झापा- सरकारी निकायले नै जथाभावी कर असुल्ने क्रम नरोकेपछि कृषिजन्य वस्तुको कारोबारमा संलग्न व्यवसायी हैरान बनेका छन्। एकै शीर्षकमा तीन ठाउँसम्म कर तिर्नुपर्ने भएपछि मेचीका कृषि व्यवसायीले सरकारप्रति आक्रोश पोखे।मेचीका तीनवटा पहाडी जिल्ला इलाम, पाँचथर र ताप्लेजुङमा उत्पादित अधिकांश कृषि वस्तु बजार पुर्या उन झापा झार्नैपर्ने हुन्छ। ट्रक र ट्याक्टरमा लोड गरेर मेची राजमार्ग हुँदै झापा ल्याइपुर्यापउँदा व्यापारीले एउटै शीर्षकमा तीन ठाउँसम्म कर तिर्दै आएका छन्। 'ताप्लेजुङबाट लोड गरेर बिर्तामोडका लागि हिँडेको मालबाहक साधनले जिल्लैपिच्छे निकासी कर बुझाउनुपर्छ,' नेपाल अदुवा उत्पादक तथा व्यवसायी महासंघका अध्यक्ष खड्काले भने, 'एउटै शीर्षकमा धेरैतिर कर उठाउन पाइँदैन। तर, सरकारी निकायले यसको उल्लंघन गरेर व्यापार खुम्च्याइरहेका छन्।' उनका अनुसार अदुवा, अमि्रसो (कुचो) तथा अलैंची जस्ता उत्पादनको मुख्य ट्रान्जिट झापा हो। तर, पहाडी जिल्लाबाट बिर्तामोडसम्म ल्याइपुर्याजउँदा व्यवसायी सरकारले लिने जथाभावी करकै कारण मारमा पर्ने गरेका छन्।
झापासहित मेचीका सबै जिल्लामा उत्पादन हुने अदुवा, कुचो, पहाडी जिल्लाको मुख्य उत्पादन अलैँची जस्ता कृषि वस्तुले भारतीय बजारमा निर्भर हुनुपर्ने बाध्यता छ। भारतीय बजारमा पुगेको नेपाली उत्पादनले भारतीय वस्तुसँगै प्रतिस्पर्धा गर्नुपर्छ। ठाउँठाउँमा जथाभावी करको मारमा परेको नेपाली उत्पादनले यही कारण खुलेर प्रतिस्पर्धा गर्न नसक्ने व्यवसायी बताउँछन्।
उनीहरुका अनुसार प्रत्येक जिविसले एउटा ट्रकसँग कम्तीमा चारदेखि सात हजार रुपैयाँसम्म लिने गरेका छन्। राजमार्गसँग जोडिएका नगरपालिकाले पनि प्रतिगाडी दुई सय रुपैयाँ लिने गर्छन्। त्यसबाहेक सिजनल चन्दा तथा राजनीतिक दलका भ्रातृ संस्थाले असुल्ने चन्दाको सूची बेग्लै छ। 'अहिले दलहरुको चन्दा आतंक घटेको छ,' नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्यसमेत रहेका खड्का थप्छन्, 'अहिले चाहिँ रसिद काटेरै लिने जथाभावी करले व्यवसायी समस्यामा छन्।'
झापाका कुचो व्यवसायी कृष्ण कनालका अनुसार गैरभन्सार अवरोधका कारण कृषि उत्पादनको निर्यात व्यापार भने जसरी फस्टाउन सकेको छैन।
'पाँचथरबाट कुचो बोकेर हिँडेको ट्याक्टर झापा आइपुग्दा भाडाबाहेक नै चार हजार रुपैयाँ तिर्नुपर्छ,' उनले भने, 'प्रत्येक जिल्लाले निकासी कर लिन्छन्। केही वन कार्यालयले लिने गरेका छन्।' उनका अनुसार मेचीबाट विराटनगरतिर कुचो पठाउँदा मोरङ, सुनसरीलगायतका वन कार्यालयले पनि कर उठाउने गरेका छन्। नियमअनुसार जुन जिल्लामा उत्पादन भएको कृषि वस्तु हो, त्यही जिल्लाले मात्रै निकासी कर लिन पाउने हुन्छ। तर, मेचीमा अनुमानका भरमा सरकारी कार्यालयले कर असुलिरहेका छन्।
जिल्ला कृषि कार्यालय स्रोतका अनुसार झापामा अलैँची उत्पादन हुँदैन। तर, जिल्ला विकास समितिले केही वर्षदेखि अलैँचीमा निकासी कर ठेक्का लगाएरै असुलिरहेको छ। बर्सेनि २० देखि २५ लाख रुपैयाँमा अलैँची निकासी कर ठेक्का दिने जिविस कार्यालय झापामै पनि अलैँची 'थोरै थोरै उत्पादन हुने' दाबी गर्छ। 'त्यत्ति धेरै त उत्पादन हुँदैन,' स्थानीय विकास अधिकारी फडिन्द्र दाहाल भन्छन्, 'तर थोरै उत्पादन हुन्छ। त्यसैले २० देखि २५ लाखसम्मको ठेक्का लाग्ने गरेको छ।' यसबारे अलैँची व्यवसायी महासंघले कुनै विरोध नगरेको भन्दै व्यापारीहरले गुनासो गरेका छन्। तीन दिनअघि धुलाबारीमा भएको एउटा अन्तर्क्रियामा अलैँची, अदुवा र कुचो व्यवसायीले झापाका प्रमुख जिल्ला अधिकारी एकमणि नेपाललाई गैरभन्सार अवरोधले समस्या भएको सुनाएका थिए। 'नियमानुसार तिर्नुपर्ने सम्पूर्ण कर तिर्न हामी राजी छौं,' उनीहरुको एकै स्वर थियो, 'तर, सरकारी पक्षले नै कानुनबाहिर गएर कर उठाइदिन भएन।' जवाफमा प्रजिअ नेपालले यसबारे आफूले बुझ्ने बताएका थिए। व्यवसायीहरु यस्तो आश्वासन सधैं आउने गरेको बताउँछन्।