ह्वात्तै बढ्यो तरकारीको भाउ
२६ भदौ २०७८
•
२ मिनेट पाठ
ह्वात्तै बढ्यो तरकारीको भाउ
चाडवाडको समयमा हरियो तरकारीको मूल्य ह्वात्तै बढेको पाइएको छ। ताजा हरियो तरकारीको उत्पादन घटेको तथा चाडपर्वका केही तरकारीको माग बढेको हुनाले हरियो तरकारीको मूल्य करिब दोब्बरले वृद्धि भएको देखिएको हो।




गत हप्ता प्रतिकिलो ७० देखि ८० रुपैयाँसम्म पाइने काउली तीज, चकुचन्ना र ऋषिपञ्चमीको अवसरमा एक सय ७० देखि २ सय रुपैयाँ किलोसम्म बिक्री भएको पाइएको छ। रौतहटको मध्यभागमा रहेको गरुडा बजारमा काउली २ सय रुपैयाँमा एक किलो बिक्री भएको हो।

जिल्लाका मुख्य बजारहरु गौर, गरुडा, चन्द्रपुर, कटहरिया, समनपुर, माधोपुर, पिपरा, राजपुर, मौलापुरसहित अन्य साना हाटबजारमा पनि तरकारीको मूल्य आकासिएको हो। तरकारी बजारमा औसतमा मूला ६०, परवल ८० देखि १००, बन्दा ५० देखि ६०, गोलभेडा १२० देखि १५०, भन्टा ६० देखि ७०, भिन्डी ७० देखि ९०, झिगुनी ८०, घिरौला ६० रुपैयाँ प्रतिकिलो बिक्री भइरहेको छ।

चाडपर्वमा बढी माग हुने काउली तथा परवल र केराको मूल्यमा अस्वाभाविक वृद्धि भएको हो। स्थानीय उत्पादन नहुँदा बाहिरबाट झिकाउनु पर्ने र उत्पादन हुने ठाउँमा माग अत्यधिक भएकोले मूल्य वृद्धि भएको खुद्रा व्यापारीहरुको भनाइ रहेको छ।

रौतहटको बजारमा खपत हुने परवल, लौका, आलु, प्याजको अधिकांश भाग भारतबाट आउँछ भने काउली, बन्दा, मूला, गोलभेडा मकवानपुर आउने गर्दछ। भन्टा, घिरौला, झिगुनी, भिन्डीजस्ता हरियो तरकारी प्रायः स्थानीय उत्पादन हुने गर्दछ।

स्थानीय जातका तरकारीको उत्पादन पनि कम भएको छ। वर्षाको कारणले तरकारी उब्जने खेतमा पानी भरिएको तथा धेरै किसानले तरकारी खेतमा एक बाली धान उत्पादन गर्ने हुनाले तरकारी खेती सीमित बन्न पुगेको हो।

चाडपर्वको समयमा आलु, काउली, परवल, केरा आदि तरकारीको तरुवा पकाएर खाने चलन रहेकोले पनि हरियो तरकारीको माग बढी हुने गरेको छ। मधेसी समुदायमा तीज, चकुचन्ना तथा ऋषि पञ्चमीलाई पूर्णतया शाकाहारी पर्वको रुपमा लिइने भएकोले पनि तरकारीको माग बढी भएको उपभोक्ताहरुको भनाइ छ।

चाडपर्वको समयमा जुन हरियो तरकारीको माग बढी हुन्छ। त्यसैको मूल्य अस्वाभाविक रुपमा बढ्ने गरेको गौरका एक उपभोक्ता बताउँछन्। बिपी चोकस्थित तरकारी बजारमा भेटिएका टिकुलियाका एक उपभोक्ताले गुनासो गरे, ‘चाडबाडको समयमा सम्बन्धित निकायले बजार अनुगमन गरेर तरकारीको आपूर्ति सहज बनाउनु पर्ने तथा लागतभन्दा दोब्बर नाफा लिएर उपभोक्ताको ढाड सेक्ने बेपारीलाई कारबाही गर्नुपर्छ।’

चाडबाडको समयमा हरियो तरकारीको मूल्य अत्यधिक वृद्धि हुँदा उपभोक्ताको बजेट सन्तुलन बिग्रिने र चाडबाड नै खल्लो हुने गरेको गुनासो रहेको छ। नाफाखोरहरुलाई कारबाही नगरेसम्म उपभोक्ताले यस्तो नियति भोगिरहनु पर्ने गौरका बुद्धिजीवीहरुको भनाइ छ।
अर्को समाचार
चाडपर्वमा तरकारीको भाउ ह्वात्तै बढ्यो
२६ भदौ २०७८
•
२ मिनेट पाठ
चाडपर्वमा तरकारीको भाउ ह्वात्तै बढ्यो
चाडबाडको समयमा हरियो तरकारीको मूल्य ह्वात्तै बढेको पाइएको छ। ताजा हरियो तरकारीको उत्पादन घटेको तथा चाडपर्वका केही तरकारीको माग बढेको हुनाले हरियो तरकारीको मूल्य करिब दोब्बरले वृद्धि भएको देखिएको हो।




गत हप्ता प्रति किलो ७० देखि ८० रुपैयाँसम्म पाइने काउली तीज, चकुचन्ना र ऋषिपञ्चमीको अवसरमा एक सय ७० देखि २ सय रुपैयाँ किलोसम्म बिक्री भएको पाइएको छ। रौतहटको मध्यभागमा रहेको गरुडा बजारमा काउली २ सय रुपैयाँमा एक किलो बिक्री भएको हो।

जिल्लाका मुख्य बजारहरु गौर, गरुडा, चन्द्रपुर, कटहरिया, समनपुर, माधोपुर, पिपरा, राजपुर, मौलापुरसहित अन्य साना हाटबजारमा पनि तरकारीको मूल्य आकासिएको हो। तरकारी बजारमा औसतमा मूला ६०, परवल ८० देखि १००, बन्दा ५० देखि ६०, गोलभेडा १२० देखि १५०, भन्टा ६० देखि ७०, भिन्डी ७० देखि ९०, झिगुनी ८०, घिरौला ६० रुपैयाँ प्रतिकिलो बिक्री भइरहेको छ।

चाडपर्वमा बढी माग हुने काउली तथा परवल र केराको मूल्यमा अस्वाभाविक वृद्धि भएको हो। स्थानीय उत्पादन नहुँदा बाहिरबाट झिकाउनु पर्ने र उत्पादन हुने ठाउँमा माग अत्यधिक भएकोले मूल्य वृद्धि भएको खुद्रा व्यापारीहरुको भनाइ रहेको छ।

रौतहटको बजारमा खपत हुने परवल, लौका, आलु, प्याजको अधिकांश भाग भारतबाट आउँछ भने काउली, बन्दा, मूला, गोलभेडा मकवानपुर आउने गर्दछ । भन्टा, घिरौला, झिगुनी, भिन्डीजस्ता हरियो तरकारी प्रायः स्थानीय उत्पादन हुने गर्दछ।

स्थानीय जातका तरकारीको उत्पादन पनि कम भएको छ। वर्षाको कारणले तरकारी उब्जने खेतमा पानी भरिएको तथा धेरै किसानले तरकारी खेतमा एक बाली धान उत्पादन गर्ने हुनाले तरकारी खेती सीमित बन्न पुगेको हो।

चाडपर्वको समयमा आलु, काउली, परवल, केरा आदि तरकारीको तरुवा पकाएर खाने चलन रहेकोले पनि हरियो तरकारीको माग बढी हुने गरेको छ। मधेसी समुदायमा तीज, चकुचन्ना तथा ऋषि पञ्चमीलाई पूर्णतया शाकाहारी पर्वको रुपमा लिइने भएकोले पनि तरकारीको माग बढी भएको उपभोक्ताहरुको भनाइ छ।

चाडपर्वको समयमा जुन हरियो तरकारीको माग बढी हुन्छ त्यसैको मूल्य अस्वभाविक रुपमा बढ्ने गरेको गौरका एक उपभोक्ता बताउँछन्। बिपि चौकस्थित तरकारी बजारमा भेटिएका टिकुलियाका एक उपभोक्ताले गुनासो गरे, 'चाडबाडको समयमा सम्बन्धित निकायले बजार अनुगमन गरेर तरकारीको आपूर्ति सहज बनाउनु पर्ने तथा लागतभन्दा दोब्बर नाफा लिएर उपभोक्ताको ढाड सेक्ने बेपारीलाई कारबाही गर्नुपर्छ।'

चाडबाडको समयमा हरियो तरकारीको मूल्य अत्यधिक वृद्धि हुँदा उपभोक्ताको बजेट सन्तुलन बिग्रिने र चाडबाड नै खल्लो हुने गरेको गुनासो रहेको छ। नाफाखोरहरुलाई कारबाही नगरेसम्म उपभोक्ताले यस्तो नियति भोगिरहनु पर्ने गौरका बुद्धिजीवीहरुको भनाइ छ।
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock २० मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस