नेपाल टेलिकमले गण्डकी प्रदेशका ८५ वटै स्थानीय तहमा फोरजी सेवा पु¥याएको जनाएको छ । गण्डकी प्रदेशभित्रका ८५ वटै स्थानिय तहमा टेलिकमको फोरजी सेवा पुगिसकेको पोखरामा बुधबार आयोजित पत्रकार भेटघाटमा टेलिकमले जानकारी दिएको हो ।
प्रदेशका ८५ वटा स्थानीय तहमा ५०३ वटा फोरजीका टावर राखिएको नेपाल टेलिकमका सह–प्रवक्ता रञ्जित रैयाले जानकारी दिए । सबै स्थानीय तहमा फोरजी सेवा पुगेपनि केही पालिकाका कपितय ठाउँमा भने नेटवर्क पुगिनसकेको उनले बताए । नेटवर्क नपुगेका ठाउँहरुको पहिचान भइसकेको उनले जानकारी दिए । ‘सबै स्थानीय तहमा फोरजी सेवा पुगेपनि ४८ वटा ठाउँमा नेटवर्क नपुगेको पहिचान भएको छ, ती ठाउँमा चाँडै टावर राखेर नेटवर्क पुग्ने ब्यबस्था गर्छौं,’ उनले भने ।
सह–प्रवक्ता रैयाले टेलिकमको सिममध्ये टुजी भ्वाइस, थ्रीजी भ्वाईस र डाटा तथा फोरजी डाटाबेसिस रहेको बताए । टेलिकमले सेवाको गुणस्तरसँगै प्रविधि पनि थपिरहेको जनाएको छ । उनका अनुसार पछिल्लोपटक फाइबर र फाइभजी बिस्तारको काम भइरहेको पनि छ । फाइबर तिब्र रुपमा बिछ्याउने काम भइरहेको सह–प्रवक्ता रैयाले बताए । ‘यसको गुणस्तर राम्रो भएकोले अहिले यसको डिमाण्ड बढिरहेको छ । तर डिमाण्ड अनुसार सेवा पु¥याउन नसकेपनि सक्दो प्रयास गरिरहेका छौं,’उनले भने ।
उनका अनुसार फाइबर टु दी होम सर्भिसका लागि ११ लाख ७४ हजार साइडको लागि तयारी भएको छ भने ५ लाख ६४ हजारलाई वितरण गर्न योग्य रहेको र १ लाख ८३ हजारलाई वितरण गरिसकेको जानकारी गराए । सह–प्रवक्ता रैयाले फाइभजीको ट्रायल टेस्टको तयारी भइरहेको छ । ४ ठाउँमा परीक्षण स्थान तोकेर सेवा दिने तयारी भइरहेको उनको भनाई छ ।
उनले सबैको पहुँचमा सेवा पु¥याउन र सर्वसुलभ र सस्तो मूल्यमा सेवा दिन नेपाल टेलिकमले हरदम प्रयास गरिरहेको बताए । उनका अनुसार देशैभरका ६९२ स्थानीय तहमा मात्र फोरजी सेवा बिस्तार भएको र केही तहमा अझै पनि बाँकी रहेको अधिकारीले जानकारि दिए ।
कोरोना संक्रमणका कारण उपकरण भिœयाउन पनि नसक्दा केही सेवा बिस्तारमा ढिलाई भईरहेको अधिकारीले जानकारी दिए । उनका अनुसार मुलुकका १५ वटा स्थानीय तहमा फोरजी सेवा पु¥याउन निकै नै महंगो रकम खर्चनुपर्ने अवस्था छ । तर, पनि टेलिकमले सेवा बिस्तारमा ध्यान दिईरहेको उनले बताए ।

टेलिकमले पछिल्लो पटक ‘नमस्ते–पे’ पनि सञ्चालनमा ल्याएको जनाएको छ । नेपाल टेलिकमको ६२ प्रतिशत र नेपाल राष्ट्रबैंकको ३८ प्रतिशत लगानीमा नेपाल डिजिटल पेमेन्ट्स कम्पनी स्थापना गरेर डिजिटल पे ‘नेपाल–पे’ सञ्चालनमा आएको सह–प्रवक्ता रैयाले जानकारी दिए ।नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले टेलिकमले राज्य हुनुको अनुभूति समेत दिलाइरहेको बताए । प्रहरी, प्रशासनको समेत सहज पहुँच नपुग्ने ठाउँमा पनि टेलिकमको सेवा पुगेको अधिकारीले जानकारी दिए । ‘जहाँ भाषा, भेषभुषा समेत छिमेकी देशको चल्ने ठाउँमा नेपाल टेलिकमको सेवा लिँदा त्यसले राज्य हुनुको अनुभूति दिलाएको छ,’ उनको भनाई थियो ।