रित्तिए सडक छेउछाउका स्याउ बगैँचा
१० भदौ २०७८
•
२ मिनेट पाठ
रित्तिए सडक छेउछाउका स्याउ बगैँचा
जिल्ला कृषि विकास कार्यालय जुम्लाले भदौ १० गतेअघिसम्म स्याउ नटिप्न हरेक स्थानीय तहमा परिपत्र गर्यो। रंग नचढेको र गुलियाको मात्र नभरिएकोले काँचो अवस्थामा स्याउ नटिप्न आग्रह गर्यो। तर स्थानीय तहले यो परिपत्रको कार्यान्वयन गरेनन्। बरु काँचो अवस्थामै धमाधम निर्यात सिफारीस दिए। जसका कारण जुम्ली स्याउको गुणस्तरमा प्रश्न चिन्ह खडा भएको छ। 




अहिले नेपालगंज, सुर्खेतका बजारमा जुम्लाको काँचो स्याउ किनबेच भइरहेकोछ। स्वाद अमिलो हुने र हरियो दाना स्याउ किनबेच भइरहेकोले जुम्ली स्याउको पहिचान खस्कने खतरा बढेको छ। स्थानीय दलबहादुर बुढा स्थानीय तहले सहजै रुपमा स्याउ निर्यात गर्न दिएकोले समस्या भइरहेको बताए।

उनले भने,‘स्याउ यहाँका प्रमुख आम्दानीको स्रोत हो। पाकेको स्याउ बजारमा लैजाँदा मूल्य पनि राम्रै पाइन्थ्यो। पहिचान पनि राम्रै हुन्थ्यो। तर काँचो स्याउ बजारमा जाँदा किसान पनि पछुताउनु परिरहेको छ।’

दुई साताअघिसम्म कर्णाली राजमार्ग छेउछाउमा रहेका बगैँचामा लटरम्म स्याउ फलेको देख्न मिल्थ्यो। स्याउ फलेको देख्दा मनै लोभ्याउथ्यो। सडकमा ओहोदोहोर गर्ने आन्तरिक तथा बाह्य पर्यटकको नजर स्याउ बगैँचा तिरै गइरहेको हुन्थ्यो। स्याउ बगैँचामै पुगेर फोटो खिच्थे। किसानसंग जुम्ली स्याउ खेतीको बारेमा जानकारी लिन्थे। तर अहिले बगैँचा सबै रित्तिएका छन्।  

बगैँचामा स्याउ छैन। पात मात्र भइरहेकोले स्याउको दानाले राताम्य हुन लागेको बगैँचा हरियो देखिन्छ। उनले भने,‘काँचो स्याउ पठाउनु किसानका लागि घाटाको बिषय हो। बजारीकरणमा समस्या आउनु हो।’

अहिले बगैँचामै प्रतिकेजी ७० रुपैयाँसम्म किनबेच भइरहेको थियो। ढिला बजारसम्म लैजाँदा भारत तथा चाइनिज स्याउ नेपाली बजारमा आइपुग्ने भएकोले नपाक्दै स्याउ बजारमा लैजानु परेको किसान बताउँछन्। अहिले सुर्खेत, नेपालगंज, बुटवल, काठमाडौलगायतको बजारमा जुम्ली स्याउ पुगिसकेको छ।

अहिले निर्यात भइरहेको जुम्ली स्याउमा आफ्नो प्रकारको कार्टुन छैन। विदेशी कार्टुनको प्रयोग गरेर स्याउ निर्यात भइरहेको छ।  

जिल्ला कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटा काँचो स्याउ बजारमा लैजाँदा समस्या भइरहेको बताउँछन्। उनले भने,‘काँचो स्याउ बजारमा नलैजानको लागि पटक पटक आग्रह गर्यौँ। हरेक स्थानीय तहमा परिपत्र भएको छ। तर रोकिएन।’

उनले भदौ १० गतेदेखि पूर्ण रुपमा जुम्ली स्याउ निर्यातमा खुला गरिएको बताए। उनले भने,‘जुम्ला स्याउको राम्रो सम्भावना भएको जिल्ला हो। स्याउबाट नै यहाँका समृद्धि हासिल हुने हो।’ तर काँचो स्याउ बजारमा पुग्दा पहिचान गुम्ने खतरा बढ्यो। यसमा स्थानीय तह जिम्मेवार भएनन्। किसान हतारिए।

जुम्लामा गोल्डेन, रोयल र रेड डेलिसियस जातको स्याउ फल्छ।
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
१ घण्टा अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
यो पनि पढौँ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस