काठमाडौं– सरकारले आर्थिक वर्ष २०७०/७१ मा लक्ष्यभन्दा ४६ अर्ब २८ करोड कम राजस्व असुली गरेको छ। चालू आर्थिक वर्षमा ३५४ अर्ब ५० करोड राजस्व उठाउने लक्ष्य राखे पनि जेठ मसान्तसम्म ३०८ अर्ब २१ करोड ८ लाख रुपैयाँ राजस्व मात्र संकलन हुन सकेको हो।अर्थमन्त्रालय बुधबार जारी गरेको विज्ञप्तिअनुसार कूल राजश्व संकलन मध्ये कर राजश्व बापत रु २७० अर्ब २७ करोड र गैरकर राजश्वतर्फ ३७ अर्ब ९६ करोड संकलन भएको छ। यो कूल राजस्व संकलनको क्रमशः ८६.६८ र १२.३२ प्रतिशत हो।
लक्ष्यअनुसार राजस्व संकलन नभए पनि सरकारले चालू आवमा अघिल्लो आवको भन्दा २२ दशमवलव ४० प्रतिशत बढी राजस्व संकलन गरेको जनाएको ५। आर्थिक वर्ष २०६९/७० जेठ महिनामा रु २३ अर्व १ करोड राजश्व संकलन भएकोमा आर्थिक वर्ष २०७०/७१ को सोही महिनामा रु २८ अर्व १६ करोड संकलन भएको हो। यो अघिल्लो वर्षको यसै अवधिको तुलनामा २२ दशमवलव ४० प्रतिशत बढी हो।
यो वर्षको कूल राजस्व संकलनमा मूल्य अभिबृद्धी कर (भ्याट) को योगदान सबैभन्दा बढी देखिएको छ। भ्याट ३० प्रतिशत, भन्सार महसुलको योगदान २०, आयकरको योगदान २० र अन्तःशुल्ककोअंश १४ प्रतिशत एवं गैरकर राजश्वको अंश १३ प्रतिशत रहेको छ।
गत वर्ष जेष्ठ महिनासम्ममा भन्सार महसुल रु ५१ अर्ब ३५ करोड संकलन भएकोमा यस वर्ष रु ६१ अर्व ३१ करोड संकलन भई १९ दशमवलव ३९ प्रतिशत वृद्धि भएको छ। गत आर्थिक वर्षको जेठ महिना सम्ममा मूल्य अभिबृद्धि कर रु ७५ अर्ब ४७ करोड संकलन भएकोमा यस वर्षको सोही महिना सम्ममा रु ९० अर्व ९६ करोड संकलन भइ बृद्धिदर २० दशमवलव ५ प्रतिशत रहेको छ।
अन्तःशुल्कतर्फ गत आवको जेठ महिनासम्ममा रु ३२ अर्व ५६ करोड ६९ लाख संकलन भएकोमा यस बर्षको सोही महिना सम्ममा रु ४० अर्ब ६७ करोड संकलन भइ वृद्धिदर २४ दशमवलव ८९ प्रतिशत कायम भएको छ। आयकर तर्फ गत आवको भन्दा १२ दशमवलव ७१ प्रतिशत वृद्धि भइ रु ६१ अर्व ५६ करोड संकलन भएको छ।
रजिष्ट्रेशन दस्तुर,सवारी साधनकर र अन्य करको गत वर्षको जेष्ठ महिना सम्ममा रु ११ अर्व ५६ करोड असूली भएकोमा यस वर्षको जेठसम्म रु १४ अर्व ९० करोड संकलन भइ २८ दशमवलव ८९ प्रतिशत वृद्धिदर कायम भएको छ। यसैगरी गैरकर राजश्वतर्फ गत आवको जेठ महिनासम्ममा रु ३१ अर्व ६१ करोड संकलन भएकोमा यस वर्ष जेठ महिनासम्ममा रु ३७ अर्व ९६ करोड संकलन २१ दशमलव १२ प्रतिशत वृद्धिदर कायम भएको छ।