काठमाडौं- नेपाल आउने विदेशी पर्यटकलाई अन अराइभल भिसामा सरलीकरण गर्न अध्यागमन विभागले पासपोर्ट स्क्यान गरेर विवरण राख्ने किअस्क (बुथ) मेसिन राखेको छ। विभागले नेपाल टेलिकमको सहयोगमा एयरपोर्ट र विभागको कार्यालयमा मेसिन राखेको हो। एक साताअघि जडान गरिएको मेसिनमार्फत विदेशी पर्यटक नेपाल आउँदा एयरपोर्टमा आफैंले पासपोर्ट स्क्यान गरेर विवरण भर्न सक्ने अध्यागमन विभागले जनाएको छ। नेपाल टेलिकमले ५० लाख खर्च गरेर एयरपोर्टमा पाँचवटा र अध्यागमन विभागमा एउटा मेसिन उपलब्ध गराएको हो।
विभागका निर्देशक शम्भु घिमिरेले विदेशी पर्यटकका लागि पहिलोपटक अभ्यास गरिएको किअस्क मेसिन एयरपोर्ट र विभाग कार्यालयमा राखिएको जानकारी दिए। मेसिनमार्फत पर्यटक आफैंले पासपोर्ट स्क्यान गरेर आफ्नो विवरण भर्न सक्ने र थप विवरण अनलाइनमार्फत भर्नुपर्ने भएकाले विगतको भन्दा धेरै सजिलो भएको बताए। नेपाल आउने पर्यटकलाई अन अराइल भिसा सजिलो बनाउन यो प्रयास गरेको घिमिरेले बताए। 'मेसिन एक साताअघिनै सञ्चालनमा आइसक्यो,' उनले भने।
यो प्रक्रियाले विगतमा जस्तो फर्म भरिरहनु नपर्ने र मेसिनमा अनलाइन विवरण भर्दा युनिक नम्बर आउने हुँदा जुनसुकै अध्यागमनमा जाँदा त्यही नम्बरको आधारमा सम्पूर्ण विवरण उपलब्ध हुने घिमिरेले बताए। 'यो विवरण भविष्यमा समेत काम लाग्छ। त्यसैले पटकपटक नेपाल आउने पर्यटकले नम्बर भनेकै आधारमा विवरण उपलब्ध हुन्छ,' उनले भने। किअस्क मेसिनमा फोटो खिच्ने प्रविधि पनि रहेको हुनाले पहिलाको जस्तो समय पनि नलाग्ने उनले बताए।
मेसिनमा विवरण भरेपछि एयरपोर्टबाहिर पर्यटकले नेपाल टेलिकमको सिम निःशुल्क पाउँने छन्। नेपाल टेलिकमका प्रबन्ध निर्देशक अनुपरञ्जन भट्टराईले मेसिनमा उपलब्ध हुने विवरण टेलिकममा पनि आइपुग्ने र उनीहरुलाई एउटा सिम निःशुल्क दिने बताए। कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत अध्यागमन विभागलाई ६ वटा मेसिन उपलब्ध गराएको र आवश्यक परे भविष्यमा पनि उपलब्ध गराउने बताए।
अध्यागमनमा भिसा प्रक्रिया सरलीकरण गर्न पनि सजिलो र पर्यटकलाई सिम निकाल्न थप विवरण दिन पनि नपर्ने भएकाले यो दुवै तरिकाले उपयोगी हुने उनले बताए। पर्यटकले निःशुल्क सिम लिन चाहेमा मात्र उपलब्ध हुने उनले बताए। मेसिनमा भिसा विवरण भर्दा पर्यटकलाई निःशुल्क सिम चाहनुहुन्छ? भनेर सोधिने भएकाले आवश्यक पर्नेले मात्र लिन सक्ने उनले बताए।
टेलिकमले निकट भविष्यमा एयरपोर्टको र अन्य अध्यागमनसमेत विभिन्न पूर्वाधारमा सहयोग गर्ने जनाएको छ। 'विदेशी पर्यटकदेखि नेपाली यात्रुलाई समेत सजिलो होस् भनेर हामीले अन्य आवश्यक पूर्वाधारमा पनि सहयोग गर्दैछौं,' उनले भने।
टेलिकमको सहयोगमा अध्यागमनले राखेको मेसिन सञ्चालनमा आए पनि उद्घाटन भने यसै साता हुने विभागले जनाएको छ। विभागका अनुसार मेसिन जडान गरेपछि प्रयोगमा आएको र औपचारिक रुपमा यसै साता उद्घाटन गरिने जनाएको छ।