

होटल एसोसिएसन नेपालकी अध्यक्ष सृजना राणाले सुलभ पहुँचयोग्य पर्यटन बजार विस्तार गर्ने अवधारणा नेपालका लागी नयाँ प्रयोग हुने भए पनि पर्यटन व्यवसायीले अपांगमैत्री पूर्वाधार तयार गरी यसबाट प्रशस्त फाइदा लिन सक्नेमा आफू विश्वस्त रहेको बताएकी छन्।  

त्यसैगरी, नेपाल पर्यटन बोर्डका मुख्य कार्यकारी अधिकृत धनन्जय रेग्मीले सरकार, सरोकारवाला र होटल व्यवसायीले सहकार्य गरेर सुलभ पर्यटनको अवसरबाट फाइदा लिनुपर्नेमा जोड दिए। ‘सहकार्यबाटै सुलभ पर्यटनका लागि अवसर प्राप्त गर्न र ती अवसरले दिने प्रतिफल लिन सकिन्छ जसका लागि सरकारले नीतिगत सहयोग र अरूले आवश्यकता अनुरूपका पूर्वाधार निर्माण गर्न सकिन्छ,’ उनले भने।  

युएनडिपीका सह–आवासीय प्रतिनिधि बर्नर्ड कोकोले कोरोना कहरले अर्थतन्त्र थिल्थिलो परेका बेला त्यसलाई पहिलेको ठाउँमा पुर्‍याउने तत्परतासँगै सुलभ पर्यटनको ढोका खोल्ने गरी अध्ययन/अनुसन्धान हुनु सकारात्मक विषय भएको भन्दै प्रसंसा गरे। उनले पर्यटन क्षेत्रलाई पहिलेको स्थानमा पुर्‍याउन पहुँचको विकास आयश्यक हुने भन्दै नेपालले सुलभ पर्यटनको अवसरबाट लाभ लिन उपयुक्त पूर्वाधार निर्माण गर्नुपर्ने बताए।  

वरिष्ठ पत्रकार गजेन्द्र बुढाथोकीले अर्थतन्त्र सकारात्मक बाटोमा जान पर्यटन विस्तार हुनुपर्ने र त्यसका लागी होटल तथा रेस्टुरेन्टमा अपांगमैत्री पूर्वाधार हुनुपर्ने बताए। ‘सक्रिय जीवनबाट अवकाश पाएका, शारिरिक रूपमा अपांगता भएका, होचापुड्काले अरूको तुलनामा बढी खर्च गर्छन् त्यसैले यस्तो समुहलाई आवश्यक पर्ने सेवा विस्तार गर्न सके त्यसले पर्यटन क्षेत्र फस्टाउन सक्छ,’ उनले भने।  

राष्ट्रिय अपांग महासंघका महासचिव राजु बस्नेतले अपांगहरूले नेपालका होटलमा सुलभ सेवा र आवश्यक पूर्वाधार नभएकै कारणले असमान व्यवहार भोग्नुपरेको बताए।  अध्ययनले यस्तो पर्यटन प्रवद्र्धन गर्न सरकार, निजी क्षेत्र र दातृ निकायले सहकार्य गरी विश्वव्यपी रूपमा अभ्यासमा आएको पहुँचयोग्य पर्यटन बजार विस्तार गर्न अपांगगता भएका व्यक्ति समेतलाई सहभागी गराई त्यस अनुकूलको नीति निमार्ण गर्न सुझाएको छ। 
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
५ घण्टा अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
समाज
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
Whatsapp
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
तनहुँ- भ्रमण सकेर पोखराबाट चितवनतर्फ फर्कँदै गरेका एक विद्यार्थी तनहुँको पृथ्वीराजमार्गस्थित भिरबाट खसेर बेपत्ता भएका छन्।
Whatsapp
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
खेल
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
यो पनि पढौँ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस